ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Saturday, April 13, 2024

पूर्वकार्य तथा प्रतिकार्यसम्बन्धि नमूना घटना अभ्यास सम्पन्न

पूर्वकार्य तथा प्रतिकार्यसम्बन्धी नमुना घटना अभ्यास सम्पन्न

रसुवा, उत्तरगया गाउँपालिकामा जिल्ला विपत् व्यवस्थापन रसुवाको आयोजना तथा प्रतिबद्ध परियोजनाको सहयोगमा चैत २० देखि २३ गतेसम्म मौसम पूर्वानुमानमा आधारित पूर्वकार्य तथा प्रतिकार्यसम्बन्धी नमुना घटना अभ्यास सम्पन्न भएको छ ।

कार्यक्रममा जल तथा मौसम विज्ञान विभागले गर्ने मनसुन बुलेटिन सातदिने, तीन दिने र विशेष मौसम तथा बाढीको बुलेटिनमा रही अभ्यास गरिएको थियो । उत्तरगया गाउँपालिकाको उच्च जोखिममा रहेका स्थानलगायत सम्पूर्ण स्थानमा सूचना प्रवाहको विषयमा स्थानीय विपत् व्यवस्थापन समिति, वडा तथा सामुदायिक विपत् व्यवस्थापन समिति, स्वयम्सेवक, युवा क्लब, आमा समूह, रेडक्रसलगायतका सरोकारवालालाई कसरी विपतपुर्व र विपत्पश्चात् परिचालन गर्न सकिन्छ र गर्ने गरिन्छ भन्नेबारेमा अभ्यास भएको थियो । 

विशेष जानकारी दिन र उत्तरगया गाउँपालिकाले तयारी गरेको विपत् पूर्वकार्य तथा प्रतिकार्य योजनाको मूल्याङ्कन गर्न, यस घटना अभ्यासबाट अवगत भएका कमी तथा सुधार्नुपर्ने कुरालाई आगामी आउने वर्षको योजनामा समावेश गर्न सहयोग पुग्ने बताइएको छ । 

मानिसमा सतर्कता कसरी अपनाउने, विपद्काे समयमा गर्नुहुने नहुने कार्यबारेमा जानकारी दिने साथै विपत्को समयमा जनप्रतिनिधिले खेल्नुपर्ने भूमिका, विषय क्षेत्रका कर्मचारी, सुरक्षा निकाय, सामुदायिक विपत् व्यवस्थापन समिति, रेडक्रस, युवा क्लब, आमा समूह, स्थानीयलगायत सम्पूर्ण सरोकारवालाले आ–आफ्नो ठाउँमा खेल्नुपर्ने भूमिकाबारे जानकारी गराइएको थियो । 

यस्तै, वडा नम्बर २ डाँडागाउँमा गरिएको कृत्रिम घटना अभ्यासमा जोखिममा रहेको लाम्चेढुङ्गा क्षेत्रका जोखिममा रहेका २१ परिवारलाई स्थानान्तरण, सवारी दुर्घटनाका घाइतेको उद्धार साथै प्राथमिक उपचार गरी अस्पतालसम्म लैजानेलगायतका अभ्याससमेत गरिएको थियो ।

उत्तरगया गाउँपालिका- ५ नौबिसे नयाँ बस्तीका पहिरोबाट जोखिममा रहेका १७ परिवारलाई पनि स्थानान्तरण साथै स्थानान्तरणपश्चात् अस्थायी बसोवासको प्रबन्ध साथै राहत समेत वितरण गरेको थियो । सोही क्षेत्रमा एक कुखुरा खोरमा भएको आगलागीको नियन्त्रण गरिएको थियो । अभ्यास कार्यक्रमका अनुभव साथै कार्यक्रमबारे चर्चा गर्दै गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालले समापन गरेका थिए । 

कार्यक्रम गाउँपालिका उपाध्यक्ष चमेली गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी गंगालाल योगी, प्रमुख प्रशासकीय अधिकृत दीपकप्रसाद अधिकारी, वडाध्यक्षलगायत स्थानीयलगायत सरोकारवालाको उपस्थितिमा सम्पन्न भएको हो ।

पूर्वकार्य तथा प्रतिकार्यसम्बन्धी नमुना घटना अभ्यास सम्पन्न

तेश्रो जूनतारा कप भलिबल सुरू

तेश्रो जूनतारा कप  भलिबल सुरू

रसुवा, आमाछोदिङमो गाउँपालिका वडा नं २ ग्रे मा तेश्रो जूनतारा कप रसुवा खुल्ला पुरुष भलिबल प्रतियगिता सुरु भएको छ ।

