ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Monday, October 19, 2026

बाढीले पुल बगाएपछि उत्तरगया र किस्पाङका बासिन्दालाई आवतजावतमा सास्ती



रसुवा, उत्तरगया गाउँपालिका–४ र नुवाकोटको किस्पाङ गाउँपालिका–५ जोड्ने पैरेबेँसीस्थित त्रिशूली नदीको पुल बाढीले बगाएपछि स्थानीयलाई आवतजावतमा समस्या भएको छ । पुल नहुँदा उत्तरगया गाउँपालिकाका वडा नम्बर १, २ र ३ का बासिन्दा बढी प्रभावित भएका छन् ।

पुल बगाएपछि पैरेबेँसीमा तुइन निर्माण गरिए पनि नदी वारपार गर्न सहज नभएको स्थानीयको भनाइ छ । तुइन तान्न र धकेल्न मानिस आवश्यक पर्ने तथा पालो पर्खनुपर्ने भएकाले नियमित आवतजावतमा कठिनाइ भएको छ । विशेषगरी विद्यालय जाने बालबालिका, महिला र ज्येष्ठ नागरिकलाई समस्या भएको छ ।

उत्तरगया गाउँपालिका–१ का वडाध्यक्ष मारसिङ लामाका अनुसार पुल अभावमा स्थानीयलाई दैनिक उपभोग्य सामग्री गाउँसम्म लैजान र कृषि उत्पादन बजार पुर्‍याउन कठिन भएको छ । पुल नहुँदा गाउँहरूबीचको सम्पर्कसमेत प्रभावित भएको उहाँले बताउनुभयो ।

बाढीका कारण उत्तरगया गाउँपालिका–१, २ र ३ मा रहेका चार ओटा जलविद्युत् आयोजना प्रभावित भएका छन् । सडक तथा पैदलमार्ग अवरुद्ध हुनुका साथै पुलसमेत बगाएकाले आयोजना स्थलसम्म पुग्न कठिन भएको छ ।

त्रिशूली नदीको पुल र गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडकखण्डमा बाढीले पुर्‍याएको क्षतिका कारण सवारी तथा पैदल आवागमन प्रभावित भएको छ । स्थानीयले आवतजावत सहज बनाउन पुल तथा सडकको पुनर्निर्माण र मर्मत शीघ्र गर्न माग गरेका छन् ।

No comments:

Post a Comment