Posts

हात्तीपाइले रोग निवारण गर्न नाैकुण्डकाे टाेलटाेलमा औषधि खुवाउने

Image
रसुवा, राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान अन्तर्गत  रसुवाको नौकुण्ड गाउँपालिकामा अभियान कै रूपमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने भएको छ ।  नौकुण्ड गाउँपालिकामा वैशाख १६ गतेदेखि एकसाता हात्तीपाइले रोगविरुद्धको औषधि  खुवाउन लागिएको स्वास्थ्य शाखा प्रमुख अणप्रसाद पौडेलले बताए । दुई वर्ष उमेर नपुगेका बालबालिकाहरुको गर्भवती र ७ दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्तिहरू र सिकिस्त बिरामीहरूले यो औषधी सेवन गर्नुहुँदैन। यो एक पटक लागेपछि जीवनभर निको हुँदैन । मानिसको शरीरमा हात्तीपाइले रोगको परजीबी प्रवेश गर्नासाथ यो रोग देखापर्दैन । यो परजीबी छ वर्षसम्म मानिसको शरीरमा सुसुप्त अवस्थामा रहन्छन् । यो परजीबी शरीरमा रहे हात्तीपाइलेको औषधि सेवन गरेपछि कसै कसैलाई ज्वरो आउने, वाकवाकी लाग्ने, वान्ता हुने, जस्ता सामान्य असर देखापर्नसक्छन् । फाइलेरिया परजी वीले लाखौंको संख्यामा उत्पादन गर्ने सूक्ष्म फाइलेरिया रगतमा पुगिरहेका हुन्छन ।  हात्तीपाइले रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजिवीले गराउँदछ र यो रोग संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्द...

एमालेलाइ जिल्ला अधिबेशनको चटारो, २२ गते केपी ओली रसुवा

Image
रसुवा, नेकपा एमाले रसुवाको ९ औं जिल्ला अधिबेशनको चटारो लागेको छ । अधिबेशनको नेतृत्व लिन  नेताहररू अहिले भेटघाट, छलफल र सम्पर्क बढाउन थालेका छन् ।  नेतृत्वका लागि अध्यक्ष कन्याल लामा, उपाध्यक्ष डिल्ली सुवेदी, सचिव जनार्दन ढकाल, तेम्बेल लामा र पेम्बा तामाङको निकै चर्चा छ । वैशाख २२ र २३ गते सदरमुकाम धुन्चेमा पुर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने अधिबेशनकाे तयारीका भइरहेकाे छ ।  जिल्लाकाे पाँच गाउँपालिका, २७ वटा वडा कमिटी र वर्गीय संगठनहरूबाट प्रतिनिधि छनोट तथा प्रचारको काम अघि बढेको जिल्ला उपाध्यक्ष तथा अधिबेशन प्रचार प्रसार कमिटीका संयोजक डिल्ली सुवेदीले बताए ।  अधिबेशनका लागि भूगोलबाट १० सदस्य बरावर १ जना प्रतिनिधी जिल्ला अधिबेशनका लागि मापदण्ड बनाएको छ । एमालेकाे प्रथम रसुवा जिल्ला जिल्ला अबिधेसन २०५५ बैशाख २६ र  २७ गते प्रमुख अतिथि सुरेन्द्र पाण्डे रहेका थिए । ०५८ जेठमा दोस्रो जिल्ला अबिधेशन भएकाे थियाे ।   २०६१ साल मंसिर १९ गते तेस्रो जिल्ला अबिधेशन भयो भने ०६५ सालमा पाँचौ अबिधेशन भयो । छैठौं जिल्ला अबिधेशन २०६६ ...

