Posts

लोपोन्मुख पञ्चेबाजा संरक्षणामा महिला जुटे

Image
विजया तिवारी बेत्रावती, परम्परागत लोपोन्मुख  पञ्चेबाजा  स्थापित गराउन बिदुर नगरपालिका-७ तुप्चे महिलाहरू एकजुट भएर लागेका छन् ।  रसुवा र नुवाकाेटकाे सिमाना उत्तरगयाधाम क्षेत्रमा जाडिएकाे बिदुर नगरपालिका वडा नम्बर ७ तुप्चेटारमा जनजागृत पन्चेबाजा महिला समूहले समाजमा लोपोन्मुख पञ्चेबाजा स्थापित गराउन संरक्षणका लागि जुटेका हुन् ।  स्थानीय महिलाहरू एकजुट भएर बाजा बजाउन सिकेपछि अझै पनि दलित समूदायले मात्र पञ्चेबाजा बजाउनपर्छ भन्ने मानसिकता हुर्केको हाम्रो समाजलाई जनजागृत  महिला समूहले रुपान्तरण गरेको छ।  उत्तरगया क्षेत्र बृहत विकास संगठनले तुप्चेमा रहेकाे शिव मन्दिरमा शिबरात्रीको अबसर आयोजना गरेको पुजामा  पञ्चेबाजा उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा बिदुर नगरपालिकाको उपमेयर प्रभा बोगटी र वडा नं ७ का  वडा अध्यक्ष रबिन्द्र नेपालको समेत उपस्थिती रहेको थियो। अब ब्राम्हण समूदायका महिलाहरूले समुहमा मिलेर पञ्चेबाजा संरक्षणमा लागेकाे जनाएका छन् ।  जनजागृत युबा कल्बकाे सहयोगमा पञ्चेबाजा पाएपछि स्थानीय महिलाहरू जुटेर गाउँमा पञ्चेबाजा बजाउने थालेका हुन...

रसुवामा ८७ प्रतिशत बालबालिकाको जन्मदर्ता

Image
रसुवा,  राष्ट्रिय जनगणना २०७८ को अन्तिम विवरणअनुसार ४६ हजार ६ सय ८९ रसुवाको कुल जनसङ्ख्या रहेको छ । ती मध्ये चार हजार आठ सय ५३ जना बालबालिका रहेका छन् । जिल्लाको जनगणनामा कुल चार हजार आठ सय ५३ जना बालबालिकामध्ये चार हजार दुई सय ५८ जना अर्थात् ८७.७ प्रतिशतको मात्र जन्मदर्ता भएको छ । त्यसैगरी, पाँच सय ९५ जना अर्थात् १२.३ प्रतिशतको जन्मदर्ता नभएको राष्ट्रिय जनगणना २०७८ को विवरणमा उल्लेख छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विवरणअनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको छ । यस्तै, राष्ट्रिय तथ्याङ्क कार्यालय राष्ट्रिय जनगणना २०७८ अनुसार रसुवामा चार हजार परिवारको घरभित्र र ६ हजार तीन सय परिवारको धारा घरबाहिर रहेको छ । ७८ परिवारले खुला इनार, १० परिवारमा छोपिएको इनारबाट पानी, पाँच सय ३७ परिवारमा मुख्य धाराको पानी र ६४ परिवारले खुला पानी पिउनुपर्छ र खाना पकाउन प्रयोग गर्नुपर्छ । तथ्याङ्कअनुसार जिल्लामा अपाङ्गता व्यक्तिको सङ्ख्या एक हजार दुई सय ९३ जना रहेको छ, जसमध्ये पुरुष सात सय १८ जना र महिला पाँच सय ७५ जना रहेका छन् ।

