ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Sunday, June 14, 2026

२३ औं विश्व रक्तदाता दिवस : रसुवामा ८२ जनाले रक्तदान गरे

 

रसुवा, “रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ २३ औं विश्व रक्तदाता दिवसको अवसरमा रसुवामा ८२ जनाले रक्तदान गरेका छन् । 

कालिका गाउँपालिका, नेपाल स्यंसेवी रक्तदाता समाज रसुवा, कालिका हिमालय मावि २०५६ ब्याचको सहकार्यमा  आयोजनामा भएको रक्तदादान कार्यक्रममा ८२ पिन्ट रगत संकलन गरी केन्द्रीय रक्तसंचार केन्द्रमा पठाइएको नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखाका अध्यक्ष रामशरण गजुरेलले बताए ।  

देशमा हुने रगत अभाव हुन नदिन रसुवाबाट पनि योगदा गर्ने हेतुले रक्तदान अभियान कै रुपमा आयोजना गरिएको स्यंसेवी रक्तदाता समाजका उपाध्यक्ष तारा कार्कीले बताइन् । नियमित भएकाे याे रसुवाकाे १० औं रक्तदादान कार्यक्रममा हाे । 


सन २००४ देखि देशभर निरन्तर रुपमा मनाउदै आएको विश्व रक्तदाता दिवस भव्यताका साथ मनाउने भएको छ । हरेक वर्ष जुन १४ तारिखका दिन मनाउदै आएको छ । 

पहिलो रक्तदाता उत्तरगया गाउँपालिका- ४ का माधब लामिछानेलाइ कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान शुभारम्भ भएको थियो । 

कालिका गाउँपालिका अध्यक्ष देवकाेटा, उपाध्यक्ष मीरा लामा, स्वास्थ्य शाखा प्रमुख नवराज न्याैपाने, भूवन ढंगाना, नेपाल स्यंसेवी रक्तदाता समाज, कालिका हिमालय एसएलसी २०५६ ब्याचकाे पदाधिकारीहरू तथा संचारकर्मी , शिक्षक, कर्मचारीलगायत सहभागी थिए । 

रगत अभावका कारण बिरामीले अस्पतालमा भोग्नुपर्ने समस्या न्यूनीकरण गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्दै आयोजकले नियमित रक्तदान अभियानलाई निरन्तरता दिने जनाएको छ ।



Friday, June 12, 2026

नौकुण्ड गाउँपालिका बजार अनुगमन सम्पन्न

 


रसुवा, नौकुण्ड गाउँपालिकामा नौकुण्ड गाउँपालिका बजार अनुगमन सम्पन्न भएकाे छ ।

नौकुण्ड गाउँपालिकाका उपाध्यक्ष चन्द्रबहादुर ग्लानको संयोजकत्वमा नौकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर तामाङ, सबन्धित शाखाका कर्मचारीहरू र सम्बन्धित वडाका वडाअध्यक्षलगायतको संयुक्त टोलीले ०८३ जेठ २८ गते बजार अनुगमन गरेकाे हाे ।

नौकुण्ड गाउँपालिका वडा नं. ४ सरमथली र पाटीखर्क स्थित दैनिक उपभोग्य तथा खुद्रा किराना व्यवसायी लक्षित दैनिक उपभोग्यवस्तु विक्री स्थल/गोदामहरूको स्थलगत रुपमा अनुगमन तथा निरीक्षण गरी अनुगमनमा देखिएको कमीकमजोरी सुधारको लागि सुझाव दिएको छ ।

पसलमा साइन बोर्ड, मूल्य सूची र खरिद बिक्री बिल राख्ने गर्नुपर्ने , पसल नियमित सरसफाइ गर्नुपर्ने , मूल्य सुची र दर्ता, नवीकरण देखिने स्थानमा राख्नुपर्ने, व्यवसायको समयमा नै नवीकरण गर्नुपर्ने, म्याद नाघेका सामग्रीहरु राख्नु नहुने, व्यावसाय सम्बन्धित व्यक्तिको नाममा दर्ता गर्नुपर्ने, मदिरा र सुर्तिजन्य पदार्थ बिक्री वितरणका लागि अन्त:शुल्कमा दर्ता गर्नुपर्ने जस्ता सुझाव दिइएकाे बजार अनुगमन पछि उपाध्यक्ष गलानले बताए ।





गृहिणीलाई तालीम पश्चात मौरीघार बितरण

 


रसुवा, गृहिणी महिलाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले उत्तरगया गाउँपालिकामा सञ्चालित १५ दिने मौरीपालन तालिम सम्पन्न पछि माैरीका घार बितरण भएको छ ।

सामाजिक विकास कार्यालय बागमती प्रदेश र उत्तरगया गाउँपालिकाको संयुक्त सहकार्यमा उक्त तालिम आयोजना गरिएको हो ।

तालीमको समापनसँगै सहभागी २६ जना गृहिणी महिलाहरूलाई मौरीपालन सुरु गर्नका लागि प्रतिव्यक्ति दुई वटा मौरीको गोलासहितको घार र एउटा खाली घार बितरण गरिएको छ ।

स्थानीय तहमा नै उद्यमशीलता विकास गरी महिलाहरूको आर्थिक उपार्जनमा टेवा पुर्‍याउने उद्देश्यले तालीको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ। तालिम र घार पाएपछि स्थानीय महिलाहरू उत्साहित भएका छन् ।

Thursday, June 11, 2026

सामुदायिक वनमा सूचना प्रणाली र रेड कार्यान्वयन बारे छलफल

 



रसुवा, सामुदायिक वनमा  सूचना व्यवस्थापन प्रणाली र रेड कार्यन्वयन बारे उत्तरगया गाउँपालिका क्षेत्रका सामुदायिक वन उपभोक्ताहरू बीच छलफल कार्यक्रम सम्पन्न भयो । 


