ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Friday, May 30, 2025

बोझोले ढाकिन लागेको पार्वतीकुण्डकाे सफाइ सुरु


रसुवा, आमाछोदिङमो गाउँपालिका–३ गत्लाङ गाउँमाथि अवस्थित पार्वतीकुण्डमा बोझाे नामक जडिबुडीले ढकिएर अस्तित्व नै समाप्त हुन लागेपछि कुण्डकाे सफाइ थालिएको छ । 

स्थानीय सामुदायिक वनका उपभोक्ता तथा पार्वतीकुण्ड ब्यवस्थापन समितिले डिभिजन वन कार्यालयको साहयोगमा परम्परागत पाठपुजा गरी कुण्डको सरसफाइ सुरुवात गरेको गरिएको स्थानीय चिदाेङ लामाले बताए । 

कुण्डको वरिपरि फैलिएको बोझो नामक जडिबुटीलाइ हटाएर कुण्डको सफाइ थाएिको  डिभिजन वन कार्यालयले जनाएको छ । यस कुण्डमा १०८ वटा धारा निर्माण गरिएको छ । 

यहाँ जनै पूर्णिमामा पाठपुजा गर्ने र नुहाउनेहरूको यात्रीको ठूलो भिड लाग्दछ । २ हजार ६ सय मिटरको उचाईमा रहेको यो कुण्डको संरक्षण र कुण्ड वरिपरि बनाइएका संरचनाहरूले यस क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको समेत आर्कषण बढ्दै जान थालेको स्थानीय गतलाङ गेष्टहाउसका सञ्चालक फुर्पुसिङ्गी तामाङले बताए । बोझोले ढाक्न थालेपछि वर्षेनी बोझो हटाएर सफा गर्नुपर्छ तामाङले भने । 


धार्मिक तथा पर्यटकीय महत्व बोकेको कुण्डको संरक्षणलाई धार्मिक महत्व दिँदैे पार्वतीकुण्डमा विभिन्न अवसरमा श्रद्धालुको भीड लाग्ने गर्दछ । यस क्षेत्रमा पछिल्लो समय वनभोजका लागि समेत रोजाइमा पर्न थालेको छ । पाल्दोपिक, गणेश र साङजेन हिमाल तथा समथर घाँसेमैदान सोमदाङ उपत्यका, एवं धार्मिकस्थल जागेश्वर कुण्ड जस्ता क्षेत्रहरूमा यहाँबाट पदयात्रा गर्न सकिने भएकाले यसको संरक्षणमा स्थानीयहरू जुटेका हुन् ।

डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शम्भु तामाङले एक कार्यक्रमका बीच स्थानीय चलन अनुसार पुजापाठ गरेर प्रसिद्ध धार्मिक स्थल पार्वती कुण्डको सरसफाइ गर्ने कार्यको शुभारम्भ भएको छ । 

सरसफाई कार्यमा कुण्डमा रहेको बोझो हटाउने, भरिएर रहेका माटो बालुवा हटाउने र वरपर झाडी सरसफाइ गर्ने जस्ता कार्य गरिने कुरा सब डिभिजन वन कार्यालय थाम्बुचेतका रेञ्जर सन्तोष तिम्सिनाले बताए । 

बोङजोमाने सामुदायिक वन उपभोक्ता समूह, ज्यार्सा गोठेन सामुदायिक वन उपभोक्ता समूह, आमाछोदिङ्मो–३ का वडा अध्यक्ष सुरेन्द्र तामाङ सहभागी थिए । 


तामाङ सम्पदा मार्गमा पर्ने पार्वतीकुण्डलाई पर्यटकको आकर्षणको केन्द्रको रूपमा विकास गर्न थालिएको छ । कुण्ड भित्र रहेको बोझोको कारण कुण्डको आकार घटेको र त्यहाँ रहेको मन्दिर समेत जीर्ण भएपछि गतवर्ष बागमती प्रदेशले सौन्दर्यमा समेत असर परेपछि स्थानीयले सरसफाइ थालेका हुन् । 

धार्मिक पर्यटनको लागि प्रसिद्ध पार्वतीकुण्डको सरसफाई कार्यका लागि नेपाली सेनाकाे श्री श्रीनाथ गण अन्तर्गत  मानचेत व्यारेकका जवानहरु, बोङ्जोमाने र  जार्सा गाेठेन सामुदायिक वन, थाम्बुचेत सव डिभिजन र स्थानीय समुदायको सहभागितामा सरसफाई रहेकाे थियाे । 



