ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Sunday, August 4, 2024

प्रवर्दनको पर्खाईमा कल्लेरीका भूमे

 परापूर्व कालमा गुरूङ पुर्खाले पत्ता लगाएका र पूजाआजा चलाउँदै आएका भूमेस्थान रसुवा जिल्ला उत्तरगया गाउँपालिका, वडा नं ३, ठूलोगाउँमा अवस्थित छ ।

कल्लेरी (ठूलोगाउँ) का भूमे
तस्वीर : गौेरव सापकोटा

    कल्लेरीका भूमेको परिचय

    परापूर्व कालमा गुरूङ पुर्खाले पत्ता लगाएका र पूजाआजा चलाउँदै आएका भूमेस्थान रसुवा जिल्ला उत्तरगया गाउँपालिका, वडा नं ३, ठूलोगाउँमा अवस्थित छ ।

    किंवदन्ती अनुसार कल्लेरीका भूमे हाल जुन् ठाउँमा छ, त्यसको आधा किमी तल्लो क्षेत्रमा ठूलो तलाउमा रहेको थियो छ । जुन् अहिले  तलाउ लोप भई खेतीयोग्य जमिनको रूपमा परिणत भएको छ । प्राचीन भनाई अनुसार एक महिलाले स्नान गरी कपडासमेत् धोएको कारण भूमेदेवी रिसाएर तलाउ लोप भएको भनिएको छ ।

    रिसाएका भूमेलाई बौसाउन देवीसँगै पूजाआजा गर्न थालिएको भन्ने भनाई रहेको छ । जुन् देवीलाई कल्लेरीका देवी भनिन्छ । रसुवा नुवाकोटका स्थानीयहरू धुपधुँवार गर्दा कल्लेरीका भूमे र देवीलाई पुकार्ने गर्दछन् । भूमे भने अगाडिदेखि मानिँदै आएकोमा यहाँ रहेको  देवी भने परापूर्व कालमा एक महिलाले बारी खन्दा पत्ता लागेको विषयमा सुँनिदै आएको छ । कोदालाले खन्दा अलिकति चोईटिएको र सो भागबाट रगत आएका कारण शक्ति मानी देवीको नामले पुकारिन थालेको हो । जुन् चोइटिएको भाग हाल पनि देख्न सकिन्छ । 

    भूमेस्थानमा पाठी र देवीस्थानमा बोको बली चढाउने परम्परा रहेको यस स्थानमा वर्षैभरि भक्तजनहरू दर्शन गर्न आउने गरेका छन् ।

    एकपटकको दर्शनमा एक वर माग्ने परम्परा रहेको यस मन्दिरमा अहिले पनि विशेष गरी वैदेशिक यात्राको कामना गरिन्छ ।

    विशेष गरी ठूली एकादशी, माघेसंक्रान्तिमा यहाँ विशेष मेला लाग्ने गर्दछ । भौगोलिक दृष्टिकोणले विषम स्थानमा रहेको यस धार्मिक स्थललाई प्रचारप्रसार र संरक्षणका कार्यहरू गर्न सके आन्तरिक पर्यटन विकासका माध्यमबाट आर्थिक विकास गर्न सकिने छ ।

    -----(स्थानीय टिकादत्त पौडेलको कुराकानीमा आधारित )

    रसुवा जिल्लाको पश्चिम दिशातर्फ कल्लेरी वा ठूलोगाउँका भूमेदेवी र पूर्वतर्फ निर्कुभूमे रहेका छन् । 

     कल्लेरीका भूमे र वरपरका आकर्षण र महत्वहरू

    • आन्तरिक पर्यटकको रोजाईको क्षेत्र
    • छाँगा, झरनाहरूको अवलोकन,
    • स्थानीय गुरूङ संस्कृति अध्ययनको क्षेत्र
    • चराचुरूङ्गी तथा बासस्थान अवलोकन

    कसरी पुग्ने कल्लेरीका भूमे 

    पासाङल्हामु राजमार्गको बेत्रावती (रसुवा-नुवाकोटको सिमाना) बाट पश्चिम - उत्तरतिर अवस्थित पैरेबेंसी/शान्तिबजारबाट यस स्थानको लागि यात्रा तय गर्न सकिन्छ । मनोरम झरना 'भाँगे झरना' को अवलोकन गर्दै यस स्थानमा पुग्न सकिन्छ । 

     

