ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Thursday, December 25, 2025

पुनर्वास पर्खिरहेका भूकम्पपीडित



विश्वास नेपाली


ठूलो जनधनको क्षति पुर्‍याएको २०७२ को भूकम्प अझै भुल्न सकिएको छैन । भूकम्पको दस वर्ष पुग्न लाग्यो । तर यसबाट सिर्जित केही समस्या समाधान हुन बाँकी छन् । खासगरी थातथलोबाट विस्थापितहरू अहिले पनि जोखिमपूर्ण अवस्थामा टहरोमै छन् । 


रसुवा उत्तरगया गाउँपालिका– ५ खाल्डे बगरका २०० भन्दा बढी परिवार यो व्यथा भोगिरहेका छन् । उनीहरू त्रिशूली नदीले कुनै समय छाडेको बगरमै छन् । यसपालि बर्खामा त्रिशूलीको भेल झन्डैझन्डै बस्तीमा पसिसकेको थियो, विस्थापितहरू भागाभाग भए । धन्न प्रकृतिले आफ्नो लय समात्यो, बस्ती जोगियो ।


यहाँ बसेका विस्थापितहरू पुरानो गाउँघर फर्केर जान सक्ने अवस्था छैन । यता सरकारी सहयोग नपाउँदा पुनर्वासमा जान पनि सकेका छैनन् । सहयोगको याचना गरेको पनि वर्षौं बित्यो, तर सुन्ने कसले रु यसबीच उनीहरू सयौं पटक सिंहदरबार धाए । आफ्नो पीडा मन्त्री, प्रधानमन्त्रीलाई सुनाए । तर भएन सुनुवाइ । विस्थापित बस्ती व्यवस्थापन सङ्घर्ष समितिका संयोजक छेकु लामा कतैबाट माग सुनुवाइ नभएपछि टहरोमै बस्न बाध्य भएको पीडा सुनाउँछन् । बालबालिका, महिला, ज्येष्ठ नागरिकलगायत सबैको बिचल्ली देखिन्छ यहाँ ।


भूकम्प प्राकृतिक प्रकोप हो । कतिबेला आउँछ, कति क्षति पुर्‍याउँछ भन्ने पूर्वआकलन गर्न सकिन्न । केही क्षणमात्रै यसरी आइदिने भूकम्पले पुर्‍याउने क्षति र त्यसपछि सिर्जना हुने असर र प्रभाव भने लामो समयसम्म रहिरहन्छ । यो पाठ पछिल्लो दशकका केही ठूला भूकम्पले सिकाएर गएका छन् । आफ्नो बासथलो नै भत्किएको घरसँगै सर्वस्व गुमाएर २०७२ वैशाख १२ पछि विस्थापित भएका साविक हाकु गाविस–८ र ९, डाँडागाउँ गाविसका वडा नं। ८ र ९ ९हाल उत्तरगया गाउँपालिका–१० का भूकम्पपीडित अहिले पनि उत्तरगया–५ को खाल्डे बगरमा बसोबास गरिरहेका छन् । नजिकै उत्तरगया गाउँपालिकाको प्रशासनिक भवन पनि छ र त्यहींबाट नै दैनिक कामकाज हुने गरेको छ ।


लामो सङ्घर्षपछि र खाल्डेमा बसोबास गर्नेमध्ये १२८ परिवारलाई पुनर्वास गराउने भनी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७७ सालमा नजिकै तल्लोपैरेमा ३८ रोपनी जग्गा खरिद गर्‍यो । पछि विस्थापितलाई पुर्जा वितरण गर्ने भनी प्राधिकरणकै नाममा जग्गा खरिद गरिएको पनि ४ वर्ष बित्यो तर विस्थापितका लागि निजी आवास निर्माण हुन सकेका छैन । उता सरकारले प्राधिकरण खारेजी गरेसँगै विस्थापितलाई भनी खरिद गरिएको जग्गा अब के हुने रु अलमल छ । संयोजक छेकु भन्छन्, ‘हामीसँग पैसा छैन घर बनाउन । सरकारले दिने अनुदान आउँछ वा आउँदैन अन्योल छ । निर्माण सामग्रीको भाउ बढेको छ, सरकारले दिने भनेको २ लाख रुपैयाँले घर बनाउन त के जग हाल्न पनि पुग्दैन । तामाङ समुदाय एकै ठाउँमा झुरुप्प बस्ने संस्कार पुरानै हो । जता पुगे पनि सामाजिक र सांस्कृतिक कार्यमा भेला हुनैपर्छ । हाम्रो संस्कृति त्यही हो । हामी एकीकृत बस्तीमा बस्न चाहन्छौं ।’


खाल्डैमै बस्ने बाँकी थप ५४ परिवार भूकम्पपीडितका लागि दोस्रो चरणमा प्राधिकरणले सोही ठाउँमा जग्गा खरिद गर्ने भन्दै सूचना प्रकाशन ९२०७७ माघ २८ गते० गरेको भए पनि जग्गा खरिद नगर्दै प्राधिकरण खारेजीमा पर्‍यो । त्यसपछि विस्थापितको पुनर्वासको मुद्दा झनै ओझेलमा परेको छ । बस्तीका अगुवा एवं उत्तरगया गाउँपालिकाका कार्यपालिका सदस्य पूर्ण घले भन्छन्, ‘अझै २९ परिवारको नाम छुटेको छ, उनीहरूलाई पनि विस्थापित सूचीमा राखिनुपर्ने थियो, तर पटकपटक अनुरोध गर्दा पनि प्राधिकरणले छुटाइदियो । यसरी तत्कालीन प्राधिकरणको अनुदान वितरण कार्यविधिअनुसार सरकारको अनुदान प्राप्त गर्नका लागि लाभग्राही कायम भएको हुनुपर्छ ।’


लाभग्राही सूचीमा परेर जग्गा खरिद गरिएका १२८ र लाभग्राही सूचीमा परेका तर जग्गा खरिद गर्न बाँकी ५४ परिवार विस्थापित गरी १८२ परिवारको पुनर्वास अन्योलमै छ । अगुवाहरूले भनेझैं २९ परिवार त छुट सूचीमै छन् । राज्यको नजरबाट हेर्दा यी संख्या ठूलो नहोला तर सामान्य नागरिक र अनि समुदाय र पीडितको आँखाबाट हेर्दा हरेक एक–एक घरपरिवार नै ठूलो हो ।

नेपालको संविधानको मौलिक हक धारा ३७ मा आवासको हकको ग्यारेन्टी गरिएको छ, तर यहाँ त राज्यले नै पुनर्वासमा सहयोग गर्नुपर्ने जनताको आवास जोखिममा छ । पटकपटक सरकार गुहार्दा पनि सुनुवाइ भएको छैन, यो लाजमर्दो विषय त हुँदै हो, नेपाली नागरिकमाथिको अन्याय पनि हो ।


