ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Wednesday, December 18, 2024

सामुदायिक वनमा संगठन सुदृढीकरण तथा छलफल कार्यक्रम


रसुवा, सामुदायिक वन उपभोक्ता महासंघ रसुवाले स्थानीय महासंघ बैठक तथा संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न गरेको छ । 

गोसाइकुण्ड गाउँपालकामा स्थायीय महासंघका भएको कार्यक्रममा जिल्ला महासंघका अध्यक्ष हेमनाथ खतिवडा, कोषाध्यक्ष न्हिमाटासी तामाङले सामुदायिक वन उपभोक्ता समुहले बिधान र कार्ययोजना अनुरुप लेखा परिक्षण वार्षिक साधारण सभा, प्यान र आयव्याय सार्वजनिक गर्ने तथा नियमित बैठक गरी नियमानुसार सञ्चालन हुनुपर्नेमा जोड्दिए । 

महासंघ तथा डिभिजन वन कार्यालयसँग समन्वय गरेर समुहलाइ गतिशील बनाउनु पर्ने र सीप तथा क्षमता अभिबृद्धि, बृक्षरोपण तथा संरक्षणको काममा सहयोग गर्नुपर्ने सहभागीहरूले बताए ।  

कार्यक्रममा सहभागी पासाङ तामाङले रसुवागढी जलविद्युत आयोजनाले तार ताने वापतको संझौता अनुसारको रकम भुक्तानी नगरेको बताए । 

स्थानीय दावायाङजेन तामाङले धेरैजसो समुहको वन कार्यालयोजना पुनरावलोकन गर्न नसकेकोको बताइन् । उनले समूहको आम्दानी नहुने र डिभिजन वन कार्यालयको कार्ययोजनामा नपरेको कारण यहाँका उपभाेक्ता समुहहरु पछि परेको बताइन् । 

“वनको दिगो व्यवस्थापनको लागि सामुदायिक अधिकार, उद्यमशीलता र सशक्त सङ्गठन समृद्धिको आधार” भन्ने नाराका साथ सामुदायिक वन उपभोक्ता महासंघ नेपालको सहयोगमा स्थानीय महासंघ बैठक तथा संगठन सुदृढीकरण कार्यक्रम रसुवाको ५ वटै गाउँपालिकामा रहेकाे स्थानीय महासंघमा सम्पन्न भएको जिल्ला महासंघले जनाएकाे छ  ।




Monday, December 9, 2024

लैङ्गिक हिसा बिरुद्धको १६ दिने अभियान : ¥याली, सभा तथा हस्ताक्षर संकलन अभियान


रसुवा, लैङ्गिक हिसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत रसुवामा बिभिन्न सामाजिक संस्थाहरुले संयुक्त रुपमा उत्तरगया गाउँपालिकामा ¥याली, सभा तथा हस्ताक्षर संकलन अभियान थालेका छन् । 

‘हामी सबैको प्रतिवद्धता : लौङ्गिक हिंसा अन्त्यको लागि एक्यवद्धता’ भन्ने नाराका साथ बेत्रावती बजारबाट निस्केको अनुपम अभियान ¥याली कैदलेटारहुँदै खाल्टे स्थित गाउँपालिका पुगेर सभामा परिणत भयो । 

नागरिक संस्थाहरुको हस्ताक्षर संकलन अभियानमा उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याल, उपाध्यक्ष चमेली गुरुङ र वडा अध्यक्षहरु मारसिं तामाङ, टुकु सुवेदी, यमनाथ आचार्य, अमर बुलुनलगायत कार्यपालिका सदस्यहरु, गाउँसभा सदस्यहरु, कर्मचारीहरु, गैसस महासंघ, सामुदायिक वन उपभोक्ता महासंघका प्रतिनिधिहरुले एक्यवद्धता जनाउदै हस्ताक्षर गरी सभाको सुरु भयो । 

