ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Monday, April 29, 2024

लाङटाङ राष्ट्रिय निकुञ्जमा तोडफोड, वार्डेनलाई धम्की

रसुवा,  लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालय,रसुवामा तोडफोड भएको छ ।  वैशाख १४ गते कार्यालयमा प्रवेश गरेका काँग्रेस कार्यकर्ता टोलीले तोडफोड गरेको छ भने वार्डेनलाइ मार्ने धम्की दिएको छ । 

तरुण दल,नेपाल विद्यार्थी युनियन,पार्टीका क्षेत्रीय सभापति,जिल्लाका प्रतिनिधिहरुको टोली बिहान निकुञ्जको धुञ्चेस्थित कार्यालयमा पुगेका थिए । करिब ६०र ७० जनाको समूहमा रहेको टोलीले त्यहाँ प्रवेश गरेर तोडफोड गरेको जनाइएको छ । उक्त टोलीले गरेको तोडफोडका कारण एउटा कुर्सी भाँचिएको छ भने २ थर्मस फुटेको जनाइएको छ । 

नेविसंघका जिल्ला सचिव बताउने सुन्दर अधिकारीले बिना कारण मार्ने धम्की दिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । 

विभिन्न जलविद्युत परियोजनाहरुले वातावरणीय प्रभाव मूल्यांकन नै नगरी काम गरिरहेको र त्यसमा निकुञ्जले सघाएर केही कर्मचारीहरु मोटाउँदै आएको काँग्रेसीहरुको आरोप छ । विभिन्न जलविद्युत परियोजनाहरु निर्माणका क्रममा स्थानीयहरुको घर जग्गा नै जोखिममा पर्ने गरी काम गर्दा समेत निकुञ्ज निरिह देखिएको उनीहरुको आरोप छ ।

 आफूखुसी आइइए गरेको,पालिकाहरुसँग समन्वय नगरेको,कोषको रकम मनलाग्दी ढंगले खर्च गरेको,मनलाग्दी कर्मचारी भर्ती गरिएकोलगायतको विषयमा नेपाली काँग्रेस आपत्ति जनाउँदै माग पत्र पेस गरे । 

निकुञ्जको कार्यालयका थर्मस र कुर्सी तोडफोड गरे पछि यही समूह अहिले प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाललाई ज्ञापन पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय,धुन्चे पुगेको छ । प्रमुख जिल्ला अधिकारी खनालले दुबै पक्षलाई राखेर समन्वय गर्ने प्रयास भइरहेको  बताए ।




Sunday, April 28, 2024

काठमाण्डौंमा कालिकावासीलाई हात्तीपाइले बिरूद्द 'आम औषधि सेवन' कार्यक्रम सञ्चालन गरिने

काठमाण्डौंमा कालिकावासीलाई हात्तीपाइले बिरूद्द 'आम औषधि सेवन' कार्यक्रम सञ्चालन गरिने

रसुवा । कालिका गाउँपालिका स्थायी बसोबास भई काठमाण्डौंमा विभिन्न पेशा, व्यवसायमा संलग्न व्यक्तिहरूलाई हात्तीपाईले बिरूद्द 'आम औषधि सेवन' अभियान सञ्चालन गर्ने भएको छ ।

गाउँपालिका स्वास्थ्य शाखाका अनुसार गाउँपालिकामा मात्र नभई काठमाण्डौंमा नै बसोबास गर्दै आईरहेका कालिकाबासीलाई 'आम औषधि सेवन' अभियान निम्नानुसार स्थानहरूमा सञ्चालन गर्ने बताएको छ ।

गोम्बा, हिलेटोल क्षेत्रमा बैशाख १७ र १८ गते, शेषमति, गैरीगाउँ, शेषमति क्षेत्रमा बैशाख १९ र बसुन्धरा, लोलाङ, शेषमति क्षेत्रमा बैशाख २० र २१ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म 'आम औषधि सेवन' अभियान सञ्चालन हुने बताईएको छ ।

