ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Tuesday, December 9, 2025

प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले उमेदवार सिफारिस गर्याे


रसुवा, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला कार्यसमिति रसुवाले उमेदवार सिफारिस गरेको छ ।  

मंगलबार कालिका गाउँपालिका–२ कालिकास्थानमा सम्पन्न जिल्ला कार्यसमितिको बैठकले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधि सभाका सदस्य इञ्जिनियर मोहन आचार्यलाई एकल नाम सिफारिस गर्ने निर्णय गरेको पार्टी सभापति पेम्बाछिरिङ तामाङले जानकारी दिए ।

कांग्रेस रसुवाका अनुसार लोकतान्त्रिक मूल्यप्रति प्रतिवद्धता, विकासमा सक्रिय भूमिका र जनताप्रति उत्तरदायी नेतृत्व प्रदान गर्ने क्षमताका आधारमा आचार्यको नाम अघि सारिएको हो । यस्तै, समानुपातिक तर्फ सभापति पेम्बाछिरिङ तामाङ र सार्किबुटी तामाङको नाम सिफारिस गरिएको छ । 

साथै राष्ट्रिय सभातर्फ जनकजीवन उपाध्यायको नाम सिफारिस नेपाल नेपाली काँग्रेस रसुवाले जनाएकाे छ ।

लैङ्गिक तथा यौनिक अल्पसंख्यक बारे रसुवामा सचेतना कार्यक्रम



रसुवा, लैङ्गिक तथा यौनिक अल्पसंख्यक बारे जानकारी मूलक जनचेतना कार्यक्रम कालिका गाउँपालिका-५ जिवजिवेमा  ०८२ मङ्सिर २३ गते सम्पन्न भयाे । 

प्रविधिको सहि प्रयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौ भन्ने नाराका साथ सुरू भएकाे १६ दिने लैङ्गिक हिंसा बिरूद्धकाे अभियान अन्तर्गत कार्यक्रम देश ब्यापी कार्यक्रम भइरहेकाे सराेकारवालाहरूले बताए । 

समावेशी मञ्च नेपालकाे आयोजनामा भएको कार्यक्रममा सहजकर्ता देवेन्द्र खत्रीले प्रस्तुतीमा जैविक लिङ्ग, लिङ्ग लैङ्गिकता तथा यौनिकता बारे परिचय दिए ।  उनले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय प्रति समुदायकाे भेदभाव हुन नहुने बताए ।  नेपालको संविधान २०७२ धारा १२ ले लैंगिक पहिचान सहितको नागरिकताको अधिकार सुनिश्चित गरेको छ । धारा १८ ले समानताको अधिकार सुनिश्चित गरेको छ र धारा ४२ ले सामाजिक न्यायको हक अन्तर्गत समावेशी साथै समानुपातिक प्रतिनिधित्वको अधिकार पनि सुनिश्चित गरेको छ । यसले नेपाललाई एशियामा एकमात्र देश र एलजिबिटआईको अधिकार संविधान मै प्रत्याभूत गर्ने थोरै देश मध्ये एक देशको रुपमा गर्वका साथ पहिचान बनाएको उनले बताए । 


समावेशी मञ्च नेपालका अध्यक्ष बद्री पुनले लैङ्गिक तथा यौनिक अल्पसंख्यक LBGTIQ प्रतिकाे समुदायकाे बुझाइ सकरात्मक हुनु पर्ने बताए । समुदायमा उनीहरूलाइ हेयकाे भावनाले नभइ माया गरेर समान अधिकार दिनु पर्ने बताए । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदयलाइ पहिचान र अधिकार नीतिगत रूपमा भएकाेले साे अनुरूप ब्यवहार पनि हुनुपर्ने बताए ।  

सामाजिक विभेद र परिवारबाट तिरस्कार खेप्दै आएका प्रायः यौनिक तथा लैंगिक अल्पसंख्यकले राज्यबाट आफ्नो वास्तविक पहिचान पाउनु पर्ने बताए । उनले  ‘अन्य’ राखेर नागरिकता पाउन सहज नभएकाे बताए । 