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका तत्कालीन कार्यकारी प्रमुख गोविन्दराज पोखरेलले खाल्डेमै पुगी एकीकृत बस्ती बनाएर राख्ने बचन दिएका थिए । त्यतिबेला तत्कालीन पुनर्निर्माण दूत सीताराम कट्टेल ‘धुर्मुस’ र बस्ती बसाउन सहयोग गर्ने भन्दै कादुरी फाउन्डेसनका जुद्धबहादुर गुरुङ पनि सँगै हेलिकोप्टर चढेर त्यहाँ पुगेका थिए । तर, पछि खाल्डे जोखिम रहेको भौगर्भिक प्रतिवेदन आएको बताएर त्यहाँ एकीकृत बस्ती बनाउन नमिल्ने भनियो । बसोबास प्रक्रिया अघि बढाइएन । यद्यपि विस्थापितहरू अहिले पनि सोही ठाउँमा टहरामै छन् ।


खाल्डेबाहेक अन्यत्र विस्थापित भई बसोबास गर्दै आएका विस्थापित भूकम्पपीडित परिवारले २ लाख रुपैयाँ लिएर घडेरी खरिद गरे भने खाल्डेका विस्थापितहरू चाहिँ लामो समयसम्म पनि स्थायी रूपमै खाल्डेमै बसोबास गराइनुपर्ने माग राख्दै बसिराखे । जति गर्दा पनि प्राधिकरणले त्यहाँ एकीकृत बस्ती बसाउन वा निजी आवास पुनर्निर्माण गर्नका लागि कुनै पनि अनुदान उपलब्ध गराएन । उनीहरूलाई २ लाख रुपैयाँ लिएर त्यसवरपर बसोबास गर्न भन्यो । तर, त्यहाँ वरपर २ लाख रुपैयाँले एक आना जग्गा पाउन पनि मुस्किल थियो । घर बनाउन कम्तीमा ४ आना जग्गा चाहिन्छ । जग्गा थोरै भएको खाल्डे वरपर भूकम्पपछिको जग्गाको मूल्य असाध्यै उकासिएको छ । विस्थापित परिवारले भने, ‘सरकारले नै जग्गा खरिद गरी एकीकृत बस्ती बनाएर राखिदेयोस् ।’ तर भने जस्तो भएन ।


विस्थापित एवं उत्तरगया गाउँ कार्यपालिका सदस्य बुटी तामाङ भन्छिन्, ‘यत्तिका लामो समयदेखि अस्थायी त्यो पनि सानो टहरोमा बस्नुपर्दा महिलालाई ज्यादै गाह्रो हुने रहेछ । रोजगारीको अवसर छैन, राहत दिने सहयोगी पनि छैनन् । यहाँका विस्थापितको दैनिकी ज्यादै कष्टकर छ । हामीले बास बस्ने एउटा सुरक्षित घर सरकारसँग मागेका हौं त्यति पनि पाउन सकेनौं ।’


उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालका अनुसार प्राधिकरणको खारेजीपछि विस्थापितको पुनर्वासको काम रोकियो । नजिकको सरकार भएको हुँदा विस्थापितहरू छिटो पुनर्वास गराइदिन भन्दै गाउँपालिका आइरहन्छन्, तर स्थानीय सरकारसँग पर्याप्त बजेट स्रोत नहुँदा यो काम अघि बढाउनका लागि समस्या छ । अध्यक्ष अर्याल भन्छन्, ‘पर्याप्त स्रोत नभएकाले हामीले पनि सङ्घीय सरकारलाई नै यो समस्या समाधान गरिदिन भनिरहेका छौं, तर कसरी समाधान गर्ने भन्नेमा अलमल भइरहेको छ ।’


खाल्डेमा बस्ती राख्नेबारे आफूले धेरै पहल गरेको तर भौगर्भिक अध्ययन हुँदा उक्त स्थान नदी ९बाढी० को जोखिममा रहेकाले एकीकृत बस्ती राख्न नसकिएको उत्तरगया गाउँपालिकाका पूर्वअध्यक्ष उपेन्द्र लम्साल बताउँछन् । उनी भन्छन्, ‘विस्थापितहरूको अवस्था ज्यादै नाजुक छ, तर यहाँ हुनुपर्नेभन्दा बढी राजनीति भयो ।’ लम्सालले पहल नगरेका होइनन् । तर, विस्थापित खाल्डे नछाड्ने, नेपाल सरकारले त्यहाँ राख्न नमान्ने हुँदा विवाद लामै चल्यो । स्थानीय सरकारको मात्रै पहलले पुगेन, हामीले त्यतिबेला अरू दलको राम्रो सहयोग पाउन नसकेको उनले गुनासो सुनाए । राज्यको नीतिगत र कार्यान्वयन गर्ने निकायको कमजोरीले गर्दा विस्थापितले अहिलेसम्म पनि दुःख पाइरहेका छन् । यो दुःखद् पक्ष हो ।


विकट ठाउँबाट बेंसी झरेका विस्थापितलाई धाँजा फाटेको गाउँ फर्कनुभन्दा बगरमै भए पनि बस्न औधी चाह जाग्यो । सरकारले प्रतिपरिवार २ लाख रुपैयाँ घडेरी खरिद गर्न उपलब्ध गराउन खोज्दा अन्यत्र जान मानेनन् । त्यसो त त्यसपरपर २ लाखमा ४ आना घडेरी किन्न सकिने अवस्था थिएन । भूगोलमा अत्यन्तै ठगिएको रसुवामा सुरक्षित घडेरी पाउनै मुस्किल थियोरछ । भूकम्पपछि १०९ परिवारले छिमेकी जिल्ला नुवाकोट गएर घडेरी खरिद गरी घर बनाएका छन् ।


अर्कोतर्फ गोगने, तिरु, डाँडागाउँबाट विस्थापित भएकाले आफूहरू अस्थायी टहरामा बस्न थालेदेखि नै स्कुले उमेरका बालबालिकालाई वेत्रावती आसपासका विद्यालयमा भर्ना गराएका छन् । त्यहाँबाट अन्यत्र सर्दा बालबालिकाको शिक्षा, स्वास्थ्यमा समेत असर पर्ने भन्दै त्यही आसपास एकीकृत बस्ती बसाएर राखिदिन अनुरोध गरिरहे । साथै विस्थापितहरूले त्यसवरपर केही कृषि कर्म गर्न सकिने, श्रम र केही रोजगारी पनि उपलब्ध हुने भएकाले पनि यहाँ बस्न थालेपछि न गाउँ फर्कन माने न त त्यहाँबाट अन्यत्र सर्न नै । 

यसरी समस्यासँग जेलिएका भूकम्पपीडितको अहिलेसम्म पनि पुनर्वास गराउन राज्यले सहयोग नगर्नु ज्यादै अन्यायपूर्ण कार्य हो । जिल्ला भूमि अधिकार मञ्च रसुवाका अध्यक्ष भवानीप्रसाद न्यौपाने पनि राज्यले पहिले नै पुनर्वास गराउनुपर्थ्यो भन्छन् ।