काठमाण्डौंमा कालिकावासीलाई हात्तीपाइले बिरूद्द 'आम औषधि सेवन' कार्यक्रम सञ्चालन गरिने


गाउँपालिका, स्वास्थ्य शाखाले सूचना जारी गर्दै काठमाण्डौंमा रहेका कालिकाबासीलाई 'आम औषधि सेवन' कार्यमा पायक पर्ने स्थानबाट सेवा लिन अनुरोध गरेको छ ।

थप जानकारीको लागि :  कमलप्रसाद पौडेल ( 9860633597) र प्रमिला आचार्य  

Thursday, April 25, 2024

ल्होङ्जु थुजी छेन्पो अर्थात् टासी गोम्बा, बार्गो

- लोपेन ल्होङ्जु थुजी  छेन्पो अर्थात् टासी गोम्बा, बार्गो

पुराना चन्दनका मुखुण्डाहरू, एकजोर झ्याम्टा (क्ष्याबुप), एकथान मानव नलीखुट्टाले बनेको बाजा (कङ्लिङ) जस्ता ऐतिहाँसिक वस्तुहरू हराईसकेका छन् ।

    ल्होङ्जु थुजी  छेन्पो अर्थात् टासी गोम्बाको परिचय

    रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका, ५ ठूलोभार्खुमा रहेको ल्होङ्जु थुजी  छेन्पो अर्थात् टासी गोम्बा प्राचीन गोम्बा हो । भार्खु गाउँमा अवस्थित यो गुम्बा उत्पत्ति हुँदाको वा धार्मिक नामाकरण ल्होङ्जु थुजी  छेन्पो हो । जसको अर्थ नेपालीमा आर्यालोकेश्वर भनेर ठूलोभार्खुका बौद्द धर्म दर्शन अभियान्ता - लोपेन लाक्पा लामा बताउनुहुन्छ  ।



    यस गुम्बामा फापा चेरेंसी (सृष्टिकर्ता), गुरू रिम्बोर्छे, खेण्डोमो (देवी), वेपामे साङ्गे (बुद्द) को मूर्ति रहेको छ । गुम्बामा ह्युम (त्रिपिटक), दोमाङ जस्ता धार्मिक ग्रन्थहरू रहेका छन् ।

    पुराना चन्दनका मुखुण्डाहरू, एकजोर झ्याम्टा (क्ष्याबुप), एकथान मानव नलीखुट्टाले बनेको बाजा (कङ्लिङ) जस्ता ऐतिहाँसिक वस्तुहरू हराईसकेका छन् ।

    ल्होङ्जु थुजी  छेन्पो अर्थात् टासी गोम्बा, बार्गो
    ल्होङ्जु थुजी  छेन्पो अर्थात् टासी गोम्बा, बार्गोमा रहेको २००‌+ वर्ष पुरानो घण्टी (स्याङ)

    ध्वनीको हिशावले अत्यन्त राम्रा पुराना जोर शंख र ठूलाठूला घण्टहरू पनि रहेका छन् । पूजाआजासँगै यी दुबै बजाइन्छ । त्यहाँ रहेको घण्टमध्ये सानोचाहिँ गोसाइँकुण्डमा हुने मेलामा लगेर बजाउने परम्परा भने हराउँदै गएको छ । गोसाइँकुण्ड महादेवलाई 'हामी आयौं है' भनेर दिने संकेत् मानिन्थ्यो घण्टको धुनी ।

    ल्होङ्जु थुजी  छेन्पो अर्थात् टासी गोम्बा वरपरका आकर्षण र महत्व

    -         धार्मिक, ऐतिहाँसिक, पर्यटकीय, सांस्कृतिक तथा जैविक विविधताको महत्वले परिपूर्ण

    -         लोपोन्मुख रेडपाण्डा अवलोकन

    -         लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र (वनस्पति, वन्यजन्तु र चराचुरूङ्गी अवलोकन) लालीगुँरास, धुपी, गोब्रे सल्लो आदि ।

