रसुवा, उत्तरगया गाउँपालिकाले विपद् व्यवस्थापन तथा आपत्कालीन उद्धार कार्यलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल (मैलुङ) लाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ।
प्राकृतिक विपद्का समयमा खोज, उद्धार र राहत कार्यलाई द्रुत र व्यवस्थित बनाउने उद्देश्यले विपद् व्यवस्थापन सामग्री उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ।
विपद् जोखिम न्यूनीकरणका लागि सुरक्षा निकायहरूसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने र आगामी दिनमा पनि यस्ता पूर्वतयारीलाई निरन्तरता दिइने प्रतिबद्धता गाउँपालिकाले व्यक्त गरेको छ।

No comments:
Post a Comment