ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Wednesday, June 11, 2025

सुन्धरा माध्यमिक विद्यालयको ४८ औं वार्षिकउत्सव सम्पन्न


रसुवा, रसुवाको कालिका गाउँपालिका- ३ धारापानीमा रहेको सुन्धरा माध्यमिक विद्यालयको ४८ औं वार्षिकाेत्सव सम्पन्न भएको छ ।

वार्षिकाेत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खिलप्रसाद आर्चायले प्रगति प्रतिवेदन र आगामी भावी योजना तथा रणनीति प्रस्तुत गरे । कार्यक्रमा विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले नृत्य , कविता, गजल, मनाेरन्जनात्मक प्रस्तुति र विभिन्न विषयमा भनाई राखेका थिए । साे अवसरमा विद्यालय सेवा क्षेत्रका जेष्ठ नागरिक तथा सामुदायिक विद्यालय प्रति उत्प्रेरित अभिभावक, विद्यालयका लागि सहयाेग दाताहरूलाइ सम्मान गरिएकाे थियाे ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटले हरेक क्षेत्रको विकासको लागि शैक्षिक क्षेत्र महत्वपूर्ण हुने बताए । 

शैक्षिक सुधारका लागि गाउँपालिकाले महत्वपुर्ण काम गर्दै आएको छ र हाम्रो क्रम जारी नै छ। त्यसमा सहकार्य गर्नको लागि आफुहरु निरन्तर लागि परेको अध्यक्ष देवकोटाले बताए । कार्यक्रममा शैक्षिक सत्र २०८१ मा कक्षागत रुपमा र विद्यालयबाट प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार र प्रमाण-पत्र वितरण गरिएको थियो। कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य खिलबहादुर न्याैपाने, वडा अध्यक्ष फणिन्द्र प्रसाद न्याैपाने, वडा सदस्य, पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम विधालय व्यवस्थापन समितिका अध्यक्ष गणेश विकको अध्यक्षतामा भएको थियो ।

साे अवसरमा विद्यार्थीहरूलाइ पुरस्कार प्रदान गरिएकाे थियाे । 

Tuesday, June 10, 2025

'सनातन सम्पदा' पुस्तक बिमाेचन


रसुवा,  बिश्व हिन्दु माहासघं नेपाल जिल्लाकार्य समिति रसुवाले कालिका गाउँपालिका भित्रका सनातन सम्पदाहरुको अभिलेखीकरण भएको धार्मिक पुस्तक बिमाेचन भयाे । 

बिश्व हिन्दु माहासघं नेपाल केन्द्रिय अध्यक्ष्य डा रामचन्द्र अधिकारी, वरिष्ठ उपाध्यक्ष प्रवीण घिमिरेलगायत अतिथिहरूले संयुक्त रुपमा भएको बिमोचन गरेका हुन् । 

६६ पृष्ठ रहेकाे पुस्तकमा कालिका गाउँपालिका भित्रका ६६ मठ, मन्दिर, गाेम्बा तथा धार्मिक स्थल परिचय समेटिएका छन् । कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकाेटाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा अध्यक्ष्य डा रामचन्द्र अधिकारी, वरिष्ठ उपाध्यक्ष प्रवीण घिमिरे, ठाकुर देवकाेटालगायत अतिथिहरूले मन्तब्य दिएका थिए । 




Monday, June 9, 2025

विस्व रक्तदाता दिवसमा खुला रक्तदान कार्यक्रम हुने

 
रसुवा, उत्तरगया गाउँपालिका, नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा र कालिका हिमालय एस्.एल्.सी.२०५६ ब्याच, कालिका–२, रसुवाको संयुक्त आयोजनामा जेठ ३१ गते उत्तरगया गाउँपालिका बेत्रावतीमा रक्तदान हुने भएकाे छ । 

रसुवामा नियमित हुन लागेकाे याे छैठाैं रक्तदान कार्यक्रम हाे । अस्पतालमा उपचाररत बिरामीलाइ रगत अभावले अकाल मृत्यूबाट बचाउन समय समयमा रक्तदान गराउन थालिएकाे हाे । 