साे सभामा अधिकारकर्मी हेमनाथ खतिवडा, गायत्री लामिछाने, टेवा नेपालकी संगीता प्रेमी, वडा अध्यक्षहरू सुकु सुवेदी, यमनाथ आचार्य, अमर बुलुन, गाउँपालिका उपाध्यक्ष चमेली गुरुङ, गाउँपालिका अध्यक्ष मावअप्रसाद अर्याललगायतका बक्ताले महिला अधिकारको रक्षाका लागि गाउँ, घर र समाज सचेत हुनुपर्ने, महिलालाइ अघि बढाउन, दक्ष बनाउन सीप विकास तथा आय मुलक काममा जोड् दिनुपर्ने बताए ।  

‘हामी सबैको प्रतिवद्धता ः लौङ्गिक हिंसा अन्त्यको लागि एक्यवद्धता’ भन्ने नाराका साथ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत सामाजिक संस्थाहरुले संयुक्त हस्ताक्षर संकलन अभियान गरेका थिए । । 

सामुदायिक वन उपभोक्ता महासंघ, गैसस महासंघ, मानव अधिकार एलाइन्स, कालिका हिमालय एसएलसी २०५६ ब्याच, नेपाल स्वयमसेवी रक्तदाता समाजलगायतका सामाजिक संस्थाहरुले लैङ्गिक हिसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत हस्ताक्षर संकलन गरेका हुन । 

 


Sunday, December 8, 2024

जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्यसुदृढीकरणको लागि सचेतना मूलक अभिमुखीकरण सम्पन्न

 


रसुवा, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्यसुदृढीकरणको लागि सचेतना मूलक अभिमुखीकरण कार्यक्रम मंसिर २३ गते नाैकुण्ड गाउँपालिकामा सम्पन्न भयाे । 

राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अन्य राष्ट्रिय सरोकारवालाहरूसँगको सहकार्यमा हरित जलवायु कोषको सहायतामा गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना क्षेत्रमा संकटासन्न समुदाय तथा पारिस्थतिकीय प्रणालीको जलवायु उत्थानशीलता सुधार ल्याउने, जलवायुजन्य विपद्, जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य, प्रकृतिमा आधारित समाधान, जलवायु उत्थानशिलता, जलवायु कोडिङलगायतका विषयहरूमा स्थानीय सरकार र नागरिक समाजका प्रतिनिधिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएकाे गैसस महासंघ रसुवाका काेषाध्यक्ष गायत्री लामिछाने रिमालले बताइन् । 

सहभागीहरू सामुदायिक वन उपभाेक्ता महासंघ नाैकुण्ड स्थानीय महासंघका शारदा गुरूङले जलवायु परिवर्तनले अहिले नै पानीकाे मूल सुक्दै गएकाेले पानीकाे समस्या देखा गर्न थालेकाे बताइन् । गाउँ कार्यपालिका सदस्य सुमिना नेपालीले जलवायु परिवर्तन बारे धेरै नयाँ कुरा थाहा भएकाे बताइन् । 

गाउँपालिका उपाध्यक्षा चन्द्रबहादुर तामाङले थाहा नपाउने गरी वातावरणमा असर परेकाे छ । यस्ताे समस्या र असर कम गर्ने गरी बजेट ल्याउन हाम्राे ध्यान जानुपर्ने बताए । उनले कार्यक्रम ल्याएकाेमा गैसस महासंघलाइ धन्यवाद दिए । 

नाैकुण्ड गाउँपालिका अध्यक्ष नुर्पुसाङबाे घलेलगायत सहभागीले कार्यक्रममा धारणा राख्दै जलवायु परिवर्तन अहिलेकाे निकै जल्दाेबल्दाे विषय भएकाेले सबैले सचेत हुनुपर्ने बताए ।  अध्यक्ष  घलेले समयमा हिउँ तथा पानी नपर्ने जस्ताे समस्या देखा परेकाे वातावरण संरक्षण र वनमा हुने डँढेलाे नियन्त्रण गर्नुपर्ने बताए । कार्यक्रममा गाउँ पालिका, जनजाति, विपद ब्यवस्थापन काेष, मध्यवर्ती तथा सामुदायिक वन समुहकाे प्रतिनिधित्व रहेकाे थियाे । 

