Saturday, December 20, 2025
भूमिहीन दलित र भूमि अधिकार : नीति र कार्यान्वयनको चुनौती विषयक संवाद्
Friday, December 19, 2025
उत्तरगयाधाममा ६ हजार भक्तजनलाइ नि:शुल्क भाेजन
🔥 तपाईले छुटाउनै नहुने - बेत्रगंगाको बारेमा नालीबेली 🔥
बेत्रावती/बेत्रगंगा वा उत्तरगया धाम
बेत – ना. (सं. बेत/बेत्र) बाँसको जस्तो आँख्ला र पात हुने, सन्दुक, लौरी आदि निर्माण गर्न प्रयोग हुने एक जातको लहरो र वपी – ना. (सं.) सानो जलाशय वा कुवा भन्ने अर्थ जनाउँदछ । भगवान शिवले बेतको लौरोद्वारा जलाशय निर्माण गरेको भन्ने धार्मिक तथा पौराणिक कथन अनुसार यस स्थानको नाम 'वेत्रवपि' वा बेत्रवति रहन गएको हो ।बोलीचालीमा अपभ्रम्श भई बेत्रावती भनिएको छ । जसलाई चारधाममध्येको एक उत्तरगया धाम पनि भनिन्छ । पुरा नालीबेली ...
उत्तरगयाधाममा १० हजारले श्राद्द गरे
बेत्रावती (रसुवा), पौष ४ गते । पवित्र तीर्थस्थल त्रिशूली, रूद्रगंगा र बेत्रगंगाको संगमस्थल उत्तरगया धाममा श्राद्ध १० हजारभन्दा बढी श्रद्दालुले श्राद्द र तर्पण गरेका छन् । धार्मिक एवंम ऐतिहासिक क्षेत्र उत्तरगया धाममा पौषे औसीको दिन हिन्दु तथा बौद्ध धर्मावलम्वीहरूले मृतक आफन्तको संझना गर्दै श्रद्धा गरेका हुन् ।
बिहान सबेरैदेखि पुसको चिसोमा नदिको चिसो पानीमा नुहाएर पितृहरूको नाममा श्राद्ध गर्नेहरूको ठूलै भीड् लाग्यो । हिन्दुधर्मावलम्बीहरूले आफ्ना परम्परा धान्न उत्तरगयामा आई श्राद्ध गरी मोक्ष प्राप्ति गरेको बताए ।
नुवाकोट र रसुवाको सिमानामा रहेको बेत्रावतीको उत्तरगयामा १० हजार भन्दा बढि भक्तजनहरूले श्राद्ध गरी आफ्ना आफन्त जनको लागि पिण्ड दान गरेका छन् । उत्तरगयामा श्राद्ध गर्नेहरुको निकै ठूलो भीड् लागेको थियो ।
उत्तरगया क्षेत्रमा आएर वर्षेनी हजारौ भक्तजनहरूले परलोक भएका आफ्ना आफन्त तथा बाबु आमाको नाममा श्राद्ध, दान, तर्पण गर्ने गर्दछन । तप्तनदी अर्थात उत्तरगया क्षेत्रमा आई श्राद्ध गरेमा २० पुस्ता अघिका पितृहरू मोक्ष्य प्राप्ति भई स्वर्ग जाने जन विश्वास रहिआएकाले पनि यहाँ टाढा टाढाबाट भक्तजनहरू आई श्राद्ध गरेका छन् । उत्तरगयामा क्षेत्रमा टाढा टाढादेखि श्राद्ध गर्न आएका भक्तजनहरूको ठूलो भिड् लागेको थियो ।
उत्तरगया क्षेत्रको नामले चिनिने बेत्रावतीमा पौषकृष्ण औंशीका दिन पितृहरूलाई पिण्ड दिएर श्राद्ध गर्नाले सबै पितृहरू मोक्ष हुन्छन् भन्ने विश्वासका साथ मानिसहरूको यहाँ श्राद्ध गर्ने भीड् लागेको हो । भारत वर्षका चार गया मध्ये भारतमा तीन गया छन् भने नेपालमा रहेको एक मात्र गया उत्तरगया हो । धार्मिक क्षेत्रकै नामले यस क्षेत्रमा गाँ पालिकाको नाम पनि उत्तरगया नै रहन गयो । बेत्रावतीलाई श्राद्धका लागि पवित्र मानिएका हिन्दकुश क्षेत्रका चार गयामध्ये एक मानिने कालिका गाउँपालिका निवासी खेमराज देवकोटा बताउछन् ।