अचार बनाउने तालिम समापन

Image
रसुवा,  रसुवाको नौकुण्ड गाउँपालिकाले ०८१ फागुन ९ गतेदेखि  सुरू गरेका विविध अचार बनाउने तालिम  समापन भएको छ। ।  नौकुण्ड गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागारिक शाखा तथा  उद्यम शाखाको आयोजनामा सञ्चालन भएको उक्त  ७ दिने तालिम समापन भएकाे आयोजकले जनाएको छ।  तालिममा ३६ जना उद्यमीहरूको सहभागितामा संविधानसभा सदस्य तथा सफल युवा उघमी प्रशिक्षक शान्ता चौधरीले तालिम दिएकी थिइन् ।  नौकुण्ड उद्यम शाखाका कृष्ण न्यौपानेका अनुसार नौकुण्ड भरी छरिएर रहेका उद्यमहरूलाई स्वरोजगार बनाई गाउँ मै आर्यआर्जन बनाउने उदेश्यले तालिम सञ्चालन गरेकाे बताए ।  नाैकुण्डमा सन्चालित विविध प्रकारका अचार बनाउने सीप विकास तालिमले महत्त्वपूर्ण  उपलब्धि हुने विश्वास लिइएको प्रशिक्षक शान्ता चौघरिले जानकारी दिइन् । तालिमको अवसरमा नौकुण्ड गापाका उपाध्यक्ष चन्द्रबहादुर गलान,वडा नम्बर ६ का वडा अध्यक्ष यो नुर्पु तामाङ लगायत समभागी थिए  । 

रसुवामा वन अतिक्रमण हुन नदिन नियमित अनुगमन

Image
रसुवा, जिल्लाका विभिन्न क्षेत्रमा भएको वन अतिक्रमण हुन नदिन नियमित अनुगम गर्ने डिभिजन वन कार्यालयले जनाएको छ ।  डिभिजन वन कार्यालय रसुवाका डिभिजनल वन अधिकृत शम्भु तामाङका अनुसार वन अतिक्रमण नियन्त्रण समितिको बैठकमा जिल्लाभर ३६ दशमलव २७ हेक्टर वन अतिक्रमणमा परेको तथ्यांक सार्वजनिक गरी पुरानो अतिक्रमण क्षेत्र विस्तार हुन नदिने तथा नयाँ वन अतिक्रमण हुन नदिन नियमित अनुगमन तथा गस्ती गर्ने बताए ।  रसुवाको गोसाइकुण्ड गाउँपालिका १ नागथलीमा ६, आमाछोदिङमो गाउँपालिका ३ मा २२, वडा नं ४ मा ५ , वडा नं ५ मा ४८ र उत्तरगया गाउँपालिका–१ बौंसेमा ९० घरधुरी गरी कुल १७१ घरधुरीले वन अतिक्रमण गरेर बसेका छन् । जिल्लाभर कुल ३६ दसमलव २७ हेक्टर वन अतिक्रमण गरी घर बनाएर बसोबास गरेका छन् ।  पछिल्लो अतिक्रमणको तथ्याङ भने लिएको छैन ।  ०५१ सालदेखि अतिक्रमण वन ऐन २०४९ र नियामावली ०५१ अनुसार सामुदायिक वन क्षेत्रमा कुनै पनि संरचना बनाउन पाइदैन । वन ऐन २०७६ अनुसार राष्ट्रिय वन भित्रको जग्गा कसैले पनि दर्ता गर्र वा गराउन हुँदैन भन्ने कानुनी व्यवस्था छ । वन ऐनको दफा ७ (२) दर्ता स्वत बदर हुने– कसैले राष्ट्...