लाङटाङको संस्कृति डुक्पा छेच्यु

Image
डुक्पा छेच्युमा सहभागी क्याञ्नेगोम्बाका स्थानीयहरू - केही वर्ष अघि लाङटाङ गाउँको एक सांस्कृतिक पर्व हो डुक्पा छेच्यु । फागुनदेखि सुरू भएर छैठौं महिना वा साउनको दशौं तिथिका दिन मुख्य गरी डुक्पा छेच्यु मनाईन्छ । सामुहिक रूपमा गुम्बा वा परिसरमा पूजा आजा र नाँचगानसहित डुक्पा छेच्यु मनाईन्छ । बौद्द धर्मका ग्रन्थहरू पाठ गर्दै गाउँमा बिमार, रोग ब्याधी हराओस् भन्ने कामनासहित पूजापाठ र आराधना गरिन्छ । डुक्पा छेच्यु मनाउनुको मुख्य उद्देश्य भगवान बुद्दको शिक्षा, अर्ती र उपदेश बाँड्नु हो । सृष्टिका हरेक जीवजन्तुलाई बचाउनु र हिंसाको बाटोलाई सदाका लागि त्याग्न लामा गुरूहरूले आव्हान गर्दछन् । लाङटाङ गाउँमा  डुक्पा छेच्यु सहित्  ग्याल्बो ल्होसार, ल्हाबाप द्वीक्षेन, बुद्द जयन्ति ( ठुङ्कर द्वीक्षेन), सार्का दावा ङ्युङ्ने, कार्तिक ङ्युङ्ने जस्ता परम्परागत धार्मिक संस्कृतिहरू मनाईन्छ ।  स्रोत :   जैबिक विविधता संरक्षण : पर्यटन विकासमा धर्म संस्कृतिको महत्व – फूर्पा तामाङ  

वाङ्लत्ती अर्थात् सरस्वती कुण्डको परिचय

Image
पूजा गर्नका लागि भने कुण्ड नै पुग्नुपर्छ भन्ने छैन । घरमै तोर्मोको ससबारी बनाएर पूजा गर्ने स्थानीयको चलन छ । यसभित्र वाङ्लत्ती अर्थात् सरस्वती कुण्डको परिचय गोसाइँकुण्ड-भैरवकुण्डबाट भैरव झर्ना भई झरेको पानी जमेर बनेको कुण्ड नै सरस्वती कुण्ड हो । यसको स्थानीय नाम 'वाङ्लत्ती' हो । लौरीबिनाबाट दक्षिणतिरको खोचमा रहेको यस कुण्डलाई स्थानीयहरू 'ह्‌युम ससबारी' भनेर पनि पूजा गर्दछन् । ससबारी देवीलाई वर्षेनी एउटा कुखुराको बलीसहित् पूजा गर्नुपर्दछ, पूजा गर्नका लागि भने कुण्ड नै पुग्नुपर्छ भन्ने छैन । घरमै तोर्मोको ससबारी बनाएर पूजा गर्ने स्थानीयको चलन छ भने अन्य तीर्थालुहरू इच्छुकहरू कुण्डमा नै पुगेर पूजा गर्ने गर्दछन् । धार्मिक कथन अनुसार गोसाइँकुण्ड स्नान गर्न आएकी विद्याकी देवी सरस्वती माता यहाँको सौन्दर्यप्रति मोहित भएर यही कुण्ड सिर्जना गरी बिराजमान भएको उल्लेख छ ।  वाङ्लत्ती अर्थात् सरस्वती कुण्ड वरपरको आकर्षण   रमणीय दृश्यहरू लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रका मनोरम छटाहरू वन्यजन्तु र वनस्पतिहरू लोपोन्मुख वन्यजन्तु र वनस्पतिहरू भौगोलिक तथा वानस्पतिक वि...