🔥 तपाईले छुटाउनै नहुने - बेत्रगंगाको बारेमा नालीबेली 🔥
बेत्रावती/बेत्रगंगा वा उत्तरगया धाम
बेत – ना. (सं. बेत/बेत्र) बाँसको जस्तो आँख्ला र पात हुने, सन्दुक, लौरी आदि निर्माण गर्न प्रयोग हुने एक जातको लहरो र वपी – ना. (सं.) सानो जलाशय वा कुवा भन्ने अर्थ जनाउँदछ । भगवान शिवले बेतको लौरोद्वारा जलाशय निर्माण गरेको भन्ने धार्मिक तथा पौराणिक कथन अनुसार यस स्थानको नाम 'वेत्रवपि' वा बेत्रवति रहन गएको हो ।बोलीचालीमा अपभ्रम्श भई बेत्रावती भनिएको छ । जसलाई चारधाममध्येको एक उत्तरगया धाम पनि भनिन्छ । पुरा नालीबेली ...

पञ्चधाम सेवा केन्द्र नेपालले श्राद्ध गर्न आउने ६ हजार बढि भक्तजनहरूलाइ निःशुल्क भोजन गराएको जनाएको छ । श्रद्धालुहरूका लागि निःशुल्क भोजन गराउनने व्यवस्था पञ्चधाम सेवा केन्द्र नेपाल काठमाडौं, उत्तरगया गाउँपालिका, विदुर नगरपालिका तथा विदुर नगरपालिकाका वडा नम्बर १ र ७ ले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं स्वयम्भू, लायन्स क्लब अफ काठमाडौं ब्लड सोसियल सर्कल नर्थ, लायन्स क्लब अफ काठमाडौं शुभकामना, उत्तरगया क्षेत्र विकास कोष तथा नेपाल स्काउट रसुवाले सहयोग गरेका थिए ।
हालको बेत्रावती क्षेत्रलाई उत्तरगया भनेर यहां पितृको नाममा हिन्दू धर्मालम्वीहरूले श्राद्ध, दान, तर्पण गर्ने गर्छन् भने बौद्धमाग्रीहरूले मृत्यु भएका आफ्ना आफन्तका नाममा लामाहरूले पनि मन्त्र पढ्ने र बत्ति बाल्ने गर्छन् । पुस्तौदेखिका पितृहरुको संझनामा पिण्डदान गरिन्छ । धार्मिक किवदन्ती अनुसार सत्ययुगमा देवता र दानवले समुद्र मन्थन गर्दा निस्केको कालकुट विषले संसार भष्म पार्न लागेपछि भगवान महादेवले कालकुट नामक विष पिएर विषको डाहा मार्न यही ठाउमा लौरोले खोस्री तप्त नदी उत्पन्न गराई सो नदीको पानीले शीतलता पाई उत्तरापन्थ गोसाँइकुण्ड गएको विश्वास गरिन्छ ।
आफ्ना आफन्त जनको नाममा यहाँ आएर श्राद्ध गर्दा पितृ मोक्ष हुने र पहिलेदेखी नै चलिआएको परम्परालाई धान्नको लागि र आफ्नो धर्म संस्कृतिलाई जोगाउनु पर्छ भन्ने मान्यताले गर्दा उत्तरगयामा श्राद्ध गर्न आएको भक्तजनहरू बताउछन् ।
ईतिहासका महत्वपूर्ण घटनाक्रममा पनि उत्तरगयाको वर्णन गरिएको पाईन्छ । यहाँ वालाचर्तुदशी, पौषे औषी, रामनवमी, हरिवोधनी एकादशी, दशहरा, ऋषितर्पणी, कुशे औशी आदी पर्वमा भक्तजनहरूको भव्य मेला लाग्दछ । टाढा टाढाबाट भक्तजनहरू आएर पुजा अर्चना गर्छन् । नेपाल –तिव्वत बीच लडाई हुँदा वि सं १८४९ असोज १७ गते बेत्रावती सन्धी भएको स्थल पनि यही क्षेत्र भएकोले यस क्षेत्रको महत्व अझ बढेको छ ।