    -         लोपोन्मुख जडिबुटीहरूको भण्डार ।

    -         हिमाल, झरना, बहुसंख्यक तालतलैयाको हब ।

    -         प्राय: सबै किसिमका लालीगुँरास र अन्य सुगन्धित फूलहरूको अवलोकन ।

    -         नेपालको तेस्रो पर्यटकीय मार्गमा पर्ने (लाङटाङदेखि गोसाइँकुण्ड- हेलम्बु पदयात्रा)

    -         सुविधा सम्पन्न आवास तथा होटल, लजहरूको सुविधा

    -         माने, छुर्तेन, गुम्बा र मन्दिरहरूको अवलोकन

     

    ल्होङ्जु थुजी  छेन्पो अर्थात् टासी गोम्बा कसरी पुग्ने ?

    • पासाङल्हामु राजमार्गमा धुन्चे-स्याफ्रुबेंसी सडक खण्डको प्रयोग गरेर
    • गोसाइँकुण्ड वा लाङटाङको यात्राबाट ठूलोस्याफ्रु हुँदै यहाँ पुग्न सकिन्छ ।
    • यहाँबाट गोसाइँकुण्ड पदमार्ग (सिङ्गोम्बा) जाने पदमार्ग रहेको छ ।

     

    ल्होङ्जु थुजी  छेन्पो अर्थात् टासी गोम्बासँग सम्बन्धित सामग्रीहरू

    १) जैविक विविधता संरक्षण, पर्यटन विकासमा धर्म संस्कृतिको महत्व - फुुर्पा तामाङ, रसुवाली

    Wednesday, April 24, 2024

    गुठी रैतानी गर्न हाकुका पीडित किसान भेला


    गुठी रैतानी गर्न हाकुका गुठी पीडित किसान भेला


    रसुवा, वैशाख १२ गते 

    आमाछोदिङ्मो गाउँपालिका वडा नं. १ ठूलो हाकुगाउँमा  गुठी रैतानी गर्न किसान भेला भएका छन् । भेलामा गुठी पीडित किसानलगायत जनप्रतिनिधिहरू सहित ७३ जना सहभागी थिए । 

    हाकुमा किसानहरूले पुस्तौंदेखि जोतभोग गरी जीविकाचलाउँदै आएको जग्गा जमिनपछि किसानले थाहानपाउने गरी पुरानो स्यम्भु घ्याङ गुठीको नाममादर्ता भएपछि किसानहरू समस्यामा छन् । उनीहरूसँग जोतभोग गरेको जग्गाको लालपुर्जा छैन । 

    विगत १८ वर्षदेखि किसानहरूले आन्दोलनमार्फत जग्गा रैकर गराउनप्रयास गरेपनिहालसम्मत्यो पूरा हुन सकेको छैन ।गुठी जग्गाबाट यहाँको ठूलोहाकु, सानो हाकु, हाकुबेसी, फुलबारी, थाङ्कु, गोर्सुम्बा र लुम्बुडाँडा गाउँकाकरिव ७०० घरधुरी प्रभावित छन् । हालसम्मकरिव २०० घरधुरीले मात्रै मोहीपुर्जा बनाइलिन सकेका छन् भने ठूलो सङ्ख्याको किसानहरूसँग मोहीपुर्जा समेत नहुँदा समस्या भोगिरहेका छन् । 

    छलफलमा स्थानीय अगुवा लाक्पा तामाङले भने, पुस्तौंपुस्ता खेतीपातीगर्दै आएको, सबैको घरवाससमेत भएको जग्गाको कानुनी स्वामित्व नहुँदाहामीले दुःखपाएका छौँ । हामी सुकुम्बासी सरह जीवन विताउनु पर्दा ज्यादै दुःखलागेको छ । 

    छलफलमा किसानहरूले गुठी जग्गा हुँदाभोग्नु परेको पीडा सुनाएकाथिए । केही किसानहरूले अहिले पनि गुठी जग्गा जोतभोग गरेवापत कुत तिरीरहेको भएपनि अधिकाशं किसानहरू कुततिर्न छाडेका छन् । किसानहरूले काठमाडौं स्थित पुरानाे स्यम्भु घ्याङ गुठीलाई प्रति रोपनी वार्षिक २०० रुपैयाँ नगद तिर्नुपर्ने बाध्यता छ । भीर, पाखा, पखेरो, झाडी भएको क्षेत्र बढी छ । उव्जनी हुँदैन, तैपनि मँहगो तिरो तिर्न कठिन भएको गुठी पीडित किसान काल्साङ तामाङले बताए । 