प्रमुख अतिथि कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकाेटाले लैङ्गिक तथा यौनिक अल्पसंख्यक LBGTIQ प्रतिकाे बुझाइ एकरूपताका लागि यस्ता सचेतना मुलक कार्यक्रम उचित रहने र खुलेर निस्केमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूले सबै अधिकार पाउने बताए । उनले नागरिक अधिकार रक्षाका लागि सहयाेग गर्ने प्रतिबद्दता समेत जनाए। अतिथिहरू वडा अध्यक्ष सन्दिप पाैडेल, जिवजिवे ग्रामीण अस्पतालका डा निरन्जन भट्टलगायतले आफ्नो धारण राखेका थिए । कार्यक्ममा स्रथानीय जनप्तिनिधिहरु, विद्यार्थी, समुदायका अगुवा, समाजसेवीहरु सहभागी थिए । 

 

सहभागी अधिकारकर्मी हेमनाथ खतिवडा, नमूना अपाङ्ग समाज रसुवाका किसाेर थिङले छलफलमा भाग लिएका थिए । लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिलाई समाजमा स्थापित हुन सहज छैन । त्योभन्दा बढी समस्या उनीहरूलाई नागरिकता र शैक्षिक प्रमाण पत्रमा भएको नामले हुने सहभागीहरूले बताए ।  

नेपालको संविधान २०७२ को धारा १२ अनुसार, प्रत्येक नेपाली नागरिकले आफ्नो पहिचानसहितको नागरिकता पाउने अधिकार राख्दछ । तर, संविधानको यस प्रावधानविपरीत नागरिकता र राहदानी बनाउने बेला लैंगिक अल्पसंख्यक समूदायका व्यक्तिहरूलाई आफ्नो पहिचान अनुसारको नागरिकता लिन धेरै ठाउँमा सहज नभएकाे बताइएकाे थियाे । 




स्वास्थ्य चौकीलाइ एम्बुलेन्स हस्तान्तरण



रसुवा, नागरिकको आकस्मिक स्वास्थ्य उपचार सेवालाई सरल, सहज, गुणस्तरीय र  बिरामीको रेफरल सेवालाई अझ प्रभावकारी ढंगबाट पहुचयोग्य बनाउन स्वास्थ्य चौकीलाइ एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

गोसाइँकुण्ड गाउॅपालिकाको अध्यक्ष कैसाङ नुर्पु तमाङ र उपाध्यक्ष प्रतिमा तामाङले टिमुरे स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष एवम् वडा नं २ का वडा अध्यक्ष कामी छिरिङ तामाङलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

टिमुरे स्वास्थ्य चौकीबाट गोसाइँकुण्ड गाउॅपालिका एम्बुलेन्स सञ्चालन कार्यविधि अनुसार एम्बुलेन्स सञ्चालन हुने गाउँपालिकाले जनाएकाे छ ।

छैटौँ पालिका–स्तरीय राष्ट्रपति रनिङ शिल्डकाे उपाधि हाइल्याण्डलाई


 

रसुवा, गोसाइँकुण्ड गाउँपालिका स्तरीय यस वर्षको रनिङ शिल्डको उपाधि हाइल्याण्ड आवासीय माध्यमिक विद्यालय धुन्चेले हात पारेको छ। विद्यालयले विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्दै १० स्वर्ण, ८ रजत र ३ कास्यसहित कुल २१ पदक जित्दै उपाधि हासिल गरेको हो ।

गत वर्ष रनिङ शिल्डको उपाधि हात पारेको रसुवा मावि धुन्चे यस वर्ष ६ स्वर्ण, १० रजत र ६ कास्यसहित २२ पदक बटुलेर दोस्रो भयो। त्यस्तै, कोमिन श्यामेवाङफेल मावि स्याफ्रुले ४ स्वर्ण, २ रजत र २ कास्यसहित ८ पदक ल्याउँदै तेस्रो स्थान हासिल गर्यो। 

त्यसै गरी  नमुना एभरग्रीन बोर्डिङ स्कुल धुन्चेले ३ स्वर्ण, ३ रजत र १० कास्यसहित १६ पदक प्राप्त गरेको छ। त्यसै गरी गोसाइँकुण्ड इङ्लिस बोर्डिङ स्कुल स्याफ्रुले १ स्वर्ण, ३ रजत र ४ कास्यसहित ८ पदक प्राप्त गरेको छ भने भिमसेन आवासीय विद्यालयले १ रजत पदक मात्र प्राप्त गरेको छ।

