रसुवा, कालिका गाउँपालिका–३, धारापानी निवासी इन्द्रजित तामाङ र सिर्जना तामाङकी ६ वर्षीया छोरी जेसिका तामाङ बेपत्ता भएकी छिन् ।
भदाै १० गतेकाे उत्तरगया पब्लिक बोर्डिङ इङलिस स्कुल आग्लीटारमा अध्ययनरत बालिका बाढी आउँदै गर्दा सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत एक विद्यार्थीले उनलाई उद्धार गरी सुरक्षित स्थानमा पु¥याएका थिए ।
“जिवित उद्धार भएको खबरले उत्साह थपेको थियो भेट्ने आशा अझै मरेको छैन । ” बालिकाकी आमा सिर्जनाले बताइन् । उनले भनीन् भेटेर उद्धार भएकाे भन्ने खबर पाएकाे अहिलेसम्म हाम्राे सम्पर्कमा छैन ।
त्यसपछि अन्य बालबालिकाको उद्धार गर्न गएको र फर्केर आउँदा आफूले छोडेको स्थानमा जेसिकालाई नदेखेको कुरा ती विद्यार्थीले अभिभावकलाई पटक–पटक बताउँदै आएका छन् ।
तर अहिलेसम्म कुनै पत्तोपत्तो छैन । बालिकाकी आमा सिर्जनाले भनीन् “आशा छ नानी फर्किने हामी प्रतीक्षामा छौं ।”कहीं कतै कसैले जेसिकालाई देख्नुभएको छ कि ? कसैले उद्धार गरेर सुरक्षित स्थानमा राख्नुभएको छ कि ?
जेसिकाको फोटो हेरेर कुनै पनि स्थानमा देख्नुभएमा वा कुनै जानकारी प्राप्त भएमा वाशंका लागेमा सो को सूचना तुरुन्त नजिकको प्रहरीचौकी वा उनका अभिभावकलाई खबर गरिदिनुहोस् परिवारले अनुरोध गरेका छन् ।
बालिकाको तस्वीर सहित छ

No comments:
Post a Comment