वर्षौंदेखि यसरी कष्टकर जीविकामा बसोबास गर्दै आइरहेका विस्थापित परिवारको उचित पुनर्वासमा ध्यान दिनु राज्यका तहगत निकायको जिम्मेवारी हो । पुनर्वासको विविध विकल्प छन्, यसअघि खरिद गरिएका जग्गामा निजी आवास निर्माण बनाइदिने । सूचना प्रकाशन भइसकेको र जग्गा दिन तयार भएका जग्गाधनीबाट जग्गा अधिग्रहण गरिदिने । र, छुटमा परेकालाई पनि समेटी एकीकृत बस्तीमार्फत सबै खाल्डेवासीलाई तल्लो पैरेबेंसीमा एकीकृत बस्ती बसाएर राख्न सकिन्छ । त्यहाँ बस्ती राखिदिँदा अहिलेको शिक्षा, स्वास्थ्य र केही मजदुरीमा जोडिएकालाई ठूलो असर पर्दैन । 

अझ फाइदा पुग्छ । खाल्डे जोखिम भएकामा विस्थापित पनि जानकार छन्, तर उनीहरू तल्लोकपैरेमा बस्न इच्छुक छन्, त्यहाँका जग्गाधनी पनि आवश्यक जग्गा दिन तयार छन्, तर समस्या लगानीको भयो । जुन विस्थापित परिवारसँग छैन । राज्यकै सहयोगको पर्खाइमा छन् ।


दशकदेखि यसरी कष्टसाथ बस्दै आएका विस्थापितलाई न्याय हुने गरी सरकारले पुनर्निर्माण र पुनर्वासमा सहयोग गर्नु जरुरी देखिन्छ । साथै उनीहरूको कष्टकर जीविकाबाट मुक्ति दिलाउन सीप र क्षमताअनुसारको जीविकोपार्जनमूलक कार्यक्रम, बालबालिकाको शिक्षा, अस्वस्थ र ज्येष्ठ नागरिकलगायतलाई उचित स्वास्थ्यको विषयमा पनि ध्यान दिनुपर्छ ।

कान्तिपुरबाट साभार

स्थानीयको माग पूरा नभए माथिल्लो त्रिशूली -१ आयोजनामा स्थानीयले आन्दोन गर्ने

रसुवा, स्थानीयले गत मंसिर ८ गतेदेखि मागपत्र पेस गरेपनि माथिल्लो त्रिशूली -१ आयोजनामा नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले सुनुवाइ नगरेपछि थप आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

आमाछोदिङमो गाउँपालिका–१ र २ को हाकुबेसीदेखि ठूलोहाकु, नेसिङ हुँदै ग्रेगाउँ जोड्ने सडकका लागि कम्पनीले पुर्वसहमति अनुसार ४५ करोड रुपैयाँ विनियोजन गरेपनि स्थानीयको माग अनुसार नभएको स्थानीय सुब्बा तामाङले बताए । गुणस्तरिय कामका लागि स्थानीय निर्माण कम्पनीहरूलाइ योजना नदिन स्थानीयको माग रहेको छ । बुधबार भएको छलफलमा सहभागी गाउँपालिका अध्यक्षले नै समझदारी गराउनुको साटो हातपात गरेको बताए । 

सडक मर्मतका लागि गाउँपालका र कम्पनी बीच १ वर्ष अघि नै सहमति भएको र काम गर्नका लागि २० दिन अघि नै ६ वडा कम्पनीलाइ कार्यादेश दिए पनि काम सुरु हुन नसकेको गाउँपालिका अध्यक्ष बुचुङ तामाङले बताए । उनले भने केही युवाहरूले कम्पनीले नै काम गर्न भने पनि उनीहरूले सहमतिमा काम गर्न भने पनि अवराेध हुन भएन ।
स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नै निर्माण कम्पनीमार्फत काम गर्न लागेको युवाहरूकाे आरोप छ । उनीहरुले यस अघि गरेको कामका आधारमा गुणस्तरिय काम नहुने स्थानीयको गुनासो छ । वडा अध्यक्ष, गाउँपालिका अध्यक्ष र उनका भाइ हाकु माविका प्रधानाध्यापक दावा नोर्चुङ तामाङ, स्थानीय साङतेम्पा तामाङ, तेम्रेल तामाङलगायतका ६ वटा निर्माण कम्पनीलाइ काम गर्न दिने सहमति भएको कम्पनीले जनाएको छ ।

 

गाउँपालिका अध्यक्षले हातपात गरी २ जनालाइ चोटपटक लागेको छ जन प्रतिनिधिकै दादागिरी छ यस्ताे भए कसरी सहमति हुन्छ ? मंगलबार भएकाे भेलामा गाउँपालिका अध्यक्ष बुचुङ तामाङले कुटपीट गरेकाे स्थानीयले सुब्बा तामाङले बताए । उनले भने शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने हाम्रो स्पष्ट उद्देश्य थियो। तर गाउँपालिका प्रमुख स्वयं फर्ममा संलग्न रहेको अवस्थामा पनि स्थानीय युवासँग गाउँपालिका प्रमुखबाट हातपात भएको घटनाप्रति हामी गम्भीर आपत्ति जनाउँछौँ। 

शान्तिपूर्ण रूपमा आफ्ना जायज माग राखिरहेका स्थानीय युवामाथि भएको यस प्रकारको व्यवहार निन्दनीय तथा कानून विपरीत छ। यस्तो अवस्थामा स्थानीय युवाहरूको सुरक्षा र संरक्षणको जिम्मेवारी कसले लिने भन्ने प्रश्न गम्भीर रूपमा उठेको छ। सम्बन्धित निकायले उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न र स्थानीय युवाहरूको सुरक्षाको सुनिश्चितता गर्न हामी जोडदार माग गर्दछौँ । 

कोरियाली लगानीकर्ताको लगानीमा बन्ने ‘माथिल्लो त्रिशूली–१’२१६ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको निर्माणाधीन अवस्थामा स्थानीयसँग धेरै बिबाद हुने गरेकाे छ । आयोजना निर्माण आगामी सन् २०२६ सम्ममा सम्पन्न गरिसक्ने आयोजना प्रवर्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीको लक्ष्य छ ।
कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याजसहित) रहेको आयोजनामा स्थानीय लगानीकर्ताको १० प्रतिशत बाहेक सबै स्वामित्व तथा ऋण विदेशीकै रहेको छ । अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी १९ करोड ४२ लाख अमेरिकी डलर रकम स्वपुँजी जुटाइएको छ । 

