Posts

केरुङमा अड्किएका नेपाली तातोपानीबाट स्वदेश फिर्ता

Image
  रसुवा, बाढीले केरुङमा अड्किएका नेपाली तातोपानीबाट स्वदेश फर्किएका छ्न् ।  जेठ २४ गते ल्हेन्दे खोलाको बाढीले नेपाल–चीन सिमाना तर्ने रसुवा टिमुरेको मितेरी पुल बगाएपछि चिनियाँ क्षेत्रमा अड्किएका नेपाली तातोपानी नाकाबाट घर फर्किएका छन्। गत असार २४ गते बिहान ल्हेन्दे खोलाको बाढीले भोटेकोशी नदी थुनिँदा नेपाल–चीन सीमा क्षेत्रको टिमुरे भन्सारमा ठुलो क्षति भएको थियो। त्यसवेला सीमा क्षेत्रमा कन्टेनर चलाउने चालक र व्यापारसँग सम्बन्धित अन्य नेपालीलाई चिनियाँ प्रहरीले उद्धार गरेर केरुङ पुर्‍याएको थियो। दुई हप्तादेखि केरुङमा अड्किएका २०३ नेपाली नेपाल–चीन सरकारका अधिकारीबिच भएको सहमतिअनुसार तातोपानी नाका भएर फिर्ता भएका हुन्। उनीहरू बाढीपछि चीन सरकारले गरेको व्यवस्थापनमा केरुङमा बसिरहेका थिए। गृह मन्त्रालयको आग्रहमा ल्हासास्थित महावाणिज्य दूतावासले चीन सरकारसँग समन्वय गरेर नेपालीलाई केरुङबाट न्यालम, खासा हुँदै तातोपानी ल्याइएको हो। चिनियाँ सुरक्षाकर्मी र अध्यागमनले तातोपानीको मितेरी पुल ल्याएर सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापालाई घर फर्केका नेपाली जिम्मा लगाएका छन्। उनीहरूलाई...

केरुङमा अड्किएका नेपालीहरूलाई तातोपानी नाकाबाट स्वदेश फर्काइने

Image
रसुवा, गत असार २४ गते रसुवा स्थित लेन्दे खाेलामा आएको भीषण बाढीले रसुवागढी नाकाको मितेरी पुल बगाएपछि केरुङमा अड्किएका नेपालीहरूलाई तातोपानी नाकाबाट स्वदेश फर्काइने भएको छ। नाकामा मितेरी पुल सञ्चालनमा नआएको कारणले उनीहरूलाई सिन्धुपाल्चोकको तातोपानी नाकाबाट नेपाल ल्याउन तयारी गरिएको हो। चीनमा रहेका व्यवसायी पुरुषोत्तम पौडेलका अनुसार फर्कन लागेका मध्ये सवारी चालक, व्यवसायी तथा घुम्न गएका नेपालीहरू छन्। उनका अनुसार बाढीपछि चीनले उद्धार गरी केरुङ पुर्‍याएका ती नेपालीहरूलाई चीनले नै तातोपानी नाकासम्म पुर्‍याउनेछ। यस्तै, पाङसिङ क्षेत्रमा बाढीका कारण अड्किएका १३३ जना सवारी चालक, व्यवसायी तथा घुम्न पुगेका नेपालीहरूलाई पनि चीनले तातोपानी नाकासम्म पुर्‍याउने व्यवस्था मिलाएको छ। यसबीच स्याफ्रु–रसुवागढी सडक खण्ड सञ्चालनमा आए पनि मितेरी पुल सञ्चालनमा नआएकोले उनीहरूलाई अर्को नाकाबाट स्वदेश फर्काउने निर्णय गरिएको हो। केरूङबाट नेपालीहरू ताताेपानी नाकाबाट ल्याउन यात्रा सुरू भएकाे केरुङमा अड्किएका हाेमनाथ ढकालले बताए । केरुङमा अड्किएका नेपाली तत्काल ल्याउन युबा संघ रसुवाले प्रधानमन्त्री समक्ष अन...

