ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Monday, April 22, 2024

हात्तीपाइले रोग निवारण गर्न नाैकुण्डकाे टाेलटाेलमा औषधि खुवाउने

हात्तीपाइले रोग निवारण गर्न नाैकुण्डकाे टाेलटाेलमा औषधि खुवाउने

रसुवा, राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान अन्तर्गत  रसुवाको नौकुण्ड गाउँपालिकामा अभियान कै रूपमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने भएको छ । 

नौकुण्ड गाउँपालिकामा वैशाख १६ गतेदेखि एकसाता हात्तीपाइले रोगविरुद्धको औषधि  खुवाउन लागिएको स्वास्थ्य शाखा प्रमुख अणप्रसाद पौडेलले बताए । दुई वर्ष उमेर नपुगेका बालबालिकाहरुको गर्भवती र ७ दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्तिहरू र सिकिस्त बिरामीहरूले यो औषधी सेवन गर्नुहुँदैन।

यो एक पटक लागेपछि जीवनभर निको हुँदैन । मानिसको शरीरमा हात्तीपाइले रोगको परजीबी प्रवेश गर्नासाथ यो रोग देखापर्दैन । यो परजीबी छ वर्षसम्म मानिसको शरीरमा सुसुप्त अवस्थामा रहन्छन् । यो परजीबी शरीरमा रहे हात्तीपाइलेको औषधि सेवन गरेपछि कसै कसैलाई ज्वरो आउने, वाकवाकी लाग्ने, वान्ता हुने, जस्ता सामान्य असर देखापर्नसक्छन् । फाइलेरिया परजीवीले लाखौंको संख्यामा उत्पादन गर्ने सूक्ष्म फाइलेरिया रगतमा पुगिरहेका हुन्छन । 

हात्तीपाइले रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजिवीले गराउँदछ र यो रोग संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ। मानिसको शरीरमा यो परजिवी प्रवेश गरेको केही वर्षपछि मात्र यस रोगका कारण हुने दीर्घकालीन असर देखिन्छन्। 

हात्तीपाइले रोगबाट वच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनुको लागि यो रोगको जोखिम भएको सम्पूर्ण जिल्लाहरुमा राष्ट्रिय राष्ट्रिय आम औषधि सेवन कार्यक्रम सञ्चालन हुँदै आएको छ।

आम औषधि सेवन कार्यक्रम सञ्चालन हुने ७ जिल्लाहरुमा बसोबास गर्ने औषधि सेवन गर्न योग्य सबै व्यक्तिले यो औषधि सेवन गर्नुपर्छ। 


हात्तीपाइले रोग निवारण कार्यक्रमको लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तय गरेको कार्यक्रम अनुरूप स्थानीय तहमा छलफल गरी स्वास्थ्य संस्थाहरूले टोल टाेलमा सराेकारवालासँग छलफल, मिटिङ तथा प्रचार प्रसार गरेर तयारी गरी कार्य तालिका समेत तयार भएको पौडेलले बताए । 

हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान गतर्षबाट सुरू भएको हो । टोल टोलमा पुगेर हात्तीपाइले रोग विरुद्धको औषधि  सवै नागरिकलाइ नछुटाउन सेवन गर्न  स्वास्थ्य संस्थाहरूले अनुरोध गरेका छन् । 

हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान गाउँपालिका स्तरिय बहुनिकाय योजना तर्जुमा गोष्ठीमा सहभागी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नविन गिरी, उपाध्यक्ष चन्द्र तामाङ, याेजना अधिकृत पुर्ण बुलुन, वडाअध्यक्ष तथा जनप्रतिनिधिहरू, सवै स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मीहरू, विद्यालयका प्रधानाध्यापकहरू, पत्रकार तथा सरोकारवालाहरूले पालिका तथा जिल्ला बाहिर रहेका नागरिकलाई पनि योजना बनाएर औषधि सेवन अभियानमा नछुटाउन सुझाव दिएका थिए । 

Sunday, April 21, 2024

एमालेलाइ जिल्ला अधिबेशनको चटारो, २२ गते केपी ओली रसुवा

एमालेलाइ जिल्ला अधिबेशनको चटारो, २२ गते केपी ओली रसुवा

रसुवा, नेकपा एमाले रसुवाको ९ औं जिल्ला अधिबेशनको चटारो लागेको छ । अधिबेशनको नेतृत्व लिन  नेताहररू अहिले भेटघाट, छलफल र सम्पर्क बढाउन थालेका छन् । 

