'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

लैङ्गिक हिसा बिरुद्धको १६ दिने अभियान : ¥याली, सभा तथा हस्ताक्षर संकलन अभियान


रसुवा, लैङ्गिक हिसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत रसुवामा बिभिन्न सामाजिक संस्थाहरुले संयुक्त रुपमा उत्तरगया गाउँपालिकामा ¥याली, सभा तथा हस्ताक्षर संकलन अभियान थालेका छन् । 

‘हामी सबैको प्रतिवद्धता : लौङ्गिक हिंसा अन्त्यको लागि एक्यवद्धता’ भन्ने नाराका साथ बेत्रावती बजारबाट निस्केको अनुपम अभियान ¥याली कैदलेटारहुँदै खाल्टे स्थित गाउँपालिका पुगेर सभामा परिणत भयो । 

नागरिक संस्थाहरुको हस्ताक्षर संकलन अभियानमा उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याल, उपाध्यक्ष चमेली गुरुङ र वडा अध्यक्षहरु मारसिं तामाङ, टुकु सुवेदी, यमनाथ आचार्य, अमर बुलुनलगायत कार्यपालिका सदस्यहरु, गाउँसभा सदस्यहरु, कर्मचारीहरु, गैसस महासंघ, सामुदायिक वन उपभोक्ता महासंघका प्रतिनिधिहरुले एक्यवद्धता जनाउदै हस्ताक्षर गरी सभाको सुरु भयो । 

साे सभामा अधिकारकर्मी हेमनाथ खतिवडा, गायत्री लामिछाने, टेवा नेपालकी संगीता प्रेमी, वडा अध्यक्षहरू सुकु सुवेदी, यमनाथ आचार्य, अमर बुलुन, गाउँपालिका उपाध्यक्ष चमेली गुरुङ, गाउँपालिका अध्यक्ष मावअप्रसाद अर्याललगायतका बक्ताले महिला अधिकारको रक्षाका लागि गाउँ, घर र समाज सचेत हुनुपर्ने, महिलालाइ अघि बढाउन, दक्ष बनाउन सीप विकास तथा आय मुलक काममा जोड् दिनुपर्ने बताए ।  

‘हामी सबैको प्रतिवद्धता ः लौङ्गिक हिंसा अन्त्यको लागि एक्यवद्धता’ भन्ने नाराका साथ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत सामाजिक संस्थाहरुले संयुक्त हस्ताक्षर संकलन अभियान गरेका थिए । । 

सामुदायिक वन उपभोक्ता महासंघ, गैसस महासंघ, मानव अधिकार एलाइन्स, कालिका हिमालय एसएलसी २०५६ ब्याच, नेपाल स्वयमसेवी रक्तदाता समाजलगायतका सामाजिक संस्थाहरुले लैङ्गिक हिसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत हस्ताक्षर संकलन गरेका हुन । 

 


Share on Google Plus

About हेमनाथ खतिवडा

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Site Comment
    Facebook Comment

0 Comments :

Post a Comment

• Articles • Book Introduction • Culture • Bhajan • Songs /Music