युवासंघको प्रधानमन्त्रीलाई आग्रह केरुङमा अलपत्रको तत्काल उद्धार गरियोस्

Image
रसुवा, गत असार २४ गते नेपाल चीन सिमाना लेन्देखोलामा आएको बाढीले आएको भीषण बाढीले ठूलो धनजनको क्षति पुर्‍याएको रसुवाबाट राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी रसुवाले प्रधानमन्त्रीलाई विशेष अनुरोधसहित पत्र प्रेस गरेको छ । असार २४ गते राति ३ बजेर १५ मिनेट जाँदा चिनको भू–भागमा रहेको अस्थायी हिमताल फुटेर आएको भीषण बाढीले रसुवामा अकल्पनीय विनाश मच्चाएको थियो । मितेरी पुल, सुख्खा बन्दरगाह, सडक तथा हाइड्रोपावरहरूमा ठूलो क्षति पुगेको छ भने नेपाली र चिनियाँ गरी १८ जना मजदुरको ज्यान गएको थियो । सयौँ गाडीहरू बगाएको बाढीपछि सडक अवरुद्ध हुँदा रसुवाबाट केरुङतर्फ गएका १५ सय बढी नेपाली मजदुर र व्यापारी अहिले चिनको केरुङमा अलपत्र अवस्थामा छन् । युवासंघ रसुवाका अध्यक्ष कुमार नगरकोटीले हस्ताक्षर गरेको अनुराेध पत्रमा भनिएको छ:  “केरुङमा फसेका नेपालीहरू खाना  र नियमित सेवन गर्ने औषधि अभावमा पीडित भएका छन् । आधा महिना भइसकेको छ, उनीहरू अलपत्र छन् । नेपालमा रहेका उनीहरूका परिवारहरू पनि समस्यामा परेका छन् । त्यसैले प्रधानमन्त्रीज्यूको पहलमा तत्काल उद्धारको व्यवस्था गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ...

लेन्दे खाेलाकाे बाढीका कारण क्षतिको २९ करोड रुपैयाँको बीमा दाबी

Image
 रसुवा, लेन्दे खाेलाकाे बाढीका कारण भएको क्षतिबाट उत्पन्न प्रारम्भिक बीमा दाबी २८ करोड ९२ लाख ६० हजार रुपैयाँ बराबर रहेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न सात बीमा कम्पनीमा सो बराबरको दाबी परेको हो । शिखर इन्स्योरेन्स कम्पनीमा १६ करोड १२ लाख १० हजार रुपैयाँ बराबरको १० वटा दाबी परेको छ । नेको इन्स्योरेन्समा पाँच करोड २० लाख रुपैयाँ बराबरको तीन वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा तीन करोड ४१ लाख ५० हजार रुपैयाँ बराबरको सात वटा दाबी परेको छ । नेपाल इन्स्योरेन्स कम्पनीमा एक करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको १२ वटा, सानिमा जीआइसी इन्स्योरेन्समा ७७ लाख रुपैयाँ बराबरको छ वटा, आइजीआई प्रूडेन्सियलमा ७५ लाख ५० हजार रुपैयाँ बराबरको नौ वटा बीमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ । त्यसैगरी, युनाइटेड अजोडमा ६८ लाख रुपैयाँ बराबरको तीन वटा, एनएलजी इन्स्योरेन्समा ४७ लाख रुपैयाँ बराबरको छ वटा, सिद्धार्थ प्रिमियरमा ३१ लाख रुपैयाँ बराबरको सात वटा बीमा दाबी परेको छ । प्राधिकरणका अनुसार कूल ६३ वटा बीमा दाबी परेको छ । नेपाल चीन सिमानाको लेन्दे खोलामा आएको बाढीका कारण नेपाल चीन जोड्ने मि...

