रसुवा, भेटेकोशी बाढी पछि स्थानीयको श्रमदानबाट आमाछोदिङ्मो गाउँपालिकामा आवतजावत गर्न स्याफ्रुवेंसीमा काठेपुल निर्माण गरिए पनि ०८३ कार्तिक १३ गतेको बाढीले पुल बगाएको थियो ।
सडक सञ्जाल अवरुद्ध हुँदा आवातजावत गर्न र स्थानीय किसानहरूले उत्पादन गरेको नगदे बाली बजारसम्म पुर्याउन समेत कठिन भएको थियो । श्रमदाबाट काठेपुल भनेपनि बनेपछि केही राहत मिलेकाे गतलाङका ताजेन स्याङवाले बताए ।

गत वर्ष आमाछोदिङ्मो गाउँपालिकाका–२, ३, ४ र ५ बाट करिब ३ करोड रुपियाँ बराबरको तरकारी निकासी भएको थियो । त्यस्तै, यस वर्ष उत्पादन बढेर करिब ६ करोड रुपियाँ बराबरको तरकारी बजार पठाउने तयारी थियो । तर, बाढी आएको दुई महिना बढी बितिसक्दा पनि यातायात सञ्चालन नहुनु र कुनै वैकल्पिक मार्गसमेत नहुँदा बन्दा, आलु र सिमीजस्ता नगदे बाली बारीमै कुहेर जाने अवस्था सिर्जना भएको थियो । जनप्रतिनिधि तथा अगुवाहरूकाे अभियानमा जनश्रमदानबाट काठेपुल बनेपछि अब तरकारी बाेकेर भनेपनि बजार लैजान केही हदसम्म सहज हुने किसान मार लामा बताउछन् ।
गत वर्षको तुलनामा दोब्बर आम्दानी हुने अपेक्षा गरेका किसानहरू वर्षभरिको मेहनत खेर जाने जोखिमले चिन्तित बनेका थिए । पुन : अस्थायी काठेपुल बनेपछि आवतजावत र कृषि उपज ओसारपसारमा सहज भएको स्थानीय आमाछोदिङमो गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हुन् । निमा तामाङले बताए ।



No comments:
Post a Comment