Recent Posts

15/recent/ticker-posts
Responsive Advertisement यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwasprem@gmail.com

मुलुकको समृद्धिका लागि एमाले सरकार आवश्यक : अध्यक्ष ओली

मुलुकको समृद्धिका लागि एमाले सरकार आवश्यक : अध्यक्ष ओली

रसुवा, पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लामो संक्रमणमा गुज्रेको मुलुकको समृद्धिको लागि नेकपा एमालेले आगामी सरकारको नेतृत्व गर्ने बताए । 

आफुले सरकारको नेतृत्व गरेको समयमा थालेको अधुरा योजना पूरा गर्न अबको निर्वाचनमा नेकपा एमालेले देशको नेतृत्व लिने यसका लागि मिसन ८४ को अभियान सुरु गरेकाे उनले बताए । 

एमाले अहिले देश बनाउने अभियानमा लागेको छ,देश अधोगतिमा लैजाने गठबन्धन खरानीको डल्लो फुटेजस्तै फुटेपछि नयाँ समीकरण बनेको र लथालिङ्ग अवस्थामा पुगेको देशलाई सुधारको बाटोमा ल्याउने प्रयास भइरहेको उनले बताए ।   

अध्यक्ष ओलीले अब को प्रधानमन्त्री बन्ने-नबन्ने भन्दा पनि वर्तमान सरकार चलाएर, देश बनाएर जनताको समस्या समाधान गर्नतिर लागौँ भन्ने आफ्नो धारणा रहेको स्पष्ट राखेका थिए । 

नेकपा (एमाले) प्रधानमन्त्री बन्ने वा कसैलाई प्रधानमन्त्री बनाउने र हटाउने काममा नलागेको र मिसन–२०८४ अधियानमा केन्द्रित रहेको बताए । 

अध्यक्ष ओलीले माधव नेपाललाई पुरा नहुने सपना नदेख्न,  देश बनाउन र जनतालाई समृद्ध बनाउने अभियानमा सहकार्य गर्नेतर्फ लाग्न आह्वान गरे ।

ओलीले भने 'पर्यटकीय क्षेत्र गोसाइकुण्ड केबुलकार चल्छ र चलाउने हाे ।' केबुलकारको विकासले रेडपाण्डाको बसोबासमा समेत कुनै असर नपर्ने भएकाले सबैले आआफ्नो क्षेत्रबाट सहयोग गरी त्यसलाई सम्भव बनाउनुपर्ने उनको भनाई थियो ।

उनलेओलीले  केरुङ -काठमाण्डौ -रक्सौल रेलमार्गको अवधारणा पुरा गर्ने बताए । नेकपा एमाले रसुवाको ९ औ जिल्ला अधिबेशन उद्घाटन गदैं उनले स्थानीय सरकारले युवालाइ अवसर प्रदान गर्नुपर्ने र युवाहरूलाइ सामाजिक बिकृति र बिसंगती अन्त्य गरी सभ्य समाज निर्माणमा लाग्न आग्रह गरे । 

ओलीले केरुङ–काठमाडौँ रेलमार्गको सर्भे कार्य भइसकेकाले २४ किमी टनेल निर्माण भएमा आधा घण्टामै स्याफ्रुबेँसीबाट बेत्रावती पुग्ने बताए । 



कार्यक्रममा रक्षामन्त्री हरिप्रसाद उप्रेती तथा एमाले नेताहरु सहभागी थिए । अध्यक्ष ओली तथा रक्षामन्त्री उप्रेतीले धार्मिक पर्यटकीय क्षेत्र गोसाइकुण्डको भ्रमण सकेर अधिबेशन उद्घाटन गरेका थिए । नेता ओलीलाइ कार्यकर्ताले स्वागत गरेका थिए । 

पार्टीमा योगदान गर्ने नेता तथा कार्यकर्तालाइ सम्मान गरिएको थियो । कार्यक्रममा पाँचवटै गाउँपालिकाबाट साँस्कृतिक झाँकी प्रर्दशन गरिएको थियो । 

जिल्ला उपाध्यक्ष अधिबेशन प्रचार प्रसार कमिटीका संयोजक डिल्ली सुबेदीका अनुसार १५ गते जिल्लाभरका वडा कमिटी र जनबर्गिय संगठनबाट अधिबेशन प्रतिनिधी छानिएर अधिबेशनमा सहभागी छन् ।  

जिल्लाभर कुल ३ हजार १ सय ९ जना सदस्य रहेका छन् । पाँचवटै पाउँपालिकाको भूगोल १० जना सदस्य बराबर १ जना, दलित ७ सदस्य बराबर १ जना, युवा १० प्रतिसत, महिला ३३ प्रतिसत गरी अधिबेशनमा ३ सय ९० जना प्रतिनिधी मतदाताका रूपमा सहभागी छन् ।  बन्द सत्र भने भोली मात्र सुरु हुने छ । 

भिडियाे 




Post a Comment

0 Comments

हाम्रो अनुरोध

यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwasprem@gmail.com Responsive Advertisement 1 Responsive Advertisement2 View Site Stats
View Site Stats