नेतृत्वका लागि अध्यक्ष कन्याल लामा, उपाध्यक्ष डिल्ली सुवेदी, सचिव जनार्दन ढकाल, तेम्बेल लामा र पेम्बा तामाङको निकै चर्चा छ । वैशाख २२ र २३ गते सदरमुकाम धुन्चेमा पुर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने अधिबेशनकाे तयारीका भइरहेकाे छ । 

जिल्लाकाे पाँच गाउँपालिका, २७ वटा वडा कमिटी र वर्गीय संगठनहरूबाट प्रतिनिधि छनोट तथा प्रचारको काम अघि बढेको जिल्ला उपाध्यक्ष तथा अधिबेशन प्रचार प्रसार कमिटीका संयोजक डिल्ली सुवेदीले बताए । 

अधिबेशनका लागि भूगोलबाट १० सदस्य बरावर १ जना प्रतिनिधी जिल्ला अधिबेशनका लागि मापदण्ड बनाएको छ । एमालेकाे प्रथम रसुवा जिल्ला जिल्ला अबिधेसन २०५५ बैशाख २६ र  २७ गते प्रमुख अतिथि सुरेन्द्र पाण्डे रहेका थिए । ०५८ जेठमा दोस्रो जिल्ला अबिधेशन भएकाे थियाे ।  

२०६१ साल मंसिर १९ गते तेस्रो जिल्ला अबिधेशन भयो भने ०६५ सालमा पाँचौ अबिधेशन भयो । छैठौं जिल्ला अबिधेशन २०६६ फागुन १५ र १६ गते भयो । त्यस्तै गरी सातौ अधिबेशन ०७२ साल पुस १ देखि ३ गतेसम्म भएको थियो भने ०७८ पुस २३ र २४ गते आठौं अधिबेशन सम्पन्न संयोजक सुवेदीले पत्रकारहररूलाइ जानकरी दिए ।






लाङटाङको संस्कृति डुक्पा छेच्यु


लाङटाङको संस्कृति डुक्पा छेच्यु
डुक्पा छेच्युमा सहभागी क्याञ्नेगोम्बाका स्थानीयहरू - केही वर्ष अघि


लाङटाङ गाउँको एक सांस्कृतिक पर्व हो डुक्पा छेच्यु । फागुनदेखि सुरू भएर छैठौं महिना वा साउनको दशौं तिथिका दिन मुख्य गरी डुक्पा छेच्यु मनाईन्छ । सामुहिक रूपमा गुम्बा वा परिसरमा पूजा आजा र नाँचगानसहित डुक्पा छेच्यु मनाईन्छ ।

बौद्द धर्मका ग्रन्थहरू पाठ गर्दै गाउँमा बिमार, रोग ब्याधी हराओस् भन्ने कामनासहित पूजापाठ र आराधना गरिन्छ । डुक्पा छेच्यु मनाउनुको मुख्य उद्देश्य भगवान बुद्दको शिक्षा, अर्ती र उपदेश बाँड्नु हो । सृष्टिका हरेक जीवजन्तुलाई बचाउनु र हिंसाको बाटोलाई सदाका लागि त्याग्न लामा गुरूहरूले आव्हान गर्दछन् ।

लाङटाङ गाउँमा डुक्पा छेच्युसहित् ग्याल्बो ल्होसार, ल्हाबाप द्वीक्षेन, बुद्द जयन्ति ( ठुङ्कर द्वीक्षेन), सार्का दावा ङ्युङ्ने, कार्तिक ङ्युङ्ने जस्ता परम्परागत धार्मिक संस्कृतिहरू मनाईन्छ । 

स्रोत :  जैबिक विविधता संरक्षण : पर्यटन विकासमा धर्म संस्कृतिको महत्व – फूर्पा तामाङ  

वाङ्लत्ती अर्थात् सरस्वती कुण्डको परिचय

वाङ्लत्ती अर्थात् सरस्वती कुण्डको परिचय

पूजा गर्नका लागि भने कुण्ड नै पुग्नुपर्छ भन्ने छैन । घरमै तोर्मोको ससबारी बनाएर पूजा गर्ने स्थानीयको चलन छ ।