    कार्यक्रममा सहभागी वडा नं. १ का अध्यक्ष साङ लामा तामाङले भने, हामी सबै वडाबासी भूमिहीन सरह छौँ । कसैको पनि आफ्नो नाममा एक टुक्रा जग्गा छैन । गुठी समस्या भएकाले किसानहरूले दुःख कष्ठ भोगिरहनु परेको छ । अव, हामी सबै एकैसाथ सङ्गठित भएर नै लाग्नुपर्ने अवस्था छ । 

    हामी प्रभावित गाउँगाउँमा सङ्गठन बनाएरै सङ्गठित आन्दोलन गर्नुपर्ने आवश्यकता भइसकेको छ । उनले भने, यो गुठी समस्या समाधानको लागि जिल्ला भूमिअधिकार मञ्चको सहयोग जरुरी छ । अव जसरी पनिकिसानको समस्या समाधानको लागिपहल लिन्छु । 

    आत्मनिर्भर केन्द्रका कार्यकारी निर्देशक जगत देउजाले नापीको समयमा रैकर हुनुपर्ने जग्गा गुठीमा राखिएकाले विना ढिलाई सबै जग्गा रैकर हुनुपर्ने तर्फ स्थानीय सरकारले पहललिनु पर्ने बताए ।  । किसान जुट्न सके पुर्जा लिन सकिन्छ । अहिलेको तिरो बढि भएकाले रैकर सरह हुनेगरी माग गर्ने र वडामा तिरो बुझाउन पाउने व्यवस्था हुन आवश्यक छ । 

    उनले भने, सरकारले गुठीको नयाँ कानुन ल्याउँदैछ, यही सन्दर्भमा हामी पनियहाँको गुठी किसानको समस्याबारे सुझाव दिन्छौँ, समस्या समाधानको लागि सहजीकरणको भूमिका निर्वाह गर्छौँ । तपाईंहरू पनि सङ्गठित हुनुहोस्, समस्याको समाधान खोजौँ ।  

    राष्ट्रिय भूमिअधिकार मञ्च, नेपालका कोषाध्यक्ष पातली थामीले भने, यहाँको किसानले गुठी जग्गाको लालपुर्जा नहुँदाभोग्न परिररहेको समस्या पीडादायी रहेछ । अव, सङ्गठितरुपमा आन्दोलन गरौँ, राज्यबाट लालपुर्जा लिनदबाबदिउँ । उनले भने, अहिले दाङलगायत देशैभरी गुठी समस्या समाधानको लागि किसानहरू आन्दोलनमा छन्, यहाँ (हाकु) बाट पनि किसानहरू एक पनि फेरी हाम्रो गाउँमञ्चहरूलाई बलियो बनाएर आन्दोलनमा जुट्न आवश्यक छ ।  

    कार्यक्रममा जिल्ला भूमिअधिकार मञ्च, रसुवाका अध्यक्ष भवानीप्रसाद न्यौपानेले लामो समय धेरै सङ्घर्ष गरेर यहाँका १५० भन्दा बढी किसानहरूलाई मोहीपुर्जा दिलाएर आफ्नो हक सुरक्षित गराउन सफलभएको बताए । फिल्डबुकमा सिसा कलमले लेखिएको हकमाकिसानहरूलाई मालपोत कार्यालयले लालपुर्जा बनाएर दिन मानेको छैन । 

    त्यसको लागिहामी सबै फेरी पनि सङ्गठित दबाबदिनुजानुपर्ने अवस्था छ । १८वर्षदेखि हामी सँगै आन्दोलनमा छौँ, अव छिट्टै यो समस्या समाधानको लागि सङ्घीय सरकारसँग छलफल गर्न जाउँ र समस्या समाधानको लागि पहल गरौ उनले भने । 