यसवर्ष लेन्देखोलादेखि आएको बाढीले बिगारेको संरचना सम्याउने पार्ने काम गरेर यहाँ आउने हजारौं भक्तजनहरुलाइ सहज रुपमा श्राद्ध गर्ने ठाउँ तयार गरेको स्थानीय दिलकृष्ण श्रेष्ठले बताए ।
यो क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा उत्तरगया पवित्र धार्मिक क्षेत्रमा पितृ मोक्षको कामना गर्दै तिथी छुटेकाहरूले पनि श्राद्ध तथा पुजा आजा गर्न हजारौं तीर्थ यात्रीहरू आउने गरेको यसको पहिचान मर्न नदिन युवा पुस्ताले योगदान गर्नु पर्ने धारण स्थानीय बुद्धिजिवी गणेश श्रेष्ठले वताउछन् ।
श्राद्ध गर्न टाढा टाढा भक्तजनहरु आएपनि यहाँ पुरोहीतहरुको अभावमा धेरैजसोले सामूहिक रुपमा एउटै स्थलमा बसेर समेत श्राद्ध गरी पिण्डदान गरेका छन् ।
Wednesday, December 17, 2025
फुर्पाले ६९ वर्षको उमेरमा पहिलो पटक नेपाली नागरिकता पाए
रसुवा, नौकुण्ड गाउँपालिका–६, सरस्यु निवासी फुर्पा तामाङले ६९ वर्षको उमेरमा पहिलो पटक नेपाली नागरिकताकाे प्रमाणपत्र प्राप्त गरेका छन् ।
फुर्पा तामाङले पुस ७ गते जिल्ला प्रशासन कार्यालय रसुवाबाट नागरिकता लिएका हुन्। लामो समयसम्म नागरिकताविहीन रहँदै आएका तामाङले नागरिकता पाएपछि आफू हर्षले विभोर भएको प्रतिक्रिया दिएका छन्।
जिल्ला प्रशासन कार्यालय रसुवाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार आवश्यक सम्पूर्ण कागजात संकलनदेखि प्रक्रिया पूरा गर्न प्रशासन कार्यालय, स्थानीय तह, वडा कार्यालय तथा स्थानीय सरोकारवालाहरूको समन्वय र सहजीकरणमा नागरिकताकाे प्रमाणपत्र प्रदान गरिएको हो।
नागरिकताविहीन अवस्थाका कारण राज्यले उपलब्ध गराउने सेवा–सुविधाबाट वञ्चित हुनुपरेको उल्लेख गर्दै नागरिकता प्राप्तिपछि अब आफूले नागरिकको हैसियतमा अधिकार र सुविधा पाउनेमा फुर्पा तामाङले खुशी व्यक्त गरेका छन्।
नौकुण्ड गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष यो नुर्पु तामाङले सेवा ग्राहीको खुशी नै आफ्नो खुशी भएको बताउँदै नागरिकको हैसियतले पाउनुपर्ने अधिकार र सेवा सुनिश्चित गर्न सकिएकोमा सन्तोष व्यक्त गरे। उनले राष्ट्रप्रतिको कर्तव्य निर्वाह गर्न पाउने अवस्थामा पुगेको भन्दै फुर्पा तामाङलाई शुभकामना समेत दिएका छन्।
तस्वीर : याे नुर्पु तामाङबाट
Tuesday, December 9, 2025
भूमिहीन दलित र भूमि अधिकार : नीति र कार्यान्वयनको चुनौती विषयक संवाद्
काठमाडाै, सामुदायिक आत्मनिर्भर सेवा केन्द्रलगायत ९ वटा दलित, भूमि र मानव अधिकारको क्षेत्रमा कार्यरत संस्था एवं सङ्गठनको अयोजनामा आज 'भूमिहीन दलित र भूमि अधिकार : नीति र कार्यान्वयनको चुनौती विषयक संवाद् कार्यक्रम' भयो ।
