ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Sunday, September 22, 2024

मजदुरीकाे पारिश्रमिक घटाएपछि हाइड्रोपावरको कार्यालयमा तोडफोड


रसुवा, उत्तरगया गाउँपालिका–१ मैलुङ्ग स्थित २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली जलविद्युत आयोजनामा कार्यरत मजदुरहरूले पाउँदै आएको सेवा सुविधा कटौती गरेपछि सो को विरोधमा मजदुरहरू भदौ २७ गतेदेखि हड्ताल गरी कार्यालयमा तोडफोड भएसँगै निर्माण कार्य अवरुद्ध भएको छ । 

मजदुरीकाे पारिश्रमिक घटाएपछि विषयलाई लिएर रसुवामा निर्माणाधीन २ सय १६ मेगावाटको अपर त्रिशुली(वान हाइड्रोपावरको काम ठप्प भएकाे हाे । 

नेपाल वाटर एण्ड इनर्जी डेभलपमेण्ट कम्पनीले रसुवाको मैलुङमा बनाइरहेको यो जलविद्युत कम्पनीमा कार्यरत श्रमिकले मजदुरी र पारिश्रमिकको विषयलाई लिएर शुक्रवार साँझ कार्यालय र कम्पनीको गाडी तोडफोड गरेसँगै निर्माणका काम रोकिएको हो । यहाँ १ हजार २ सय बढि मजदुर कार्यरत छन् । 

कोरियन साझेदार कम्पनी कोरिया ईनर्जी सहित ९० प्रतिशत विदेशी लगानी रहेको आयोजनामा ठेकेदार तथा निर्माण कम्पनी पावर चाइनाले मजदुरको पारिश्रमिक अनपेक्षितरुपमा घटाएको भन्दै तोडफोड भएको हो । आधारभूत तलब १५ हजार ५ सय ५० रुपैयाँ भुक्तानी गर्दै आइरहेको पावर चाइनाले त्यसलाई घटाएर १२ हजार ८ सयका दरले भुक्तानी गरेपछि असन्तुष्ट मजदुरहरू आक्रमणमा उत्रिएका हुन् । 

त्यसक्रममा कार्यालयको प्रशासनिक भवनसँगै एकदर्जन गाडी तोडफोड भएको कम्पनीको दाबी छ । घटनापछि निर्माण कार्य ठप्प पारेका श्रमिकहरु घर फर्किएका छन् ।

२ सय १६ मेगावाटको उक्त जलविद्युत आयोजना अन्तर्राष्टिय मुद्राकोष तथा एसियाली विकास बैंकसहित ९ वटा दातृ संस्थाको ऋण तथा लगानीमा निर्माण भइरहेको हो ।

नेपाल वाटर एण्ड इनर्जि डेभेलपमेन्ट कम्पनीले निर्माण सुरु गर्न लागेको आयोजनामा नेपाल र कोरियाको संयुक्त लगानी हुनेछ ।

सर्वपक्षिय बैठक बसेर छलफल गरी सहमतिकाे प्रयास भैरहेकाेछ आयोजनाले जनाएकाे छ । 



Thursday, September 19, 2024

हिमालकाे पानी डलरकाे खानी

 




रसुवा ,  पृथ्वीको गर्भबाट आउने पानी आफैंमा शुद्ध हुन्छ। भूगर्भबाट बाहिर आउने क्रममा वा मूलबाट निस्केपछि 
मानिस तथा अन्य कारण पानी अशुद्ध हुने गर्छ तर हिमाली क्षेत्रमा रहेको दुर्लभ पानी प्राकृतिक रूपमै सधैं  द्धहुन्छ। 


यहाँको पानीलाई शुद्ध बनाउन कुनै उपचार गर्नु पर्दैन। आफैंमा शुद्ध भएकाले कम्पनीले फिल्टर गरेर राम्रोसँग प्याकिङ गर्छ। यही पानी अमेरिक, जापान, कोरिया, मलेसियालगायतका धेरै मुलुकमा पुग्छ। यसबाट विदेशी मुद्रा आर्जन गरी मनग्य कमाउने लक्ष्यका साथ रसुवामा स्थापना भयो हिमालयाज अनटप नामको मिनरलबाटर कम्पनी। यो मात्र होइन, यहाँ रहेका ३ वटै पानी कम्पनीले विदेशका बजारमा बेच्ने लक्ष्य राखेका छन्। यहाँको पानी चिनियाँँ बजारमा लोकप्रिय हुँदै आएको छ। 


धुन्चेस्थित हिमालयन स्प्रिङ वाटर प्रालिका प्रमोदकुमार देव भन्छन्, ‘हिमालयाज अनटप नामक बोतल छन्। कोरियाली लगानीमा स्थापित यस कम्पनीले हिमालयाज अन टप ब्रान्डको पानी उत्पादन गर्नेछ। ४० करोड रुपैयाँको लगानी रहेको यस कम्पनीको पानी उत्पादन तयारी अन्तिम चरणमा पुगेको छ।’ यसले प्रयोग गर्ने पानीको मुहान लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने उनले बताए। 


कम्पनीद्वारा उत्पादित विश्वव्यापी मान्यता प्राप्त पानी रासायनिक पदार्थ विना नै शुद्ध पारिएको हो। हिमाली क्षेत्र डाडेखर्कको शुद्ध मूलको पानी कारखानामा ल्याइएको हो। 


सात किलोमिटरभन्दा माथिबाट पानी ल्याइ घले दरबार छेउमा निर्मित पानी प्रशोधन कारखानामा जडित अत्याधुनिक मेसिनमार्फत बोतल प्याकिङ गरी पानी उत्पादन भइरहेको छ। सबै कार्य स्वचालित मेसिनद्वारा हुने भएकोले उपकरण चलाउने प्राविधिक र पानीको बाक्सा भण्डारणमा राख्न मात्र सहयोगी कामदारको आवश्यक पर्ने कम्पनीले जनाएको छ। कारखानामा पानी फिल्टर हुँदै बोतल भरिएपछि बिर्को बन्द भई मेशिनले बक्स प्याकिङ गर्छ। त्यसपछि मात्र मानिसले भण्डारण गर्नुपर्ने हुन्छ। समुद्री सतहबाट २ हजार मिटर उचाइमा रहेको बलियो भू–संरचनामा रहेको कारखाना भवन भूकम्प प्रतिरोधी छ। ८ रेक्टर स्केलसम्मको भूकम्पले कुनै असर नगर्ने कम्पनीले जनाएको छ। राष्ट्रिय निकुञ्ज विभागले हिमालय स्प्रिङ वाटर प्रालिलाई २०५२ सालमा अनुमति दिएपछि निर्माण कार्य गरिएको हो। २०५७ सालमा भवन निर्माण तथा उपकरण जडान गरिएको थियो। 


केही समयदेखि उत्पादन कम गरेको उद्योगलाई पुन सञ्चालनमा ल्याउने तयारी छ। केही मेसिन मर्मत तथा नयाँ मेसिन जडानको काम भइरहेकोले अब व्यापक उत्पादन गर्ने तयारी रहेको उनले बताए।


सुरुमा दैनिक ५० हजार बोटल स्प्रिङ वाटर उत्पादन गर्ने कम्पनीको लक्ष्य छ। दैनिक उत्पादन क्षमता एक लाख बोटल रहेको कम्पनीले परीक्षणका रूपमा थोेरै उत्पादन गर्न लागेको हो।