    वाङ्लत्ती अर्थात् सरस्वती कुण्डको परिचय

    गोसाइँकुण्ड-भैरवकुण्डबाट भैरव झर्ना भई झरेको पानी जमेर बनेको कुण्ड नै सरस्वती कुण्ड हो । यसको स्थानीय नाम 'वाङ्लत्ती' हो । लौरीबिनाबाट दक्षिणतिरको खोचमा रहेको यस कुण्डलाई स्थानीयहरू 'ह्‌युम ससबारी' भनेर पनि पूजा गर्दछन् । ससबारी देवीलाई वर्षेनी एउटा कुखुराको बलीसहित् पूजा गर्नुपर्दछ, पूजा गर्नका लागि भने कुण्ड नै पुग्नुपर्छ भन्ने छैन । घरमै तोर्मोको ससबारी बनाएर पूजा गर्ने स्थानीयको चलन छ भने अन्य तीर्थालुहरू इच्छुकहरू कुण्डमा नै पुगेर पूजा गर्ने गर्दछन् ।

    धार्मिक कथन अनुसार गोसाइँकुण्ड स्नान गर्न आएकी विद्याकी देवी सरस्वती माता यहाँको सौन्दर्यप्रति मोहित भएर यही कुण्ड सिर्जना गरी बिराजमान भएको उल्लेख छ । 

    वाङ्लत्ती अर्थात् सरस्वती कुण्ड वरपरको आकर्षण

    •  रमणीय दृश्यहरू
    • लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रका मनोरम छटाहरू
    • वन्यजन्तु र वनस्पतिहरू
    • लोपोन्मुख वन्यजन्तु र वनस्पतिहरू
    • भौगोलिक तथा वानस्पतिक विविधता
    • अन्य तालहरू र झरनाहरू

    वाङ्लत्ती अर्थात् सरस्वती कुण्ड कसरी पुग्ने ?

    यस कुण्डलाई प्राय तीर्थालुहरूले टाढैबाट दर्शन गर्ने गर्दछन् । विकसोन्मुख पर्यटन मार्ग कालिकास्थान- जुरेढुङ्गा- परालथला मार्गबाट जाँदा यस कुण्डमा सहजै पुग्न सकिन्छ । अर्थात् गोसाइँकुण्ड यात्राबाट फर्कँदा यो कुण्डहुँदै फर्कन पनि सकिन्छ । यस कुण्डबाट नौकुण्ड क्षेत्रमा पुग्न सकिन्छ ।

    वाङ्लत्ती अर्थात् सरस्वती कुण्डसँग सम्बन्धित अन्य सामग्रीहरू

    1

    Saturday, April 20, 2024

    गणेशकुण्ड एक परिचय

     


    गोसाइँकुण्डबाट करीब ८/९ घण्टा पैदलयात्राको दूरीमा रहेको यस कुण्डमा प्राय तीर्थालुहरू पुग्ने गरेका छैनन् । आवास तथा खानाको अभाव हुने हुनाले पनि यस कुण्डमा तीर्थालुहरूको आवागमन नभएको हो ।



      गणेश कुण्डको परिचय

      रसुवा जिल्ला, गोसाइँकुण्ड गाउँपालिका, वडा नं ६ मा पर्ने गणेशकुण्डको बारेमा प्राय मानिसहरूलाई थाहा भएको छैन ।  गोसाइँकुण्डदेखि उत्तर-पश्चिममा अवस्थित गणेश कुण्डको निकास  कुण्ड परिसरबाट झरेको नदेखिए पनि केही तलबाट भने  लाङटाङ, पदमार्गको लामाहोटल (चामडोल) को पारीपट्टि लाङटाङ खोलामा निकास झरेको छ ।

      गोसाइँकुण्डबाट करीब ८/९ घण्टा पैदलयात्राको दूरीमा रहेको यस कुण्डमा प्राय तीर्थालुहरू पुग्ने गरेका छैनन् । आवास तथा खानाको अभाव हुने हुनाले पनि यस कुण्डमा तीर्थालुहरूको आवागमन नभएको हो ।  

      सत्ययुगमा देवता र दानव मिली समुन्द्र मथनबाट निस्केको हलाहल नामक कालकुट विष पृथ्वीको रक्षार्थ भगवान शिवले निल्नुभयो, तत्‌पश्चात् डाहा भई शान्त हुन निलाद्री पर्वतमा रहेको यस स्थानमा आएर गोसाइँकुण्डलगायतका कुण्ड उत्पत्ति गर्नुभएको धार्मिक कथन रहेको छ ।

      सोही समयमा यस गणेश कुण्डको उत्पत्ति भएको विश्वास रहेको छ  । गणेश महादेवको पुत्र भए अनुसार गणेशकुण्ड पनि महादेव कुण्ड वा गोसाइँकुण्डको पुत्रको प्रतिकको रूपमा मानिन्छ ।  

       

      गणेश कुण्ड वरपरका महत्व र आकर्षण

       रमणीय हिमश्रृङ्खला,

      विभिन्न अन्य तालहरू,

      खहरेको रमणीय दृश्य,

      सूर्योदय तथा सूर्यास्तका दृश्य,


      कसरी पुग्ने गणेशकुण्ड ?