मानव अधिकार राष्ट्रिय महाभेला-२०२५, सन्दर्भमा आयोजित कार्यक्रममा भूमिहीन दलित प्रतिनिधिहरु, दलित भूमिहीनता अन्त्य गर्न क्रियाशील संघ सङ्गठनका प्रतिनिधिहरु, जेनजी समूहका प्रतिनिधिहरु, भूमि अधिकार मञ्चका अभियन्ता एवं सदस्य तथा यस क्षेत्रका सरोकारवाला प्रतिनिधिहरुसमेत ८५ (४७ महिला, ३३ दलित, २१ जनजाति) जना सहभागी भएका थिए ।
राष्ट्रिय मानव अधिकार आयोग कार्यालय आयोजना
गरिएको कार्यक्रममा दलित भूमिहीनता सम्बन्धमा गरिएको दुई अध्ययन (सामुदायिक आत्मनिर्भर केन्द्रबाट डा. सुरेश ढकाल र
विश्वास नेपाली र र नाफान पवन ढकालबाट) को सार प्रस्तुती
गरिएको थियो । समुदायबाट सहभागी भएका ४ जना भूमिहीन दलित अगुवाहरुले सङ्घर्षपूर्ण
अनुभूति सुनाएका थिए ।
त्यसपछि विभिन्न सरोकारवालाको सहभागितामा निर्धारित
विषयमा प्यानल छलफल गरिएको थियो । प्यानल छलफलमा राष्ट्रिय दलित आयोगका अध्यक्ष मा. देवराज विश्वकर्मा, भूमि समस्या समाधान आयोगका विज्ञ
सदस्य, डा. जगत बस्नेत, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव एवं प्रवक्ता, गणेशप्रसाद भट्ट, राष्ट्रिय मानव अधिकार आयोगका
उपसचिव, श्यामबाबु काफ्ले, वरिष्ठ
अधिवक्ता, राजुप्रसाद चापागाइँ, दलित
नागरिक समाजका संयोजक, मोती लाल नेपाली, राष्ट्रिय भूमि अधिकार मञ्च नेपालका अध्यक्ष ल्यामबहादुर दर्जी, दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष जेवी विश्वकर्मा, अधिवक्ता देवी सुनार, नाफानका कार्यकारी निर्देशक भोला
भट्टराई सहभागी हुनु भइ दलित भूमिहीता र यसको अन्त्य र उनीहरुको समृद्ध जीवनको
विषयमा नीतिगत समीक्षा वर्तमान अभ्यास र आगामी बाटोको विषयमा गहन छलफल तथा
अनुभूतिहरु आदान प्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण सामुदायिक आत्मनिर्भर
केन्द्रबाट अभियान संयोजक सुष्मा न्यौपाने र प्यानल सहजीकरण नेपाल महिला एकता
समाजबाट कार्यक्रम व्यवस्थापक सावित्री थापाले गर्नुभएको थियो ।
झण्डै ४ घण्टा चलेको कार्यक्रममा भूमिहीन दलितका जग्गा अधिकार र यसबाट परेको असर र समाधानको लागि राज्यले दिनुपर्ने ध्यानको विषयमा सहभागी अधिकारवाला तथा सरोकारवालाहरुले निकै आवाज उठाएका थिए । सहभागीहरुबीच भएको अन्तरक्रियात्मक छलफलमा भूमिहीन दलितको भूमि अधिकारको सन्दर्भमा सघन कार्य गर्न निम्न सुझावहरु प्राप्त भएको छ :
·
भूमिहीन दलितको आर्थिक र सामाजिक अवस्था
कमजोर छ । उनीहरु शिक्षा र रोजगारीको अवसरबाट समेत वञ्चित छन् । जीविकाको लागि
कठोर परिश्रम गर्न बाध्य छन् । बसोबास सुरक्षित छैन ।
·
भूमिहीन दलितलाई सुरक्षित घरबास र खेती
गर्ने दलित परिवारलाई पर्याप्त जग्गा राज्यले सुनिश्चित गर्नुपर्छ । अहिलेको