    हात्तीपाइले रोग निवारण गर्न १६ गतेदेखि औषधि खुवाउने अभियान सुरू हुने

    हात्तीपाइले रोग निवारण गर्न  १६ गतेदेखि औषधि खुवाउने अभियान  सुरू हुने
    रसुवा, राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान अन्तर्गत कालिका गाउँपालिकामा अभियान कै रूपमा वैशाख १६ गतेदेखि हात्तीपाइले रोगविरुद्धको साताब्यापी औषधि खुवाउने भएको छ । 

    कालिका गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नबराज न्याैपानेले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान गत वर्षबाट सुरू भएको बताए । टोल टोलमा पुगेर हात्तीपाइले रोग विरुद्धको औषधि  सवै नागरिकलाइ नछुटाउन सेवन गर्न उनले सराेकारवालाहरू समक्ष अनुराेध गरे । 

    हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान गाउँपालिका स्तरिय बहुनिकाय योजना तर्जुमा गोष्ठीमा सहभागी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर केसी कुँबर, वडा अध्यक्ष उमेश न्याैपाने, जनप्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापकहरू, पत्रकार तथा सरोकारवालाहरूले गाउँपालिका तथा जिल्ला बाहिर रहेका नागरिकलाई पनि योजना बनाएर औषधि सेवन अभियानमा नछुटाउन सुझाव दिएका थिए । 

    हात्तीपाइले रोग एक पटक लागेपछि जीवनभर निको हुँदैन । मानिसको शरीरमा हात्तीपाइले रोगको परजीबी प्रवेश गर्नासाथ यो रोग देखापर्दैन । यो परजीबी छ वर्षसम्म मानिसको शरीरमा सुसुप्त अवस्थामा रहन्छन् । यो परजीबी शरीरमा रहे हात्तीपाइलेको औषधि सेवन गरेपछि कसै कसैलाई ज्वरो आउने, वाकवाकी लाग्ने, वान्ता हुने, जस्ता सामान्य असर देखापर्न सक्छन् । फाइलेरिया परजीवीले लाखौंको संख्यामा उत्पादन गर्ने सूक्ष्म फाइलेरिया रगतमा पुगिरहेका हुन्छन । 

    सहजिकरण गर्दै स्वास्थ्यकर्मी तथा हात्तीपाइले रोग निवारण अभियानका फाेकल पर्सन विवेक पाैडेलले सन् २०२० मा भएकाे सर्बेबाट रसुवामा पनि हात्तीपाइले रोग देखा परकाेले अभियान सुरू भएकाे बताए । कालिकाले लक्षित जनसंख्या ९ हजार ८ सय ४४ जनालाइ हात्तीपाइ बिरूद्ध औषधि खुवाइने बताए । 

    हात्तीपाइले रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजिवीले गराउँदछ र यो रोग संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ। मानिसको शरीरमा यो परजिवी प्रवेश गरेको केही वर्षपछि मात्र यस रोगका कारण हुने दीर्घकालीन असर देखिन्छन्। 

    हात्तीपाइले रोगबाट वच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनुको लागि यो रोगको जोखिम भएको सम्पूर्ण जिल्लाहरुमा राष्ट्रिय राष्ट्रिय आम औषधि सेवन कार्यक्रम सञ्चालन हुँदै आएको छ। आम औषधि सेवन कार्यक्रम सञ्चालन हुने देशभरका ७ जिल्लाहरुमा बसोबास गर्ने औषधि सेवन गर्न योग्य सबै व्यक्तिले यो औषधि सेवन गर्नुपर्छ। 

    हात्तीपाइले रोग निवारण कार्यक्रमको लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तय गरेको कार्यक्रम अनुरूप स्थानीय तहमा छलफल गरी स्वास्थ्य संस्थाहरूले टोल टाेलमा सराेकारवालासँग छलफल, मिटिङ तथा प्रचार प्रसार गरेर तयारी गरी कार्य तालिका समेत तयार भएको जानकारी दिइएकाे थियाे ।  