त्यस दिन जनस्वास्थ्य कार्यालयले रक्तदाता सम्मान कार्यक्रम पनि आयोजना गरेकाे छ । रक्तदान गर्न इच्छुक सवैलाइ सहभागी हुन आयोजना सूचना जारी गरेकाे छ । 

उत्तरगया गाउँपालिका पूर्णखाेप सुनिश्चित घाेषणा


 रसुवा, उत्तरगया गाउँपालिका पूर्णखाेप सुनिश्चित पालिका घाेषणा भयाे । 

उत्तरगया गाउँपालिका अध्यक्ष माधब अर्याल, जन स्वास्थ्य प्रमुख झमप्रसाद आचार्य, उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरूङ, वडा अध्यक्षहरू तथा जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय प्रमुख हाेमनाथ दाहाललगायत गाउँपालिका टिम, स्वास्थ्य शाखा प्रमुखहरू सहभागी एक कार्यक्रमका बीच पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना गाउँपालिका घाेषणा भएकाे हाे । 



गाउँपालिका भित्र १५ महिना भित्र सवै बालबालिकाले खाेप पाएकाे र एक सर्बेक्षणबाट पनि सबै बालबालिकाले पुरा खाेप पाएकाे एकीन भएपछि पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना गाउँपालिका घाेषणा गरिएकाे स्वास्थ्य शाखा प्रमुख बलराम न्याैपानेले बताए ।  
  


महिला प्रशिक्षण सम्पन्न


 

रसुवा , अखिल नेपाल महिला संघ रसुवाकाे आयोजनामा २ दिने जिल्ला स्तरिय प्रशिक्षण सम्पन्न भयो । 

जेठ २४ र २५ गते कालिकास्थानमा केन्द्रीय अध्यक्ष टुका हमालकाे प्रमुख आतिथ्यतामा  भएकाे प्रशिक्षणमा ७० जना सहभागी थिए । केन्द्रीय सचिव पेम्बा लामा, प्रदेश इन्चार्ज शारदा कुमाल सहभागी प्रशिक्षणमा  प्रशिक्षण बिभागका सचिव याेगमाया सापकाेटाले प्रशिक्षण दिएका थिए । 

सगरमाथा आरोही जोशी सम्मानीत



रसुवा, सगरमाथा आरोही जोशी सम्मानीत सगरमाथा आरोही जोशीको गाउँगाउँमा सम्मान गरिएकाे छ । 

रसुवा, यसवर्ष गाइड बिना नै १९ मे का दिन सगरमाथा आरोण गर्ने आमाछोदिङमो गाउँपालिका–४ की पार्वती जोशीलाइ गाउँगाउँमा सम्मान गरिएको छ । 

सन २०११ देखि  पाेर्टरका रूपमा काम गरी पर्यटन व्यावसायमा लागेकी पर्यटक पथ प्रदर्शक जोशीलाइ सदरमुकाम धुन्चेमा स्थानीयले सम्मान पत्र तथा खादाले सम्मान गरे भने आमाछोदिङमो गाउँपालिका वडा नं ४ को कार्यालयले एक कार्यक्रमकाे आयोजना गरी सम्मान गरेको छ । 

साे कार्यक्रम प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरे, उपप्रमुख विजय लामा, वडा अध्यक्ष धर्म तामाङ, समाजसेवी तथा पुर्व जिविस सभापति मिलन तामाङ, समाजसेवीहरू सुरेश अधिकारी, बालकृष्ण श्रेष्ठलगायत स्थानीयले सम्मान गरेका थिए । उनी सगरमाथा चढ्ने पहिलो महिला हुन् । सम्मान पछि जोशीले गाउँमा पाएको सम्मानले उत्साह थपेको बताइन् । उनलाइ चिलिमेमा पनि स्थानीयले सम्मान गरेका छन् । 








Sunday, June 8, 2025

बैदेशिक रोजगारी सम्बन्धि सीप विकास,परामर्श बारे छलफल

रसुवा, सामी परियाेजना SAMI द्वारा बैदेशिक रोजगारी सम्बन्धि सीप विकास,परामर्शलगायत कार्यक्रम रसुवामा सन्चालन गर्ने वारे गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङकाे अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरेकाे प्रमुख आतिथ्यतामा धुन्चेमा अन्तरक्रिय कार्यक्रम सम्पन्न भएकाे छ ।