सन् १९९८ मा कोरियाको नारा इन्टरनेशनल हिमालयन स्प्रिङ वाटर र नेपाली लगानीकर्ताको संयुक्त लगानीमा कम्पनी स्थापना भएको थियो। राष्ट्रिय वाणिज्य बैंकको ऋणमा स्थापना भएको कम्पनीले सन् २००० देखि उत्पादन सुरु गरेको थियो। रसुवा नामको मिनरल वाटर उत्पादन गर्दै आएको रुद्रगंगा नेचुरल वाटर प्रालिले पनि १ लिटर, ५०० एमएल र ३३० एमएल बोतलमा पानी भरेरी जापान, चीन, कतार, अष्ट्रेलिया र साउदी अर्बमा निर्यात गरिरहेको छ। 

हाल मासिक ३ लाख लिटर बिक्री हुने गर्छ। २०७६ वैशाखमा स्थापित उद्योगमा १० करोड रूपैयाँ लगानी भएको र बजारीकरणको क्रममा थप ५ करोड रूपैयाँ लगानी गर्न लागिएको कम्पनीले जनाएको छ। काठमाडौंंबाट १ सय ७० किलोमिटर दूरीमा रहेको पानी उद्योगले दैनिक ५० हजार लिटर पानी प्रशोधन गरी प्याकिङ गर्ने गर्छ। उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब ७० जनाले रोजगार पाएका छन्। 

कम्पनीका प्रमुख संजीव डिएम भन्छन्, ‘रसुवाको पानी व्यापक रूपमा देश विदेशमा बिक्री गर्ने सोचका साथ अघि बढाउने योजना छ। माग अनुसार हामीले उत्पादन गरिरहेका छौं। पानी छिमेकी मुलुक चीनबाट अन्तर्राष्ट्रिय बजारमा प्रवेश गराइएको हो।’ कम्पनीले सन् २०२१ फेब्रुवरीमा पहिलोपटक निर्यात गरेको थियो । 

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको गोसाइँकुण्ड गाउँपालिका- ६ मा प्लान्ट स्थापना गरेर कम्पनीले हिमालय क्षेत्रबाट बगेर आउने पानीको उत्पादन गरिरहेको छ । 

रुद्रगंगा नेचुरल वाटर प्रालिको प्रशोधन कारखाना धुन्चेमा छ। कम्पनीले ‘रसुवा नेचुरल स्प्रिङ वाटर’ नाममा प्रशोधित पानी विदेश निर्यात गर्छ। कम्पनीले यसलाई संक्षेपमा ‘रसुवा ब्रान्ड’ भनेको छ। चीन, भारत, जापान र जर्मनीबाट नयाँ प्रविधिका मेसिन ल्याएर एक घण्टामा १८ हजार लिटर पानी प्याकेजिङ गर्ने मेसिन राख्ने कम्पनीको योजना छ। 

यहाँको प्राकृतिक रूपमै शुद्ध पानी विश्व बजारमा निर्यात गरी बिक्री गर्ने योजना बनाउन सके  हिमालबाट बगेर खेर गइरहेको पानीले देशलाइ धनी बनाउन सकिने देखिन्छ । 




शब्द तथा तस्वीर हेमनाथ खतिवडा 

संविधान दिवस २०८१ मा दिपावली


रसुवा, संविधान दिवस तथा राष्ट्रिय  दिवस २०८१ को अवसरमा अनेरास्ववियु,अनेरास्ववियु क्रान्तिकारी र नेपाल विध्यार्थी संघ संयुक्त रुपमा कालिकास्थानमा दिपावली तथा काेण सभा गरे । 

संविधान दिवसका अवसरमा असाेज ३ गते साँझ दिपावली तथा सभामा अवसरमा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य उद्द्ब रिजाल, नेपाली काङ्ग्रेस कालिका गाउँपालिका सभापति ज्ञानु तमाङलगायत विद्यार्थी नेताहरूले आफ्नो बिचार राखेका थिए । 


सन्दर्भ संविधान दिवस : रसुवामा सत्तरी जनाले गरे रक्तदान



रसुवा, संविधान दिवस ०८१ काे अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ ब्याचको संयुक्त आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरे । 

कालिका हिमालय एसएलसी २०५६ ब्याचका अध्यक्ष रामप्रसाद ढकालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि कालिका गाउँपलिका उपाध्यक्ष मिरा तामाङ, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय काेषाध्यक्ष तथा रसुवा जिल्ला अध्यक्ष प्रमिला लामा, कालिका शाखाका अध्यक्ष तारा कार्कीलगायत सहभागी थिए । 

प्रमुख अतिथि तामाङले ब्लड ब्याग हस्तान्तरण तथा कार्यक्रम सञ्चालक नेपाल स्वयंसेवी रक्तदाता समाजका सचिव हेमनाथ खतिवडाले नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे रचना रसुवा कविता वाचन गरेर कार्यक्रम शुभारम्भ गरेका थिए ।  कार्यक्रममा ७० पिन्ट रगत संकलन गरिएको थियो ।


 “रसुवा” शीर्षककाे कबिता 

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसंचार सेवाका कर्मचारीहरूको समेत सहभागिता रहेको थियो । कार्यक्रममा ७० जनले रक्तदान गरेका थिए । रगतकाे अभाव हुन नदिन दुवै संस्थाले संविधान दिवस असाेज ३ र प्रजातन्त्र दिवस फागुन ७ गते नियमित रक्तदान गर्ने जनाएकाे छ । 




कविता “रसुवा”

उत्प्रेरणा कार्यक्रम पश्चात् उत्साहित रसुवा !
स्वयंसेवी रक्तदाताहरूको उर्वरभूमि रसुवा !
रगतको मर्म बुझ्दै नित्य रक्तदान गर्ने रसुवा !
हिमाली भेगमा रक्तदान अब्बल गर्ने रसुवा !
रक्तदान कार्य मार्फत पुनर्जीवन दिने रसुवा !
जीवनकाे पर्याय रगत,रक्तदान बुझ्ने रसुवा !
रक्तदानलाई नै सदासर्वदा धर्म ठान्ने रसुवा !
रक्तदान गर्दै मानव सेवा गर्ने यहि हो रसुवा !
स्वयंसेवी रक्तदाताबाट रगत पूर्ति गर्ने रसुवा !


Wednesday, September 18, 2024

रसुवाको पानी तेस्रो मुलुकमा निर्यात गर्न सक्छ : मन्त्री यादव



खानेपानी मन्त्री प्रदीप यादवले सगरमाथा हिमालको शुद्ध पानी विदेशमा निर्यात गर्न सकिने बताएका छन् । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा यहाँ आयोजित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले हिमालको शुद्ध पानी विदेश निर्यात गर्न सकिने बताएका हुन् ।  

विदेश भ्रमणमा रहेका बेला रसुवाको पानी पिउन पाएको स्मरण गर्दै उनले भने, “म विदेश गएका बेला रसुवाको पानी खान पाएको थिएँ, कसरी त्यहाँ पुग्यो थाहा भएन तर खुसी लाग्यो । अब हामीले हिमालको शुद्ध पानी कसरी तेस्रो मुलुकमा निर्यात गर्न सक्छौँ, त्यसतर्फ सोच्नुपर्ने बेला आएको छ ।”