    याे राेग लागेपछि खुट्टा हात सुनिने ,महिलाहरुमा स्तन सुनिने र आकार बड्दै जाने ,गुप्ताङ्ग सुनिने र आकार बड्दै जाने र पुरुषहरुमा अण्डकोष सुनिने (हाड्रोसिल) जस्ता समस्या निम्त्याउछ। याे रोग लागि सकेपछि उपचार सम्भव नहुने बताइएकाे छ ।



    Tuesday, April 23, 2024

    पर्यटकीय गाउँ बार्गो अर्थात् भार्खु

    पर्यटकीय गाउँ बार्गो अर्थात् भार्खु
    भूकम्प २०७२ अघिको ठूलोभार्खुको तस्वीर

    भोटको जोङ्‌खादेखि तल र काठमाण्डौंको किलागल वा बाङ्‌गेमुढादेखि माथि बाटो नाप्दै आउँदा यो गाउँमा बीच वा मध्य भागमा रहेकोले यस गाउँलाई स्थानीय नामाकरण अनुसार 'बार्गो' भनिएको हो । अपभ्रम्श भई 'भार्खु' वा 'भार्कु' भनिएको हो ।


      बार्गो अर्थात् भार्खुको परिचय

      रसुवा जिल्ला, गोसाइँकुण्ड गाउँपालिका, वडा नं ५ मा रहेको भार्खु गाउँलाई स्थानीयहरू बार्गो भन्दछन् । पासाङल्हामु राजमार्ग धुन्चे-स्याफ्रुबेंसी खण्डमा पर्ने भार्खु गाउँलाई तिब्बतीयन भाषामा 'कतो' भनिन्छ ।

      स्थानीय भाषा अनुसार 'बार' भनेको बीच वा मध्य र 'गो' भनेको 'ढोका' हो अर्थात् बीचमा रहेको ढोका वा मूलढोका भनेर पनि ब्याख्या गरिएको छ ।

      भोटको जोङ्‌खादेखि तल र काठमाण्डौंको किलागल वा बाङ्‌गेमुढादेखि माथि बाटो नाप्दै आउँदा यो गाउँमा बीच वा मध्य भागमा रहेकोले यस गाउँलाई स्थानीय नामाकरण अनुसार 'बार्गो' भनिएको हो । अपभ्रम्श भई 'भार्खु' वा 'भार्कु' भनिएको हो ।

      पर्यटकीय गाउँ बार्गो अर्थात् भार्खु
      प्राकृतिक भ्यूटावर नाउर डाँडाबाट देखिने सानोभार्खुको दृश्य


      भार्खु गाउँ दुई भागमा बिभाजित छ, 'ठूलोभार्खु' र 'सानोभार्खु' । रसुवा जिल्लाको सदरमुकाम धुन्चेबाट करीब ६ किलोमीटर दूरीमा रहेको यस गाउँबाट स्याफ्रुबेंसी, ठूलोस्याफ्रु र गोसाइँकुण्ड (सिङ्गोम्बा) जाने बाटाहरू रहेका छन् ।

      तामाङ समुदायको बसोबास रहेको यस स्थानमा प्राचीन बोङ्जो घलेको दरबार (अवशेष) रहेको छ ।

       

      बार्गो अर्थात् भार्खु गाउँ वरपरका मुख्य आकर्षणहरू

      • पासाङल्हामु राजमार्गमा अवस्थित
      • तामाङ संस्कृति, परम्परा र भेषभूषा
      • पर्यटकीय गन्तव्यको बिन्दु
      • लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको अवलोकन
      • रमणीय प्राकृतिक भ्यूटावरहरू

       

      बार्गो अर्थात् भार्खु गाउँ कसरी पुग्ने ?