 मंगलबार भएकाे छलफलमा भएकाे बिबाद भिडियाेमा हेर्नुहाेस् ।
 

रसुवाली किसान : जता भेडा, उतै बास

विश्वास नेपाली रसुवा, हिमाली जिल्ला रसुवाका उच्च भूगोललाई वर्षैभरि हिउँले ढाकिबस्छ । यहाँका बासिन्दा कृषि, पशुपालन, जडीबुटी संकलन र पर्यटन व्यवसायमा संलग्न छन् । संघीयताको अभ्यासपछि भने गाउँघर आएको सडकले परिवर्तन ल्याएको छ । र, गाउँदेखि राजधानी मोडिएको सडकले हिमाली गाउँ–ठाउँका नवपुस्तालाई सहरतिर तानेको छ । केही विदेश पुगेका छन् । यद्यपि अघिल्ला पुस्ता भने कृषि–पशुपालनमै तल्लीन छन् । रसुवाबाट राष्ट्रिय पञ्चायत उपाध्यक्ष भएका दावा फिन्जो तामाङको पुस्तक ‘भेडीगोठदेखि राष्ट्रिय पञ्चायतसम्म’ मा उनले लेखेका छन्, ‘मेरो जन्म नै च्योलङखर्कको गोठमा भयो, यसर्थ जन्मजात–गोठालो ।’ जीवनको लामो कालखण्ड गोठालो जीवन बिताएका तामाङका भेडासँगै गाई, गोरु र चौंरीका पाँच गोठ थिए । ०२७ सालमा तत्कालीन युवराज वीरेन्द्र गोसाइँकुण्ड भ्रमण जाँदा दावाको सहयोगबाट प्रभावित भएपछि उनी दरबारनिकट भएका थिए । उच्च चुचुरामा टल्किने सेता हिमशृङ्खला देख्दा आकर्षक लाग्छन् । केही दिन घुम्न आउनेलाई ‘वाह’ लाग्छन् । तर, यहीं जन्मे–हुर्केर जीवन बिताइरहेका मानिसको दैनिकी असाध्यै कठिन छ— अजंगका पहाड, भिराला जमिन, वन–जंगलले ढाकेका अधिकांश क्षेत्र १ चिसो याममा बसाइँ सरिबस्ने यो कठिन भूगोलका किसानका व्यथा अनेकन् छन् । गोठमै बस्ने सेनाम फुर्पु घले ९४५० चौंरीपालक कृषक हुन्, उनका ५६ चौंरी छन् । मोबाइल–फोन सम्पर्कमा आएका उनी कुटुमसाङ सिन्धुपाल्चोकबाट थप ३ वटा चौंरी खरिद गरी रसुवा लाग्दै रहेछन्, ‘नुवाकोटको शिखरबेंसी पुगें’ भन्दै थिए । अब ५९ वटा चौंरीका धनी भएका छन् । सानैदेखि चौंरी गोठालो उनी गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेका हुन् । ‘चौंरी गोठालाको स्थायी ठेगाना हुँदैन’ भन्ने घले १२ महिनामा १४ ठाउँमा गोठ सर्छन् । भन्छन्, ‘गर्मी चढेपछि चैतदेखि असोज १५ सम्म माथि–माथि लेक चढ्नुपर्छ– गोसाइँकुण्डसम्म पुगिन्छ ।’ असोजपछि भने तल झर्दै धुन्चे पुगिन्छ । घले मात्रै होइन, उनका अघिल्ला पुस्ताले पनि पनि चौंरीपालन नै गर्थे । ‘चौंरीको दूध बेचेर छोराहरूलाई काठमाडौं राखेर पढाउन सकें, एउटा छोरो जापान पढ्न गएको छ, अर्को काठमाडौंमा,’ उनी भन्छन् । वार्षिक न्यूनतम ७ लाख रुपैयाँसम्म कमाइ गर्छन् घले । गोसाइँकुण्ड–४ लाङटाङ हिमालको फेदीमा बस्छन्— ग्याल्वो तामाङ ९५०० । उनी पहिले चौंरीपालक कृषक थिए, अहिले गाउँवासीले पालेको चौंरीको दूध संकलक हुन् अर्थात् चिज उत्पादन गर्ने केन्द्र प्रमुख । भन्छन्, ‘हामीले यहाँबाट स्थानीय याक–चौंरी पालक किसानलाई सेवा दिइरहेका छौं ।’ तामाङका अनुसार, दक्षिण एसियाकै पहिलो याक–चिज उत्पादन केन्द्र, लाङटाङमा वि।सं। २००९ सालमा स्थापना भएको थियो, जहाँ उनका बुबाले लामै समय काम गरे । रसुवाका पत्रकार ज्ञानेन्द्र न्यौपाने भन्छन्, ‘रसुवाको उच्च हिमाली भेग याक–चौंरीका लागि अत्यन्तै लाभदायक ठाउँ हो । किसानलाई दूध बिक्री गर्न सहज होस् भनेर हिमाली खर्कमै विभिन्न ५ ठाउँमा चिज उत्पादन केन्द्र स्थापना गरिएको छ । स्वादिलो यहाँको चिज काठमाडौंसम्मै पुग्छ ।’ ‘लाङटाङ उपत्यका आसपास ४ वटा–लाङसिसा, झाङ्बु, नाङकाङ र याला खर्कहरू छन्, जहाँ याक–चौंरी चराउन किसानहरू गर्मीमा उकालो चढ्छन् । चिसो सुरु भएपछि तल्लो भाग लामा होटलसम्मै झर्छन्’, ग्याल्वो तामाङ भन्छन्, ‘०७२ को भूकम्पले लाङटाङ तहसनहस भयो । किसानहरूले पहिले जस्तो चौंरी पाल्दैनन् । धेरैजसो गाउँवासीहरू होटल–व्यवसायतिर लागे ।’ भूकम्पमा लाङटाङ पहिरोले १७५ स्थानीय मानिस र ७०० भन्दा बढी चौंरी बितेका थिए । आमाछोदिङ्मो गाउँपालिका–२ सानोहाकुका चिप्पु छिरिङ तामाङ ९४४० भेडा–बाख्रापालक कृषक हुन् । उनी वर्षैभरि भेडा–बाख्राको पछि लाग्दैलाग्दै लेक–बेंसी गर्छन् । साथमा बोक्छन्– डोको, चित्रो, केही थान बर्को ९ओढ्ने०, नुन अनि सातु–सामल । यतिबेला उनी लेकबाट बेंसी ९उनकै गाउँ– सानो हाकु० झरेका छन् । उनीसँग छ, १०० भन्दा बढी भेडा–बाख्रा र ३ भैंसी । पुर्ख्यौली पेसा नै कृषि र पशुपालन भएको तामाङको ७ जनाको परिवार यसैबाट चलेको छ । मौसम तात्न थालेपछि भेडा–बाख्रासँगै लेक चढ्छन् र पुग्छन् उच्च हिमाली भेगका सोमदाङ, साङ्जेन र जागेश्वर खर्कहरू । खर्कहरू चरिचरनका लागि राम्रो ठाउँ हो भन्छन्, उनी । त्यही खर्कमा चित्रा–प्लास्टिकको घर बनाएर बस्छन्, चिप्पुहरू । चिप्पु भन्छन्– गाउँबाट खर्क पुग्न बाटोमै १०–१२ दिन बिताउनुपर्छ । खर्क पुग्न सजिलो छैन, न खाने ठेगान, न बस्ने । जताजता भेडा–बाख्रा, उतैउतै बास । भन्छन्, गोठालो पेसा सहज छैन । बेलाबेला