ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Wednesday, March 19, 2025

रसुवाका वन डढेलो नियन्त्रणको लागि सचेतना मूलक कार्यक्रम सम्पन्न


रसुवा, गर्मी तथा सुख्खायाममा वन डढेलोले व्यापकरुपमा जनधनको क्षति तथा जैविक विविधताको बिनाश हुने गरेको अवस्थामा डिभिजन वन कार्यालय रसुवाले वन डढेलोको जोखिम बारे सचेतना तथा डढेलो नियन्त्रण बारे प्रचार प्रसार गर्न वन डढेलो सचेतना सप्ताह, २०८१ फागुन २३ देखि २९ गतेसम्म पहिलो चरणको सचेतना सप्ताह सञ्चालन गरिएको छ। 

यस कार्यक्रम अन्तर्गत रसुवा जिल्लाको गोल्जुङ, थाम्वुचेत, चिलिमे, ग्रे, गत्लाङ र डाँडाँगाउमा वन डढेलो जनचेतना र्‍याली, अन्तरक्रिया, डढेलो नियन्त्रण सामग्रीहरूको प्रदर्शन तथा प्रचार प्रसार गरिएको पहिलो चरणको कार्यक्रममा पालिकाका जनप्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरु, सामुदायिक वन उपभोक्ता समूहहरुका पदाधिकारीहरू, ईको क्लव, सुरक्षाकर्मी तथा स्थानीय जनताहरूको उल्लेखनिय र सक्रिय सहभागिता रहेको जनाइएको छ।  

वन डढेलोले वन तथा वन्यजन्तुलाई मात्र असर गर्ने नभई यस्तो डढेलो गाउँबस्तीमा प्रवेश गर्न सक्ने र जनधनको समेत क्षति गर्नुको साथै मानव स्वास्थ्यमा तथा जलबायु परिवर्तनमा समेत समेत नकरात्मक असर पुर्‍याउने भएकोले डढेलो नियन्त्रण गर्न वन कार्यालय र सुरक्षा निकायको मात्र जिम्मेवारी नभई प्रत्येक व्यक्ति, समुदाय र निकायको जिम्मेवारी रहेको धारणा डिभिजनल वन अधिकृत शम्भु तामाङले बताए । 

यसैगरी दोस्रो चरणको सचेतना कार्यक्रम अन्तर्गत रेडियो लाङटाङ र सामुदायिक वन उपभोक्ता महासंघ रसुवासंगको सहकार्यमा वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी सन्देशमुलक सडक नाटक आमाछोदिङ्मो गाउँ पालिकाको गत्लाङ र थाम्बुचेतमा प्रदर्शन गरिएको छ भने उक्त सडक नाटक जिल्ला सदरमुकाम धुन्चे, ठूलोहाकु, डाँडागाउँलगायतका स्थानहरूमा समेत प्रदर्शन गरिने डिभिजन वन कार्यालय रसुवाका वन डढेलो नियन्त्रण संयाेजक बिर बहादुर बोम्जनले जानकारी दिए । गाउँ गाउँमा सचेतना मुलक कार्यालय 

पहिलो चरणको सचेतना सप्ताहमा कार्यक्रममा सवै पक्षकाे सहयाेग तथा समन्वय भएकाे थियाे । दोस्रो चरणमा समेत वन उपभोक्ता समुहलगायत सबै सरोकारवालाहरूको सक्रिय सहभागिता, समन्वय र सहयोगको आपेक्षा र गरेकाे डिभिजनल वन अधिकृत तामाङले बताए । 



No comments:

Post a Comment