त्यस्तै मन्त्री यादवले जनताका काम छिटोछरितो एवं सहजरूपमा सम्पन्न गर्न मातहतका कर्मचारीलाई निर्देशन दिए । उनले भने, “म भोलिको काम आज, आजको काम अहिले गर्ने किसिमको व्यक्ति हुँ र मन्त्रालयका कर्मचारी साथीहरूसँग पनि सोहीअनुरुप काम गर्न अपेक्षा राखेको छु । 



Tuesday, September 17, 2024

आक्रमणकाे घटना उपर कारबाही नभएकाे गुनासाे


रसुवा, लाङटाङ राष्ट्रिय निकुञ्जका वार्डेन अणनाथ बरालमाथि शिबपुरीमा आक्रमण भएकाे घटनामा प्रहरीले कारबाही नगरेकाे गुनासाे गरेका छन् । 

काठमाण्डाैबाट फर्कने क्रममा भदाै १८ गते नुवाकाेटकाे शिबपुरीमा आक्रमण भएकाे घटनाकाे जाहेरी साेही दिन बालाजु प्रहरी बृतमा निवेदन दिएकाे तर कारबाही नगराउन नेताहरू सक्रिय रहेकाे बरालले बताए । 

धम्की तथा आक्रमण पछि वार्डेन बरालले रसुवाका उत्तम थापा र लक्ष्मण देवकाेटा लगायत बिरूद्ध किटानी जाहेरी दिए पनि जिल्लाका प्रतिनिधि सभा सदस्य माेहन आचार्य, प्रदेश सभा सदस्य प्रभात लामा लगायतका नेपाली काग्रेसका नेताहरू कारबाही नगर्न प्रहरीमा पुगेका थिए । प्रहरीले भने घटनाकाे अनुसन्धान भइरहेकाे जनाएकाे छ । 

 साे दिन ज्यान लिने गरी आक्रमण गरेका थिए । गाडीकाे स्पीड बढाएर मात्र बचें शुरक्षाका लागि बालाजु प्रहरीमा किटानी जाहेरी दिए पनि जिल्लाका सांसद र नेताहरू प्रहरीमा पुगेकाे थाहा पाएकाे छु " वार्डेन बरालले भने । 

आक्रमण गर्ने पत्ता लगाउन तथा काहबाहीमा ढिलाइ गर्न नहुने उनकाे माग छ । 

Sunday, September 15, 2024

सामुदायिक रेडियो प्रसारक संघ प्रदेश अध्यक्षमा रसुवाका दिपक लामा



रसुवा, सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (अकोराब) को बागमती प्रदेश समितिको तेस्राे अधिबेशनबाट अध्यक्षमा रेडियाे रसुवाका अध्यक्ष दिपक लामा निर्विरोध निर्वाचित भए ।

गाेसाइकुण्ड गाउँपालिका-६ निवासी लामा रेडियाे रसुवाका संस्थापक हुन् । लामाकाे अध्यक्षमा सचिव राम ठकुरी आशिष, काेषाध्यक्ष दानबहादुर गुरुङ सहित ११ सदस्य कमिटी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

साथै कोशी प्रदेश अध्यक्ष टेकबहादुर खड्का, गण्डकी प्रदेश अध्यक्ष ओमकार आर्चाय लुम्बिनी प्रदेश अध्यक्ष नवीन केसी र कर्णाली प्रदेश अध्यक्षमा प्रतीक इच्छुक शर्मा पनि निर्विरोध भएका छन्।

Tuesday, September 10, 2024

स्थानीय तह स्वमूल्याङ्कनमा उत्तरगया पहिलो


रसुवा, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तह बीच गराएको प्रतिस्पर्धामा रसुवा जिल्लाका पाँच पालिकामध्ये उत्तरगया गाउँपालिका पहिलो भएको छ ।

मन्त्रालयले गत बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन ९लिसा० कार्यक्रमअन्तर्गत देशभरबाट सात सय ४९ वटा पालिकाले अनलाइन आवेदन दिएका थिए । लिसाको गुणस्तर परीक्षणमा उत्तरगया ६७.५० प्रतिशत अङ्क ल्याएर जिल्लाको पहिलो भएको छ । 

त्यसैगरी आमाछोदिङ्मोले ५७, कालिकाले ६१.२५, गोसाइँकुण्डले ६६.७५ र नौकुण्डले ६७.२५ प्रतिशत अङ्क प्राप्त गरेका छन् । 

प्रत्येक वर्ष स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमार्फत मन्त्रालयले शासकीय प्रबन्ध, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन, सहकार्य र समन्वय गरी जम्मा १० शीर्षकमा प्रत्येक स्थानीय तहले सम्पादन गरेका कामकारबाही, सेवा प्रवाहका प्रमाणसहितका कागजात अनिवार्य रूपमा अपलोड गर्ने व्यवस्था चार वर्षदेखि लागू भए पनि तीन वर्षदेखि प्रत्येक स्थानीय तहले कार्यान्वयनमा ल्याएका थिए ।

 स्वमूल्याङ्कनका आधारमा नै सम्बन्धित निकायबाट स्थानीय तहका लागि बजेट विनियोजन गर्ने प्रक्रिया अपनाइएको अर्थ मन्त्रालय र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ ।

Saturday, August 31, 2024

सदस्य सुरक्षण कार्यक्रम तथा तीज बिशेष कार्यक्रम सम्पन्न

रसुवा, तीजको अवसरमा कालिका गाउँपालिका -२ स्थित धैबुङ्ग कालिका साना किसान कृषि सहकारीको आयोजनामा सदस्य सुरक्षण कार्यक्रम तथा तीज बिशेष दरखाने कार्यक्रम सम्पन्न भयो । 

कार्यक्रम कालिका गाउँपालिका उपाध्यक्ष मिरा लामा, वडा अध्यक्ष उमेश न्यौपाने सहकारी सञ्चालक समिति, सेयरधनीहरू, कर्मचारीलगायत स्थानीयकाे सहभागी थिए । 

सहकारीले सञ्चालन गरेकाे सदस्य सुरक्षण कार्यक्रम बारे जानकारी तथा तीज बिशेष साँस्कृतिक गीत तथा नृत्य र दरखाने कार्यक्रम सम्पन्न भएकाे थियाे  । 

तीज नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो ।  हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार व्रत बस्न बसिन्। 

यसरी पार्वतीको कठोर बर्तको कारण शिवजी प्रकट भई ुचिताएको कुरा पुगोस्ु भनी आशीर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ।



कार्यालय प्रमुख माथि अभद्र ब्यवहार गर्नेलाइ कारवाही गरिने



रसुवा , लाङटाङ राष्ट्रिय निकुञ्ज बरिष्ट संरक्षण अधिकृत  अणनाथ बराल  माथि कार्यालयमा अभद्र ब्यवहार गर्नेलाइ कारवाही गरिने भएकाे छ । 

०८१ भदाै ७ गते नाैकुण्ड गाउँपालिका २ का याेङजाे भूमे मध्यवर्ती सामुदायिक वनका अध्यक्ष ठूलाेबाबु नेकाेर र उनकी पत्नी बताउने दाम्जी घलेले कार्यालयमा बिना अनुमति प्रबेश गरी धसिङ्ग्रेकाे तेल उत्पादन उद्याेग स्थापना गर्ने सम्बन्धमा विवाद गरी प्रमुख बरालमाथि अपशब्दले गाली गरी दुर्यवहार गरेकाे बरालले बताए । 