विद्यार्थी सुबिताको कृषि यात्रास् पढ्दै, कमाउँदै, रमाउँदै अकबरे खेतीमा


किसान हुँ भन्दा गर्व लाग्छ, कुनै लाज हैन

रसुवा, उत्तरगया गाउँपालिका, सानागाउँकी सुबिता गुरुङ विद्यार्थी जीवनसँगै कृषि कर्ममा होमिएकी एक प्रेरणादायी उदाहरण बनेकी छिन्। स्नातक तह पहिलो वर्षमा अध्ययनरत सुबिताले आफ्नो पढाइलाई निरन्तरता दिँदै व्यावसायिक अकबरे खुर्सानी खेतीबाट आफूलाई एक सफल युवा किसानको रुपमा स्थापित गर्ने लक्ष्य राखेकी छिन्।

गाउँमा २/३ जना आमाहरुले अकबरे खुर्सानी खेती सुरु गर्नुभएको थियो, त्यही देखेर मलाई पनि प्रेरणा मिल्यो,ू सुबिताले आफ्नो कृषि यात्राको सुरुवातबारे बताइन्। कृषिमा लाग्नुअघि उनले थ्री जी कटिङ्गु सम्बन्धी तालिम पनि लिएकी थिइन्, जसले उनलाई बिरुवाको उत्पादन बढाउन थप मद्दत पुर्‍याएको छ। हाल उनले करिब ७०० अकबरे खुर्सानीका बिरुवाबाट आफ्नो खेती सुरु गरेकी छिन्।

सुबिताको खेती प्रणाली पूर्णतया जैविक छ। लाही किराहरुले कहिलेकाहीँ दुःख दिने गर्छन्, त्यसको लागि जैविक झोल मलहरु प्रयोग गर्छु। हाम्रो बारीमा रासायनिक विषादीको प्रयोग हुँदैन, उनी भन्छिन् मलको लागि पनि उनले गाईवस्तुको गोबरमललाई नै प्राथमिकता दिएकी छिन्, जसले माटोको उर्वराशक्ति बढाउनुका साथै उत्पादनलाई स्वस्थ राख्न मद्दत गर्दछ।

पढ्दै गरेकी युवतीलाई कृषि पेसा रोज्नुको कारणबारे सोध्दा उनी भन्छिन्, पढ्दा पढ्दै के गर्ने, आफूलाई खर्च जोहो गर्न पनि सजिलो होस् र परिवारलाई पनि केही सहयोग गर्न सकिन्छ कि भनेर कृषि पेसामा लागेको हुँ। उनको यो सोचले युवाहरुमा उद्यमशीलता र आत्मनिर्भरताको भावना जगाउँछ।

उत्तरगया गाउँपालिकाले निःशुल्क बिरुवा उपलब्ध गराएर सहयोग गरेपछि सुबितालाई थप हौसला मिलेको छ। गाउँपालिकाले हामीलाई बिरुवा निःशुल्क दिनुभएको छ, यसले केही गरौं भन्ने भाव पैदा गरेको छ,उनले कृतज्ञता व्यक्त गरिन्।

आफूलाई किसान भनेर चिनाउन पाउँदा सुबिता गर्व महसुस गर्छिन्। किसान हुँ भन्दा गर्व लाग्छ, कुनै लाज हैन, उनको यो भनाइले कृषि पेसाप्रतिको सम्मान र आत्मविश्वास झल्काउँछ। भविष्यमा अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुनेमा उनी आशावादी छिन् र बजारको खासै चिन्ता नभएको बताउँछिन्। सुबिताको यो प्रयासले अन्य युवाहरुलाई पनि कृषिमा लाग्न र आत्मनिर्भर बन्न प्रेरित गर्ने देखिन्छ।

स्राेत : कृषि सूचना 

Thursday, May 29, 2025

बागमती प्रदेश राष्ट्रपति रनिङ शिल्डमा रसुवाबाट ७६ जना सहभागी हुँदै



रसुवा, बागमती प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रसुवाबाट बिभिन्न खेलमा भागलिन ६४ जना छनाेट भएका छन् । 

दाेलखाकाे चरिकोटमा जेठ १७ गतेदेखि १९ गतेसम्म हुने बागमती प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रसुवाबाट १६ गते बिहान प्रस्थान गर्ने भएको छ। प्रतियोगिताका लागि भलिबल तर्फ  पुरुष ९, महिला ९, तेक्वान्दाेका लागि महिला ६, ६ पुरुष ,एथ्लेटिक्स ११ पुरुष, ११ महिला र कराँतेका तर्फ महिला  ६ जना, ६ पुरुष गरी ६४ खेलाडी र अफिसियल ११ र स्वास्थ्यकर्मी १ गरि जम्मा ७६ जना सहभागी  हुने जिल्ला खेलकुद विकास समिति रसुवाका अध्यक्ष बिराज लाेप्चनले जानकारी दिए । 