जलवायु परिवर्तनकाे कारण, प्रभाव र ‌असर, नेपालले गरेका प्रयास , क्षेत्रगत रुपमा अनुकूलनका उपायहरू, जलवायु सम्बन्धि कोडिङ्ग विधि, स्थानीय तहमा जलवायु परिवर्तनको मुद्दा, वातावरण संरक्षण तथा  विपद् व्यवस्थापन,सामाजिक समावेशीकरणलगायत विषयमा गैसस महासंघ नेपाल जिल्ला शाखा, रसुवाकाे आयोजनामा भएको कार्यक्रममा सहजकर्ता हेमनाथ खतिवडा र गायत्री लामिछाने रिमालले सहजिकरण गरेका थिए । 



सुन जस्तो देखिने पहेंलो धातु सहित एकजना गिरफ्तार

 


रसुवा, सुन जस्तो देखिने पहेंलो धातु सहित एकजना  प्रहरीले  गिरफ्तार मंसिर २३ गते गरेकाे छ ।  

गोसाईकुण्ड गापा वडा नं. ०२ मा मित्र राष्ट्र चीनको केरुङबाट नेपालतर्फ आउदै गरेको पैदलयात्री जिल्ला रसुवा गोसाईकुण्ड गा.पा वडा नं. ०१ थुमन बस्ने वर्ष ४१ को मिङमार छिरिङलाई प्रहरीले गिरफ्तार गरेकाे हाे । 

इलाका प्रहरी कार्यालय टिमुर रसुवा र प्रहरी चौकी रसुवागढीबाट खटिएको प्रहरी टोली, रसुवा भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा निजको साथबाट एक थान बेरुवा औठी र कम्मरमा बाध्ने छालाको जस्तो देखिने कम्मर पेटी (वेल्ट) को बकल सुन जस्तो देखिने पहेंलो धातुको बनाई बाहिर कालो रङ लेपन गरी कम्मरमा बाधेर लुकाई छिपाई ल्याएको अन्दाजी २४७.९७ ग्राम रहेकाे छ । 

जसकाे मुल्य रु. ३१,८२,५७०.९६ को सुन जस्तो देखिने पहेलो धातु र मानिस सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि रसुवा भन्सार कार्यालय टिमुरे रसुवामा बुझाईएको प्रहरीले जनाएकाे छ । 

Saturday, December 7, 2024

लैङ्गिक हिसा बिरुद्ध हस्ताक्षर संकलन अभियान




रसुवा , लैङ्गिक हिसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत रसुवामा बिभिन्न सामाजिक संस्थाहरुले संयुक्त रुपमा कालिका गाउँपालिकामा हस्ताक्षर संकलन अभियान थालेका छन् । 

‘हामी सबैको प्रतिवद्धता : लौङ्गिक हिंसा अन्त्यको लागि एक्यवद्धता’ भन्ने नाराका साथ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत सामाजिक संस्थाहरुले आज कालिका गाउँपालिकामा हस्ताक्षर संकलन अभियान थालेका हुन् । 

सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला तथा स्थानीय महासंघ, गैसस महासंघ, मानव अधिकार एलाइन्स, कालिका हिमालय एसएलसी २०५६ ब्याच, मानव अधिकार तथा सामुदायिक विकास स्राेत केन्द्र, नेपाल स्वयमसेवी रक्तदाता समाजलगायतका सामाजिक संस्थाहरुले लैङ्गिक हिसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत हस्ताक्षर संकलन गरेका हुन् । 




Wednesday, December 4, 2024

बागमती प्रदेशका वन मन्त्री समक्ष माग पत्र पेस


रसुवा, बागमती प्रदेशका वन तथा वातावरण मन्ती कृष्णप्रसाद सिलवाल समक्ष आमाछोदिङमो गाउँपालिकामा स्थानीयले सामुदायिक वन पुनस्थापना गर्न माग पत्र पेस गरेका छन् । 

आमाछोदिङमो गाउँपालिका-३ को गतलाङमा भएको एक कार्यक्रममा सामुदायिक वनका पदाधिकारी तथा जनप्रतिनिधिहरूले माग पत्र पेस गरेका हुन् । 