बेत्रावती सवडिभिजन वन कार्यालय अन्तर्गत उत्तरगया गाउँपालिका(२ डाडागाउँमा भएको छलफलमा सामुदायिक वनमा व्यवस्थापन सूचना प्रणाली र रेड कार्यान्वयन डिभिजन कार्यालय वन कार्यालयका प्रमुख शम्भु तामाङ र वन अधिकृत मनिता चौधरीले सहजिकरण गरेका थिए । 


बारे छलफलमा  कार्बन व्यापारबाट कसरी लाभ प्राप्त गर्न सकिन्छ रु उत्तरगया गाउँपालिका भित्रका सामूदायिक वनका उपभोक्ता र सरोकारवालाहरू बीच छलफल कार्यक्रमा डिभिजन कार्यालय वन कार्यालयका प्रमुख तामाङले निस्कृय समुहलाइ सक्रिय बनाउन कार्यालयले सक्दो प्रयास गर्ने बताए । समूहको सिक्रियता बिना काम गर्न सहज नहुने भएकोले समूह सशक्तिकरणका कार्यक्रम आवश्यक भएको बताए ।


सााुदायिक वनमा संरक्षण, व्यवस्थापन र उपयोग गर्ने काम उपभोक्ताको भएको र वनमा सूचना प्रणालीले योजना बनाउन सघाउने भएकोले समुहको सूचना अद्यावधिक जरूरी भएको बताउँदै विधान र कार्ययोजना अद्यावधिक गर्नुपर्ने समूहले समयमै कार्यालयमा कागजात सहित बुझाउन अनरोध गरे । 


कार्बन संचिति तथा उत्सर्जन न्यूनीकरण कार्यक्रमबाट प्राप्त हुने लाभको बाँडफाँट र वितरण प्रक्रिया बारे बेत्रावती सव डिभिजनका गोविन्द भट्टले सहजिकरण गरेका थिए । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिका बापत नेपालले पाउने लाभांशलाई न्यायोचित रूपमा तल्लो तहसम्म पुर्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका थिए । 


सहभागी सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधिहरूले समुहका समस्याहरू बारे छलफल गरेका थिए । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ रसुवाका अध्यक्षले समुहका सूचना तथा समयमा आय व्याय बिबरण तथा वार्षिक साधारण सभा गरी लेखा परिक्षण तथा प्यान नलिएका समूहले अनिवार्य रूपमा समुहको प्यान लिनुपर्ने बताए । उनले वनमा अहिलेलाइ दाउरा, घाँस, सोत्तर र काठको उपयोग कम देखिए पनि मानव जीवनमा वन तथा वन जन्य उत्पादनबाट लाभ लिन सकिने धेरै ठाउँ रहेको बताए । 

Tuesday, June 9, 2026

अपाङ्गता भएका आमा–बाबु विहीन विद्यार्थीहरूका लागि आधारभूत कम्प्युटर तालिम सम्पन्न

 


रसुवा, अपाङ्गता भएका आमा–बाबु विहीन विद्यार्थीहरूका लागि आधारभूत कम्प्युटर तालिम सम्पन्न भयाे ।  


नौकुण्ड गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, सरमथली, रसुवा नमुना अपाङ्ग समाज रसुवाको सहकार्यमा सञ्चालन गरिएको ३० दिने आधारभूत कम्प्युटर तथा एआई एजुकेशन तालिम अपाङ्गता भएका, अति विपन्न तथा आमाबाबु विहीन विद्यार्थीहरूका लागि उपयोगी, समय सापेक्ष सशक्तीकरणमुखी कार्यक्रमका रूपमा सम्पन्न भएको छ। 



तालिम समापनकाे अवसरमा अपाङ्गता भएका आमा–बाबु विहीन विद्यार्थीहरूका लागि डिजिटल प्रविधिका बारेमा जानकारी तथा सिप विकास गराउनु उद्देश्यले तालिम दिइएकाे प्रमुख अतिथी नाैकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर गलानले बताए । उनले अपाङ्गता भएका तथा पछि परेका समुदायका लागि आगामी दिनमा पनि कार्यक्रम तर्जुमा गरिने बताए ।

तालिममा १३ जना सहभागीलाइ प्रमाण पत्र समेत उपाध्यक्ष गलानले प्रदान गरे । आधारभूत कम्प्युटर शिक्षा बारे प्रशिक्षक सुयाेग ढुङगेलले सहजिकरण गरेका थिए । 



Monday, June 8, 2026

रास्वपा रसुवाको प्रथम जिल्ला अधिवेशन सम्पन्न सभापतिमा पुनः वसन्त भट्ट निर्वाचित


रसुवा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रसुवाको प्रथम जिल्ला अधिवेशन शनिबार राति  सदरमुकाम धुन्चेमा सम्पन्न भएको छ ।

अधिवेशनबाट पुनः वसन्त भट्ट सभापतिमा निर्वाचित भएका छन् । भट्टले ६६ मत प्राप्त गरी विजयी हासिल गरेका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी सविन सापकोटाले ४१ मत प्राप्त गरे।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा उम्मेदवार भएका उत्तरगया गाउँपालिका-५ निवासी भट्ट यसअघि तदर्थ समितिकाे सभापतिमा पनि निर्वाचित भएका थिए । 

अधिवेशनअन्तर्गत सभापति, सचिव, खुला सदस्य र जनजाति सदस्य पदका लागि निर्वाचन भएको थियो । उपसभापति पदमा दावा लामा निर्विरोध निर्वाचित भएका छन् भने सह–सचिव पदमा रविन्द्र तामाङ निर्विरोध चयन भएका छन् ।

सचिव पदमा रविन्द्र लोप्चन ७४ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी तेजप्रसाद खतिवडाले २७ मत प्राप्त गरेका थिए । त्यस्तै, महिला सदस्य पदमा सानुदेवी तामाङ निर्विरोध निर्वाचित भएकी छन् । खुला सदस्यतर्फ सुशिल खतिवडा २८ मत प्राप्त गर्दै निर्वाचित भएका छन् भने जनजाति सदस्यतर्फ युवराज घले ७८ मतसहित निर्वाचित भएका छन् ।