नयाँ वर्ष २०८१ सालको अवसरमा आयोजित तेश्रो जूनतारा कपमा रसुवा खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा स्थानीय गायन प्रतियोगिता साथै बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

प्रतियगितामा भलिबल तर्फबाट १३ टीम सहभागी  छन् ।  प्रथम हुनेलाई रू.८१,१११ ट्रफी, मेडल र प्रमापत्र क्रमशः दोश्रो हुनेलाई रू. ४१, १११ ट्रफी, मेडल र प्रमाणपत्र र तेश्रो हुने टीम खेलाडीहरूलाई रू .२१,१११ ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने जनाइएकाे छ । 

साथै बृहत सांस्कृतिक सांझमा राष्ट्रिय स्तरको कलाकार हरू, गायक विशाल कल्तान , गायिका जितु लोप्चन, गायक सुमन घले साथै मिस तामाङ २०८० तेश्रो रनर अप पेमा डोल्मा छेकपलको विशेष प्रस्तुती पनि रहने छ।

महिला स्वास्थ्य स्वयंसेविकालाई माेवाइल सेट वितरण

स्वास्थ्य स्वयम्सेविकालाइ माेवाइल सेट बितरण

रसुवा, ग्रामीण तहमा काम गर्ने  महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाइ माेवाइल सेट वितरण गरिएकाे छ । 

गोसाँकुण्ड गाउँपालिका- ५ स्याफ्रुबेंशी स्वास्थ्य चौकी अन्तर्ग‌तका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, ठूलोस्याफ्रु सामुदायिक स्वास्थ्य ईकाइ र स्याफ्रुबेशी स्वास्थ्य चौकीलाइ गोसाईकुण्ड गाउँपालिका स्वास्थ्य शाखाबाट प्राप्त मोवाइल सेट स्वास्थ्य संस्था ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष दावा मिङमार तामाङले एक कार्यक्रमका बीच बितरण गरेका हुन् ।

माेवाइल सेट बितरण भएपछि नियमित काम गर्न सजिलाे हुने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू बताउँछन् ।

Friday, April 12, 2024

ग्रामीण अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

ग्रामीण अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

कालिकास्थान, रसुवाको कालिका गाउँपालिका(५ जिबजिबेमा रहेको ग्रामीण अस्पताललाई नेप्लिज डाक्टर एसोसिएसन युकेले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

अस्पतालका जनस्वास्थ्य निरीक्षक उत्सव पौडेलका अनुसार डेन्टल क्याम्प एन्ड कम्युनिकेबल डिजिज स्क्रिनिङलगायत पोर्टेबल डेन्टल एक्सरे आरभपजी विथ ल्यापटप, २० केभिए क्षमताको जेनेरेटर, एइडीलगायतका सामग्री एसोसिएसनका अध्यक्ष डाक्टर सञ्जीव नेपालीले हस्तान्तरण गरेका हुन् । 

अस्पतालमा गुणस्तरीय सेवा प्रवाहका लागि नेप्लिज डाक्टर एसोसिएसन युकेले अस्पताललाई विभिन्न सामग्री वितरण गरेको वडाध्यक्ष सन्दीप पौडेलले जानकारी दिए । उक्त अस्पतालबाट जिल्लाको उत्तरगया, नौकुण्ड र कालिका गाउँपालिकाभित्रका गरिब र अतिविपन्न परिवारले सहज रूपमा सेवा पाउनेछन् । सो अवसरमा दाँतको उपचारबाट एक सय ४६ जनाले सेवा लिएका थिए । 

पासाङल्हामु राजमार्ग २४सै घण्टा सञ्चालनका गर्न माग

गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङको नेतृत्वको टोलीले रक्षामन्त्री हरिप्रसाद उप्रेती र सचिव किरणराज शर्मालाई ज्ञापनपत्र बुझाउँदै २४ सै घण्टा सवारीसाधन सञ्चालन हुने वातावरण बनाइदिन आग्रह गरेको छ ।


धुन्चे, रसुवा जिल्ला प्रवेश गर्ने पासाङल्हामु राजमार्ग र गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी सडकमार्ग लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षा पोस्टले राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने गरेको छ । 

निकुञ्जको कार्यक्षेत्रभित्र पर्ने यी दुईवटा सडक विगतदेखि नै राती ६ घण्टा बन्द हुँदै आइरहेका छन् । उक्त दुवै सडक २४सै घण्टा सञ्चालन गर्न गोसाइँकुण्ड गाउँपालिकाको तर्फबाट मंगलबार रक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।

गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङको नेतृत्वको टोलीले रक्षामन्त्री हरिप्रसाद उप्रेती र सचिव किरणराज शर्मालाई ज्ञापनपत्र बुझाउँदै २४ सै घण्टा सवारीसाधन सञ्चालन हुने वातावरण बनाइदिन आग्रह गरेको छ । निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाको सुरक्षा पोस्टले यी दुई खण्डको सडकमा ११ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालन र स्थानीयलाई आवत–जावतमा रोक लगाउँदै आएको छ । 

पासाङल्हामु राजमार्ग र बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा २४सै घण्टा सबै प्रकारको सवारीसाधन आवत–जावतको व्यवस्था नभएको, सुरक्षा चेक पोस्टको सङ्ख्या बढीमा तीन स्थानमा मात्रै हुनुपर्ने र एकीकृत रूपमा चेकजाँचको व्यवस्था मिलाई समाधान गरिदिन ज्ञापनपत्रमार्फत माग गरिएको अध्यक्ष तामाङले जानकारी दिए । 

बेत्रावतीदेखि रसुवागढी नाकासम्म करिब १५ वटा सुरक्षा चेकजाँच भएकाले समस्या भएको र एम्बुलेन्स तथा आपत्कालीन समयमा सुरक्षा निकायलाई सूचनापश्चात् मात्रै अनुमति पाउने गरेको उनले बताए । रातिको समयमा सडकमार्ग बन्द हुँदा चीनबाट आयतीत सामान भन्सार चेकजाँचपछि ६ घण्टा रोकिनुपर्दा व्यवसायीलाई लागत र समय बढी लाग्ने गरेको छ ।

एकपटक पुग्नै पर्ने गन्तव्य-धैबुङ कालिका


शैली खतिवडा

 

गोसाइँकुण्डको यात्रा गर्ने क्रममा कालिकामाईको दर्शन गर्नाले यात्रा सहज हुने र गोसाइँकुण्डबाट फर्कंदा कुण्डको जल कालिका मन्दिरमा चढाउँदा कालिका प्रसन्न भई भक्तजनले मागेको वरदान पाउने र दुःख–कष्ट नाश हुने विश्वास छ । 

कालिकामाई मन्दिर रसुवाको दक्षिणी भेगको कालिका गाउँपालिका–२ स्थित कालिका बजारनजिकै रहेको धार्मिक तथा पर्यटकीय गन्तव्य हो । यसलाइ धैबुङ कालिका पनि भन्दछन् । यहाँ बोका, कुखुरा, हाँस बलि दिने चलन पनि छ । मागेका कुरा पूरा हुने जनविश्वास रहिआएको छ । मन्दिरमा बडादसैँ तथा मुख्य चाडहरू र शनिबार धेरै भक्तजन पूजाआजा गर्न आउँछन् । 

गोसाइँकुण्डको यात्रा गर्ने क्रममा कालिकामाईको दर्शन गर्नाले यात्रा सहज हुने र गोसाइँकुण्डबाट फर्कंदा कुण्डको जल कालिका मन्दिरमा चढाउँदा कालिका प्रसन्न भई भक्तजनले मागेको वरदान पाउने र दुःख–कष्ट नाश हुने विश्वास छ । कालिका मन्दिर काठमाडौँबाट ९३ किलोमिटर सवारीसाधनको यात्रापछि पुग्न सकिन्छ । कालिका मन्दिर काठमाडौँबाट तीन वटा बाटो भएर पुग्न सकिन्छ कलंकी–नागढुङ्गा–गल्छी, टोखा–छहरे–सडक र बालाजु–माछापोखरी–ककनीको बाटो हुँदै पनि पुग्न सकिन्छ । 

 

मन्दिर रहेको स्थानबाट हेर्दा चाँदीझै टल्किने गणेश हिमाल र सातधारे हिमालको दृश्य,  ककनी, रानीपौवा, शिवपुरी, नुवाकोट, हिमालदेखि पहाड तथा समथर फाँटको दृश्यावलोकन गर्न सकिन्छ । 

विसं १८११ मा नेपाल–तिब्बतबिच युद्धका क्रममा तिब्बती सेनाले मन्दिरलगायतका क्षेत्र विजय प्राप्त गरेर मन्दिरमा बास बसे । विजयोत्सव मनाउँदै मन्दिरमा यत्रतत्र गाई काटेर भोज गरे । उनीहरूको कूकृत्यले देवी क्रूद्ध भई हावाहुरी, चट्याङसहित असिनापानीले तिब्बती सेना धेरै जनाको मृत्यु भई ठुलो क्षति भएको थियो । जसका कारण तिब्बती सेना त्रिशूलीमा होमिन पुगेको बुढापाकाको भनाइ छ । 