    कल्लेरीका भूमेसँग सम्बन्धित भिडियो तथा थप सामग्रीहरू


    Tuesday, July 30, 2024

    घिमिरेलाइ आचार्य स्मृति पत्रकारिता पुरस्कार प्रदान

    घिमिरेलाइ आचार्य स्मृति पत्रकारिता पुरस्कार प्रदान

    रसुवा, रसुवाका पत्रकार बलराम घिमिरेलाइ स्वर्गीय रामकृष्ण आचार्य स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएकाे छ ।

    पर्यटन विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित रेडियो लाङटाङको दशौं वार्षिक साधारणसभाको अवसरमा पुरस्कृत एक कार्यक्रमका बीच नगद ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार सहित सम्मान-पत्र र दोसल्ला ओढाएर स्वर्गीय रामकृष्ण आचार्य स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएकाे हाे ।

    घिमिरेले सामाजिक संजालमा लेखेका छन् पुरस्कार स्थापना गर्ने आचार्य परिवार, पुरस्कार छनौट समिति तथा रेडियो लाङटाङ परिवारलाइ हार्दिक धन्यवाद व्यक्त गर्दछु।

    पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै कान्तिपुर संवाददाता घिमिरेलाई पुरस्कृत एवं सम्मान गरिएको रेडियो लाङटाङका अध्यक्ष सोहम सुवेदी बताए ।

    करिब दुइ दशकदेखि पत्रकारितामा क्रियाशील संवाददाता घिमिरे विगत ८ वर्षदेखि कान्तिपुर दैनिकमा आवद्ध रहेका छन् । पर्यटन विकास तथा सञ्चार केन्द्रद्वारा सञ्चालित रेडियो लाङटाङ कालिका गाउँपालिका स्याउबारीबाट र पर्यटन, कृषि, स्वास्थ्यलगायतका सामुदायिक विषयमा उजागर गर्दै आफ्ना नियमित कार्यक्रमहरू प्रसारण गर्दै आईरहेको छ ।

    स्वर्गीय आचार्य रसुवाबाट पञ्चायतकाल समेत गरी ३ पटक प्रतिनिधि सभामा निर्वाचित भएका थिए भने पहिले मन्त्री पनि भएका थिए । कार्यक्रममा कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकाेटा, उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याल, प्रमुख जिल्ला अधिकारी वेदनिधी खनाल, रेडियाे लाङटाङकाे टिम तथा अन्य सराेकारवालाहरू सहभागी थिए ।

    Thursday, July 25, 2024

    भूकम्पमा ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकको आत्मा शान्तिको लागि भागवत पुराण


    रसुवा । विनाशकारी भुकम्प २०७२ मा ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकको आत्मा शान्तिको कामना गर्दै भागवत महापुराण (सप्ताह) क्याञ्जेन गोम्बामा सम्पन्न भएको छ ।

    पण्डित नारायण देवकोटाको प्रवचन भएको उक्त सप्ताहमा बौद्द धर्मका लामा गुरूहरूद्वारा बौद्द धर्मका ग्रन्थहरू पनि वाचन गरिएको थियो ।

    श्रावण २ गते हरिशयनी एकादशीदेखि ७ दिनसम्म भागवत गीता पाठ पारायण गरिएको पण्डित देवकोटाले बताउनुभयो ।

    भुकम्प २०७२ मा ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकको आत्मा शान्तिको लागि भागवत पुराण

    प्राचीन क्याञ्जेन गोम्बा 


    रसुवा र नुवाकोटका विभिन्न शक्तिपीठहरूमा भागवत महापुराण पारायण गरिदै आएको पनि पण्डित देवकोटाले बताउनु भयो ।

    हिन्दु धर्माम्बलम्बीहरूको मन्दिरमा मात्र महापुराण वाचन गरिदै आइएकोमा देवकोटाले नै बौद्द गुम्बाहरू तथा लामा गुरूहरूको समेत् सहभागितामा महापुराण लगाउन सुरू गर्नुभएको हो ।

    देवकोटाका यी अभियानले धार्मिक सहिष्णुता कायम गर्न सहयोग पुर्‍याएको बौद्द धर्म दर्शन अभियान्ता – लोपेन लाक्पा लामा बताउनु हुन्छ । ‘धार्मिक पर्यटन विकास र स्थान प्रवर्दनका लागि यस्ता अभियान आवश्यक छ ।‘ लामाले भन्नुभयो ।

     