परिक्षणका लागि रोपिएको स्याउ सप्रेपछि लाङटाङमा किसान खुशी

रसुवा, परीक्षणका लागि  रोपिएको स्याउ वातावरण अनुकूलित भएर सप्रिन थालेपछि गाउँले खुशी भएका हुन् । गोसाइँकुण्ड गाउँपालिका–४ को लाङटाङ र मुन्डु गाउँमा पहिलो पटक स्याउको परीक्षण सफल भएपछि स्थानीय खुशी भएका हुन् । समुद्र सतहबाट ३ हजार ५ सय मिटरको उचाइमा स्याउ खेती सुरु गरिएको हो ।


नमुना परीक्षणका लागि यहाँ विभिन्न जातको स्याउ रोपेको र परीक्षण सफल भएको स्थानीय फिन्जो तामाङले बताए । ‘एक–दुई वटा बोट पहिले रोपिएको भए पनि यसरी नयाँ जातको परीक्षण पहिलो पटक गरिएको हो ।’ उनले भने, ‘गत मंसिरमा रेड डेलिसिएस, रोयल डलिसियस र फुजी ४८ वटा स्याउका बिरुवा रोपेको हो । गाउँमा ३ सय बिरुवा रोपिएको थियो ४(५ वटा बिरुवा मरे पनि धेरै जस्तो बिरुवा सप्रेका छन् ।’


त्यहाँ २० वटा ग्रीन हाउस बनाइएको छ । परीक्षणका लागि १३ प्रजातिका स्याउ रोपिएको थियो । यहाँ स्याउको परीक्षण सफल भएपछि धेरैले स्याउका बिरुवा रोप्ने सोच बनाएका छन् । पर्यटकीय क्षेत्रमा यहाँ आउने पर्यटकहरुले धेरै स्याउ खपत गर्ने स्थानीय ग्याल्बो लामाले बताए ।  पहिले स्थानीय जातका स्याउ रोपेपनि फल्न छाडेपछि अध्ययन अभावले मासिएको थियो । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड० को सहयोगमा लाङटाङमा ६ महिना अघि स्याउका बिरुवा रोपिएको थियो ।


यो परीक्षण सफल भएको हेरेर धेरैले स्याउ रोप्ने योजना बनाएको स्थानीय टेम्पा तामाङ बताउँछन् । इसिमोडका अर्गानिक कृषि विज्ञ राजेन्द्र ढकाल भन्छन्, ‘लाङटाङमा परीक्षण सफल भनिहाल्न मिल्दैन ।’ फल लागेर किसानले लाभ लिएपछि मात्र परीक्षण सफल भएको भन्न सकिन्छ । रोपिएका स्याउका बिरुवा वातावरण अनुकूलित भएकाले बिरुवाको बृद्धि भने भएको छ । केही विरुवमा फूल फुले पनि बोट परिपक्व नभएकोले टिपेर हटाइएको थियो ।’


त्यस्तै जलवायु उत्थानशील कृषि अनुसन्धानकर्ता कैलाश भट्ट भन्छन् फरक–फरक जातका स्याउका बिरुवा हावापानी मिल्ने ठाउँ भारतको हिमालचल प्रदेशबाट बिरुवा ल्याएर रोपिएको हो, अनुसन्धानकै क्रममा भएकाले कुन राम्रो हुन्छ त्यही जात अघि बढाउने उद्देश्यले परीक्षण भइरहेको भट्टले बताए ।


चिसो र उच्च–उचाइको अवस्थामा अनुकूलन क्षमता र प्रदर्शन परीक्षण गर्न उच्च हिमाली क्षेत्रको चिसो हावापानीमा रातो स्वादिष्ट, गोल्डेन स्वादिष्ट, डार्क सुपर, सुपर गोल्डेन र अन्य प्रजातिहरू पनि रोपिएको स्याउ खेती गरिएको इसिमोडका कृषि प्रशिक्षक कृष्ण भामले जानकारी दिए । स्थानीय ५० भन्दा बढी घरपरिवारले आफ्नो घरको बगैंचामा स्याउको बिरुवा रोप्दै स्याउ रोपणमा भाग लिएका थिए । स्थानीयले स्याउका बिरुवा वरिपरी बन्दा र प्याज खेती पनि सँगसँगै गरेका छन् ।

भिडियाे हेर्नुस् । 


आयोजना प्रभावितका लागि कुक तालिम

 


रसुवा, जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नं ६, धुन्चेमा आयोजना प्रभावित स्थानीय समुदायको जीविकोपार्जन उत्थानका लागि ुकुक तालिमु सञ्चालन गरिएको छ।

नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी ९ल्ध्भ्म्ऋ० र गोसाइँकुण्ड गाउँपालिका वडा नं। ६ को संयुक्त पहलमा यो तालिम सुरु भएको हो। आयोजना निर्माणका क्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित भएका स्थानीय बासिन्दाहरूलाई लक्षित गरी उनीहरूको आर्थिक अवस्था सुदृढ बनाउने र स्थानीयस्तरमै रोजगारी तथा स्वरोजगारीका अवसरहरू सिर्जना गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

पर्यटकीय क्षेत्र गोसाइँकुण्ड पदमार्गको मुख्य केन्द्र विन्दु मानिने धुन्चेमा होटल तथा पर्यटन व्यवसायको प्रचुर सम्भावना रहेकाले यस कुक तालिमले स्थानीय युवा तथा महिलाहरूलाई व्यावसायिक रूपमा अगाडि बढ्न ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ। तालिमको प्राविधिक तथा व्यावहारिक प्रशिक्षण काठमाडौँ रहेको ुबि। एम। टि। सि। प्रा। लि।ु ले गरिरहेको छ।

कानुनी विषयक क्षमता अभिवृद्धि सम्बन्धी १ दिने पुनर्ताजगी तालिम सम्पन्न

 