अरू कर्मचारीहरूलाइ समेत गाली गलाैज गरी कुर्सीमा रहेका  कार्यालय प्रमुखमाथि हातपात समेत भएकाे र सर्ट समेत च्यातेकाे , इटा उठाएर हान्न लाग्दा कर्मचारीले राेकेकाेले  कार्यालय प्रमुख माथि अभद्र ब्यवहार गर्नेलाइ कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलगायतका शुरक्षा निकायमा पत्रचार भएकाे कार्यालय प्रमुख बरालले बताए । 

कार्यकक्षमा रहेका  कार्यालय प्रमुख माथि अभद्र ब्यवहार गर्नेलाइ नियमानुसार कारवाहीका लागि पत्राचार गरेकाे कार्यालयमा सुरिक्षत भइ काम गर्ने वातावरण नभएकाेले कार्यालयका रेन्जर सुनिल राउतकाे प्रतिवेदन र साे मितिकाे घटनास्थल प्रकृति मुचुल्का सहित प्रतिवेदन राखेर आवश्यक कारवाहीका लागि अनुराेध गरिएकाे हाे । 

अभद्र ब्यवहार गर्ने उपर कारवाहीका लागि बिभाग तथा सुरक्षा निकायमा अनुराेध गरेकाे र प्रक्रिया अघि बढ्ने निकुञ्ज कार्यालयले जनाएकाे छ । 

 

रैथाने स्याउ खेती



आमाछाेदिङमाेे गाउँपालिका -४ काे ७४ मा फलेकाे रैथाने स्याउ यहाँ स्याउ खेती गरेेर किसान दैनिक खर्च चलाउछन् । याे स्याउ निकै स्वादिलाे छ । 
तस्बिर : हेमनाथ खतिवडा रसुवा ।


ट्र्रेड यूनियन महासंघ र भूमि अधिकार तथा श्रमिक संगठन भेला सम्पन्न


रसुवा, नेपाल ट्र्रेड यूनियन महासंघ जिफन्ट रसुवाकाे भेला सम्पन्न भयाे । जिल्लाभरका सवै गाउँपालिकाबाट भएकाे भेलाले कालिका, नाैकुण्ड, उत्तरगया र आमाछोदिङमो गाउँपालिका कमिटी गठन भएकाे स्थानीय कालिका गाउँपालिका कमिटी अध्यक्ष नुरेन्द्र बहादुर न्याैपानेले बताए । 

भूमि अधिकार तथा श्रमिक संगठनकाे जिल्ला कमिटीको भेला तथा प्रथम अधिबेशन पनि सम्पन्न भएकाे छ । छेकु लामाकाे अध्यक्षतामा भूमि अधिकार तथा श्रमिक संगठनकाे जिल्ला कमिटी गठन भएकाे हाे ।



कालिकास्थानमा ७७ जनाले गरे रक्तदान


रसुवा, कालिका गाउँपालिका–२ कालिका हिमालय क्याम्पसमा शनिबार भएको रक्तदान कार्यक्रममा ७७ जनाले रक्तदान गरेका छन् । 

रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरेको आयोजक युवा संघ रसुवाका अध्यक्ष कुमार नगरकोटीले बताए । बिकल्प रहित रगत दान गर्ने र रगत पाउने दुबैले फाइदा लिने भएकोले रक्तदान महत्व रहेको र रक्तदान जीवन दान भएको सहभगीहरूले बताए । 

राष्ट्रिय युवा संघ नेपाल रसुवाको आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष पुष्पराज श्रेष्ठको प्रमुख आतिथ्यमा तथा  नेकपा एमाले केन्द्रीय सदस्य प्रेम तामाङ, नेकपा एमाले जिल्ला अध्यक्ष जनार्दन ढकालको बिशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सहभागी रक्तदाताहरूलाइ सम्मान पत्र प्रदान गरिएको थियो । 



 




Tuesday, August 20, 2024

गोसाइँकुण्ड र पार्वतीकुण्डमा मेला सम्पन्न


रसुवा, वर्षेनी जनैपूर्णिमाको अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड पुगेका भक्तजन मेला सकेर फर्केका छन् । यसवर्ष पार्वतीकुण्ड र लाङटाङको लाङसिसामा पनि भब्य मेला लागेको छ । 

जनैपूर्णिमा पर्वका दिन आठ हजारभन्दा बढी भक्तजनले गोसाइँकुण्डमा स्नान तथा पूजाआजा सम्पन्न गरी फर्किएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । 

नाग पञ्चमीदेखि जनैपूर्णिमा पर्वसम्म आइपुग्दा ११ हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुगेको खनालले बताए ।

लाङटाङ राष्ट्रिय निकुञ्जले २४ सैं घण्टा आफ्नो आधार इलाकाको मोटरबाटो खुला गरेका कारण राति अवेरसम्म यात्रुवाहक सवारी साधन सञ्चालनमा आएका थिए । 

तीर्थयात्रुका लागि नेपाली सेना, स्वास्थ्य कार्यालय, गोसाइँकुण्ड गाउँपालिका, रसुवा अस्पताल धुन्चे, हिमालय उद्धार संघ, जिल्ला आयुर्वेद र नेपाल रेडक्रससमेतका निकायले सेवा पुर्याएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । 

अत्यावश्यक वस्तु बिक्री गर्ने व्यवसायीले निर्धारित मूल्यभन्दा बढी असुलेका कारण आफूहरू ठगिएको यात्रुको गुनासो गरे । 

समुन्द्री सतहदेखि २ हजार ६ सय ९० मिटरको उचाइमा रहेको धार्मिक पर्यटकीय क्षेत्र आमाछोदिङमो अर्यात पार्वतीकुण्डमा जनैपूर्णिमा मेला भर्न ४ हजार तीर्थयात्रीहरू पुगेका थिए । 

पार्वतीकुण्डमा रसुवाको नौकुण्ड, कालिका, हाकु, ग्रे, टिमुरे, स्याफ्रु, वृद्विम, धुन्चे भार्खु, चिलिमेलगायत गत्लाङबासी, धादिङ, काठमाडौँ, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक स्थानबाट तीर्थयात्री पुगेका थिए । 

आमाछोदिङमो गाउँपालिका वडा नम्बर-३ मा पर्ने उक्त कुण्ड पौराणिक कथन अनुसार भगवान शिवले कालकुट विष सेवन गरेपछि पानीको खोजी गर्ने क्रममा पार्वती गोसाईंकुण्ड नजिकैको यही कुण्ड पुगेर स्नान गरेको किंवदन्ती रहेको छ । 

जनैपूर्णीमाको दिन प्रकृतिको पूजा गर्ने र धामी झाँक्रीहरू आफ्नो तन्त्रमन्त्र कला देखाएर पूजा गरे । कालिकाबाट कलश यात्रा टोली कुण्डमा पुगेर भजन तथा छत्रनाच गरेका थिए । 


स्थानीय वडा अध्यक्ष सुरेन्द्र तामाङका अनुसार हामीले जनैपूणिर्मा मेला आउनु एक सातादेखि नै कुण्ड लगायत वरपर सरसफाइदेखि मेलामा आउने तिर्थालुका लागि सहज होस भनेर गाँस वासको व्यवस्थापन चुस्तदुरूस्त बनाएका थियौ । पुर्णिमाको दिन र रातभर गीत गाएर नाच्ने चलन रहेको छ । 