उनलाई सघाउँछन्, श्रीमती कार्चुङ र छोरा निर्मलले । पशुपालनको आयले १ छोरा र ४ छोरीलाई काठमाडौंमै राखेर पढाइरहेका छन् । गोसाइँकुण्ड– ५ ठूलो भार्खुका पासाङ डिन्डुप तामाङ ९५५० चौंरीपालक किसान हुन् । उनी २० चौंरीका धनी हुन् । गोठालो सहयात्रामा लाक्पा तामाङ, च्याङ्वा तामाङ र नुर्वसोनाम तामाङ पनि छन् । उनीहरू चौंरीपालन गर्छन् । गर्मी छल्न उनीहरू गोसाइँकुण्ड आसपासका लौरीबिना, चोलाङपाटी र चन्दनबारीका खर्कहरू पुग्छन् भने जाडो छल्न ठूलोभार्खु हुँदै त्रिशूली किनारासम्मै झर्छन् । यस्तो चक्र वर्षैभरि चलिरहन्छ । पासाङ भन्छन्, ‘चौंरीपालक कृषकको निश्चित गोठ र खर्क नहुने रहेछ, पाइने घाँसपात र तातो–चिसो मौसमले निर्धारण गर्छ ।’ यतिबेला रसुवाका गाउँ–पाखामा चिसो बढ्न थालेको छ, पासाङ चौंरीसँगै ठूलोभार्खुमुनि पाखोमा छन् । ‘माघसम्म यतै बस्नुपर्छ, मौसम बिस्तारै तात्न थालेपछि मात्रै उँभो लाग्ने हो । चन्दनबारीमा दुग्ध विकास संस्थानको चिज उत्पादन केन्द्र छ, हामी त्यहीं दूध बिक्री गर्छौं,’ पासाङ भन्छन् । सानैदेखि गोठालो पासाङपछिका नयाँ पुस्ता भने अब गोठालो छैनन्, जेठो छोरा–बुहारी र छोरी–ज्वाइँ फ्रान्स पुगेका छन् भने कान्छो जर्मन । पशुपालनकै आम्दानीले उनले तल स्याफ्रुबेंसी बजारमा २ तले पक्की घर पनि बनाएका छन् । आमाछोदिङ्मो–३ गत्लाङका फुर्पु छोवाङ तामाङ ९५१० चौंरीपालक किसान हुन् । उच्च हिमाली गाउँ गत्लाङका फुर्पुको जीवन चौंरीसँगै विभिन्न खर्कमा विचरण गर्दै बितिरहेको छ । फुर्पुको गोठमा यतिबेला २४ वटा चौंरी छन् । र, अहिले उनी बेंसी झरेका छन्, भार्खु गाउँ आसपास । भन्छन्, ‘चिसो बढ्दै जाँदा अझ तल हाकुसम्म झर्छौं ।’ उनको गोठालो यात्रा संघर्षपूर्ण छ । कहिले उच्च हिमाली भेगका खर्कमा उक्लिनुपर्छ, कहिले बेंसी । माङचेत, गोठेन, सोमदाङ, जागेश्वर र साङ्जेन खर्क उनका चौंरीका चरन–क्षेत्र हुन् । उनलाई सघाउँछिन्, ४५ वर्षीया श्रीमती युक्रे तामाङले । फुर्पु भन्छन्, ‘हाम्रा छोराछोरी भेडा–चौंरी पेसामा छैनन् । काठमाडौंमा राखेर पढाएका छौं । पहिले पो विद्यालय थिएन, पैसा थिएन, हामी बा–आमासँगै खर्क–गोठालो जान्थ्यौं, अबका पुस्ताले त्यो छाडे ।’ पत्रकार एवं सामुदायिक वन उपभोक्ता महासंघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडा भन्छन्, ‘कहिलेकाहीं पशुबस्तु चराउने विषयमा गाउँलेहरूबीच खर्क विवाद हुन्छ । केही वर्ष पहिले साङ्जेन खर्कमा गाउँलेबीच ठूलो विवाद भयो । पशुपालक किसानलाई चरिचरनका लागि वन तथा खर्कहरू खुला नगरिने हो भने, पशुपालनको जुन लेक–बेंसी चक्र छ, त्यसमा खलल पुग्छ । अर्कोतर्फ पालिकामा भएको आधारभूत सेवा किसानका लागि पर्याप्त छैन, जिल्लामै भेटेनरी अस्पताल र पशुविज्ञ नहुँदा नुवाकोट र काठमाडौं धाउन बाध्य छन्, किसानहरू, त्यसले पनि पछिल्लो समय पशुपालन पेसामा कमी आएको छ ।’ डिभिजन वन कार्यालय रसुवाका प्रमुख शम्भु तामाङ भन्छन्, ‘चौंरी र भेडापालन रसुवाको माथिल्लो भेगको पहिचानसँगै परम्परागत पेसा हो । यसलाई मास्न दिनु हुँदैन भनेर बहुसरोकावाला छलफल सुरुवात गरेका छौं । किसान र पशुपालनसँगै वन र खर्क संरक्षणको योजनामा काम गरिरहेका छौं ।’ आमाछोदिङ्मो गाउँपालिकाकी उपाध्यक्ष चण्डिका तामाङ भन्छिन्, ‘खर्कका विषादीयुक्त झारपात, घाँस हटाउने र नयाँ उन्नत जातको घाँस छर्ने काम गरी पशुपालक किसानलाई उत्प्रेरित र सहजता प्रदानको प्रयास गरिरहेका छौं । आउँदो फागुन–चैतमा ड्रोनबाट खर्कहरूमा घाँस छर्ने योजना छ । र, आाउँदो वैशाखमा गत्लाङ ‘चौंरी–महोत्सव’ नै आयोजना गर्दै छौं ।’ गत्लाङका किसान मिङमर तामाङ भन्छन्, ‘हाम्रो पालिकामा ६७ वटा याक–चौंरी, गाई–गोरु गोठ छन्, करिब २५०० चौंरीहरू छन् । पहिलो पटक महोत्सव नै आयोजना गर्दै छौं । महोत्सवमा सबै चौंरी र किसानहरू सहभागी हुनेछन् ।’ किसान भन्छन्– न बासको ठेगान, न खानाको । मौसमले जता डोर्‍याउँछ, त्यतै यात्रा–चिसो सुरु हुँदा तलतल ९बेंसी० र गर्मी चढेपछि भने उँभोउँभो ९लेक० । फेरिने मौसम र समयकालअनुसार गोठालो–जीवन निर्भर हुन्छ । किसानहरूको लेक–बेंसी यात्रा गर्मी र जाडो मौसमले निर्धारण गर्छ । रसुवाको उच्च हिमाली भेगमा मुख्य गरी याक–चौंरी र भेडा–च्याङ्ग्रा पालिन्छ । जागेश्वर, साङ्जेन, यासा, लाङसिसा, झाङ्बु, नाङकाङ, याला, चन्दनबारी, ढिक्सा, लौरीबिना, गोसाइँकुण्ड, सोमदाङ, मानचेत यहाँका उच्च हिमाली क्षेत्रका खर्कहरू हुन् । त्यहाँ पुग्न कठिन छ, तर गर्मी बढ्ने समय भेडा–च्याङ्ग्रा–चौंरीलाई यी खर्कमा पुर्‍याइन्छ । जब लेकमा चिसो बढ्न थाल्छ, फेरि बेंसी झर्छन् । किसानको लेक–बेंसी यात्रा कठिन छ, तर रोचक पनि छ । कान्तिपुर कोशेलीबाट साभार