रसुवा, उत्तरगया गाउँपालिकाको आयोजनामा न्यायिक समितिका सदस्य, गाउँसभा सदस्य तथा मेलमिलापकर्ताहरूका लागि सञ्चालन गरिएको “कानुनी विषयक क्षमता अभिवृद्धि सम्बन्धी १ दिने पुनर्ताजगी कार्यक्रम”सम्पन्न भयो ।

कार्यक्रममार्फत सहभागीहरूलाई स्थानीय सरकार सञ्चालन, न्यायिक प्रक्रिया, विवाद समाधान तथा मेलमिलापका कानुनी एवं व्यवहारिक पक्षहरूबारे जानकारी प्रदान गरिएको थियो। यस प्रकारका कार्यक्रमले स्थानीय तहमा न्याय सम्पादनलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

कार्यक्रममा सक्रिय सहभागिता जनाउनुहुने न्यायिक समितिका सदस्य, गाउँसभा सदस्य, मेलमिलापकर्ता सहभागी थिए ।

न्यायिक समितिबाट के(के गर्न सकिन्छरु ?

​जग्गाको साँध(सिमाना, आलीधुर, र कुलो(पानीको विवाद सुल्झाउन सकिन्छ।,

​ज्याला(मजदुरी नपाएको, घरेलु विवाद न्याय पाउन सकिन्छ।

​नेतृत्वस् गाउँपालिका उपाध्यक्षले गर्ने हुनाले सिधै पहुँच पुर्‍याउन सकिन्छ।

​वडाको मेलमिलाप केन्द्रबाट के गर्न सकिन्छरु

​आफ्नै वडा कार्यालयमा गएर निवेदन दिन सकिन्छ।

​तालिमप्राप्त स्थानीय मेलमिलापकर्ताहरूको सहयोगमा दुवै पक्षले जित्ने गरी ९ध्ष्ल(ध्ष्ल० आपसी सहमतिमा विवाद टुङ्ग्याउन सकिन्छ।

​ यहाँबाट सेवा लिँदा के(के फाइदा पुग्छ ?

​खर्च बचाउन सकिन्छस् महँगो वकिल र कोर्ट फी तिर्नु पर्दैन, निःशुल्क जस्तै सेवा पाइन्छ।

​समय बचाउन सकिन्छस् अदालतमा जस्तो वर्षौंसम्म तारिख धाइरहनु पर्दैन, केही दिनमै काम बन्छ।

​सम्बन्ध जोगाउन सकिन्छस् रिसराग र दुश्मनी बढाउनुको सट्टा छिमेकीको सम्बन्धलाई पुनस् सुमधुर बनाउन सकिन्छ लगायतका विषयमा सहजिकरण गरिएको गाउँपालिमा उपाध्यक्ष चमेली गुरुङले बताइन् ।

स्रोत नखुलेको साढे १९ लाख रकम सहित गुरूङ पक्राउ


 

रसुवा, रसुवाको स्याफ्रुबाट काठमाडौं जाँदै गरेका एक व्यक्तिसँग स्राेत नखुलेकाे साढे १९ लाख रकम सहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका -३ का ३५ वर्षीय मिङमार छिरिङ गुरुङ रहेका छन्। 

जिल्ला प्रहरी कार्यालयका अनुसार गोसाइँकुण्ड गाउँपालिका-६ धुन्चे बजारमा अस्थायी प्रहरी पोष्ट धुन्चे रसुवाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
स्याफ्रुबाट काठमाडौं जाँदै गरेको ना १ ज ४८०७ नम्बरको भाडाको सुमो गाडीमा उनले बोकेको ब्यागमा १००० दरको नोट १८४५, ५०० दरको नोट २१३ थान र १०० दरको नोट ६ थान गरी १९ लाख ५२ हजार १०० रुपैयाँ फेला परेको सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजु शाहले बताए।
रसुवा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ।

Saturday, June 6, 2026

लोमश वाङ्मय प्रतिष्ठानकाे टिम रसुवामा

 


भाषा, कला र साहित्यको उन्नयनमा निरन्तर क्रियाशील रहँदै आएको लोमश वाङ्मय प्रतिष्ठान रसुवाको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक पक्षहरूको गहन अनुसन्धानका लागि त्यसतर्फ प्रस्थान गरेको छ ।

 हरेक महिनाको चौंथो शनिबार विशेष साहित्यिक गतिविधि गर्दै आएको प्रतिष्ठान कालिका गाउँपालिकाको औपचारिक निमन्त्रणामा यही जेठ २३, २४ र २५ गते सञ्चालन हुने तीनदिने साहित्यिक अनुष्ठानका लागि रसुवा प्रस्थान गरेको हो । स्थानीय स्तरका स्रष्टाहरूलाई राष्ट्रिय मूलधारमा समेट्ने स्थानीय पहिचानलाई उजागर गर्ने मूल ध्येयका साथ यो विचरण तय गरिएको हो ।

साहित्य, कला र पत्रकारिता क्षेत्रमा कार्यरत १५ जना लेखक तथा बहुआयामिक विषयमा विषय विज्ञहरूको सहभागिता रहेको छ । 

टोलीले स्थानीय परिवेशको प्रत्यक्ष अध्ययन गरी गाउँपालिकाका विभिन्न आयामहरूमाथि अनुसन्धानात्मक लेखहरू तयार पार्नेछ । लेखन कार्यलाई विषयगत रूपमा वर्गीकरण गरी लेखिएका सामग्रीहरुलाई पुस्तकको रुपमा प्रकाशित गरिने जानकारी समेत दिइएको छ ।

विषयविज्ञताको आधारमा प्रतीक घिमिरे, ममिला पौडेल ‘आस्था’, यमबहादुर जोती, दीपक भेटुवाल’दीपसागर’, राजेन्द्रमान डङ्गोल, गङ्गा खतिवडा, गोपालकृष्ण अधिकारी, डा।नवराज रिजाल, जयराम बिडारी, नवीन पल्लव, अमर कीर्तिमानी, अनुप खनाल, माधव घिमिरे ‘अटल’, केशरी अम्गाई, सावित्री पराजुलीले तोकिएको विषयमा आलेख तयार पार्ने छन् भने कालिकाको छविचित्र डीबी पराजुलीले बनाउने छन् । 

