ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Sunday, September 13, 2026

रसुवा बाढीकाे १९ दिन अझै खाेज उद्धार जारी

 


रसुवा , नेपाल चीन सिमानाबाट लेन्दे खोलाहुँदै घट्टेखोलामा ०८३ भदाै १० गते आएकाे बाढीका प्रभावित खाेज उद्धार कार्य जारी रहेकाे छ । 

चिलिमे हाइड्रोपावर आयोजनाकाे सुरूङमा विदेशी विज्ञसहितको संयुक्त टोलीले एउटा एक्स्का भेटर र एउटा लोडर प्रयोग गरी सुरुङभित्र थुप्रिएको भग्नावशेष हटाउने काम गरिरहेको छ। 

हालसम्म करिब ८५ मिटर क्षेत्रमा भग्नावशेष हटाउने काम सम्पन्न भएको छ। सुरुङनजिकै खोला वारिपारि गर्न तुइन जडान गर्ने कार्यसमेत भइरहेको छ।

माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनामा नेपाली सेना र आयोजनाका प्रतिनिधिले संयुक्त रूपमा खोजी कार्य गरिरहेका छन्। त्रिशूली(३ ‘ए’ जलविद्युत आयोजनाको पावरहाउस तथा सुरुङ क्षेत्रमा पनि संयुक्त टोलीले खोजी कार्य जारी राखेको छ।

त्यस्तै माथिल्लाे त्रिशूली-३ ‘बी’ आयोजनामा नेपाली सेनासहितको संयुक्त टोलीले तीनवटा एक्स्काभेटर र एउटा ब्याकहो लोडर प्रयोग गरी उत्खनन गरिरहेको छ। उत्खनन गर्दै आयोजनाको आवासगृह रहेको गहिराइसम्म पुगेर खोजी कार्य भइरहेको नेपाली सेनाले जनाएको छ।

विभिन्न आयोजनामा सुरुङभित्र थुप्रिएको भग्नावशेष हटाउँदै ड्रोन तथा भारी उपकरणको प्रयोगबाट खोजी कार्य अघि बढाइएको छ। उद्धार टोलीले सुरुङको अवस्था र पहुँचअनुसार फरक-फरक प्रविधि तथा उपकरण प्रयोग गरिरहेको छ। 

स्याफ्रुबेँसीलाई प्रवेशद्वार बनाएर चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म जोड्ने पहुँचमार्ग निर्माण भएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित बनेको सुरुङ क्षेत्रसम्म नेपाली सेना र उद्धार टोलीले सडक सञ्जाल जोडेको हो ।

भौगोलिक चुनौतीका बीच साढे तीन दिनको अथक प्रयासपछि १ हजार ५० मिटर लामो ट्र्याक खुला गरिएको छ । 

यसअघि साना हेलिकप्टरबाट मात्र पुग्न सकिने उक्त दुर्गम क्षेत्रमा स्याफ्रुबेँसीतर्फबाट सडक निर्माण सुरु गर्दा पहिले एक्स्काभेटर प्रयोग गरी ५५० मिटर बाटो तयार पारिएको थियो । तत्पश्चात् बाँकी रहेको कडा पहरा चिर्न नेपाली सेनाले ९ पटक नियन्त्रित ब्लास्टिङ गरी थप ५०० मिटर ट्र्याक निर्माण सम्पन्न गरेको हो ।

पहरा फोर्ने र ब्लास्टिङको कठिन कार्य सफलतापूर्वक सकिएसँगै चिलिमे जलविद्युत् आयोजनाको सुरुङको मुखसम्मै ठूला तथा भारी उपकरण र आवश्यक सामग्री पु¥याउन सम्भव भएको बताइएको छ। भारी उपकरणहरू कार्यस्थलमा पु¥याइसकेकाले भोलि वा पर्सिसम्ममा सुरुङ छिचोलिने अपेक्षा गरिएको छ ।







No comments:

Post a Comment