Wednesday, May 28, 2025

निःशुल्क सिप विकास तालिम सन्चालन


रसुवा, महिलाहरुलाई सिप सिकाएर स्वरोजगार वनाउने उद्धेश्यले नुवाकोटमा युवा सिपमुलक कार्यक्रम सन्चालन गरिएको छ । सो कार्यक्रममा ८० प्रतिशत प्रयोगात्मक प्रशिक्षण दिइएको छ ।

वागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषदले नुवाकोटका विभिन्न स्थानका युवा महिलाहरुलाई निःशुल्क सिप विकास तालिम सन्चालन गरेको हो । सो ६५ दिने प्रशिक्षण विदुर नगरपालिका -९ को लोनीमा सन्चालन भइरहेको छ ।

सहभागी २० जना युवा महिलाहरुलाई प्रशिक्षक शिला सुनुवारले सो कार्यक्रम  सिलाइकटाइका विभिन्न सिप सिकाइरहेकी छन् । याे तालिमले वेरोजगार युवा महिलाहरु स्वरोजगारमा क्रियाशील हुने अपेक्षा गरिएको छ ।

राम्चेमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न


रसुवा, कालिका गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा महिनावारी मैत्री समाजका लागि सहकार्य भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता  दिवसको अवसरमा महिनावारी स्वस्थ्य तथा व्यवस्थापन विषयक वक्तृत्वकला प्रतियोगिता राम्चेमा सम्पन्न भयो । 

कालिका-१ स्थित सेतीभूमे माविका भएको सो कार्यक्रम ५१ जना विद्यार्थीले भाग लिएका थिए । जसमा सञ्जीला तामाङ  प्रथम, पुष्प तामाङ द्वितीय , चमेली तामाङ तृतीय, सागुना तामाङ र सोनाम बुट्टी तामाङले सान्त्वना पुरस्कार हात परेका थिए ।  

सेतीभूमे माविका प्रधानाध्यपक शिला मगरको अध्यक्षतामा स्वास्थ्यकर्मी रामप्रसाद ढकालद्वारा सञ्चालित कार्यक्रममा विशेष अतिथि का बा वडा अध्यक्ष कल्पना तामाङ र राम्चे स्वास्थ्य चौकी प्रमुख सबिना माझी लगायत सहभागी रहेका थिए ।  






Wednesday, May 21, 2025

जलवायु परिवर्तन सिर्जित मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यशाला


रसुवा, गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तरगत जलवायु परिवर्तन सिर्जित मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यशाला धुन्चेमा सम्पन्न भयाे । 

डिभिजन वन कार्यालयकाे आयोजना तथा सामुदायिक वन उपभाेक्ता महसंघसँगकाे समन्वय तथा गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना राष्ट्रिय प्रकृती संरक्षण कोषकाे सहयाेगमा भएकाे हाे । कार्यक्रमा डिभिजनल वन अधिकृत शम्भु तामाङले सहजिकरण गरेका थिए । 

कार्याशालामा राष्ट्रिय प्रकृति संरक्षण कोषका जलवायु विज्ञ डा अनिता श्रेष्ठले स्वागत गरिन् । समुदाय तथा सुरक्षा निकायबाट सहभागीहरूले वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि मानिसले नै गम्भीर हुनुपर्ने , वन्य जन्तुकाे बासस्थान तथा आहारमा समस्या हुन नदिने वन्यजन्तुका विषयमा सचेत प्राणी भएका नाताले मानिसकै जिम्मेवारी रहने बताए । 



योजना तर्जुमा तथा सरोकारवालासँग अन्तरक्रिया


रसुवा, उधाेग तथा वाणिाज्य कार्यालय रसुवाकाे आयाेजनामा आ व ०८२/८३ को योजना तर्जुमा तथा सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा सम्पन्न भयाे ।

उक्त कार्यालयका कार्यालय प्रमुख वृहस्पती तामाङको अध्यक्षता, जिल्ला समन्वय समिति उप प्रमुख विजय लामाको प्रमुख आतिथ्यमा, गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङकाे विशिष्ट आतिथ्यताका साथै जिल्ला स्थित कार्यालयका प्रमुखहरु, सरोकारवालाहरु र गाउँपालिकाको उद्योग शाखामा कार्यरत कर्मचारी (उद्यम विकास सहजकर्ता ) सन्चारकर्मीहरूकाे उपस्थितीमा सम्पन्न भएकाे छ ।