ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Sunday, May 3, 2026

रसुवामा ३६ लाखको भेपसहित कन्टेनर चालक पक्राउ


 रसुवा, सदरमुकाम धुन्चेमा करिब ३६ लाखको भेपसहित कन्टेनर चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा आमाछोदिङमो गाउँपालिका(५ का ३४ वर्षीय रविन्द्र श्रेष्ठ रहेका छन् । 


टिमुरेबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८०२७ नम्बरको कन्टेनरको क्याबिनमा ४३६ थान भेप फेला परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। उक्त भेपको मूल्य ३५ लाख ९० हजार रहेको प्रहरीले जनाएको छ। 


धुन्चेस्थित अस्थायी प्रहरी पोस्ट धुन्चेबाट खटिएको प्रहरीको नियमित चेकिङ गर्ने क्रममा भेपसहित चालकलाई नियन्त्रणमा लिएको थियो। उनलाई  थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि रसुवा भन्सार कार्यालय बुझाइएको छ।


रसुवामा ‘याक तथा चौँरी महोत्सव २०८३’ सम्पन्न



रसुवा, आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङ स्थित पार्वती कुण्ड  पहिलो पटक आयोजना गरिएको ‘याक तथा चौँरी महोत्सव २०८३’ सम्पन्न भएको छ । महोत्सव बैशाख १३ देखि १५ गतेसम्म तीन दिन सञ्चालन भएको थियो ।

आमाछोदिङ्मो गाउँपालिकाको सहयोगमा याक तथा चौँरीको संरक्षण र प्रवर्द्धन गर्दै स्थानीय पर्यटन, कला–संस्कृति तथा पशुपालन व्यवसायलाई टेवा पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरिएको हाे । 

महोत्सवको पहिलो दिन सयौँ चौँरी महोत्सव स्थलमा प्रदर्शन गरिएको थियो । साथै, उत्कृष्ट चौँरीपालक किसानलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

महोत्सवका अवसरमा पालिकास्तरीय सांस्कृतिक प्रतियोगिता तथा म्याराथन प्रतियोगिता पनि आयोजना गरिएको थियो । समापन समारोहमा स्थानीय तथा राष्ट्रिय कलाकारहरू सुमन घले, शिशिर थोक्रा र छेवाङ तामाङले विशेष सांगीतिक प्रस्तुति दिएका थिए ।

महोत्सव अवधिभर चौँरीजन्य परिकारको प्रदर्शनीका साथै भेडाको ऊनबाट घरेलु रूपमा तयार गरिएका राडी, पाखी, गलैँचा, स्वेटर, टोपी तथा पटुकाजस्ता सामग्री बिक्रीका लागि राखिएको थियो । 

युवा पलायन बढ्दै जाँदा पुस्तौँदेखि चल्दै आएको चौँरीपालन पेशा संकटमा परेको र चरन क्षेत्रको अभावका कारण उच्च पहाडी तथा हिमाली क्षेत्रमा चौँरी गोठ घट्दै गएको सन्दर्भमा संरक्षणको सन्देश दिन तथा चौँरीजन्य उत्पादनको बजार विस्तार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव मूल समितिका संयोजक तथा  आमाछोदिङ्मो गाउँपालिका–३ का वडा अध्यक्ष सुरेन्द्र तामाङले जानकारी दिए । 

यस क्षेत्रका बासिन्दाको प्रमुख आयस्रोत कृषि तथा पशुपालन भएकाले महोत्सवले किसानलाई थप हौसला मिलेको स्थानीय फुर्पुसिङ्गी तामाङले बताए । 

याक र चौँरी पालनका लागि चरिचरण क्षेत्र प्रसस्त भएको, ठाँउमा चिज उत्पादन केन्द्र भएकोले बजार र अवसर दुवै भएकोले चौँरी पालनलाई प्रोत्साहन गर्न कार्यक्रम, संरक्षण र प्रवद्र्धनमा जोड् दिने प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माेहन आचार्यले बताए । 

