ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Wednesday, May 29, 2024

रसुवागढीकाे सेयर डिम्याट खातामा

रसुवागढीकाे सेयर  डिम्याट खातामा

रसुवा, हजुरले रसुवागढीकाे सेयरका भर्नु भएको थियाे ? सेयर तपाइकाे डिम्याट खातामा आयो त ?  रसुवागढी जलविद्युत कम्पनीकाे स्थानीयलाइ प्रदान गरिएकाे राइट सेयर मेराे सेयरमा आउन थालेकाे  छ । 

अब ३ वर्ष लक पिरिएड रहेपनि अब कम्पनीले लाभग्राहीको मेरो सेयर खातामा ट्रान्सफर गरेको छ । ३ दिन अघिदेखि कम्पनीले ट्रान्सफर गरेकाे सेयर मेरो सेयर खातामा छ चेक गर्नुहाेला  । 

साे सेयर ०६२ भदौसम्म बिक्री गर्न भने पाइने छैन । तीनवर्ष लकइन समय सकेपछि मात्र बिक्री गर्न पाइने रसुवागढी जलविद्युत कम्पनीले जनाएकाे छ । कम्पनीकाे साधारणसभा असार ११ गते बस्ने छ । 

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीयबासीका लागि छुटयाइएको  शेयरको लकइन खुल्ला गरिदिन धितोपत्र बोर्डमा अनुरोध समेत गरेको थियो । सो सम्बन्धमा बोर्डबाट कुनै प्रतिक्रिया नआएकाले कम्पनीले स्थानीयबासीको शेयर सिडिएस एण्ड क्लियरिङ लि. मा दर्ता तथा नेपाल स्टक एक्सचेन्ज लि. मा सूचिकरण गर्ने निर्णय गरेको हो ।

लामो समयसम्म  आफुले खरिद गरेको शेयर डिम्याट खातामा नआउँदा जनतामा कौतुहलता बढ्न नदिन समाजमा भ्रमकाे राजनीति भइरहको र डिम्याट खातामा ट्रान्फर गरिदिन कम्पनीलाई अनुरोध समेत हुँदै आएकाले बाँडफाँड भएको मिति २०७९ भदाै २८ देखि ३ वर्ष २०८२भदाै २७ गतेसम्म बेच्न नमिल्ने भएता पनि आफनो लगानीको शेयर आफनो खातामा देख्न पाउँदा ढुक्क महसुस हुने भएकाले कम्पनीले लकइन अवधि समाप्त भए पश्चात स्वतः बिक्री वितरण गर्न मिल्ने गरी नेपाल स्टक एक्सचेन्ज लि.मा सूचिकरण समेत गरिसकेको रसुवागढी जलविद्युत कम्पनीका कम्पनी सचिव नरनाथ न्याैपानेले बताए ।   

कालिका गाउँपालिका बढी बेरुजु, उतरगयामा सबैभन्दा कम

कालिका गाउँपालिका बढी बेरुजु,  उतरगयामा सबैभन्दा कम

रसुवा, पाँचवटा गाउँपालिका रहेको रसुवाको जिल्लामा सबैभन्दा बढी बेरुजु कालिका गाउँपालिकामा देखिएको छ । महालेखा परीक्षकको कार्यालयले ६१ औँ वार्षिक प्रतिवेदन स्वरूप आर्थिक वर्ष २०७९र८० को लेखाजोखा प्रतिवेदन विवरणमा सबैभन्दा भन्दा बढी बेरुजु कालिका गाउँपालिका र सबैभन्दा कम उतरगयामा देखिएको हो । 

कालिकाको बेरुजु ४ दशमलव २४ प्रतिशत रहेको छ । उतरगयाको सबैभन्दा कम बेरुजु शून्य दशमलव ६० प्रतिशत रहेको छ । यस्तै गोसाईंकुण्ड गाउँपालिकाको बेरुजु १ दशमलव ८५ प्रतिशत छ भने नौकुण्ड गाउँपालिकाको २ दशमलव २३ प्रतिशत रहेको छ । 

आमाछोदिङमो गाउँपालिकाको बेरुजु ३ दशमलव ५३ प्रतिशत रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । कार्यालयले देशैभरिका ७ सय ५३ मध्ये ४ सय ४८ गाउँपालिकाहरूको बेरुजु सार्वजनिक गरेको छ । 


 

Tuesday, May 28, 2024

रेलमार्ग विकासका लागि ३ अर्ब ८८ करोड बजेट



रसुवा,  सरकारले केरुङ काठमाडौं लगायत रेलमार्ग विकासका लागि ३ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेको छ। 