यसवर्ष कालिका गाउँपालिकाबाट कलश यात्रा सहित छत्र भजन टोली उत्तरगयादेखि कालिका, गोसाइकुण्डहुँदै पार्वतीकुण्ड यात्रा गरे । उनीहरूले कुण्डमा पुजाआजा र तथा छत्र भजन र नाच प्रस्तुत गरेका थिए । 

पर्यटकीय क्षेत्र लाङटाङको लाङसिसामा पनि भब्य मेला लागेको छ । वरिपरिका गाउँबाट त्यहाँ पनि १ हजार भन्दा धेरै यात्री पुगेको स्थानीयले बताए ।  




तस्वीर पार्वतीकुण्डमा कलश यात्रा तथा छत्र भजन टोली रमाइलो गर्दै 

हेमनाथ खतिवडा 



Friday, August 16, 2024

पार्वतीकुण्ड जाने सडक खुल्यो


रसुवा, जनैपूर्णिमाका दिन आमाछोदिङमो गाउँपालिका–३ को पार्वर्तीकुण्डमा लाग्ने मेलालाइ लक्ष्य गर्दै स्थानीय सरकारले अवरुद्ध सडक खुलाएको छ ।   

वर्षातको कारण गएको पहिरोले ३ सातादेखि ठाउँठाउँमा अवरुद्ध सडक मर्मत थालेको आमाछोदिङमो गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद दुलालले बताए । 

‘पार्वतीकुण्ड मेला तथा गाउँपालिकाको भित्रको सडक सुचारु गर्न गाउँपालिकाले स्क्याभेटर प्रयोग गरेर रोङ्गा थाम्बुचेत सडक सुचारु गरेका छौं ।’ अधिकृत दुलालले भने ।  स्थानीयकाे अनुराेधमा स्थानीय सरकारले समन्वय गरेर सडक सुचारू गरेकाे हाे । 

मेलाको समयमा बिभिन्न स्थानबाट आउने यात्रीहरुलाइ सहज हुने स्थानीय बताउछन् । वर्षातको पहिरोले रोङ्गा–केरावारी, रोङ्गा थाम्बुचेत र तातोपानी सडक अवरुद्ध पारेको थियो । सडक सुलेपछि गाउँबाट सिधै काठमाडौं तथा स्थानीय सवारी चल्ने भएपछि पार्वतीकुण्ड मेलामा आउने यात्रीहरुलाइ सहज हुने स्थानीय बताउछन् । 

थाम्बुचेतबाट गत्लाङहुँदै पार्वतीकुण्ड जाने र थाम्बुचेतबाट गोल्जुङ–चौहत्तरहुँदै पार्वतीकुण्ड पुग्न सकिन्छ । यी दुवै मार्ग वर्षातको पहिरोले मर्मत गरेर सुचारु गर्न लागेको गाउँपालिकाले जनाएको छ । 

जनैपूर्णिमा मेलाको समयमा बिभिन्न गाउँबाट लामा, झाँक्री तथा भक्तजनहरु पार्वतीकुण्ड मेलाका लागि आउने गर्दछन् । 

समुन्द्री सतहदेखि २ हजार ६ सय ९० मिटरको उचाईमा रहेको धार्मिक पर्यटकीय क्षेत्र आमाछोदिङमो अर्थात पार्वतीकुण्डमा विगतका वर्ष जस्तै जनैपूर्णिमाको अवसरमा पन यस वर्ष जनैपूणिर्मा मेला लाग्ने गर्दछ । 

आमाछोदिङमो गाउँपालिका वडा नम्बर ३ मा पर्ने उक्त कुण्डमा  जनैपूणिर्माको दिन प्रकृतिको पुजा गर्ने र धामीझाक्रिहरू आफ्नो तन्त्रमन्त्र कला देखाएर पुजा गर्ने गरिन्छ । 

पार्वतीकुण्डको सम्बन्ध भारतको हिमालचलको बुद्वागयको छोपेमाकु्ण्डसँग र गोसाइँकुण्डसँग धार्मिक सम्बन्धसँग जोडिएको जनबिश्वास रहेको छ । यदि भारतको बुद्वागयको छोपेमा कु्ण्डको दर्शन गर्न नसकेमा पार्बती कुण्डको दर्शन गरे आफ्नो मनोकँक्षा पूरा हुने किम्वधन्ती छ भने गोसाइँकुण्डको दर्शन गरे पश्चात अनिवार्य पार्बतीकुण्डको दर्शन गरेमा मनका ईच्छा पूरा हुने जनबिश्वास रहेको स्थानीय समाजसेवी फुर्पुसिङ्गी तामाङले बताए ।

यस क्षेत्रबाट साञ्जेन खर्क, जागेश्वर कुण्ड, साञ्जेन हिमाल, गणेश हिमाल, सोमदाङलागायत धादिङको रुवीभ्यालीलगायतका क्षेत्रहरु पुग्न सकिन्छ ।  

पार्वतीकुण्ड पुग्नका लागि काठमाण्डौंबाट त्रिशूली, धुन्चे, स्याफ्रु, थाम्बुचेत, गतलाङ हुँदै पुग्न सकिन्छ । गतलाङ गाउँबाट करीब १ घण्टाको पैदल यात्रामा यहाँ पुग्न सकिन्छ । यहाँ तीर्थ आउँदा लेक लाग्ने वा उचाईबाट हुने समस्या हुँदैन । 

गोसाइँकुण्ड - पार्वतीकुण्ड कलश यात्रा


 

रसुवा , उत्तरगया धामबाट कालिका मन्दिर हुँदै गोसाइँकुण्ड पुगेर पार्वतीकुण्ड कलश यात्रा सुरु भएको छ। 

शुक्रबार धार्मिक पवित्र स्थल उत्तरगया धामबाट जल सहितको कलश यात्रा सुरु गरिएको कालिका गाउँपालिका(५ का पुष्पराज देवकोटाले बताए। परम्परागत धार्मिक मान्यता अनुसार कुण्डको जल लिएर चढाउन तथा पाठ पूजा गर्नका लागि कलश यात्रा सुरु गरिएको सहभागी विष्णु देवकाेटाले बताए ।  

यात्रामा रहेका झंकनाथ न्यौपानेका अनुसार बेत्रागांगाको जल उत्तरगयास्थित १०८ शिवलिंग र कालिका मन्दिरमा  चढाउने र पैदल यात्रा गर्दै गोसाइँकुण्ड र पार्वतीकुण्डको जल ल्याएर पुनः कालिका मन्दिरमा चढाइन्छ। त्यसपछि उत्तरगयाधाममा पुगेर पितृ उद्धारको कामना गरी कलश यात्रा समापन गरिने टाेलीका सहभागी झंकनाथ न्याैपानेले बताए ।  यात्रामा परम्परागत खैजडी भजन तथा छत्र नाच समेत रहेको छ।  

धुन्चेबाट सुरू भएकाे पैदल यात्रा टाेलीमा  कालिक गाउँपालिका क्षेत्रका  २५ जना सहभागी छन् । 




Wednesday, August 14, 2024

जनैपूर्णिमा गोसाइँकुण्ड मेला सुरू जाने हाेइन त ?



जनैपूर्णिमा गोसाइँकुण्ड किन जाने ?