सामुदायिव वन उपभाेक्ता समुहका तर्फबाट प्रताप तामाङ र जनप्रतिनिधिका तर्फबाट स्थानीय वडा सदस्य  निमा काल्तेन तामाङले मन्त्री समक्ष छुट्टाछुट्टै माग-पत्र पेस गरेका थिए । 

डिभिजन वन कार्यालय धादिङ र रसुवाका कार्यालय  प्रमुख, सामुदायिक वन उपभाेक्ता महासंघका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, सामुदायिक वन उपभाेक्ता समुह, राजनीतिक दलका प्रतिनिधि सहभागी कर्यक्रममा ज्यार्सा गोठेन र बोङजोमाने सामुदायिक वनमा १५ वर्ष अघिदेखि लागेको डँढेलोले नष्ट भएको ३ सय ६४ हेक्टर सामुदायिक वनमा हराभरा बनाउन सरकारले योजना बनाउनु पर्ने, पर्यापर्यटन तथा पार्वतीकुण्ड संरक्षाण र वन ब्यवस्थापनमा जोडदिनुपर्ने माग राखेका हुन् । 

जिल्ला समन्वय समितिका प्रमुख अशाेक घिमिरेले लामाे समयदेखि डँढेलाे लागेर ध्वत वनलाइ हराभरा बनाउन सामुदायिक वन पुनस्थापना गर्न र वन तथा वातावरण संरक्षण गरी जनताकाे जिविकामा सुधार ल्याउनुपर्ने बताउनुभयाे । 

गाउँपालिका उपाध्यक्ष चण्डिका तामाङ तथा जनप्रतिनिधिहरू र स्थानीयले मन्त्रीलाइ स्वागत गरेका थिए । मन्त्री सिलवालले जनताका जायज माग रहेकाे र यस्ताे माग पूरा गर्न बागमती प्रदेश  सरकारले ध्यान जाने र चाँढै विज्ञ सहितकाे टाेली गठन हुने बताउँनुभयाे । 

कार्यक्रममा धादिङका पूर्व सांसद खेम लाेहनी, जिल्ला समन्वय समितिका उप प्रमुख विजय लामा, नेकपा एमाले रसुवा जिल्ला कमिटी सचिब पेम्पा लामा, सामुदायिव वन उपभाेक्ता महासंघ रसुवा, स्थानीय वन समुहका प्रतिनिधहरूलगायत सहभागी थिए । 


    स्थानीय उपभोक्ता समुहका तर्फबाट मागपत्र पेस गर्दै


Friday, November 29, 2024

प्रदेश स्वास्थ्य मन्त्री किरण थापा रसुवामा

 



रसुवा, बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले मंसिर १० गते बागमती प्रदेश सरकारकाे नेतृत्वमा रहेकाे स्वास्थ्य मन्त्रालयका टाेली सहित रसुवा भ्रमणमा रहेका छन् ।

टाेलीले रसुवाकाे सेवा प्रबाहकाे अवस्था बारे जानकारी लिएकाे छ । अस्पताल,जिल्ला जनस्वास्थ्य कार्यालय,आयुर्वेद तथा वैकल्पिक चिकित्सालयकाे अनुगमन गरी यहाँकाे समस्यालाइ पहिलाे प्राथमिकतामा राख्ने समेत बताए ।

मन्त्री थापाले संघ, प्रदेश, स्थानीय तहकाे सहयोग र समन्वयकाे प्रयासलाई निरन्तरता सहित अनुगमनका क्रममा अस्पताल भवन निर्माण प्रक्रिया अघि बढाउने, कर्मचारी आवास गृह निर्माणलाई विशेष प्राथमिकताको साथ अगाडि बढाउने, अस्पताल, जनस्वास्थ्य कार्यालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको संयुक्त डिपिआर तयारी गर्ने बताए । उनले कर्मचारी आवास निर्माणको विषयमा मन्त्रीले विशेष प्राथमिकताका साथ निर्देशन समेत दिए ।

जिल्ला समन्वय समिति र स्थानीय सरकारले मन्त्रीकाे स्वागत गरेका थिए ।