ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Sunday, September 13, 2026

विद्युतीय गाडी, ढुवानी ट्रक गरी ३०० भन्दा बढी गाडी बगेका अनुमान



रसुवा, नेपाल चीन सिमानाबाट लेन्दे खोलाहुँदै घट्टेखोलामा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा रहेका गाडी सहित अन्य सामग्री पनि बगाएकाले ठूलो क्षति भएको छ ।

 भन्सारका ५ जना कर्मचारी सम्पर्कमा नआएकाे  बाँकी कर्मचारीसहित टिमुरे बजारभन्दा माथिको डाडामा उद्धारको  पर्खाइमा बसेको रसुवा भन्सार प्रमुख राजेन्द्र ढुंगानाले बताए ।   

ढुंगानाकाअनुसार भन्सार यार्डमा चेकजाँचका लागि रहेका विद्युतीय गाडी,  ढुवानी ट्रक गरी ३०० भन्दा बढी गाडी बगेका छन् । ‘यसबाहेक भन्सार चेकजाँचको क्रममा रहेका गाडी पनि बगेका छन् । तर तिनहरूको एकिन तथ्यांक आइसकेको छैन,’ ढुंगानाले भने ।

यद्यपि, क्षतिको विवरण आइनसकेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । सो भन्सार कार्यालयमा ३६ जना स्थायी र चार करारका कर्मचारी कार्यरत थिए । बाढीका कारण भएकाे कुनै क्षतीकाे विवरण अझै एकीन भएकाे छैन । 


No comments:

Post a Comment