कुण्डमा नुहाउने तथा पाठपूजा गर्नाले मनले चिताएको पुग्ने र पापबाट मुक्त हुने जनविश्वासका साथ टाडाटाढाबाट भक्तजनहरू यहाँ आउने गर्दछन्। पर्यटकीयस्थल गोसाइँकुण्ड रसुवामा रहेका धेरै कुण्डमध्येको ठूलो कुण्ड हो ।

गोसाइँकुण्डबारे पुरा जानकारी

रसुवा, जनैपूर्णिमाका दिन लाग्ने गोसाइँकुण्ड मेलालाई मर्यादित र सुरक्षित रूपमा मनाउन विभिन्न १३ वटा उपसमितिहरू गठन गरिएका छन् । यसवर्ष भदौ ३ गते जनैपूर्णिमा पर्दछ । हरेक वर्ष दशहरा तथा जनैपूर्णिमाको समयमा लाग्ने मेलामा देश विदेशबाट तीर्थयात्रुहरूको घुइँचो लाग्ने गर्दछ । 

एकपटक पुग्नै पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा परिचित रसुवा गोसाइँकुण्ड गाउँपालिका – ५ मा पर्ने गोसाइँकुण्डमा प्रत्येक वर्ष लाग्ने जनैपूर्णिमा मेला मेला सुरु भएको हो ।  

कुण्डमा नुहाउने तथा पाठपूजा गर्नाले मनले चिताएको पुग्ने र पापबाट मुक्त हुने जनविश्वासका साथ धेरै भक्तजनहरू यहाँ आउने गर्दछन्। पर्यटकीयस्थल गोसाइँकुण्ड रसुवामा रहेका धेरै कुण्डमध्येको ठूलो कुण्ड हो । पौराणिक कथन अनुसार परापूर्व कालमा देवता र दानवबीच लडाईंमा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त गर्न हिमालयखण्डको काखमा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा गंगाजल अर्थात् त्रिशूल धाराको उत्पति भयो । त्रिशूल धाराको पानीबाट जम्मा भएर गोसाइँकुण्ड बनेको भन्ने जनविश्वास छ । 

कुण्डमा स्नान गरी गोसाइँ बाबा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने,पितृले मोक्षमिल्नुका साथै आफूले चित्ताएको सबै मनोकांक्षाहरू पुरा हुने जनविश्वासका साथ वर्षेनी हजारौं भक्तजनहरू कुण्डमा स्नान गर्न आउने गर्दछन् । 


काठमाडौंबाट नुवाकोटको बिदुरहुँदै रसुवा सदरमुकाम १ सय किमी यात्रा गरेपनि पुग्न सकिन्छ । धुन्चेबाट विस्तारै पैदल यात्रा गर्दा डेढ दिनमा कुण्ड पुग्न सकिन्छ । बाटोमा विभिन्न रमणीय दृष्यावलोकन गर्दै चन्दनबारी, चौलाङपाटी, लौरिविनायक जस्ता बस्ती पार गरेपछि गोसाईंकुण्ड पुगिन्छ । हिमाली क्षेत्रमा १०८ कुण्ड रहेको जनविश्वास गरिएको छ । 


समुद्री सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाईमा रहेको गोसाईंकुण्ड २०६३ सालमा विश्व सम्पदा सूचि तथा सिमसार क्षेत्रमा सूचिकृत गोसाइँकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र संरक्षित क्षेत्र र अत्यन्त आकर्षक र मनमोहक स्थान पनि मानिन्छ ।


एकादशीदेखि पूर्णिमासम्म यहाँ नुहाउनेहरूको भीड लाग्छ  । जैविक विविधताको धनी यस क्षेत्रमा वर्षेनी हजारौं विदेशी तथा स्वदेशी पर्यटकहरू आउने  गर्दछन् । समुन्द्री सतहदेखि चार हजार तीन सय ८० मीटरको उचाईमा रहेको गोसाइँकुण्डको लम्बाई ६ सय मीटर छ भने चौडाईं ३ सय ७० मीटर छ र १८ दशमलव ३ मीटर गहिरो छ । भगवान् श्री शंकरको वासस्थानको रूपमा हिमालयको काखमा रहेको यस गोसाइँकुण्डमा स्नान गर्नाले गरेका पापबाट मुक्ति मिल्ने तथा मनले चिताएको पूरा हुने जनविश्वास रहिआएकोले वर्षेनी हजारौँ भक्तजनहरूको आगमन हुने गरेको छ । 


कुण्डमा हरेक वर्ष गंगादशहरा र जनैपूर्णिमा गरी दुई पटक मेला लाग्ने गर्दछ । जनै पूर्णिमा र दशहरामा मेला लाग्ने यहाँ सदावहार स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । हाइकिङ गर्न, कोही तामाङ संस्कृति हेर्न, कोही धार्मिक हिसाबले पुण्य प्राप्त गर्न, केही युवा युवती जोडी र सन्तान प्राप्त होस् भन्ने कामना गर्न र कोही प्राकृतिक दृश्यावलोकन गर्दै सुख, शान्ति प्राप्तिका लागि आउने गर्दछन् । 


गोसाइँकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्जभित्र रहेकाले यात्रामा भेटिने तामाङ संस्कृति र प्राकृतिक छटाले थकाइको महशुस नहुने गोसाइँकुण्ड पुगेर फर्केका यात्रीहरु बताउछन् । कुण्डलाई २००७ सेम्टेम्बरमा रामसार सूचीमा सूचीकृत गोसाइँकुण्डमा यसवर्ष भदौ ३ गते मुख्य मेला लाग्दैछ । गोसाइँकुण्ड दर्शन गर्ने क्रममा बाटोमा रहेको उत्तरगयाधाम र कालिकामाइ मन्दिर पनि दर्शन गर्नुपर्ने मान्यता कायम रहेको छ ।


समुन्द्र मन्थनबाट निस्किएको कालकूट विष खाएर सम्पूर्ण प्राणी जगत्लाई बचाएका शिवले विष घाँटीमा अड्किएपछि पानीका खोजीमा उत्तरापन्थ लाग्दा बेत्रावतीमा आइपुगेर बेतका लौराले पहरामा हानी पानी पिएको र त्यहाँबाट पनि डाह शान्त नभएकाले नीलाद्री पर्वतमा पुगी त्रिशूलले पहरामा हानेर पानी निकाली डाह शान्त गरेको र शिवले रोपेको त्रिशूल धाराको पानी जम्मा भई गोसाइँकुण्ड बनेको भनाइ छ ।


धेरैजसो स्वदेशी तथा विदेशी विद्यार्थी नेपालको दोस्रो ठूलो पदमार्ग गोसाइँकुण्डमा अध्ययन तथा अन्वेषणका लागि आउने गर्दछन् । नेपालका राष्ट्रिय विभूति अमरसिंह थापाले पनि आफ्नो देहत्याग गोसाइँकुण्डमै आएर गरेका थिए । उनी बास बसेका स्थानमा उनको सालिक बनाइएको छ । तामाङ समुदायको बसोवास रहेको यस क्षेत्रमा सो समुदायको वेशभूषा, रहनसहन र संस्कृतिले पर्यटकलाई थप आकर्षित गरेको छ । गोसाइँकुण्ड मेलामा विभिन्न लामा, झाँक्री नाच तथा तामाङ सेलो नृत्यसमेत प्रदर्शन गरिन्छ । 


काठमाडौंको सुन्दरीजलदेखि गोसाइँकुण्डसम्मको यात्रा धार्मिक, ऐतिहासिक पदयात्रा गन्तव्य हो  । मेलालाइ व्यवस्थित गर्न तथा सरसफाइमा ध्यान दिन ठाउँठाउँमा सूचना बोर्ड,खाना खाजाको दररेट मूल्य सूची राखिएको गोसाइकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष संजीव डिएमले जानकरी दिए ।  