      पासाङल्हामु राजमार्गको प्रयोग गरेर, सदरमुकाम धुन्चेबाट करीब ६ किमी दूरीमा रहेको छ ।


      बार्गो अर्थात् भार्खुसँग सम्बन्धित सामग्रीहरू

       

      स्रोत : जैविक विविधता संरक्षण, पर्यटन विकासमा धर्म संस्कृतिको महत्व – फूर्पा तामाङ, रसुवाली


      Monday, April 22, 2024

      पैरेको एकीकृत बस्ती निर्माण हुन सकेन

      पैरेको एकीकृत बस्ती  निर्माण हुन सकेन

      रसुवा, नेपाल सरकारले २०७२ सालकाे भूकम्पपछि जोखिम बस्तीमा परेका विस्थापितहरूको एकीकृत बस्तीमा लैजाने भने पनि प्रक्रिया नै सुरु हुन नसक्दा उत्तरगया गाउँपालिकामा अझै सुरक्षित आवास निर्माण हुन सकेको छैन ।

      ०७२ सालको विनाशकारी भूकम्पका कारण विस्थापित भएका १ हजार १ सय ५० परिवार मध्ये अझै १ सय ७४ परिवारको सुरक्षित स्थानमा जग्गा नहुँदा सुरक्षित आवास निर्माण गर्न सकेका छैनन् । उनीहरू अझै उत्तरगया गाउँपालिका–५ स्थित खाल्टे बगरमा जोखिमपूर्ण तरिकाले टिनको छाप्रामा बस्दै आएका छन् ।

      खाल्टे क्याम्पमा बस्दै आएका १ सय ७४ परिवारका लागि तल्लो पैरेमा एकीकृत बस्ती बसाउन सरकारले जग्गा अधिग्रहण गरेको तीन वर्ष बित्दा पनि उनीहरूको सुरक्षित आवास निर्माण हुन नसक्दा खाल्टे बगरमा जोखिमपूर्ण तरिकाले टिनको छाप्रामा बस्न बाध्य भएका हुन् । त्यहाँ १ सय २८ परिवारलाई मात्र पुग्ने जग्गा व्यवस्था भएको छ । ४६ परिवारलाई अपुग जग्गा व्यवस्थापन हुन नसकेपछि अन्यौल भएको उत्तरगया गाउँपालिका-१ का पूर्ण घलेले बताए ।

      नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३७ को उपधारा १ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक सुरक्षित हुने व्यवस्था रहे पनि उनीहरूको अझै सुरक्षित आवास निर्माण कार्य सुरु गर्न सकेका छैनन् । जसका कारण भूकम्पले विस्थापितको सुरक्षित आवासको हक अझै सुरक्षित हुन सकेन भने यहाँ रहेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका, बालबालिका, महिला पाँच वर्षसम्म टिनको छाप्रोमै असुरक्षित तवरले बस्न बाध्य भएका छन् ।

      गाउँपालिका कार्यालय नजिकै रहेको विस्थापित क्याम्पमा निकै कष्ठकर जीवन बिताउनु परेको विस्थापित समुदायका अगुवा छेकु लामाले भने । चैत, वैशाखकाे गर्गी र पुसको चिसोमा टिनको छाप्रोमा बाँच्न निकै कठिन भयो उनले भने , ‘बस्ती स्थानान्तरण प्रक्रिया नसक्दै रसुवाबाट पुनर्निमार्ण प्राधिकरण कार्यालय हट्यो, हाम्रो लागि सरकार रहे नरहेको कुनै मतलब नै भएन ।’

      सरकारले भूगर्भविद गाउँगाउँमा पठाएर भौगर्भिक अध्ययन गरी जोखिम बस्ती पहिचानपछि जोखिम बस्ती स्थानान्तरण गर्न थालिएको पाच वर्ष बित्यो । तिरु, पाङलिङ, लाम्बु र बोगटीटारमा एकीकृत बस्ती निर्माण थालनी हुँदा पनि खाल्टे बगरमा बस्दै आएका विस्थापितहरूको बस्ती माथिल्लो पैरेमा एकीकृत बस्ती स्थानान्तरण गर्ने गरी जग्गा अधिग्रहण गरेर प्लटिङ थालिएको उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरुङले बताइन् ।