ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Monday, October 19, 2026

भाेटेकाेसी बाढी : २ खर्ब ७४ अर्ब ४८ करोड रुपैयाँ बराबरको भौतिक क्षति

रसुवा, लेन्देखाेलाहुँदै  भोटेकोशी नदिबाट कुल २ खर्ब ७४ अर्ब ४८ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको सरकारी अध्ययनले देखाएको छ। बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड रुपैयाँ आवश्यक पर्ने आकलन गरिएको छ।

सरकारले गठन गरेको रसुवा–भोटेकोशी बाढी २०८३ द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनअनुसार पूर्वाधार क्षेत्रमा मात्रै १ खर्ब ७२ अर्ब ३४ करोड रुपैयाँ बराबरको क्षति भएको छ। सबैभन्दा बढी क्षति ऊर्जा क्षेत्रमा १ खर्ब ३४ अर्ब ६९ करोड रुपैयाँ बराबर भएको छ।

यस्तै, सडकमा २२ अर्ब, पुलमा ११ अर्ब ३५ करोड, खानेपानी तथा सरसफाइमा १ अर्ब ३८ करोड र सिँचाइमा १ अर्ब ६४ करोड रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ।

निजी तथा सार्वजनिक घर, विद्यालय, स्वास्थ्य चौकी र सांस्कृतिक संरचनामा समेत गरी ६७ अर्ब ८४ करोड रुपैयाँ बराबरको क्षति भएको छ। प्रतिवेदनअनुसार शीघ्र पुनरुत्थान कार्यक्रमका लागि करिब ९ अर्ब रुपैयाँ आवश्यक पर्नेछ।

No comments:

Post a Comment