कानुनअनुसार राज्यले भूमिहीन परिवारलाई दिने भनेको जग्गाको क्षेत्रफल साह्रै सानो
भएकाले भूमिहीन दलित परिवारको दीर्घकालिन समाधान हुँदैन त्यसैले कानुन संशोधनमा
आवाज उठाउनु जरुरी छ ।
·
भूमिसम्बन्धी अधिकारको क्षेत्रमा काम
गर्ने र दलित अधिकारको क्षेत्रमा कार्यरत सङ्गठनहरुको सहकार्य जरुरी छ । सङ्गठित
आवाज उठाउन सकियो भने मात्रै दलित भूमिहीनता अन्त्य भइ समृद्धिको बाटो सम्भव छ ।
·
नयाँ राजनीतिक परिवेशमा पनि सर्वोच्च
अदालतले भूमि समस्या समाधान आयोगलाई काम गर्न पाउने गरी आदेशद्धार व्युउँताएको
हुँदा यो अवसरलाई आयोग र भूमि अधिकारको क्षेत्रमा क्रियाशील सङ्गठनहरु र स्वयम्
भूमिहीन समुदायले पनि सदुपयोग गर्नुपर्छ । र सबैले राज्यलाई सकारात्मक दबाब
सिर्जना गरी छिट्टै सम्पूर्ण भूमिहीन दलितलाई भूमिको अधिकार दिलाउन भूमिका खेल्न जरुरी छ ।
·
देशभरका भूमिहीन दलितहरुलाई सङ्गठित हुन
समुदाय जागरण ल्याउनुपर्छ । दलित-गैरदलितबीचको सहकार्य र संवाद् बढाउनुपर्छ ।
· राज्यले बनाउने
नीति निर्माणमा भूमिहीन दलितहरुको प्रतिनिधित्व छैन । कार्यान्वयन गर्ने ठाउँमा
पनि भूमिहीन दलितहरुको प्रतिनिधित्व नभएकाले भएको नीतिहरु प्रभावकारी कार्यान्वयन
नभएको हो । यसको लागि राज्यको उचित ध्यानकर्षण गरी जसको सवाल उसकै अगुवाइ हुने
वातावरण गराउनुपर्छ र सोअनुसार नीतिको लागि पैरवी गर्नुपर्छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले उमेदवार सिफारिस गर्याे
रसुवा, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला कार्यसमिति रसुवाले उमेदवार सिफारिस गरेको छ ।
मंगलबार कालिका गाउँपालिका–२ कालिकास्थानमा सम्पन्न जिल्ला कार्यसमितिको बैठकले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधि सभाका सदस्य इञ्जिनियर मोहन आचार्यलाई एकल नाम सिफारिस गर्ने निर्णय गरेको पार्टी सभापति पेम्बाछिरिङ तामाङले जानकारी दिए ।
कांग्रेस रसुवाका अनुसार लोकतान्त्रिक मूल्यप्रति प्रतिवद्धता, विकासमा सक्रिय भूमिका र जनताप्रति उत्तरदायी नेतृत्व प्रदान गर्ने क्षमताका आधारमा आचार्यको नाम अघि सारिएको हो । यस्तै, समानुपातिक तर्फ सभापति पेम्बाछिरिङ तामाङ र सार्किबुटी तामाङको नाम सिफारिस गरिएको छ ।
साथै राष्ट्रिय सभातर्फ जनकजीवन उपाध्यायको नाम सिफारिस नेपाल नेपाली काँग्रेस रसुवाले जनाएकाे छ ।
लैङ्गिक तथा यौनिक अल्पसंख्यक बारे रसुवामा सचेतना कार्यक्रम
रसुवा, लैङ्गिक तथा यौनिक अल्पसंख्यक बारे जानकारी मूलक जनचेतना कार्यक्रम कालिका गाउँपालिका-५ जिवजिवेमा ०८२ मङ्सिर २३ गते सम्पन्न भयाे ।