त्यसपछि बेत्रावती सन्धि भएको इतिहासमा उल्लेख छ । त्यसपछि बेत्रावती सन्धि विसं १८४९ भदौ ६ गते भएको इतिहासमा उल्लेख छ । त्यसबेलाको युद्धको अवशेषका रूपमा मन्दिर आसपासमा गढीहरू रहेका छन् । नजिकै घलेगढी, कमारेगढी जस्ता युद्ध सामग्री भण्डार गर्ने ढुङ्गे गुफा रहेका छन् । मन्दिर रहेको स्थानबाट हेर्दा चाँदीझै टल्किने गणेश हिमाल र सातधारे हिमालको दृश्य,  ककनी, रानीपौवा, शिवपुरी, नुवाकोट, हिमालदेखि पहाड तथा समथर फाँटको दृश्यावलोकन गर्न सकिन्छ । चारैतिर रमणीय हरियाली प्राकृतिक दृश्यले मन्दिर दर्शन गर्न आउँदा छुट्टै आनन्द हुने गर्छ । हाम्रो विद्यालयनजिकै रहेकोले हामी विद्यालय टिफिन वा खाली पिरियडमा खेल्दै घुम्दै मन्दिर पुग्छौँ ।        

गाेरखापत्र अनलाइन र २०८० माघकाे मुना मासिक पत्रिकाबाट साभार 




तीनवटा सामुदायिक वन कार्ययोजना हस्तान्तरण

तीनवटा सामुदायिक वन कार्ययोजना  हस्तान्तरण



रसुवा, उत्तरगया गाउँपालिका वडा नं २ र ३ का तीन वटा सामुदायिक वन उपभोक्ता समूहको वन कार्ययोजना तयार गरी हस्तान्तरण गरिएको छ ।

उत्तरगया गाउँपालिका–३ का वडा अध्यक्ष लालबहादुर लामा तामाङ, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय कोषाध्यक्ष शान्ता न्यौपाने र दिगो वन विकास संयोजक अर्जुन चापागाईंले संयुक्त रुपमा ३ वटा वन कार्ययोजना हस्तान्तरण गर्नुभएको हो ।

महासंघको सहयोगमा तयार भएको तथा डिभिजन वन कार्यालय रसुवाले प्रमाणीकरण गरेको गणेशढुङ्गा सामुदायिक वनका अध्यक्ष नरबहादुर गुरुङ, कोरेलीगौथली सामुदायिक वनका अध्यक्ष सिंगबहादुर तामाङ र छागाटुप्पा सामुदायिक वन उपभोक्ता समूहका बहादुर तामाङलाई संयुक्त रुपमा वन कार्ययोजना हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरित कार्ययोजना बुझ्दै छागाटुप्पा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बहादुर तामाङले जीवनभर आफुले जतन साथ हुर्काएको वनको अब नेतृत्व हस्तान्तरण गर्ने बताउनुभयो । ‘विधान संशोधन तथा कार्ययोजना नवीकरण भयो अब नेतृत्व हस्तान्तरण गर्छु ।’ उहाँले भन्नुभयो ।

कार्ययोजना हस्तान्तरणपछि भएको अन्तक्रियामा सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर गुरुङले समुदायकै सहभागीतामा बनेको भएपनि कार्ययोजना सबैले राम्ररी पढ्नु पर्ने बताउनुभयो ।

वडा अध्यक्ष लामाले सामुदायिक वन उपभोक्ता महासंघले बाँकी रहेका म्याद सकिएका अरु वन समुहको पनि कार्ययोजना निर्माणमा सहयोग गरिदिन अनुरोध गर्नुभयो ।

प्रमुख अतिथी केन्द्रीय कोषाध्यक्ष न्यौपानेले उपभोक्ता समूहको छाता संगठन भएको नाताले महासंघले स्थानीयको अधिकारका बारे पैरवी तथा आन्दोलन गर्दै आएको बताउनुभयो ।

तीनवटा सामुदायिक वन कार्ययोजना  हस्तान्तरण

दिगो वन विकास कार्यक्रम संयोजक चापागाईंले महासंघले देशभरका १२७ वटा स्थानीय तहका केही सामुदायिक वनमा सानो सहयोग गरेको बताउँदै सामुदायिक वन संरक्षणमा स्थानीय समुदायको ठूलो भूमिका रहेको र दिगो वन व्यवस्थापन तथा वनमा आधारित आयआर्जन मुलक काममा ध्यान दिनुपर्ने बताउनुभयो ।