यसवर्षको मेला व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालयको आयोजना र गोसाइँकुण्ड क्षेत्र विकास समितिको सहयोग एवम् सहजीकरणमा भएको बैठकले यस वर्षको जनैपूर्णिमामा लाग्ने गोसाइँकुण्ड मेला मर्यादित रूपमा सम्पन्न गराउन १३ उपसमिति गठन गरेको र सबै व्यवस्थापनको तयारी भएको प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले बताए ।  


लाङटाङ राष्ट्रिय निकुञ्जले जैविक विविधताको संरक्षण गर्ने, धुपी कटानीमा रोक लगाउने, बोटबिरुवाको लौरो निषेध गरी निगालाको प्रयोगका लागि अभिप्रेरित गर्ने, जनचेतनामूलक, सन्देशमूलक फ्लेक्स बोर्ड बनाई ठाउँठाउँमा राख्नेछ । गोसाइँकुण्ड गाउँपालिका, नेपाल रेडक्रस सोसाइटी,नेपाल स्काउटलगायत अन्य संघसंस्थालाई धुन्चेदेखि गोसाइँकुण्डसम्म स्वयम्सेवक परिचालन गर्ने जिम्मेवारी बैठकले दिएको छ । 



जिल्ला विपद् व्यवस्थापन समितिकाे बैठक सम्पन्न





रसुवा, जिल्ला विपद व्यवस्थापन समिति रसुवाको अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालको अध्यक्षतामा बैठक सम्पन्न साउन २८ गते भयाे । 

जिल्ला प्रशासन कार्यालय रसुवा कार्यालयको सभाहलमा विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा १६ बमोजिम जिल्ला विपद व्यवस्थापन समिति रसुवाकाअध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल, गोसाईकुण्ड गापा अध्यक्ष कैसाङ नुर्पु तामाङ,गैसस, पत्रकार, चेम्बर,बाणिज्य महासंघलगायतका सरोकारवाल हरूको उपस्थित रहेको थियो ।

वैठकमा वनुवा घुम्तीमा पासाङ ल्हामु राजमार्ग अवरुद्ध भई बाईपासका रूपमा प्रयोग हुने जिरो किलो अम्वास सडक खण्ड,पुर्वाधार विकास कार्यालय नुवाकोटबाट सन्चालन भएकाले पहिरो पन्छाई सडक सन्चालनमा ल्याउन कार्यालयलाई निर्देशन दिएकाे छ ।  

कुनैपनि अवस्थामा सवारी आगमन अवरूद्व हुने हुनाले जिल्लाको लाईफलाईन टुटने अन्तर्राष्ट्रिय नाका समेतलाई असर गरी राजश्व संकलनमा प्रभावित लगायत विरामी उद्वार र विपद व्यवस्थामा समस्या आउने तथा गोसाईकुण्ड धार्मिक मेलामा आउने भक्तजनहरूलाई असुविधा हुने हुदा तत्कालै मर्मत गर्न र दिर्धकालिन समाधान समेतका लागि सडक डिभिजन कार्यालय नुवाकोट र स्याफ्रुवेसीदेखि रसुवागढीसम्मको सडक खण्डको हकमा मर्मत सुधार गर्न गल्छि,त्रिशूली,मैलुङ,स्याफ्रुवेसी,रसुवागढी सडक योजनालाई निर्देशन दिने निर्णय भएकाे विपद् व्यवस्थापन समितिका संयाेजक तथा प्रजिअ खनालले जानकारी दिए ।

त्यसैगरी कालिका गापा -१ राम्चेका दावा पासाङ लोप्चनको घरमा गत साउन १५ गते आगलागी भई घर पुर्ण रूपमा नष्ट भएकाले विपद व्यवस्थापन कोषवाट तत्काल राहत स्वरूप २५ हजार वितरण गरिएको छ । उ

तरगया र नौकुण्ड गा,पालाई पालिकाले माग गरे बमोजिम ५०/५० थान ९२× १×१० तारजाली जलश्रोत तथा सिंचाइ विकास सव डिभिजन कार्यालय,धुन्चेबाट उपलब्ध गराईएको समर्थन  लगाएत समयमा विपद्का घटना बढन सक्ने हुदा सवै निकायले मनसुन पुर्व तयारि तथा प्रतिकार्य अनुरूप चनाखो रहि सवैलाई आग्रह गरिएको प्रजिअ खनालले बताए ।

गाउँपालिका भवन निर्माण हुन सकेन

 


रसुवा,  कहाँ बनाउने ? भन्ने विषयकाे विवदले आमाछोदिङमो गाउँपालिका भवन निर्माणमा ढिलाइ भएकाे छ । 

नेपाल सरकारले राजपत्रमा आमाछोदिङमो गाउँपालिकाकाे केन्द्र गाेल्जुङबेशी उल्लेख गरेपनि हाल गाेल्जुङमा रहेकाे छ  । 

मुलुकमा संघीयता लागू भएकाे  सात वर्ष बित्दा पनि गाउँपालिकाकाे भवन निर्माण हुन नसक्दा सेवा प्रबाहमा समस्या रहेकाे छ । 


तस्वीर ः केही समय अघि प्रतिनिधि तथा प्रदेश  सभा सदस्य,  जिल्ला समन्वय समितिका  प्रमुखलगायत दलका नेताहरू अनुगमनमा सहभागी हुँदै ।  

Saturday, August 10, 2024

गोसाइँकुण्ड तथा वरपर रहेका कुण्डहरूको संक्षिप्त जानकारी















एक्‌सय आठ् जम्न पुगे कुण्ड कतिकति
सँगसँगै जम्न पुगे भैरब् र सर्‌स्वती ।
त्रिशूली बनी बगिन् बढाउँदै शान       
                   त्यै कुण्डमा पसी शिब भए बिराज्‌मान ।।

 

    गोसाइँकुण्ड तथा वरपरका कुण्डहरूको उत्पत्तिको बारेमा

     

    सत्ययुगमा देवता र दानव मिली गरेको समुन्द्र मथनबाट निस्केको हलाहल नामक कालकुट विष संसारको रक्षार्थ भगवान शिवले निल्दा घाँटीमा अड्कन गई डाहा हुँदा सो डाहाबाट मुक्ति पाउन भगवान् शिवजी हिमवत् खण्डमा जहाँ अहिले प्रख्यात गोसाइँकुण्ड रहेको छ, यही स्थानमा आउनुभई त्रिशूलले खोपेर कुण्ड उत्पत्ति गर्नुभएको भन्ने धार्मिक कथन  रहेको छ । भगवान् शिवजीको कण्ठमा अड्केको विषले डाहा भई उनको कण्ठ/घाँटी नीलो भएको कारण उनलाई नीलकण्ठ पनि भनिएको हो । नीलो कण्ठ भएका शिवजीले उत्पत्ति गर्नुभएको कारण गोसाइँकुण्डलाई नीलकण्ठ दह पनि भनिन्छ । जुन् कुण्डलाई शिवकुण्ड भनेर पनि चिनिन्छ ।

     

    त्रिशूलले खोपेर निस्केको तीनधारा जसलाई त्रिशूलधाराका नामले चिनिन्छ, सोही त्रिशूलधारा जम्न गई विशाल पोखरी बन्यो र त्यही कुण्डको नाम गोसाइँकुण्ड हो । गोसाइँकुण्ड उत्पत्ति सम्बन्धि केही रोचक तथा लोक भजन यस्तो रहेको छ ।

     

    त्रिशूलधाराको बारेमा थपजान्नुहोस्

     

    गोसाइँकुण्ड उत्पत्ति सम्बन्धि केही रोचक कविता तथा लोक भजनहरू

     

    (गोसाइँकुण्ड जाउँला, डुबुल्की नुहाउँला) राम.. हे ! नील्कण्ठको दर्शन पाई, हरि नील्कण्ठको र्शन पाई, हो (हर गंगे गोसाइँकुण्ड नुहाउन जाउँ) हरेराम ..