    क्याञ्जेन गोम्बामा भागवत समापन भएलगत्तै मुक्तिक्षेत्र र बागलुङ कालिकामा क्रमश: भागवत आयोजना गरिने पण्डित देवकोटाले बताउनुभयो । 

    परम्परागत संस्कृति प्रवर्दन तथा संरक्षण केन्द्र भवन निर्माण सम्पन्न

     

    परम्परागत संस्कृति प्रवर्दन तथा संरक्षण केन्द्र भवन  निर्माण सम्पन्न

    रसुवा, कालिका गाउँपालिका ५ काे ज्याङलाङमा परम्परागत संस्कृति प्रवर्दन तथा संरक्षण केन्द्रकाे भवन निर्माण समपन्न भएकाे छ ।

    भवन निर्माणका लागि वागमती प्रदेश सरकार, भौतविकास पूर्वाधार मन्त्राालय, शहरी विकास तथा भवन कार्यलय, नुवाकोट र कालिका गाउँपालिकाबाट २७ लाख ५१ हजार तीन सय ११ समुदायको योगदान तीन लाख ६० हजार आठ सय रूपैयाँ गरी कुल ३१ लाख १२ हजार रूपैयाँकाे लागतमा भवन निर्माण सम्पन्न भएकाे हाे ।


    विगत ४ वर्षदेखि निर्माणाधिन भवनको लागत विवरण यस्तो रहेको छ





    रसुवामा रहेको छत्र, बालुन तथा भजन नाँचलाई संरक्षण, प्रवर्दन र उत्थान गर्न, संस्कृति संरक्षणार्थ युवाको सहभागिता बृद्दि गर्नका लागि परम्परागत संस्कृति प्रवर्दन तथा संरक्षण केन्द्र निर्माण गरिएको बताइएको छ ।
    परम्परागत संस्कृति प्रवर्दन तथा संरक्षण केन्द्र भवन  निर्माण सम्पन्न








    Friday, July 12, 2024

    लाङटाङ राष्ट्रिय निकुञ्ज र सराेकारवालाहरू बीच छलफल


    रसुवा, लाङटाङ  राष्ट्रिय निकुञ्जकाे आयोजनामा  सराेकारवालाहरूसँग समन्वय तथा अन्तर्क्रिया कार्यक्रम धुन्चेमा सम्पन्न भयाे । 

    वन तथा वातावरण संरक्षणका र विकासका लागि ध्यान दिनु पर्ने तथा निकुञ्ज क्षेत्रमा हुने चेकजाँच ब्यवस्थित गरी छाेटाे दुरीमा धेरै ठाउँमा गाडीकाे चेक जाँच हुने गरेकाे , हाेटल लजले यात्रीसँग धेरै रकम असुली गरेकाे सराेकारवालाहरूले गुनासाे गरे । 

    गाेसाइँकुण्ड मेलाकाे समयमा यात्रीहरूले बढि महंगाे गर्ने गरेका कारण नकरात्मक असर परेकाे सराृकारवालाहरूले गुनासाे गरे । उठेका सवालहरूमा छलफल गरेर आगामी दिनमा छलफलबाट यस्ता समस्या समाधानका लागि अघि बढाइने निकुञ्जका प्रमुख संरक्षण अधिकेत अणनाथ बरालले बताए । 

    प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले  गाेसाइँकुण्ड रूटका हाेटलहरूले यात्रीहरूलाइ बढि असुली गर्ने गरेकाे गुनासाे आउने गरेकोले यसले नकरात्मक सन्देश जाने बताए । 

    जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशाेक कुमार घिमिरेले सवै पक्षले समन्वयमा काम गर्नु पर्ने बताए । 



    Thursday, July 11, 2024

    लेखा नियन्त्रक कार्यालयबाट ३ अर्ब २६ करोड १८लाख भुक्तानी


    लेखा नियन्त्रक कार्यालय

    रसुवा, आ।ब २०८०/०८१ मा कोष तथा लेखा नियन्त्रक कार्यालय रसुवाले सङ्घ र प्रदेश गरी रु ३ अर्ब २६ करोड १८लाख ८१ हजार ८० रुपैयाँ रकम भुक्तानी गरेको छ ।