अनुसन्धानलाई तथ्यपरक, विश्वसनीय र जीवन्त बनाउन टोलीले रसुवाका स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा रैथाने विज्ञहरूसँग प्रत्यक्ष समन्वय र सहकार्य गर्नेछ ।

कार्यक्रम आयोजकका अनुसार स्थानीय जनप्रतिनिधि तथा सामाजिक जीवनमा सक्रिय व्यक्तित्वहरूको अनुभव र स्रष्टाहरूको प्राज्ञिक अनुसन्धानबाट प्राप्त निचोडलाई समेटेर एउटा विशेष पुस्तक तयार पारिनेछ । उक्त पुस्तकलाई स्थानीय सरकार ९कालिका गाउँपालिका० को सहयोगमा प्रकाशन गरिने योजना रहेको छ ।

दोस्रो लाङ्टाङ ट्रेल रनको प्रथम पुरस्कार मिलन र अञ्जलीलाइ


रसुवा, रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा शनिबार सम्पन्न दोस्रो लाङ्टाङ ट्रेल रनः पुरुषतर्फ सोलुखुम्बुका मिलन र महिलातर्फ काठमाडौंकी अञ्जली प्रथम भएका छन् । 

’दोस्रो लाङ्टाङ ट्रेल रन’ अन्तर्गत लाङ्टाङको क्याङजिनबाट सुरु भएको ३२ किलोमिटर दूरीको उक्त दौड प्रतियोगितामा २ घण्टा १६ मिनेट ४३ सेकेन्ड दूरी पूरा गरी सोलुखुम्बु महाकुलुङ गाउँपालिका–४ का मिलन कुलुङ राई प्रथम भएका छन्। 

उनले २ घण्टा १८ मिनेट ४७ सेकेन्ड दूरी पूरा गरी जुम्ला जिल्ला कनसुन्दरी गाउँपालिका–१ का धीरबहादुर बुढा दोस्रो भएका छन् । तेस्रो हुनेमा पाँचथर जिल्ला फिदिम नगरपालिका–१४ का विसाल राईले उक्त दूरी २ घण्टा २० मिनेट २ सेकेन्डमा पार गर्दै तेस्रो स्थान हासिल गरे । 



गोसाइकुण्ड गाउँपालिका– ४ लाङटाङ स्थित क्यान्जिँ हिम उपत्यकाबाट सुरु भएर स्याm्रmुबेसीमा अन्त भएको ट्रेलमा महिलातर्फ ४ घण्टा ४५ मिनेट ३ सेकेन्डमा काठमाडौँ दक्षिणकाली नगरपालिका–९की अञ्जली गुरुङ प्रथम भएकी छन् । नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका–७ की सुरक्षा तामाङ ४ घण्टा ५९ मिनेट ५३ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो भइन् ।


अष्ट्रियाकी अन्ना लेनाले ५ घण्टा ९ मिनेट १४ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो स्थान हासिल गरेकी छन् । ट्रेल रनमा विजेता धावकहरू महिला तथा पुरुष दुवैतर्फ क्रमशः प्रथम, दोस्रो र तेस्रो हुनेले १ लाख, ७५ हजार र ५० हजार नगद सहित प्रमाणपत्र र ट्रफी प्राप्त गर्न सफल भएका छन् । 

चौथो र पाँचौँ हुने खेलाडीलाई दुवैतर्फ सान्त्वना स्वरूप क्रमशः नगद २५ हजार र १५ हजार रुपैयाँ, प्रमाण पत्र र ट्रफी प्रदान गरिएको छ ।

खेलकुदमार्फत जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दोस्रो ’लाङ्टाङ ट्रेल रन’ प्रतियोगिताको आयोजना गरिएको रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले बताए ।


बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेलिकप्टरबाट  क्याङजिन पुगेर ’लाङ्टाङ ट्रेल रन’ प्रतियोगिताको उद्घाटन गरेका हुन् । ट्रेल रनका लागि विदेशी सहित १ सय भन्दा बढी धावकहरू भागलिएका थिए । रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष न्यौपानेले बताए । 

पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्न तथा खेल गतिबिधि बढाउन यस्तो अभियानले राम्रो भूमिका खेल्ने पर्यटन व्यवसायी तथा स्थानीय सुप्पा लामाले बताए । 


ढुङ्गे आधारभूत विद्यालयमा विद्यार्थीलाई पाेशाक वितरण


रसुवा , जिल्लाको उत्तरगया गाउँपालिका-४, ढुङ्गेमा अवस्थित ढुङ्गे आधारभूत विद्यालयमा अध्यनरत  विद्यार्थीहरूका लागि विद्यालय पोसाक वितरण गरिएकाे छ । 

“वन्यजन्तु संरक्षणमा समन्वय, सहकार्य र सहअस्तित्व” भन्ने मुख्य नाराका साथ विश्व वातावरण दिवसको अबसर पारेर ढुङ्गे आधारभूत विद्यालयकाे आयोजना र लाङटाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको  उत्तरगया-५, बनुवाछापकाे सहयाेगमा बालविकासदेखि कक्षा ८ सम्मका १ सय ६ जना विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गरिएको हाे । 

यस कार्यक्रमले वन्यजन्तु संरक्षण र शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्य राखेको छ। विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरणले उनीहरूको पढाइप्रति थप उत्साह जगाउने र विद्यालय जान प्रेरित गर्ने विश्वास गरिएको छ।

Friday, June 5, 2026

दोस्रो ’लाङटाङ ट्रेल रन’ प्रतियोगिताको उद्घाटन



रसुवाको पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना भएको दोस्रो ’लाङटाङ ट्रेल रन’ प्रतियोगिताको बागमती प्रदेशका सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले उद्घाटन गरे । 