Saturday, December 20, 2025

कालिका बहुउद्देश्यीय सहकारीको ३१ लाख नाफामा

रसुवा, जिल्लाको उत्तरगया गाउँपालिका–५ बनुवाछापमा रहेको कालिका बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक वर्ष २०८१र०८२ मा ३१ लाख २७ हजार २ सय ३० रुपैयाँ खुद नाफा कमाएकाे छ । शनिबार सम्पन्न संस्थाको ३१ औँ वार्षिक साधारणसभामा संस्थाले आर्थिक वर्ष २०८१र०८२ मा १ करोड ६९ लाख ३३ हजार ८ सय ८ रुपैयाँ आम्दानी गरेको सहकारीका व्यवस्थापक गोविन्द घिमिरेले बताए । कुल आम्दानीबाट खर्च कटौती गर्दा ३१ लाख २७ हजार २ सय ३० रुपैयाँ खुद नाफा आर्जन कायम भएको हो । सहकारीका सचिव टंकप्रसाद पौडेलका अनुसार खुद नाफामध्ये १७ लाख २२ हजार रुपैयाँ शेयर सदस्यहरूलाई लाभांशका रूपमा वितरण गरिएको छ । हाल संस्थामा २ हजार १ सय ९७ जना शेयर सदस्य आबद्ध छन् । सभाले शेयर सदस्यहरूलाई १० प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय समेत गरेको छ ।
सहकारी संस्थाको वार्षिक कारोबार ११ करोड ८७ लाख ६३ हजार रुपैयाँ रहेको छ । कुल बचत रकम ६ करोड ५९ लाख ७० हजार रुपैयाँ र शेयर पूँजी १ करोड ३१ लाख २९ हजार ३ सय रुपैयाँ पुगेको छ । जिल्लामा सहकारी संस्थाहरू बन्द हुने क्रम बढिरहेका बेला कालिका बहुउद्देश्यीय सहकारी भने निरन्तर नाफामा रहँदै आएको छ । २०५३ सालमा आलुवाली समूहका रूपमा सुरु भएको यो संस्था ग्रामीण क्षेत्रमा छरिएर रहेको पूँजीलाई एकीकृत गर्दै कारोबार विस्तार गरेपछि बहुउद्देश्यीय सहकारीका रूपमा रूपान्तरण भएको हो। ससभामा संस्थाका अध्यक्ष विष्णुप्रसाद घिमिरेले आर्थिक वर्ष २०८२र०८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कोषाध्यक्ष यमनाथ आचार्यले आर्थिक प्रतिवेदन र लेखा संयोजक लक्ष्मण घिमिरेले आन्तरिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरे।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोककुमार घिमिरेले सहकारीले जनजीविकामा सहजता ल्याएकाे र राम्रो आम्दानी गर्दै शेयर सदस्यलाई लाभांश वितरण गर्न सफल भएकोमा प्रशंसा गर्दै आगामी दिनमा अझ प्रगति गर्न शुभकामना दिएका थिए । साधारणसभामा विभिन्न विधामा उत्कृष्ट योगदान पुर्‍याएका शेयर सदस्यहरूलाई सम्मान समेत गरिएको थियो।

भूमिहीन दलित र भूमि अधिकार : नीति र कार्यान्वयनको चुनौती विषयक संवाद्

चितवन, सामुदायिक आत्मनिर्भर सेवा केन्द्रलगायत ९ वटा दलित, भूमि र मानव अधिकारको क्षेत्रमा कार्यरत संस्था एवं सङ्गठनको अयोजनामा आज 'भूमिहीन दलित र भूमि अधिकार : नीति र कार्यान्वयनको चुनौती विषयक संवाद् कार्यक्रम' भयो । मानव अधिकार राष्ट्रिय महाभेला-२०२५, सन्दर्भमा आयोजित कार्यक्रममा भूमिहीन दलित प्रतिनिधिहरु, दलित भूमिहीनता अन्त्य गर्न क्रियाशील संघ सङ्गठनका प्रतिनिधिहरु, जेनजी समूहका प्रतिनिधिहरु, भूमि अधिकार मञ्चका अभियन्ता एवं सदस्य तथा यस क्षेत्रका सरोकारवाला प्रतिनिधिहरुसमेत ८५ (४७ महिला, ३३ दलित, २१ जनजाति) जना सहभागी भएका थिए । राष्ट्रिय मानव अधिकार आयोग कार्यालय आयोजना गरिएको कार्यक्रममा दलित भूमिहीनता सम्बन्धमा गरिएको दुई अध्ययन (सामुदायिक आत्मनिर्भर केन्द्रबाट डा. सुरेश ढकाल र विश्वास नेपाली र र नाफान पवन ढकालबाट) को सार प्रस्तुती गरिएको थियो । समुदायबाट सहभागी भएका ४ जना भूमिहीन दलित अगुवाहरुले सङ्घर्षपूर्ण अनुभूति सुनाएका थिए । त्यसपछि विभिन्न सरोकारवालाको सहभागितामा निर्धारित विषयमा प्यानल छलफल गरिएको थियो । प्यानल छलफलमा राष्ट्रिय दलित आयोगका अध्यक्ष मा. देवराज विश्वकर्मा, भूमि समस्या समाधान आयोगका विज्ञ सदस्य, डा. जगत बस्नेत, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव एवं प्रवक्ता, गणेशप्रसाद भट्ट, राष्ट्रिय मानव अधिकार आयोगका उपसचिव, श्यामबाबु काफ्ले, वरिष्ठ अधिवक्ता, राजुप्रसाद चापागाइँ, दलित नागरिक समाजका संयोजक, मोती लाल नेपाली, राष्ट्रिय भूमि अधिकार मञ्च नेपालका अध्यक्ष ल्यामबहादुर दर्जी, दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष जेवी विश्वकर्मा, अधिवक्ता देवी सुनार, नाफानका कार्यकारी निर्देशक भोला भट्टराई सहभागी हुनु भइ दलित भूमिहीता र यसको अन्त्य र उनीहरुको समृद्ध जीवनको विषयमा नीतिगत समीक्षा वर्तमान अभ्यास र आगामी बाटोको विषयमा गहन छलफल तथा अनुभूतिहरु आदान प्रदान गरिएको थियो । कार्यक्रमको सहजीकरण सामुदायिक आत्मनिर्भर केन्द्रबाट अभियान संयोजक सुष्मा न्यौपाने र प्यानल सहजीकरण नेपाल महिला एकता समाजबाट कार्यक्रम व्यवस्थापक सावित्री थापाले गर्नुभएको थियो । झण्डै ४ घण्टा चलेको कार्यक्रममा भूमिहीन दलितका जग्गा अधिकार र यसबाट परेको असर र समाधानको लागि राज्यले दिनुपर्ने ध्यानको विषयमा सहभागी अधिकारवाला तथा सरोकारवालाहरुले निकै आवाज उठाएका थिए । सहभागीहरुबीच भएको अन्तरक्रियात्मक छलफलमा भूमिहीन दलितको भूमि अधिकारको सन्दर्भमा सघन कार्य गर्न निम्न सुझावहरु प्राप्त भएको छ • भूमिहीन दलितको आर्थिक र सामाजिक अवस्था कमजोर छ । उनीहरु शिक्षा र रोजगारीको अवसरबाट समेत वञ्चित छन् । जीविकाको लागि कठोर परिश्रम गर्न बाध्य छन् । बसोबास सुरक्षित छैन । • भूमिहीन दलितलाई सुरक्षित घरबास र खेती गर्ने दलित परिवारलाई पर्याप्त जग्गा राज्यले सुनिश्चित गर्नुपर्छ । अहिलेको कानुनअनुसार राज्यले भूमिहीन परिवारलाई दिने भनेको जग्गाको क्षेत्रफल साह्रै सानो भएकाले भूमिहीन दलित परिवारको दीर्घकालिन समाधान हुँदैन त्यसैले कानुन संशोधनमा आवाज उठाउनु जरुरी छ । • भूमिसम्बन्धी अधिकारको क्षेत्रमा काम गर्ने र दलित अधिकारको क्षेत्रमा कार्यरत सङ्गठनहरुको सहकार्य जरुरी छ । सङ्गठित आवाज उठाउन सकियो भने मात्रै दलित भूमिहीनता अन्त्य भइ समृद्धिको बाटो सम्भव छ । • नयाँ राजनीतिक परिवेशमा पनि सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोगलाई काम गर्न पाउने गरी आदेशद्धार व्युउँताएको हुँदा यो अवसरलाई आयोग र भूमि अधिकारको क्षेत्रमा क्रियाशील सङ्गठनहरु र स्वयम् भूमिहीन समुदायले पनि सदुपयोग गर्नुपर्छ । र सबैले राज्यलाई सकारात्मक दबाब सिर्जना गरी छिट्टै सम्पूर्ण भूमिहीन दलितलाई भूमिको अधिकार दिलाउन भूमिका खेल्न जरुरी छ । • देशभरका भूमिहीन दलितहरुलाई सङ्गठित हुन समुदाय जागरण ल्याउनुपर्छ । दलित-गैरदलितबीचको सहकार्य र संवाद् बढाउनुपर्छ । • राज्यले बनाउने नीति निर्माणमा भूमिहीन दलितहरुको प्रतिनिधित्व छैन । कार्यान्वयन गर्ने ठाउँमा पनि भूमिहीन दलितहरुको प्रतिनिधित्व नभएकाले भएको नीतिहरु प्रभावकारी कार्यान्वयन नभएको हो । यसको लागि राज्यको उचित ध्यानकर्षण गरी जसको सवाल उसकै अगुवाइ हुने वातावरण गराउनुपर्छ र सोअनुसार नीतिको लागि पैरवी गर्नुपर्छ ।

