रसुवा, लेन्देखाेलाहुँदै भाेटेकाेसी नदिमा भादाै १० गते चीनतर्फबाट आएको विनाशकारी बाढीले जिल्लाका धेरै जना बेपत्ता छन् । गोसाईकुण्ड गाउँपालिका-५ विकासप्रेमी ९१ वर्षिय दावा फिन्जाे तामाङकाे परिवारमा पनि ठूलाे बज्रपात भयाे ।
१९९४ साल असार १५ गते गोसाईकुण्ड गाउँपालिका-५ सानाे भार्खुमा बाबु डिनडुव वाङदी तामाङ (ब्लोन) तथा आमा निम ल्हेनजेन थोकरकाे काखबाट जन्मिनु भएका उनी पेशाले कृषि, सामाजिक सेवामा छन् । सानो भार्खु गाउँमा बस्ने तामाङका छोरा फुर्पासाङको होटल थियो ।
स्याफ्रुवेसी बजारमा रहेकाे राम्राे हाेटल थियाे बुद्ध गेष्ट होटल । पुर्खौली सम्पत्ति र चार पुस्ताको मेहनतबाट समृद्ध हुँदै गएको होटल व्यवसाय नाती टिन्डु छिरिङले सम्हालेका थिए ।
स्याफ्रु बजारदेखि माथि (उत्तर तर्फ) भिरालो भार्खु गाउँस्थित पुर्खौली घरबाट करोडौं मूल्यको होटल व्यवसायसम्मको प्रगतिबाट खुशी हुनु भएका दावाफिन्जो परिवारको खुशी भदौ १० गतेबाट सकियाे ।
होटल मात्र होइन, छोरा फुर्पासाङ, बुहारी छेटिन, नाति टिन्टु छिरिङ, नातिनी बुहारी याङ्जी, पनाति कल्साङ र एक जना काम गर्ने मान्छे समेत बाढीले बेपत्ता भए ।
सरकारी अभिलेख अनुसार बाढीबाट हालसम्म १२५९ जनाको मृत्यु भएको तथ्याँक छ । अझै ५०५३ जना सम्पर्कविहिन छन् ।
उनीहरु एक हप्ता भार्खु बस्ने गरी त्यहाँ पुगेका थिए । त्यही कारण दावा दम्पत्ति बच्न सफल भए । तर सय वर्ष नजिकको उमेरमा आफूहरू बाँचेर आफ्नै तीन पुस्ता गुमाउनुको पीडा उहाँ व्यक्त नै गर्न सक्नु हुन्न ।
दावाफिन्जो तामाङको ‘भेडिगोठ देखि राष्टिय पञ्चायतसम्म’ नामको जीवनीमूलक पुस्तक प्रकासित छ । पुस्तकमा उहाँले जीवनमा गरेका परम्परागत संघर्षदेखि समस्याहरूको फिहरिस्त प्रस्तुत गरेका छन् । तर पुस्तकमा यस्तो संकटको कतै बर्णन छैन ।
बुढेसकालमा पाँच जनाकाे साेकमा परेका तामाङप्रति समवेदना मृतक प्रति हार्दिक भावपूर्ण श्रदाञ्जली ।

No comments:
Post a Comment