सुन जस्तो देखिने पहेंलो धातु सहित एकजना गिरफ्तार

 


रसुवा, सुन जस्तो देखिने पहेंलो धातु सहित एकजना  प्रहरीले  गिरफ्तार मंसिर २३ गते गरेकाे छ ।  

गोसाईकुण्ड गापा वडा नं. ०२ मा मित्र राष्ट्र चीनको केरुङबाट नेपालतर्फ आउदै गरेको पैदलयात्री जिल्ला रसुवा गोसाईकुण्ड गा.पा वडा नं. ०१ थुमन बस्ने वर्ष ४१ को मिङमार छिरिङलाई प्रहरीले गिरफ्तार गरेकाे हाे । 

इलाका प्रहरी कार्यालय टिमुर रसुवा र प्रहरी चौकी रसुवागढीबाट खटिएको प्रहरी टोली, रसुवा भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा निजको साथबाट एक थान बेरुवा औठी र कम्मरमा बाध्ने छालाको जस्तो देखिने कम्मर पेटी (वेल्ट) को बकल सुन जस्तो देखिने पहेंलो धातुको बनाई बाहिर कालो रङ लेपन गरी कम्मरमा बाधेर लुकाई छिपाई ल्याएको अन्दाजी २४७.९७ ग्राम रहेकाे छ । 

जसकाे मुल्य रु. ३१,८२,५७०.९६ को सुन जस्तो देखिने पहेलो धातु र मानिस सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि रसुवा भन्सार कार्यालय टिमुरे रसुवामा बुझाईएको प्रहरीले जनाएकाे छ । 

Comments

Popular posts from this blog

कालिका हिमालय माध्यमिक विद्यालयले स्वर्ण उत्सव मनाउदै

लोपोन्मुख पञ्चेबाजा संरक्षणामा महिला जुटे

कालिका हिमालय माविकाे स्वर्ण जयन्तीमा संचारकर्मीहरू पूर्व विद्यार्थी तथा समाजसेवीहरू सम्मानित