Friday, December 19, 2025

उत्तरगयाधाममा ६ हजार भक्तजनलाइ नि:शुल्क भाेजन



रसुवा , पञ्चधाम सेवा केन्द्र नेपालले ६ हजार श्राद्ध गर्न आउने भक्तजनहरुलाइ यस वर्ष निःशुल्क भोजन गराएको जनाएको छ । 

त्रिशूली र फलाखु खोलाको संगमस्थल उत्तरगयाधाममा पुसे औँसीका दिन प्रत्येक वर्ष हजारौँ श्रद्धालुहरूले दिवंगत आफ्ना पितृको नाममा श्राद्ध, दान तथा तर्पण गर्ने परम्परा छ ।

पितृ उद्दारका लागि उत्तरगया गाउँपालिका, बिदुर नगरपालिकालगायतकाे सहयाेगमा केन्द्रले गतर्ष पनि नि:शुल्क भाेजन गराए पञ्चधाम सेवा केन्द्र नेपालका सचिव झंकनाथ न्याैपानेले जानकारी दिए। 

श्रद्धालु भक्तजनहरूका लागि निःशुल्क भोजन गराउनने व्यवस्था पञ्चधाम सेवा केन्द्र नेपाल काठमाडौं, उत्तरगया गाउँपालिका, विदुर नगरपालिका तथा विदुर नगरपालिकाका वडा नम्बर १ र ७ ले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं स्वयम्भू, लायन्स क्लब अफ काठमाडौं ब्लड सोसियल सर्कल नर्थ, लायन्स क्लब अफ काठमाडौं शुभकामना, उत्तरगया क्षेत्र विकास कोष तथा नेपाल स्काउट रसुवाले सहयोग गरेका थिए ।
र यो पनि हेर्नुहोस्

🔥 तपाईले छुटाउनै नहुने - बेत्रगंगाको बारेमा नालीबेली 🔥

Highlight Post

बेत्रावती/बेत्रगंगा वा उत्तरगया धाम

बेत – ना. (सं. बेत/बेत्र) बाँसको जस्तो आँख्ला र पात हुने, सन्दुक, लौरी आदि निर्माण गर्न प्रयोग हुने एक जातको लहरो र वपी – ना. (सं.) सानो जलाशय वा कुवा भन्ने अर्थ जनाउँदछ । भगवान शिवले बेतको लौरोद्‍वारा जलाशय निर्माण गरेको भन्ने धार्मिक तथा पौराणिक कथन अनुसार यस स्थानको नाम 'वेत्रवपि' वा बेत्रवति रहन गएको हो ।बोलीचालीमा अपभ्रम्श भई बेत्रावती भनिएको छ । जसलाई चारधाममध्येको एक उत्तरगया धाम पनि भनिन्छ । पुरा नालीबेली ...




यस वर्ष पनि टाढा–टाढाबाट आएका भक्तजनहरूले नदी किनारमा बाबु–आमा तथा आफन्तको स्मरणमा श्राद्ध गरिरहेका छन् । पितृ श्राद्ध गर्ने श्रद्धालुहरूको संख्या वर्षेनी बढ्दै गएको छ ।













उत्तरगयाधाममा १० हजारले श्राद्द गरे


बेत्रावती (रसुवा),  पौष ४ गते । पवित्र तीर्थस्थल त्रिशूली, रूद्रगंगा र बेत्रगंगाको संगमस्थल उत्तरगया धाममा श्राद्ध १० हजारभन्दा बढी श्रद्दालुले श्राद्द र तर्पण गरेका छन् । धार्मिक एवंम ऐतिहासिक क्षेत्र उत्तरगया धाममा पौषे औसीको दिन हिन्दु तथा बौद्ध धर्मावलम्वीहरूले मृतक आफन्तको संझना गर्दै श्रद्धा गरेका हुन् । 

बिहान सबेरैदेखि पुसको चिसोमा नदिको चिसो पानीमा नुहाएर पितृहरूको नाममा श्राद्ध गर्नेहरूको ठूलै भीड् लाग्यो । हिन्दुधर्मावलम्बीहरूले आफ्ना परम्परा धान्न उत्तरगयामा आई श्राद्ध गरी मोक्ष प्राप्ति गरेको बताए । 

नुवाकोट र रसुवाको सिमानामा रहेको बेत्रावतीको उत्तरगयामा १० हजार भन्दा बढि भक्तजनहरूले श्राद्ध गरी आफ्ना आफन्त जनको लागि पिण्ड दान गरेका छन् । उत्तरगयामा श्राद्ध गर्नेहरुको निकै ठूलो भीड् लागेको थियो । 