    आर्थिक कार्यविधि तथा वित्तीय उत्तर दायित्व ऐन,२०७६ तथा नियमावली, २०७७ बमोजिम आर्थिक वर्ष समाप्त हुनु ७ दिन अगावै सम्पूर्ण सरकारी खाताहरू बन्द हुने व्यवस्था रहेको छ । कोलेनिकाले असार २४ गते मध्ये रातसम्ममा तर्फ कुल विनियोजित २ अर्ब ७० करोड ४२ लाख ४८ हजार ५ सय ४७ रुपैयाँ बजेटमध्ये चालू तर्फ २ अर्ब ४१ करोड ४२ लाख ४६ हजार ३ सय २१ रुपैयाँ र पुँजीगत तर्फ ४ करोड ७२ लाख ७० हजार ४ सय ४ रुपैयाँ भुक्तानी निकासा गरेको छ । 

    यस्तै प्रदेश सरकार तर्फ कुल विनियोजित बजेट रु ५५ करोड ७६ लाख ३२ हजार ५ सय ३३ रुपैयाँ रहेकोमा चालूतर्फ २९ करोड ४५ लाख ८५ हजार ४४ रुपैयाँ र पुँजीगत तर्फ १४ करोड ३५ लाख ६१ हजार ३ सय ८० रुपैयाँ भुक्तानी निकासा भएको प्रमुख कोष नियन्त्रक सुरेश सुवेदीले जानकारी दिए ।


     वित्तीय हस्तान्तरण तर्फ भने सङ्घ र प्रदेश दुवै गरी कुल बजेट २ अर्ब १३ करोड १४ लाख १४ हजार ३ सय ९६ रुपैयाँ रहेकोमा कुल हस्तान्तरण १ अर्ब ९८ करोड ९९ लाख ४२ हजार ४ सय ३८ रुपैयाँ निकासा भएको प्रमुख कोष नियन्त्रक सुवेदीले बताए ।

    Saturday, July 6, 2024

    एसइइकाे नतिजा प्रकाशित नमुना इभरग्रीनका विद्यार्थी शतप्रतिशत पास

    रसुवा, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको एसईईको नतिजा अनुसार संस्थागत विद्यालय नमुना इभरग्रीन आवाशीय माध्यमिक विद्यालयले २०८० सालको एसईई परीक्षामा शतप्रतिशत नतिजा निकाल्न सफल भई जिल्लामै अब्बल सावित हुन सफल भएको छ । रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ स्थित रहेको नमुना इभरग्रीन आवाशीय माध्यमिक विद्यालयबाट जम्मा ११ जनाले परीक्षा दिएकोमा शतप्रतिशत नतिजा आएको हो । साथै सामुदायिक विद्यालयतर्फ निलकण्ठ नमुना माध्यमिक विद्यालय जिबजिबको अन्य विद्यालयको तुलनामा राम्रो नतिजा आएको शिक्षा समन्वय ईकाईले जनाएको छ। रसुवा जिल्ला शिक्षा समन्वय ईकाईका अनुसार जिल्लाभरमा शैक्षिक वर्ष २०८० मा जम्मा २४ वटा विद्यालय एसईईमा सहभागी भएका थिए । जसमा ५४५ विद्यार्थी सहभागी भएका थिए । कालिका हिमालय माविको छात्रा यमुना पौडेलले ३.९५ जीपीएसहित जिल्लाको उत्कृष्ट हुन सफल भएकी छन् । गएको चैत १५ गतेदेखि शुरु भएको परीक्षाको नतिजा हिजो सार्वजनिक भएको हो । परीक्षामा सहभागीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थीले मात्र ११ कक्षामा भर्ना हुन पाउने भएका छन् । बोर्डका अनुसार परीक्षामा सहभागी चार लाख ६४ हजार सात सय ८५ विद्यार्थीमध्ये दुई लाख २२ हजार चार सय ७२ जना कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् । ननग्रेडिङ (एनजी) हुने विद्यार्थीको सङ्ख्या दुई लाख ४२ हजार तीन सय १३ रहेको छ । तीमध्ये दुई विषयमा एनजी हुने विद्यार्थी सङ्ख्या एक लाख १५ हजार आठ सय ३४ छ । उनीहरुले साउन १८ र १९ गते हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ । यस वर्षको एसईई परीक्षामा रसुवाबाट २५.५ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका छन्। शिक्षा विकास तथा समन्वय इकाई रसुवाले दिएका जानकारी अनुसार सामुदायिक विद्यालय तर्फ नीलकण्ठ नमुना माविबाट ३२ जनामध्ये १९ जना पास भएका छन्।