महोत्सवले हिमाली क्षेत्रको जनजीवन, परम्परा र उत्पादनलाई प्रवर्द्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न महत्वपूर्ण भूमिका  खेलेकाे आमाछोदिङ्मो गाउँपालिका अध्यक्ष बुचुङ तामाङले बताए ।



Saturday, May 2, 2026

सामुदायिक वन वातावरण संरक्षणका लागि बागमती प्रदेश स्तरिय अनुभव आदानप्रदान सम्पन्न


रसुवा, सामुदायिक वन उपभोक्ता महासङघ नुवाकोटको आयाेजना तथा लिखु गाउँपालिकाकाे सहयाेगमा वन सरक्षण बारे बागमती प्रदेश स्तरिय अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भयाे ।                 

लिखु गाउँपालिका अध्यक्ष ध्रुब श्रेष्ठकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रम जिल्ला महासङ्घ नुवाकोटका अध्यक्ष सम्झना सेढाई महासङ्घका केन्द्रीय काेषाध्यक्ष शान्ता न्यौपाने , बागमती प्रदेश अध्यक्ष विनाेद सापकोटालगायतले आफ्नाे धारणा राखेका थिए । 

दाेस्राे सत्रमा भएको छलफलमा लिखुका समुहका समस्या तथा बागमती प्रदेशकाभरका पदाधिकारी र जिल्ला अध्यक्षहरु तथा सहभागीहरुले सामुदायिक वनका समस्या र समाधानका उपाय बारे छलफल गरेका थिए ।  त्यसैगरी नुवाकोटमा सामुदायिक वन उपभोक्ता महासङघ बागमती प्रदेश समितिकाे ९ औ पूर्ण बैठक समेत सम्पन्न भएको प्रदेश अध्यक्ष बिनाेद सापकोटाले बताए । 



Thursday, April 30, 2026

बागमती प्रदेशले वातावरण मैत्री कानुन बनाएको मन्त्री केसी


रसुवा , नीजि जमिनकाे रुख काट्न र वन तथा वातावरण मैत्री कानुनी तर्जुमा गरेका बागमती प्रदेश सरकनरका वन तथा वातावरण मन्त्री भरत केसीले कताए ।         

वन वातावरण तथा जलवायु परिवर्तन सम्बन्धि सराेकारवालाहरु बीच रसुवामा भएको अन्तर्क्रयामा मन्त्री केसीले साे कुरा वताएका हुन् । बागमती 'रसुवाका सामुदायिक वनको बर्तमान अबस्था, चुनौती, अवसर र आगामी कार्यदिशा' तथा जलवायु परिवर्तनको चुनौती र हिमाली जनजीवनमा पारेको असर विषयक अन्तरक्रिया कार्यक्रम 

बागमती प्रदेशका वन तथा वातावरण मन्त्री माननीय भरत बहादुर के.सी.को प्रमुख आतिथ्यता तथा  प्रदेश माननीय इन्द्र प्रसाद गोतामे, वन मन्त्रालयका सचिव केदार बराल, फेकाेफाेन केन्द्रीय काेषाध्यक्ष शान्ता न्यौपाने , बागमती प्रदेश अध्यक्ष बिनाेद सापकोटालगायतका बक्ताले आफ्नाे धारणा राखेमा थिए ।  

कार्यक्रममा विषयगत प्रस्तुति तथा सराेकारवालाहरु बीच अन्तर्क्रया भएको थियाे । कार्यक्रम रसुवाका ५ गाउँपालिका भित्रका सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधि १३ जिल्लाका सामुदायिक वन उपकाेक्ता महासङ्का अध्यक्ष तथा पदाधिकारी सहभागी थिए ।

उद्घाटन सत्र पछि डिभिजन वन कार्यालयका प्रमुख शम्भु तामाङले जलस्राेतकाे संरक्षण र उपयाेग बारे प्रस्तुति गरे । सामुदायिक वनकाे जिल्लाकाे अवस्था बारे जिल्ला महासंङघ अध्यक्ष हेमनाथ खतिवडा, जलवायु परिवर्तन बारे वन मन्त्रालयका सचिव केदार बरालले प्रस्तुति गरेका थिए । 