रसुवा–रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा शनिबार विहान हेलिकाेप्टरबाट गाेसाइकुण्ड गाउँपालिका -४ स्थित लाङटाङको क्याङजिनबाट  ’लाङ्टाङ ट्रेल रन’  सुरू भएको छ । 

खेलकुदमार्फत जिल्लाको पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले ’लाङ्टाङ ट्रेल रन’ प्रतियोगिताको आयोजना गरिएको हो ।  मुख्यमन्त्री  बानियाँले लाङ्टाङ क्षेत्रको पर्यटन विकासका लागि पदमार्ग तथा पूर्वाधार सुधार आवश्यक रहेको बताए । उनले हिमाल र हिमाली वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौतीका बीच हिउँ र हिमाली सम्पदाको संरक्षणमा सबै पक्ष उतिकै जिम्मेवार बन्नुपर्ने बताए । 

बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ तथा पर्यटन सचिव दीपेन्द्र सुवेदीलगायतको सहभागिता रहेको थियो ।

साे अवसरमा आर्थिक मामिलामन्त्री तामाङले स्थानीय समुदाय, पर्यटन व्यवसायी र सरोकार भएका निकायबीच सद्भाव र सहकार्यले मात्र हिमाली पर्यटनको दिगो विकास सम्भव हुने बताए । उनले लाङ्टाङ भ्रमणमा आउने पर्यटकलाई आत्मीयतापूर्वक सेवा प्रदान गरी नेपालको सकारात्मक छवि निर्माण गर्न आग्रह गरे ।

खेल, पर्यटन र वातावरण संरक्षणलाई एकै सूत्रमा जोड्ने उद्देश्यले आयोजना गरिएको ट्रेल रनले हिमाली क्षेत्रको प्रचारप्रसारमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको ट्रेकिङ एसोसियसन अफ नेपाल ९टान० का पूर्वअध्यक्ष दीपक महतले बताए ।

बागमती प्रदेशका सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले क्याङजिन पुगेर ’लाङ्टाङ ट्रेल रन’ प्रतियोगिताको उद्घाटन गरेका हुन । 

ट्रेल रनका लागि १ सय धावकहरू सहभागी भएको रसुवा–रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले बताए । 

’लाङटाङ ट्रेल रन’ प्रतियोगिता झण्डै ३ घण्टामा दौडेर स्याफ्रुबेशी बजार झरेपछि प्रतियोगिता समापन हुने पर्यटन व्यवसायी गगन न्याैपानेले बताए ।  

गतवर्ष प्रथम ‘लाङटाङ ट्रेल रन“ प्रतियोगिता आयोजना गरिएको थियो । 


गाेल्जुङ गाउँ प्लाष्टिकजन्य प्रदुषण मुक्त वडा घोषणा



रसुवा, आमाछोदिङमो गाउँपालिका वडा नं ४ गोल्जुङलाइ प्लाष्टिक जन्य प्रदुषण मुक्त वडा घोषणा गरिएको छ । जिल्लामै पहिलाे पटक प्लाष्टिक प्रदुषण मुक्त वडा घोषणा  भएकाे हाे । 

डिभिजन वन कार्यालय रसुवा र आमाछाृदिङमो गाउँपालिका वडा नं ४को आयोजनामा ५४ औं विश्व वातावरण दिवसको अवसरमा भएको एक कार्यक्रममा प्रमुख अतिथी बागमती प्रदेश सभा सदस्य इन्द्रप्रसाद गोतामेले प्लाष्टिक प्रदुषण मुक्त वडा घोषणा गरेका हुन् ।


समुदायले दैनिक जीवन ब्यवहारमा प्लाष्टिकको प्रयोगलाइ कम गर्दै जना सकेमात्र प्लाष्टिक प्रदुषण मुक्त वडा घोषणाले सार्थकता पाउने बताए । सन् १९७३ देखि हरेक वर्ष जुन ५ मा मनाउन थालिएको हो। ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारा सहित सप्ताहव्यापी रूपमा मनाउन लागिएको हो ।

कार्यक्रममा विशेष अतिथी जिल्ला समन्वय समितिका प्रमुख अशेककुमार घिमिरेले प्लाष्टिक प्रदुषण मुक्त वडा घोषणाले मात्र नपुग्ने बताए । उनले वातावरण संरक्षण र वातावरण मैत्री विकास गरी थप कार्यक्रम गरेर प्लाष्टिकको कम प्रयोग गर्दै जाने र भविष्यमा २७ वटै वडामा नमुना तथा सफल वडा हुने बताए । 


डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शम्भु तामाङ सभ्य समाजका लागि स्वच्छ वातावरण र सरसफाइ आवश्यक हुने बताए । उनले घोषणा गरेर वितरण गरेर मात्र नहुने , प्लाष्टिक कम प्रयोग गर्नुपर्ने, फोहोरको उचित विर्सजन गरेर सफा र स्वच्छ समाज विकास गर्नुपर्ने बताए । यस वडालाइ नमूना वडाका रुपमा विकास गरी अरु वडालाइ पनि प्रेरणा मिल्ने गरी सन्देश दिनुपर्ने बताए । कार्यक्रम सफलपार्न स्थानीय समुदायको महत्वपूर्ण हात रहनेमा तामाङले जोड् दिए । 


आमाछोदिङमो गाउँपालिका वडा नं ४ वडा अध्यक्ष धर्म तामाङले प्लाष्टिक प्रदुषण मुक्त वडा घोषणा भयो अब हामी सबैले जिम्मेवारी पुर्वक लागेर सफल पार्नुपर्ने बताए । उनले समुदायले बानी परिवर्तन गरी प्लाष्टिकलाइ विस्तारै विस्थापित गर्न वितरण भएको वैकल्पिक झोला बोकेर अब बजार जानुपर्ने बताए । 

कार्यक्रममा सरसफाइका लागि फौहोर संकलन गर्न ठाउँ ठाउँमा डष्टविन, प्लाष्टिकको सट्टामा वैकल्पिक झोला समेत वितरण गरिएको थियो । 