      रसुवा जिल्लामा अवस्थित गोसाइँकुण्डबाट उत्तर-पश्चिमतर्फ रहेको भ्यु प्वाइन्टबाट




      मोटरेबल पुलकाे प्वाल टालियाे

      मोटरेबल पुलकाे प्वाल टालियाे

      रसुवा, चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका जोड्ने रोंगास्थित जीर्ण बनेको मोटरेबल पुल जोखिम साथै दुर्घटना हुन सक्ने सम्भावना लाइ मध्यनजर गर्दै राष्ट्रिय युवा संघ नेपाल गोसाइँकुण्ड गाउँ कमिटिले पहल गरी मर्मत गरको छ । 

      पुलमा रहेकाे प्वाल रड, सिमेन्टलगायत सामग्री प्रयाेग गरेर ढलान गरी टालेका छन् । स्याफ्रुबेसी–रसुवागढी खण्डको १६ किलोमिटर सडक चीन सरकारको सहयोगमा निर्माण भएको थियो। पुल २०६६ सालमा निर्माण भएको हो। दैनिक ४र५ सय मालवाहक कन्टेनर गुड्ने पुल जीर्ण बनेसँगै समस्या सिर्जना भएको थियो । 

      संचार माध्यममा धेरै आवाज उठाएपनि मर्मत हुन सकेको थिएन । जहाँ राष्ट्रिय युवा संघ  त्यहाँसामाजिक कार्य भन्ने नाराका साथ स्थानीय युवा संघले यस्तो काम गरेको युवा संघ रसुवाका अध्यक्ष कुमार नगरकोटीले बताए । पुलकाे प्वाल टालेपछि त्यहाँ हिड्न तथा सवारी आवागमनमा सहज भएको छ ।  



      गापा अध्यक्ष कप हाकु युवा सोसाइटी र रेडपाण्डा ट्रफी नौकुण्डलाई



      रसुवा । गोसाईकुण्ड गाउँपालिका र लाङटाङ राष्ट्रिय निकुञ्जले आयोजना गरेको तेस्रो गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कप २०८१  हाकु युवा सोसाईटी तथा १२ औं रेडपाण्डा ट्रफी पुरूष भलिबल प्रतियोगितामा  नौकुण्ड युवा सोसाइटीले उपाधि हात पारेकाे छ । 

      अध्यक्ष कप फाइनल खेलमा एकीकृत नौकुण्ड युवा समाजलाई पराजित गर्दै हाकु युवा सोसाईटीले उपाधि जितेको हो । उपाधि विजेता हाकु युवा सोसाइटीले क्रमशः २ लाख नगद सहिद ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै दोस्रो उपविजेता एकीकृत नौकुण्ड युवा समाजले १ लाख नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । उक्त प्रतियोगितामा तृतीय टीम रिस्याङ भूमि प्रगतिशील युवा क्लबले ५० हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए। सान्त्वना पुरस्कार नौकुण्ड एकता समाजले २५ हजार सहित प्रमाणपत्र पाएका छन् ।

      शुक्रबार उपप्रधानमन्त्री एवम भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठकाे प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम धुन्चेमा सम्पन्न भएको हो ।

      विजेता खेलाडीहरुलाई आयोजक  गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ बरिष्ठ संरक्षण अधिकृत अणनाथ वराल  प्रतियोगितामा प्रथमलाई नगद ३० हजार, द्वितीयलाई २५ हजार र तृतीयलाई २० हजार सहित प्रमाणपत्र प्रदान गरिएकाे थियाे । कार्यक्रममा विविध राष्ट्रिय एवम् स्थानीय साँस्कृतिक कार्यक्रम समेत भएको थियो । राष्ट्रिय कलाकार गायक प्रमोद खरेल र गायिका अस्मिता अधिकारीको मनोरञ्जन पूर्ण प्रस्तुति रहेको थियो।

      प्रतिनिधि सभा सदस्य मोहन आचार्य, नेकपा एमालेका केन्द्रीय सदस्य तथा संबिधानसभा सदस्य प्रेमबहादुर तामाङ, जिल्ला समन्वय समिति प्रमुख अशोककुमार घिमिरे, उपप्रमुख विजय लामा,नेकपा एमालेका अध्यक्ष कर्न्याल लामालगायत खेलाडी, पत्रकारलगायत विभिन्न निकायको उपस्थिति रहेको थियो ।