गणेशकुण्ड एक परिचय

Image
  गोसाइँकुण्डबाट करीब ८ / ९ घण्टा पैदलयात्राको दूरीमा रहेको यस कुण्डमा प्राय तीर्थालुहरू पुग्ने गरेका छैनन् । आवास तथा खानाको अभाव हुने हुनाले पनि यस कुण्डमा तीर्थालुहरूको आवागमन नभएको हो । यसभित्र गणेश कुण्डको परिचय रसुवा जिल्ला, गोसाइँकुण्ड गाउँपालिका, वडा नं ६ मा पर्ने गणेशकुण्डको बारेमा प्राय मानिसहरूलाई थाहा भएको छैन ।   गोसाइँकुण्डदेखि उत्तर-पश्चिममा अवस्थित गणेश कुण्डको निकास   कुण्ड परिसरबाट झरेको नदेखिए पनि केही तलबाट भने   लाङटाङ, पदमार्गको लामाहोटल (चामडोल) को पारीपट्टि लाङटाङ खोलामा निकास झरेको छ । गोसाइँकुण्डबाट करीब ८ / ९ घण्टा पैदलयात्राको दूरीमा रहेको यस कुण्डमा प्राय तीर्थालुहरू पुग्ने गरेका छैनन् । आवास तथा खानाको अभाव हुने हुनाले पनि यस कुण्डमा तीर्थालुहरूको आवागमन नभएको हो ।   सत्ययुगमा देवता र दानव मिली समुन्द्र मथनबाट निस्केको हलाहल नामक कालकुट विष पृथ्वीको रक्षार्थ भगवान शिवले निल्नुभयो, तत्‌पश्चात् डाहा भई शान्त हुन निलाद्री पर्वतमा रहेको यस स्थानमा आएर गोसाइँकुण्डलगायतका कुण्ड उत्पत्ति गर्नुभएको धार्मिक कथन रहेको ...

मोटरेबल पुलकाे प्वाल टालियाे

Image
रसुवा, चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका जोड्ने रोंगास्थित जीर्ण बनेको मोटरेबल पुल जोखिम साथै दुर्घटना हुन सक्ने सम्भावना लाइ मध्यनजर गर्दै राष्ट्रिय युवा संघ नेपाल गोसाइँकुण्ड गाउँ कमिटिले पहल गरी मर्मत गरको छ ।  पुलमा रहेकाे प्वाल रड, सिमेन्टलगायत सामग्री प्रयाेग गरेर ढलान गरी टालेका छन् । स्याफ्रुबेसी–रसुवागढी खण्डको १६ किलोमिटर सडक चीन सरकारको सहयोगमा निर्माण भएको थियो। पुल २०६६ सालमा निर्माण भएको हो। दैनिक ४र५ सय मालवाहक कन्टेनर गुड्ने पुल जीर्ण बनेसँगै समस्या सिर्जना भएको थियो ।  संचार माध्यममा धेरै आवाज उठाएपनि मर्मत हुन सकेको थिएन । जहाँ राष्ट्रिय युवा संघ  त्यहाँसामाजिक कार्य भन्ने नाराका साथ स्थानीय युवा संघले यस्तो काम गरेको युवा संघ रसुवाका अध्यक्ष कुमार नगरकोटीले बताए । पुलकाे प्वाल टालेपछि त्यहाँ हिड्न तथा सवारी आवागमनमा सहज भएको छ ।  

गापा अध्यक्ष कप हाकु युवा सोसाइटी र रेडपाण्डा ट्रफी नौकुण्डलाई

Image
रसुवा । गोसाईकुण्ड गाउँपालिका र लाङटाङ राष्ट्रिय निकुञ्जले आयोजना गरेको तेस्रो गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कप २०८१  हाकु युवा सोसाईटी तथा १२ औं रेडपाण्डा ट्रफी पुरूष भलिबल प्रतियोगितामा  नौकुण्ड युवा सोसाइटीले उपाधि हात पारेकाे छ ।  अध्यक्ष कप फाइनल खेलमा एकीकृत नौकुण्ड युवा समाजलाई पराजित गर्दै हाकु युवा सोसाईटीले उपाधि जितेको हो । उपाधि विजेता हाकु युवा सोसाइटीले क्रमशः २ लाख नगद सहिद ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै दोस्रो उपविजेता एकीकृत नौकुण्ड युवा समाजले १ लाख नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । उक्त प्रतियोगितामा तृतीय टीम रिस्याङ भूमि प्रगतिशील युवा क्लबले ५० हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए। सान्त्वना पुरस्कार नौकुण्ड एकता समाजले २५ हजार सहित प्रमाणपत्र पाएका छन् । शुक्रबार उपप्रधानमन्त्री एवम भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठकाे प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम धुन्चेमा सम्पन्न भएको हो । विजेता खेलाडीहरुलाई आयोजक  गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ बरिष्ठ संरक्षण अधिकृत अणनाथ वराल...