नौकुण्डमा अचार बनाउने तालिम सुरू

Image
रसुवा, रसुवाको नौकुण्ड गाउँपालिकाले ०८१ फागुन ९ गतेदेखि  विविध अचार बनाउने तालिम सुरु गरेकाे छ ।   महिला बालबालिका तथा ज्येष्ठ नागारिक शाखा तथा उद्यम शाखाको आयोजनामा सञ्चालन भएको उक्त ७ दिने तालिम १५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।  तालिममा ४५ जना उद्यमीहरूको सहभागितामा संविधान सभासदस्य तथा सफल युवा उघमी प्रशिक्षक शान्ता चौधरीले तालिम प्रदान गरिरहेकी छन् । नौकुण्ड उद्यम शाखाले नौकुण्ड भरी छरिएर रहेका उद्यमहरूलाई स्वरोजगार बनाई गाउँ मै आर्यआर्जन बनाउने उदेश्यले सन्चालित विविध प्रकारका अचार बनाउने सीप विकास तालिमले महत्त्वपूर्ण उपलब्धि हुने विश्वास लिइएको प्रशिक्षक शान्ता चौघरिले जानकारी दिइन् । तालिमको अवसरमा नौकुण्ड गापाका उपाध्यक्ष चन्द्रबहादुर गलान,वडा नम्बर ६ का वडा अध्यक्ष यो नुर्पु तामाङ,युवा उघमी तथा समाजसेवी जयराम घले,वडा सदस्य लवाङनुर्पु तामाङ,शान्ति विक,पूर्व वडाअध्यक्ष तथा भोर्ले जिवजिवे साना किसान सहकारी संस्थाका अध्यक्ष रामहरी देवकोटाको उपस्थितिमा तालिम शुभारम्भ गरिएको हाे ।  तालिम फागुन ९ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने उघम विकास सहजकर्ता न्य...

आदिवासी जनजाति युवा महासंघमा धर्म

Image
रसुवा, आदिवासी जनजाति युवा महासंघ नेपाल रसुवा जिल्ला समन्वय परिषदको अध्यक्षमा धर्म थोकर चयन भएका छन् । शुक्रबार आदिवासी जनजाति युवा महासंघ नेपाल बामती प्रदेश अध्यक्ष बिलाम मुक्तानको प्रमुख आतिथ्यता तथा प्रदेश कोषाध्यक्ष तुलाराम मगरको अध्यक्षतामा भएको भेलाले सो ११ सदस्यीय समिति चयन गरेका हुन् । जनजाति युवालाई नेतृत्व, अधिकार र समावेशी सहभागिता सहित उत्तरदायि एवम् जिम्मेवार नेतृत्व बनाउन महासंघले काम गर्दै आएको छ ।

शिक्षक संगठन अध्यक्षमा गुरुङ काे काे रहेका छन् समितिमा ?

Image
र सुवा, नेपाल राष्ट्रिय शिक्षक संगठन रसुवाको १२ औं जिल्ला अधिवेशनबाट   श्याम कुमार गुरुङकाे अध्यक्षमा नयाँ नेतृत्व चयन भएकाे छ ।    देशभरका शिक्षकहरू एकजुट हाे औं ,गाैरवशाली विगत, चुनाैतीपूर्ण वर्तमान लगानी वृद्धि गराै सार्वजनिक शिक्षाकाे उन्नयन राष्ट्रिय शिक्षा ऐन र सवै तहमा सशक्त संगठन भन्ने मूल नाराका साथ नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति रसुवाको १२ औं जिल्ला अधिवेशनकाे उद्वघाटन भएकाे थियाे । राति सम्पन्न भएकाे बन्द सत्रबाट जिल्ला समितिकाे उपाध्यक्ष नबराज घिमिरे र सुभद्रा लामा, सचिब लानाम घले, कोषाध्यक्ष सुरज बि क, सह कोषाध्यक्ष भीमप्यारी तामाङ, सह सचिब सुम्निमा तामाङ रहेका छन् । सदस्यहरूमा पदमराज भट्ट, संगीता तामाङ,प्रतिभा गुरूङ, मेदनदत्त देवकाेटा, कार्पाे तामाङ, रमेश गलान रहेका छन् । संस्थागत सदस्य राजु लामा, समावेशी संगीता तामाङ, बृजलाल भट्टराइ रहेका छन् । केन्द्रीय प्रतिनिधिमा आङमाया शेर्पा, पार्वती खनाल र सुरेन्द्रराज गुरूङ रहेका छन् ।