मंगलबार आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले जयनगर–बर्दिवास रेलमार्ग अन्तर्गत विजलपुरा बर्दिवास खण्ड तथा बथनाहा विराटनगर खण्डमा जग्गा प्राप्तिको कार्य सम्पन्न गर्ने घोषणा गरे। 

‘पूर्व पश्चिम विद्युतीय रेलमार्गको बर्दिबास चोचा खण्डको निर्माणाधीन कार्य सम्पन्न गरिनेछ। केरुङ काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरिनेछ,’ उनले भने, ‘रेलमार्ग विकासका लागि ३ अर्ब ८८ करोड विनियोजन गरेको छु।’ निर्माणाधीन रसुवागढीमा सुख्खा बन्दरगाह निर्माणका लागि पनि सम्पन्न हुने बजेटमा उल्लेख छ । 

रसुवाका ६ युवाले गरे सगरमाथा आरोहण


रसुवा, नौकुण्ड गाउँपालिका–६ घोर्मुका छिरिङ (सज्जन) घलेले विश्वको सर्वोच्च शिखर सगरमाथाकाे आरोहण गरेका छन्। उनले एक फ्रान्सेली नागरिकसँगै सगरमाथा आरोहण गरेका हुन्। 

लामो समयदेखि पर्यटक पथप्रर्दशका रुपमा काम गर्दै आएका युवा सज्जनले सफल आरोहणपछि आफ्नो तेस्रो प्रयास तथा दोस्रो पटकको सफल आरोहण भएको बताए। 

उनले ०७९ वैशाख ३० गते  नौकुण्ड गाँउपालिकाबाट सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति भएका थिए । यसअघि उनले दर्जन हिमालको आरोहण गरेकाे थिए ।  

त्यसै गरी कालिका गाउँपालिका–१ का ४ युवाले पनि एकै पटक सगरमाथा आरोहण गरेका वडा अध्यक्ष दावा तामाङले जानकारी दिए। स्थानीय मिङमार तामाङ, लालबहादुर तामाङ, साङमिङमार तामाङ, सिङ्गी स्याङबा तामाङ र जीतबहादुर तामाङले विश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन्।



Monday, May 27, 2024

आगलागी र वातावरण



शैली खतिवडा

प्राकृतिक सौन्दर्यले भरपुर नेपाल विश्वको दोस्रो र दक्षिण एसियाको पहिलो वन सम्पदाको धनी देश पनि हो । ‘हरियो वन नेपालको धन’ भन्ने प्रचलन यतिकै भनिएको होइन । नेपालमा वनजङ्गलको महत्व धेरै छ । विश्वव्यापी वातावरण सन्तुलन कायम राख्नका लागि नेपालको वनको ठूलो महत्व छ । 

जडीबुटी औषधीको महत्वपूर्ण स्रोत वन क्षेत्र नै हो । नेपाल विश्वमा जैविक विविधताका हिसाबले २५ औँ र एसियाको ११ औँ धनी राष्ट्र हो । हावापानीको विविधताले नेपाल विश्वमै परिचित छ । देशको कुल भूभागको करिब झन्डै ४५ प्रतिशत क्षेत्रफल वनजङ्

गलले ओगटेको भए पनि सही रूपमा प्राकृतिक स्रोत र साधनको सदुपयोग नहुँदा विदेशबाट अर्बौंको काठ आयात गर्नुपर्ने बाध्यता रहेको छ भने अर्कोतर्फ गर्मीयाममा हरेक वर्ष अर्बको काठ जलेर, सडेर खेर गइरहेको छ ।

हाम्रो सम्पदा यी वनजङ्गलमा अहिले डढेलो लागेर विनाश भइरहेको छ । वनमा प्रवेश गर्दा, वनभोज जाँदा जथाभाबी आगो सल्काउँदा, चुरोट, बिँडी, सलाइका काँटी ननिभाई वनमा फ्याँक्दा वनमा डढेलोले प्राकृतिक सौन्दर्य पनि कुरूप भइरहेको छ । साथीहरू आगोका कारण वनमा भएका रुख मात्र जल्दैनन् ।

कलिला मुना, बोटबिरुवा, ठुला रुख, हजाराैं चराचुरुङ्गी, वन्यजन्तु उनका बासस्थान एकै छिनमा ध्वस्त हुने गर्छ । अहिले डढेलोको प्रकोप बढिरहेको छ । जति गर्मी बढ्यो उति आगलागीको सम्भावना बढ्छ ।