Wednesday, April 22, 2026

अस्ट्रेलियाबाट कालिका हिमालय माध्यमिक विद्यालयलाई नगद ४ लाख ५० हजार सहयाेग प्रदान

 


कालिकास्थान , रसुवा ट्रेक्स एण्ड एस्पीडिसन प्रालिको पहल र अस्ट्रेलिया स्थित रेडम हाउस (Reddam House) को विशेष सहयोगमा कालिका गाउँपालिका -२ कालिकास्थानमा रहेकाे कालिका हिमालय माध्यमिक विद्यालयलाई नगद ४ लाख ५० हजार सहयाेग प्रदान गरेका छन् ।

एक कार्यक्रमका बीच नगद तथा विभिन्न शैक्षिक र खेलकुद सामग्रीहरू रेडम हाउसका डेपुटी हेड मास्टर निक जोली (Nick Jolly) ले कालिका हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक राधा पाण्डेलाई हस्तान्तरण गरे ।

दुई थान ल्यापटप तथा खेलकुद सामग्रीहरू टेबल टेनिस बोर्ड (१ सेट), क्रिकेट सेट २ थान र अन्य खेलकुदका सामानहरू। वाद्यवादन: हारमोनियम १ थान र बाँसुरी ४ थान शैक्षिक सामग्रीहरू शिक्षक डायरी तथा अन्य आवश्यक स्टेसनरी रहेकाे छ । विगत लामो समयदेखि रसुवाकाे शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका समाजसेवी बलराम न्यौपानेले यस्ताे खाले सहयोग निरन्तरता पाउने जानकारी दिए ।


१३ औं जिल्ला स्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता तथा खेलकुद महोत्सव २०८३ सुरू

 



रसुवा,  जिल्ला खेलकुद विकास समिति रसुवाकाे अायाेजनामा कालिका गाउँपालिका-२ कालिकास्थानमा सञ्चालन भइरहेकाे १३ औं जिल्ला स्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता तथा खेलकुद महोत्सव २०८३ मा ५ वटै पालिकाबाट सहभागी खेलाडीहरू मार्चपास गर्दै

Tuesday, April 21, 2026

आलुचिप्स र चाउमिन बनाउन सिक्दै अपाङ्गता भएका युवाहरू

 


रसुवा, अपाङ्गता भएका व्यक्तिहरुका लागि १५ दिने व्यावसायिक चाउमिन, आलु चिप्स तथा बजारीकरण तालिममा भूभिघर कालिकास्थानमा सुरु भएको छ । 

नौकुण्ड गाउँपालिकाबाट आएकी सेतीमाया तामाङले भनीन् अपाङ्गता भएकाले पनि सिप सिकेर आफ्नो जिविका सहज रुपमा चलाउन सक्ने भएको बताइन् । उनले भनीन् खुसीहुँदै म अब चाउमिन र आलु चिप्स बनाउन सक्छु । उनीहरुलाइ स्थानीय प्रशाइ रुम्बा र दोलखाका प्रशिक्षक बिक्रम खडका तालिम दिइरहेका छन् । 

अपाङ्गता भएकाहरुलाइ लक्षित गरी बागमती  प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सामाजिक विकास शाखा, गजुरीको आर्थिक सहयोग प्राप्त गरी आलुचिप्स र चाउमिन बनाउन सिकउदै गरेको नमूना अपाङ्ग समाज, रसुवाका अध्यक्ष किसोर थिङले बताए । ०८२÷१२÷२८ गतेदेखि सुरु भएको तालिम ०८३÷०१÷१२ गतेसम्म सञ्चालन हुने उनले बताए । 

साे तालिममा नाैकुण्ड र  कालिका गाउँपालिका भित्रका १९ जना सहभागी रहेका छन् ।