ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Thursday, March 20, 2025

जुत्ताभित्र लुकाइएको सुनसहित युवक पक्राउ


रसुवा, नेपाल -चीन सिमानाकाे रसुवागढी नाकाबाट नेपाल प्रवेश गर्ने क्रममा जुत्ताभित्र सुन लुकाएर तस्करी गर्न खोज्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। 

गोसाईकुण्ड गाउँपालिका–२, रसुवागढीमा चेकजाँचका क्रममा प्रहरीले जिल्ला सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका–१ का ३३ वर्षीय रवि धमलालाई नियन्त्रणमा लिएको हो।

उनी खुट्टामा लगाएको जुत्ताभित्र लुकाइराखेको, कान र औंलामा पहिरिएको गरी १०६.९ ग्राम सुन ल्याउँदै गर्दा फेला परेका थिए। बरामद सुनको अनुमानित बजार मूल्य १६ लाख १३ हजार ५६५ रुपैयाँ ६८ पैसा रहेको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, र भन्सार कार्यालय टिमुरेको संयुक्त टोलीले उनलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइसकेको प्रहरीले जनाएको छ। सीमा क्षेत्रमा पछिल्लो समय सुन तस्करीका घटना बढ्दै गइरहेका छन्, जसलाई नियन्त्रण गर्न सुरक्षा निकायहरू थप सतर्क रहनु पर्ने देखिएको छ । 

No comments:

Post a Comment