प्रविधिको सहि प्रयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौ भन्ने नाराका साथ सुरू भएकाे १६ दिने लैङ्गिक हिंसा बिरूद्धकाे अभियान अन्तर्गत कार्यक्रम देश ब्यापी कार्यक्रम भइरहेकाे सराेकारवालाहरूले बताए ।
समावेशी मञ्च नेपालकाे आयोजनामा भएको कार्यक्रममा सहजकर्ता देवेन्द्र खत्रीले प्रस्तुतीमा जैविक लिङ्ग, लिङ्ग लैङ्गिकता तथा यौनिकता बारे परिचय दिए । उनले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय प्रति समुदायकाे भेदभाव हुन नहुने बताए । नेपालको संविधान २०७२ धारा १२ ले लैंगिक पहिचान सहितको नागरिकताको अधिकार सुनिश्चित गरेको छ । धारा १८ ले समानताको अधिकार सुनिश्चित गरेको छ र धारा ४२ ले सामाजिक न्यायको हक अन्तर्गत समावेशी साथै समानुपातिक प्रतिनिधित्वको अधिकार पनि सुनिश्चित गरेको छ । यसले नेपाललाई एशियामा एकमात्र देश र एलजिबिटआईको अधिकार संविधान मै प्रत्याभूत गर्ने थोरै देश मध्ये एक देशको रुपमा गर्वका साथ पहिचान बनाएको उनले बताए ।
समावेशी मञ्च नेपालका अध्यक्ष बद्री पुनले लैङ्गिक तथा यौनिक अल्पसंख्यक LBGTIQ प्रतिकाे समुदायकाे बुझाइ सकरात्मक हुनु पर्ने बताए । समुदायमा उनीहरूलाइ हेयकाे भावनाले नभइ माया गरेर समान अधिकार दिनु पर्ने बताए । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदयलाइ पहिचान र अधिकार नीतिगत रूपमा भएकाेले साे अनुरूप ब्यवहार पनि हुनुपर्ने बताए ।
सामाजिक विभेद र परिवारबाट तिरस्कार खेप्दै आएका प्रायः यौनिक तथा लैंगिक अल्पसंख्यकले राज्यबाट आफ्नो वास्तविक पहिचान पाउनु पर्ने बताए । उनले ‘अन्य’ राखेर नागरिकता पाउन सहज नभएकाे बताए ।
प्रमुख अतिथि कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकाेटाले लैङ्गिक तथा यौनिक अल्पसंख्यक LBGTIQ प्रतिकाे बुझाइ एकरूपताका लागि यस्ता सचेतना मुलक कार्यक्रम उचित रहने र खुलेर निस्केमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूले सबै अधिकार पाउने बताए । उनले नागरिक अधिकार रक्षाका लागि सहयाेग गर्ने प्रतिबद्दता समेत जनाए। अतिथिहरू वडा अध्यक्ष सन्दिप पाैडेल, जिवजिवे ग्रामीण अस्पतालका डा निरन्जन भट्टलगायतले आफ्नो धारण राखेका थिए । कार्यक्ममा स्रथानीय जनप्तिनिधिहरु, विद्यार्थी, समुदायका अगुवा, समाजसेवीहरु सहभागी थिए ।
नेपालको संविधान २०७२ को धारा १२ अनुसार, प्रत्येक नेपाली नागरिकले आफ्नो पहिचानसहितको नागरिकता पाउने अधिकार राख्दछ । तर, संविधानको यस प्रावधानविपरीत नागरिकता र राहदानी बनाउने बेला लैंगिक अल्पसंख्यक समूदायका व्यक्तिहरूलाई आफ्नो पहिचान अनुसारको नागरिकता लिन धेरै ठाउँमा सहज नभएकाे बताइएकाे थियाे ।













.jpg)
.jpg)