र यो पनि हेर्नुहोस्

उत्तरगया क्षेत्रमा आएर वर्षेनी हजारौ भक्तजनहरूले परलोक भएका आफ्ना आफन्त तथा बाबु आमाको नाममा श्राद्ध, दान, तर्पण गर्ने गर्दछन । तप्तनदी अर्थात उत्तरगया क्षेत्रमा आई श्राद्ध गरेमा २० पुस्ता अघिका पितृहरू मोक्ष्य प्राप्ति भई स्वर्ग जाने जन विश्वास रहिआएकाले पनि यहाँ टाढा टाढाबाट भक्तजनहरू आई श्राद्ध गरेका छन् । उत्तरगयामा क्षेत्रमा टाढा टाढादेखि श्राद्ध गर्न आएका भक्तजनहरूको ठूलो भिड् लागेको थियो ।

उत्तरगया क्षेत्रको नामले चिनिने बेत्रावतीमा पौषकृष्ण औंशीका दिन पितृहरूलाई पिण्ड दिएर श्राद्ध गर्नाले सबै पितृहरू मोक्ष हुन्छन् भन्ने विश्वासका साथ मानिसहरूको यहाँ श्राद्ध गर्ने भीड् लागेको हो । भारत वर्षका चार गया मध्ये भारतमा तीन गया छन् भने नेपालमा रहेको एक मात्र गया उत्तरगया हो । धार्मिक क्षेत्रकै नामले यस क्षेत्रमा गाँ पालिकाको नाम पनि उत्तरगया नै रहन गयो । बेत्रावतीलाई श्राद्धका लागि पवित्र मानिएका हिन्दकुश क्षेत्रका चार गयामध्ये एक मानिने कालिका गाउँपालिका निवासी खेमराज देवकोटा बताउछन्  ।  

🔥 तपाईले छुटाउनै नहुने - बेत्रगंगाको बारेमा नालीबेली 🔥

Highlight Post

बेत्रावती/बेत्रगंगा वा उत्तरगया धाम

बेत – ना. (सं. बेत/बेत्र) बाँसको जस्तो आँख्ला र पात हुने, सन्दुक, लौरी आदि निर्माण गर्न प्रयोग हुने एक जातको लहरो र वपी – ना. (सं.) सानो जलाशय वा कुवा भन्ने अर्थ जनाउँदछ । भगवान शिवले बेतको लौरोद्‍वारा जलाशय निर्माण गरेको भन्ने धार्मिक तथा पौराणिक कथन अनुसार यस स्थानको नाम 'वेत्रवपि' वा बेत्रवति रहन गएको हो ।बोलीचालीमा अपभ्रम्श भई बेत्रावती भनिएको छ । जसलाई चारधाममध्येको एक उत्तरगया धाम पनि भनिन्छ । पुरा नालीबेली ...



पञ्चधाम सेवा केन्द्र नेपालले  श्राद्ध गर्न आउने ६ हजार बढि भक्तजनहरूलाइ निःशुल्क भोजन गराएको जनाएको छ । श्रद्धालुहरूका लागि निःशुल्क भोजन गराउनने व्यवस्था पञ्चधाम सेवा केन्द्र नेपाल काठमाडौं, उत्तरगया गाउँपालिका, विदुर नगरपालिका तथा विदुर नगरपालिकाका वडा नम्बर १ र ७ ले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं स्वयम्भू, लायन्स क्लब अफ काठमाडौं ब्लड सोसियल सर्कल नर्थ, लायन्स क्लब अफ काठमाडौं शुभकामना, उत्तरगया क्षेत्र विकास कोष तथा नेपाल स्काउट रसुवाले सहयोग गरेका थिए ।

भारत गया, बद्री केदारनाथ,लगायतका धार्मिक स्थालमा पुग्नु अघि नै उत्तरगयामा श्राद्ध गर्नु पर्ने प्रचलन छ । स्कन्ध पुराणको हिमवत् खण्डमा उल्लेख भए अनुसार उत्तरगया क्षेत्रमा त्रिशुली नदी र देवी गंगा नदी बगेकोले उक्त पवित्र पानी भएका फलाखु र त्रिशूली नदी बगेको ठाउलाई बेत्रागंगा भनेर मानिएको छ ।  

हालको बेत्रावती क्षेत्रलाई उत्तरगया भनेर यहां पितृको नाममा हिन्दू धर्मालम्वीहरूले श्राद्ध, दान, तर्पण गर्ने गर्छन् भने बौद्धमाग्रीहरूले मृत्यु भएका आफ्ना आफन्तका नाममा लामाहरूले पनि मन्त्र पढ्ने र बत्ति बाल्ने गर्छन् । पुस्तौदेखिका पितृहरुको संझनामा पिण्डदान गरिन्छ । धार्मिक किवदन्ती अनुसार सत्ययुगमा देवता र दानवले समुद्र मन्थन गर्दा निस्केको कालकुट विषले संसार भष्म पार्न लागेपछि भगवान महादेवले कालकुट नामक विष पिएर विषको डाहा मार्न यही ठाउमा लौरोले खोस्री तप्त नदी उत्पन्न गराई सो नदीको पानीले शीतलता पाई उत्तरापन्थ गोसाँइकुण्ड गएको विश्वास गरिन्छ ।


आफ्ना आफन्त जनको नाममा यहाँ आएर श्राद्ध गर्दा पितृ मोक्ष हुने र पहिलेदेखी नै चलिआएको परम्परालाई धान्नको लागि र आफ्नो धर्म संस्कृतिलाई जोगाउनु पर्छ भन्ने मान्यताले गर्दा उत्तरगयामा श्राद्ध गर्न आएको भक्तजनहरू बताउछन् । 


ईतिहासका महत्वपूर्ण घटनाक्रममा पनि उत्तरगयाको वर्णन गरिएको पाईन्छ । यहाँ वालाचर्तुदशी, पौषे औषी, रामनवमी, हरिवोधनी एकादशी, दशहरा, ऋषितर्पणी, कुशे औशी आदी पर्वमा भक्तजनहरूको भव्य मेला लाग्दछ । टाढा टाढाबाट भक्तजनहरू आएर पुजा अर्चना गर्छन् ।  नेपाल –तिव्वत बीच लडाई हुँदा वि सं १८४९ असोज १७ गते बेत्रावती सन्धी भएको स्थल पनि यही क्षेत्र भएकोले यस क्षेत्रको महत्व अझ बढेको छ । 

यसवर्ष लेन्देखोलादेखि आएको बाढीले बिगारेको संरचना सम्याउने पार्ने काम गरेर यहाँ आउने हजारौं भक्तजनहरुलाइ सहज रुपमा श्राद्ध गर्ने ठाउँ तयार गरेको स्थानीय दिलकृष्ण श्रेष्ठले बताए । 

यो क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा  उत्तरगया पवित्र धार्मिक क्षेत्रमा पितृ मोक्षको कामना गर्दै तिथी छुटेकाहरूले पनि श्राद्ध तथा पुजा आजा गर्न हजारौं तीर्थ यात्रीहरू आउने गरेको यसको पहिचान मर्न नदिन युवा पुस्ताले योगदान गर्नु पर्ने धारण स्थानीय बुद्धिजिवी गणेश श्रेष्ठले वताउछन् । 

श्राद्ध गर्न टाढा टाढा भक्तजनहरु आएपनि यहाँ पुरोहीतहरुको अभावमा धेरैजसोले सामूहिक रुपमा एउटै स्थलमा बसेर समेत श्राद्ध गरी पिण्डदान गरेका  छन् ।