प्रतियोगितामा गोसाइँकुण्ड गाउँपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूको सहभागिता रहेको गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले जानकारी दिए। 

समापन समारोहमा वागमती प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, वागमती प्रदेश सभा सदस्य इन्द्र गौतम, जिल्ला समन्वय समिति उपप्रमुख विजय लामा, प्रमुख जिल्ला अधिकारी राजेश पन्थीलगायतका वक्ताहरूले शुभकामना मन्तव्य दिएका थिए।


जन्मदिनमा विद्यालयलाई एक थान कम्प्युटर प्रदान



रसुवा, उत्तरगया गाउँपालिका– ५ बोगटीटारका एक समाजसेवीले गाउँको विद्यालयलाई कम्प्युटर प्रदान गरेका छन्।

स्थानीय समाजसेवी दिलकृष्ण श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा उत्तरगया गाउँपालिका–५ लहरेमा रहेको शिवालय आधारभूत विद्यालयलाई एक थान कम्प्युटर उपलब्ध गराएका हुन् ।

गत वर्ष विद्यालयलाई स्टेशनरी सामग्री सहयोग गरेका श्रेष्ठले यस वर्ष शैक्षिक क्रियाकलापमा टेवा पुग्ने उद्देश्यसहित कम्प्युटर उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक भरत पौडेलले बताए । कम्प्युटर प्राप्तसँगै प्रविधिमूलक शिक्षामा थप सहजता आउने र विद्यार्थीहरू लाभान्वित हुने अपेक्षा विद्यालयले राखेको छ ।

श्रेष्ठले आफूहरुले खाजा खाने खर्च कटाएर जम्मा गरेको पैसाले कम्प्युटरका सामग्री विद्यालयलाई प्रदान गरेको बताउनुभयो ।

मह झिक्न जाँदा भिरबाट लडेर एक जनाको मुत्यु


रसुवा, भिर मौरीको मह झिक्न जाँदा भिरबाट लडेर एक जनाको मुत्यु भएको छ।

नौकुण्ड गाउँपालिका–२, युब्राका ६५ वर्षीय नोम्वा नाङमेल नेकोरको भिरबाट लडेर बुधबार मुत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।  

लाङटाङ राष्टिय निकुन्जको मध्यबर्ती क्षेत्रको बाेन्द्रो ईलाकामा पर्ने भिरमा मह झिक्दै गर्दा नोम्वा नामोल नेकोरको  भिरमा एक्कासी चिप्लिएर  लडेर मृत्यु भएको  र घटना बारे अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ ।

Monday, December 8, 2025

भालुको आक्रमणबाट २ घाइते


रसुवा, कालिका गाउँपालिका -५ मा भालुको आक्रमणबाट २ जना घाइते भएका छन् । 

सोमबार बिहान ७:३० बजे बारीमा घाँस काट्ने क्रममा भालुले आक्रमण गरेर कालिका गाउँपालिका -५ जिवजिवेका ५० वर्षका चेतनाथ गजुरेल र नौकुण्ड गाउँपालिका -५ खाल्चेतका ६० वर्षका मान बहादुर थिङ घाइते भएका हुन् । थिङलाइ जिवजिवेबाट खाल्चेत जाने बाटोमा जङ्गलीभालुले आक्रमण गरेर घाइते भएको लाङटाङ राष्ट्रिय निकुञ्ज कालिकास्थान पोष्टका रेन्जर सुलक्षा श्रेष्ठले बताइन् । 

थिङको शरीर भरी  चोट लागेको छ । घाँटी, टाउको र देब्रे कान नै चुढिएकाे गजुरेल गम्भीर घाइते देखिएको र जिविजिवे ग्रामीण अस्पतालमा उपचार गरी थप उपचारका गरी गँजुरेललाई भने गम्भीर घाईते भएका कारण हेलिकाेप्टरबाट उपचारका लागि काठमाडाै पाठाइएकाे छ ।