गर्मीको मौसममा आगलागीको घटना नभएको दिनै हुँदैन । बालबालिका र भान्सामा काम गर्ने मानिस आगोको जोखिममा बढी हुन्छ । साथीहरू हामीले पनि यसबारे कसरी सुरक्ष्ाित रहने भन्ने बुझ्नु पर्छ । हिउँदको

समयमा पर्ने चट्टानका कारण ठुला रुखमा क्षति पुगेको छ । वनजङ्गलमा डढेलो लगाउने व्यक्तिलाई सम्बन्धित सरकारी निकायको सहयोगमा कानुनी दायरमा ल्याउन नसक्नु नै वन डढेलोको मुख्य कारण हो । आगोका कारण वनमा भएका रुख मात्र जल्दैनन् । कलिला मुना, बोटबिरुवा, ठुला रुख, हजाराैं चराचुरुङ्गी, वन्यजन्तु उनका बासस्थान एकै छिनमा ध्वस्त हुने गर्छ । अहिले डढेलोको प्रकोप बढिरहेको छ । 

कक्षा १०

श्री कालिका हिमालय मावि रसुवा

मुना मासिकबाट



स्थानीय साबुन रसुवा र नुवाकाेटकाे बजारमा

स्थानीय साबुन रसुवा र नुवाकाेटकाे बजारमा

रसुवा, नुवाकाेट र रसुवाकाे बजार लक्षित गरी स्थानीय साबुन उद्योग संचालनमा आएको छ । राष्ट्रिय सहकारी महासंघका केन्द्रीय उपाध्यक्ष तथा नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य डि बी बस्नेतले एक कार्यक्रमका बीच नुवाकाेटकाे कृपाशिल सहकारीद्धारा संचालनमा आएको कृपाधुन साबुन उद्योगकाे उद्घाटन गरे । 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष बस्नेतले सहकारीद्धारा उद्योग संचालन गर्न नीति नियमले निकै अफ्ट्यारो पारेकोे बताउदै तत्काल ऐन संसोधन गर्न नेपाल सरकार समक्ष मागपत्र पेस गरेकाे बताए । 

बस्नेतले नुवाकोटमै पहिलो पटक सहकारीको तर्फबाट उद्योग सुरु भएकाेमा प्रशंसा गर्दै उनले स्थानीय सरकारले स्थानीय उद्योग स्थापना तथा संचालनमा बिशेष सहयोग र नियमित अनुगमन गर्नु पर्नेमा जाेड्दिए । 


कुल पैसठ्ठी लाख रूपैयाँ बराबरको लगानीमा संचालनमा आएको उद्योगमा १ सय आठ जना शेयर सदस्यहरू रहेको छन् भने ८ जनाले दैनिक प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । भैरबी साबुनको बजार नुवाकोट र रसुवा रहेको उद्योगका ब्यवस्थापक नारायणप्रसाद नेपालले जानकारी दिए । 

कृपाधुन कम्पनीबाट उत्पादन भएको भैरबी साबुन कपडाधुने साबुन अधिकांश नागरिकहरूले अत्याधिक रुचाएको बताए ।  गत फागुनदेखि परीक्षण उत्पादन सुरु भएकाे उद्योगले छोटो समय मै ५ लाख रुपैँयाको साबुन बिक्री गरेको  ब्यावस्थापक नेपालले जानकारी  दिए । 



Friday, May 24, 2024

कुबेतमा हराएकी कमलाकाे खाेजी हुँदै

रसुवा, कुबेतमा ११ दिनदेखि हराइरहेकी उत्तरगया गाउँपालिका -४ की २९ वर्षिया कमला वाइवाकाे खाेजी कार्य जारी रहेकाे छ । 

२१ महिना अघि राेजगारीका लागि कुवेत पुगेकी कमला वाइवा बेपत्ता भएपछि खाेजी कार्य जारी रहेकाे छ । सामाजिक अभियन्ता सावित्री अधिकारीले खाेजी गरिरहेकी छिन् । 

वाइवा समेत २६ जना कुवेतमा हराइरहेकाे सूचना छ । २१ महिनादेखि कुवेत बस्दै छाेरीले अन्यत्र काम  गर्ने वा नेपाल फिर्ता पठाइदिन भनेर पासपाेर्ट मागे पछि सम्पर्क विहीन भएकाे र अधिकारीकाे पहलमा खाेजी भइरहेकाे र खाेजीका लागि सक्दाे सहयाेग  गरिदिन कमलाका बाबु काजीमान वाइवाले सवैलाइ अनुराेध गरेका छन् ।