दुई सातापछि स्याफ्रुबेसी–रसुवागढी सडक सुचारु

Image
रसुवा, गत जेठ २४ गते नेपाल चीन सिमानाको रसुवागढी नाकामा लेन्दे खोलामा राति आएको बाढीले क्षतिग्रस्त स्याफ्रुबेसी–रसुवागढी नाका जोडने सडक २ साता पछि सुचारु भएको छ ।  सो बाढीमा १८ बेपत्ता भएका मध्ये हालसम्म २ जनाको सनाखत भएको छ । धेरै सवारी साधान र भवन तथा सडक संरचना बगाएर क्षति भएको थियो ।  गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक अयोजनाका अनुसार लिङलिङको सडक मर्मत तथा निमार्ण पछि सडक संचालनमा आएको हो । लिङलिङ र फ्याङलुङ खोलाको बीच भागमा रहेको करिब दुई सय मिटर सडक निमार्ण गरे पछि सडक सुचारु भएको आयोजनाका इन्जिनियर रुपनारायण पौडेले बताए ।  बाढीले स्याफ्रुबेशीदेखि रसुवागढीसम्मको दश स्थानमा कटान गरेको गरेको सडक दुबैतर्फबाट निर्माण गरी अस्थायी रुपमा भए पनि सञ्चालनमा ल्याउन सफल भएको आयोजनाले जनाएको छ ।  नेपाल र चीनको सिमाना रसुवागढीमा चीन तर्फबाट पनि कटान गरेका भागहरूको मर्मत तथा लेन्दे खोलामा तत्काल बेलिबृज निमार्णका लागि चिनीयाँ पक्षले काम गरिरहेकोले नेपाल चीन सिमानाको रसुवागढीमा बेलिबृज छिट्टै निमार्ण हुनेछ ।

लेन्दे खोलाको बाढी : अलपत्र नेपालीलाई स्वदेश फर्काउने तयारी

Image
रसुवा,  लेन्दे खोलाको बाढीले मितेरी पुल बगाएपछि केरुङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ। उनीहरूलाई तातोपानी नाका हुँदै ल्याउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए। पौडेलका अनुसार अलपत्र परेका १ हजार २०० जनालाई स्वदेश फर्काउनका लागि परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गरिएको छ। केरुङमा अलपत्र नेपालीको भोजन एवं आवासको प्रबन्ध चिनियाँ पक्षले गरेको छ। अलपत्र परेकामा मालवाहक सवारी साधनका चालक तथा सहचालक ९१ जना छन्। कामको सिलसिलामा त्यहाँ रहेका १ सय १७ जनाले पनि घर फर्कने प्रबन्धका निम्ति प्रमुख जिल्ला अधिकारीसमक्ष आग्रह गरेका जनाइएको छ। तिब्बतको केरुङ बजारमा रहेका नेपाली कामदारहरू सुरक्षित छन्। लेन्दे खोलामा बाढी आउदा केरुङमा न त वर्षात भयो न त कुनै बाढी नै थियो। ‘लेन्देमा बाढी आएको र मितेरी पुल बगेको थाहा पाएपछि घरतर्फ कसरी जाने चिन्ता बढेको थियो तर धेरैले यहाँ सुरक्षित भएर काम गरिरहेका छन्’, त्यहाँ कार्यरत कालिका गाउँपालिका–३ का होमनाथ ढकालले भने, ‘चालक तथा मेसवालासहित २ सय जना जति नेपाल फर्कने तयारीमा बसेका छन्।’ केरुङमा आयात निर...

भिरबाट लढेर एक मजदुरको मृत्यू

रसुवा, आमाछोदिङमो गाउँपालिका–५ स्थित सालासुङ्गी जलविद्युत आयोजनाको सडकमा काम गर्ने कार्यरत एक मजदुरको मृत्यू भएको छ । पाजुङ कालो डाँडा क्षेत्रमा सरसफाइ गर्ने क्रममा भीरबाट ४ सय मिटर तल झरेर एक मजदुरको मृत्यु भएको छ । १ गते काममा निस्केको तर सम्पर्क नआएको शुक्रबार लास भेटेको आफन्तले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार मृत्यु हुनेमा सोही गाउँपालिका–५ ब्राजोम गाउँका ४७ वर्षीय सोनाम दोर्जे तामाङ रहेका छन् । उनी साउन २ गते बिहान करिब ९ बजे सालासुङ्गी जलविद्युत आयोजना जलविद्युत आयोजनाअन्तर्गत पाजुङ कालो डाँडा क्षेत्रमा बाटो र नाली सफा गर्ने क्रममा भिरबाट लडेका थिए । घटना बारे जानकारी पाउने बित्तिकै थाम्बुचेत प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक राजु शाहको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले तामाङलाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । मृतकको लास रसुवा अस्पतालमा पोष्टमार्टम गरी परिवारले सतगत गरेको प्रहरीले जनाएको छ ।