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, स्थानीय जनप्रतिनिधिहरु, शिक्षक, विद्यार्थी, सामुदायिक वन  उपभोक्ता समुहका प्रतिनिधिहरु, पत्रकारहरु सहभागी थिए । स्थानीय युवा तथा बालबालिकाहरूले माैलिक कला तथा गीत र नृत्य समेत प्रस्तुत गरेका थिए । 

 


रसुवामा पूर्ण खोप बारे छलफल

 


रसुवा, आधारभूत स्वास्थ्य सेवा सञ्चालन तथा व्यवस्थापन स्थानीय तहको जिम्मेवारी भएकाले पूर्ण खोप सुनिश्चित गर्न सबै तहका सरोकारवालाको साझेदारी र समन्वय आवश्यक रहेकाे बताइएकाे छ ।

पूर्ण खाेप बारे छलफल कार्यक्रममा तथा पूर्ण खाेप समन्वय समितिकाे बैठकमा जनस्वास्थ्य अधिकृत निर्धाेज घर्तीमगरले पुर्णखोप निर्देशिका २०७१ तेस्रो संशोधन २०७७ अनुसार १६ देखि २३ महिना उमेर समुहका सम्पुर्ण वालवालिकाहरुले राष्ट्रिय खोप तालिकामा समावेश भएको सम्पुर्ण खोपहरु पाएको अवस्थालाई पूर्ण खोपलाइ पुर्ण खाेप भनिने बताए । 

पूर्ण खाेप घाेषणा भएपनि नियमित रिपाेर्टिङ गरी खाेप सुनिष्चित र दिगाेपना दिनुपर्ने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेश पन्थी, जिल्ला समन्वय प्रमुख अशाेककुमार घिमिरे, नगरिक समाज, पत्रकार, कार्यालय प्रमुखहरू सहभागी थिए । 

जिल्ला खाेप समन्वय समितिले सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार गुणस्तरीय पूर्ण खोप प्राप्त गरे नगरेकाे अनुगमन गर्ने, स्थानीय स्रोत तथा साधनको परिचालनमार्फत खोप सेवाको दिगोपना सुनिश्चित दिने, खोप कार्यक्रममा सरोकारवालाहरूको साझेदारी तथा सहभागिता वृद्धि गर्ने खोपबाट बच्न सकिने रोगहरूको प्रकोप तथा महामारीमा उल्लेखनीय कमी लयाउन र  रोगमुक्त  अवस्थातर्फ अग्रसर गराउन भूमिका खेल्नु पर्ने बताइएकाे थियाे ।



Thursday, June 4, 2026

विश्व वातावरण दिवस : मावि स्तरिय जिल्लाव्यापी वक्तृत्वकाला प्रतियोगिता सम्पन्न


 रसुवा, विश्व वातावरण दिवस २०८३ काे अवसरमा वन डढेलाे (आगलागी ) नियन्त्रणमा युवा विद्यार्थीकाे भूमिका विषयक मावि स्तरिय जिल्लाव्यापी वक्तृत्वकाला प्रतियोगिता उत्तरगया गापा- ५ स्थित नीलकण्ठ माविमा सम्पन्न भयो ।

डिभिजन वन कार्यालय रसुवा र रेडियाे लाङटाङ ९०.१ मेगाहर्जकाे सहकार्यमा भएकाे कार्यक्रम डिभिजन वन  कार्यालयका डिभिजनल वन अधिकृत शम्भु तामाङकाे अध्यक्षतामा भएकाे थियाे । 

जिल्ला भरका १९ जना विद्यर्थीले भाग लिएकाे कार्यक्रममा सेतीदेवी मावि धुसेनीकी सिवानी अधिकारी प्रथम भइन् । 

द्धितीयमा नीलकण्ठ मावि  बाेगटीटारकी सरगम भुषाल, तृतीयमा डाडागाउँ माविका कृष्ण पाैडेल  र सान्त्वना नीलकण्ठ मावि बागटीटारकी कन्चन रैला भइन् । 


कार्यक्रममा प्रमुख अतिथि उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरूङ, उत्तरगया गाउँपालिका ५ का वडा अध्यक्ष यमनाथ आचार्य, सामुदायिक वन उपभाेक्ता महासंघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडा, उत्तरगया ५ का पुर्व वडा अध्यक्ष इश्वर थापा, नीलकण्ठ माविका प्रधानाध्यापक माधवप्रसाद लामिछाने, राष्ट्रिय लाेक दाेहाेरी प्रतिष्ठानका बागमती प्रदेश समिति अध्यक्ष राजकुमार थापा मगर, पत्रकार तथा प्रेस चाैतारी रसुवाका अध्यक्ष बलराम घिमिरे, स्थानीय शिक्षक, विद्यार्थीहरू, समुदायका अगुवाहरू सहभागी थिए । 

वक्तृत्वकाला प्रतियोगितामा  सहभागी पुरस्कृतहरूलाइ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरी विश्व वातावरण दिवसकाे सन्दर्भ र कार्यक्रमकाे एक समीक्षा गरी डिभिजन वन  कार्यालय रसुवाका डिभिजनल वन अधिकृत शम्भु तामाङले पर्यावरण संरक्षण, वनजंगलको सुरक्षा तथा आगलागी नियन्त्रण सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएकाे बताउँदै समापन गरेका थिए । 


Wednesday, June 3, 2026

निःशुल्क मुटु परीक्षण तथा उपचार शिविरमा ९ सय ८० जनाले सेवा लिए

 

रसुवा, रसुवाको कालिका गाउँपालिका–५, जिवजिवेमा सञ्चालन गरिएको दुई दिने निःशुल्क मुटु परीक्षण तथा उपचार शिविरमा ९ सय ८० जनाले स्वास्थ्य सेवा लिएका छन्।

जिवजिवे ग्रामीण अस्पतालको आयोजना तथा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, काठमाडौंको प्राविधिक सहयोगमा जेठ ९ र १० गते शिविर सञ्चालन गरिएको हो।