     

    • (रसुवा जिल्लाको छत्रनाँचको नालीबेलीमा समावेश भएको बालुन)

     

     

    गौरीका पसिना बगेर अघि नै जो धर्मधारा बन्यो ।

    त्यो सम्झेर झलक्क भित्र मनले ध्यानादि क्यै गर्नु भो ।।

    बढ्दै गो जब त्यो प्रभाव विषको पर्दै गयो तुल्बुली ।

    घोचे तिर्सुलले फुट्यो जल अहो ! नीलाद्रिमैँ भुल्भुली ।।५२।।

     

    धारा तीन त्रिशूलको जब बन्यो ठन्डा त्यही निर्मल ।

    पानी जम्न गई बडो दह बन्यो नीलाद्रिमा सुन्दर ।।

    खाल्टा आठ तथा अगाध गहिरो कल्लोलले शोभित ।

    देखी दिव्य विशाल कुण्ड शिवजी ज्यादै भए मोहित ।।५३।।

     

    बाधा त्यो सब कालकूट विषको संहारका खातिर ।

    आफैं गै सय दिव्य वर्ष सुकला भो कुण्डमा शङ्कर ।।

    नामैँ भो पछि नीलकण्ठ दह, त्यो गोसाइँथान नामले ।

    जो प्रख्यात छँदैछ आजतक नै देखिन्छ आफैं गए ।५४।।

     


    पहरामा जब खोपे श्रीशिवले तिर्शूल

    तीनैधारा निस्किएर गर्न थाले भुल्‌भुल् ।

    प्रख्यात् भयो नाम रह्‌यो भनी त्रिशूल्‌धारा

    भक्तिभाव्‌ले दर्शन् गर्न जान्छन् भक्त सारा ।।

     

    तिर्शुल्‌धारा झर्न गयो जम्न गयो पानी

    दिब्यदह नाम रह्‌यो गोसाइँकुण्ड भनी ।

    पिए पानी घटघटी शान्त पार्न डाहा

    डाहा शान्त भई शिब भन्नलागे  आहा !!

     

    एक्‌सय आठ् जम्न पुगे कुण्ड कतिकति

    सँगसँगै जम्न पुगे भैरब् र सर्‌स्वती ।

    त्रिशूली बनी बगिन् बढाउँदै शान

    त्यै कुण्डमा पसी शिब भए बिराज्‌मान ।।

     

    स्नान, दान, ध्यान, जप, श्रद्दादि र तर्पण्

    आफू मोक्ष भई पुर्खाहरू पनि तर्छन् ।

    यस्तो विश्वास गरीकन पुण्यादि कमाउन

    ब्रम्हाण्डकै सारा जान्छन् थाल्नेछन् रमाउन ।।

     

    • (शिवगाथा – प्रेमप्रसाद पौडेल)

     

    गोसाइँकुण्ड, भैरव्‌कुण्ड, कुण्ड सरस्वती

    दुधकुण्ड, जागेश्वर कुण्ड ती पार्वती ।

    नउकुण्ड, सूर्य, चन्द्र, आमा, अग्नी कुण्ड

    यत्रतत्र धेरै जमे बनाउँदै आनन्द।।

    •  (रसुवागाथा / यही हो हाम्रो रसुवा – प्रेमप्रसाद पौडेल)


    गोसाइँकुण्ड तथा वरपरका कुण्डहरूको बारेमा जानकारी

    कुण्डको नामाकरणका विषयमा धेरै विविधता पाईएको छ । एउटै कुण्डका विविध नामाकरण सुनिदै आएको छ । यहाँ उल्लेख भएका कुण्डहरूको नामावलीमा कुण्डहरू दोहोरिएका हुनसक्छन् । 

    1. गोसाइँकुण्ड
    2.  भैरव कुण्ड
    3. सरस्वती कुण्ड
    4. पार्वतीकुण्ड
    5. जागेश्वर कुण्ड (जेसुर)
    6. दुधकुण्ड (टिमुरे र गोसाइँकुण्ड क्षेत्र दुवै ठाउँमा रहेको )
    7. ब्रम्हाकुण्ड
    8. नागकुण्ड (नाउ/नाग)
    9. नवकुण्ड
    10. लम्बेकुण्ड
    11. राजा कुण्ड
    12. रानीकुण्ड
    13. कामी कुण्ड
    14. कमिनी कुण्ड
    15. छेडा कुण्ड
    16. एक्ले कुण्ड
    17. मोक्ष कुण्ड
    18. सागर कुण्ड
    19. झ्याकुम कुण्ड
    20. सूर्य कुण्ड
    21. आमा कुण्ड
    22. चन्द्र कुण्ड
    23. अग्नी कुण्ड
    24. सृष्टिमाता कुण्ड
    25. गणेश कुण्ड
    26. रक्त कुण्ड
    27. नोजे कुण्ड
    28. लोङजे कुण्ड
    29. रामलक्ष्मण कुण्ड
    30. रामकुण्ड
    31. लक्ष्मण कुण्ड
    32. सीता कुण्ड
    33. दामोदर कुण्ड
    34. भरत कुण्ड
    35. पीपकुण्ड
    36. कुमार कुण्ड
    37. जनकुण्ड
    38. बर्दकुण्ड
    39. महालक्ष्मी कुण्ड
    40. महासरस्वतीकुण्ड
    41. महाकालीकुण्ड
    42. धर्मकुण्ड
    43. फलामकुण्ड
    44. कर्णकुण्ड
    45. शेषकुण्ड
    46. अद्भूत कुण्ड
    47. वेदकुण्ड
    48. बैष्णवायकुण्ड
    49. विष्णुकुण्ड
    50. व्यासकुण्ड
    51. गौरीकुण्ड
    52. उमाकुण्ड
    53. रमाकुण्ड
    54. दीपकुण्ड
    55. ज्वाला कुण्ड
    56. बतास कुण्ड
    57. रिभर कुण्ड
    58. ग्रुबाकुण्ड
    59. हिउँकुण्ड (आइसलेक, क्याञ्जेन)
    60. वाइवा कुण्ड
    61. तेम कुण्ड
    62. दि कुण्ड
    63. चुल्हो कुण्ड
    64. शीर कुण्ड
    65. अमर कुण्ड
    66. छोनाक कुण्ड
    67. डुल्बु कुण्ड
    68. गोपो कुण्ड 
    69. गोसाइँकुण्ड बन्नुअघिको पहिलो कुण्ड : ग्यो नेबा
    70. गोसाइँकुण्ड बन्नुअघिको दोस्रो कुण्ड : सपिङ ग्यो
    71. गोसाइँकुण्ड बन्नुअघिको तेस्रो कुण्ड : नाम्सुङ ग्यो