शिविरमा ९ सय २० जनाको इको ECHO परीक्षण तथा १२० जनालाई इसिजी ECG सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ। परीक्षणका क्रममा मुटुमा गम्भीर समस्या देखिएका १२ जना बिरामीलाई थप उपचारका लागि काठमाडौंस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सिफारिस गरिएको जनाइएकाे छ।

ग्रामीण क्षेत्रका सेवाग्राहीलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त शिविरमा ठूलो संख्यामा स्थानीय बासिन्दाले आफ्नो मुटु स्वास्थ्य परीक्षण गराएका थिए।



उज्यालो नेपाल पार्टीको प्रथम जिल्ला भेला सम्पन्न

 


रसुवा, उज्यालो नेपाल पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङकाे उपस्थितीमा उज्यालो नेपाल पार्टीको प्रथम जिल्ला भेला सम्पन्न भयाे । भेलाले टेकबहादुर तामाङकाे अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ।

सदरमुकाम धुन्चेमा आयोजित भेलाबाट उपाध्यक्षमा उर्केनछोमो तामाङ, सचिवमा पाराङवा स्याङवा तामाङ र म्हेन्दो तामाङ तथा कोषाध्यक्षमा श्याममाया तामाङ चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा गोपाल ग्लान, छोवाङ सोनाम वाइबा, किप्पाछिरिङ तामाङ, पासाङ तामाङ, लामादोर्जे तामाङ, सुकबहादुर लोप्चन, हर्कबहादुर लोप्चन, करिना थिङ, ल्हाचेन तामाङ, तुलुकर्मा लोप्चन, सञ्जय तितुङ, सेरछोवाङ लामा र अर्जुन तामाङ रहेका छन्।

यसैगरी उज्यालो नेपाल फ्रन्ट नेपाल, रसुवा जिल्ला समितिको अध्यक्षमा तेन्जिङ तामाङ र उपाध्यक्षमा रामकुमार थिङ चयन भएका छन्। अन्य पदहरू उपाध्यक्ष, सचिव र कोषाध्यक्ष पछि पूर्ति गरिने जनाइएको छ। सहसचिवमा अभिषेश तामाङ चयन हुँदा सदस्यहरूमा राजकुमार तामाङ, विशाल तामाङ, रिसिवादि, सोमबहादुर तामाङ र विरलाल तामाङ रहेका छन्।

कार्यक्रममा उज्यालो नेपाल पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङ सहभागी भई भेला सफल बनाएको बताइएको छ। उनले कार्यक्रममा सम्बोधन गर्दै नवनिर्वाचित पदाधिकारीहरूलाई खादा लगाएर स्वागत गरेका थिए।

Tuesday, June 2, 2026

नौकुण्डमा भूमि समस्या समाधान बारे तालिम सम्पन्न


रसुवा, जिल्ला भूमि अधिकार मञ्च रसुवा र चनभूमे गाउँ भूमि अधिकार मञ्च नौकुण्ड - ५ भोर्लेको संयुक्त आयोजनामा भूमि समस्या समाधान बारे भेला तथा प्रशिक्षण कार्यक्रम भोर्ले गाउँमा सम्पन्न भएको छ । 

नौकुण्ड गाउँपालिकामा लामाे समय देखि बिर्ता जग्गाको समस्या छ । नौकुण्ड गाउँपालिका कार्यालयको सहयोगमा भेला तथा तालिम कार्यक्रम सञ्चालन गरिएको जिल्ला भूमि अधिकार मञ्च रसुवाका अध्यक्ष भनावीप्रसाद न्यौपानेले जानकारी दिए ।  

२०८३ जेठ ९ र १० गते दुइ दिन आयोजना भएको भेला तथा प्रशिक्षणमा समुदायका अगुवा तथा बिर्ताका मोही किसानहरू सहभागी भएका थिए । साथै गाउँ कार्यालिका सदस्य सुमिना नेपाली वडा कार्यालयका जनप्रतिनिधिलगायत पनि सहभागी भएका थिए । 

प्रशिक्षण कार्यक्रमको सहजीकरण जिल्ला भूमि अधिकार मञ्चका अगुवा र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका प्रतिनिधिले गरेका थिए । प्रशिक्षणमा करिव ४० जना किसान प्रतिनिधिहरू सहभागी भएका थिए ।


प्रशिक्षण कार्यक्रममा सहभागी हुँदै नौकुण्ड गाउँपालिकाका कार्यपालिका सदस्य सुमिना नेपालीले भनिन्, हाम्रो पालिकाभित्र रहेका भूमिसम्बन्धी समस्या समाधान गर्नको लागि पालिकाले प्राथिमकता दिएको छ । बिर्ता समस्या र भूमिहीन सुकुमबासीको समस्या समाधान गर्नको लागि जिल्ला भूमि अधिकार मञ्चसँग सहकार्य पनि गरिरहेका छौँ । 

जिल्ला भूमि अधिकार मञ्च रसुवाका अध्यक्ष भवानीप्रसाद न्यौपानेले भने नौकुण्ड गाउँपालिका वडा नं. ५ मा बिर्ता समस्याले किसानहरू पीडित छन् । पहिले पनि किसानहरूलाई लालपुर्जा वितरण गर्न सहयोग गरेका थियौँ । 

सरकारले २०८३ असार मसान्तसम्म बिर्ता जग्गा जोतभोग गर्ने किसानहरूले निवेदन दर्ता गर्न पाउने गरी सूचना गरेकाे र २०८४ असार मसान्तमा जग्गा दर्ताको टुङ्गो लगाउने गरी विर्ता उन्मूलन  नियमावली २०१७ को नवौं संशोधन भएको जानकारी दिइएकाे थियाे । 

सहभागीहरू बीच सबैलाई समयमै वडा तथा गाउँपालिकामार्फत भूमि प्रशासन कार्यालयमा निवेदन पेश गर्न अनुरोध गरिएकाे भूमि विज्ञ तथा सहजकर्ता विश्वास नेपालीले बताए ।