ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Friday, May 24, 2024

आधारभूत खोज उद्धार र प्राथमिक उपचार पुनर्ताजगी तालिम सम्पन्न


रसुवा, उत्तरगया गाउँपालिका र प्रतिवद्ध परियोजनाको सयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको सहजीकरणमा जेठ ४ गतेदेखि कालिका गाउँपालिका वडा न २ भूमिघरमा संञ्चालन भएको आधारभूत खोज उद्धार र प्राथमिक उपचार सम्वन्धी ४ दिने पुनर्ताजगी तालिम ७ गते सम्पन्न भयाे ।

तालिममा सवै वडाको प्रतिनिधित्व हुने गरी १२ महिला र १४ पुरुष गरी कूल २६ जनाको सहभागिता रहेको थियो । ४ दिनसम्मको लगातार सैद्धान्तिक र प्रयोगात्मक अभ्यासले सहभागिहरूको खोज, उद्धार र प्राथमिक उपचार सम्वन्धी अघिल्लो तालिममा सिकेको ज्ञान, सीप र क्षमताको पूनर्ताजगी भएको छ ।

कार्यक्रमको औपचारिक समापन उत्तरगया गाउँपालिकाको उपाध्यक्ष चमेली गुरुङ्गले सहभागिहरुलाई प्रमाणपत्र र First Aid Kit वितरण गरी सम्पन्न भएको थियाे ।

राष्ट्रिय प्रशारण लाइनकाे पर्खाइमा सान्जेन आयोजना

राष्ट्रिय प्रशारण लाइनकाे पर्खाइमा सान्जेन आयोजना

रसुवा, आमाछोदङमो गाउँपालिका क्षेत्रमा निर्माणाधीन सान्जेन जलविद्युत आयोजनाले विद्युत उत्पादन गर्न राष्ट्रिय प्रशारण लाइन कुरिरहेको छ। 

नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको राष्ट्रिय प्रशारण लाइन निर्माणमा ढिलाइ भएपछि उत्पादित विद्युत खेर जान नदिनका लागि आयोजनाले प्रशारण लाइनको प्रतीक्षा गरिरहेका हुन्। 

कम्पनीले निर्माण गरिरहेको ४२.५ मेगावाटको सान्जेन आयोजनाले गत पुसमा विद्युत उत्पादन गर्ने गरी काम गरे पनि प्रसारण लाइन समयमा नबनेपछि आयोजनाको विद्युत उत्पादन गर्न समस्या परेको हो। 

गत साउनमा १४.८ मेगावाट क्षमताको माथिल्लो सान्जेन आयोजनाबाट विद्युत उत्पादन भइसकेको छ। प्रसारण लाइन समयमा नबनेपछि आयोजनाबाट उत्पादित विद्युत वैकल्पिक प्रसारण लाइनमार्फत चिलिमेको विद्युत प्रवाह हुने संरचनामा जोडिएको थियो। 

डा डम्बर नेपालीकाे डिजाइन तथा नेतृत्वमा निर्माण भएकाे चिलिमे जलविद्युत आयोजनाको सफल उत्पादनपछि सहायक कम्पनीको रुपमा सान्जेन आयोजना सुरु भएको हो। नेपाल विद्युत प्राधिकरणले समयमा प्रशारण लाइनकाे काम समयमा सम्पन्न गर्न कन्ट्याक्टरलाइ दवाव दिन नसकेर ढिलाइ भएकाे सराेकारवालाहरू बताउछन् । 

नेपाल विद्युत प्राधिकरणले चिलिमे हब सबस्टेशन ९२२ केभी र चिलिमेदेखि त्रिशूली–३‘बी’ हबसम्मको २२० केभी प्रसारण लाइनको निर्माण अहिलेसम्म पूरा नगर्दा रसुवागढी जलविद्युत आयोजनाले उत्पादन गर्न  पाएकाे छैन । 

चिलिमेदेखि त्रिशूली–३‘बी’ हबसम्मको २२० केभी प्रसारण लाइनको निर्माण अहिलेसम्म पूरा नगर्दा समस्या भएको हो। ‘प्रशारण लाइनको काम भइरहेकोले सोही अनुसार काम भइरहेको छ। 

प्रशारण लाइन अभावले टेस्टिङ र कमिसनिङको काम बाँकी छ,’ आयोजना प्रमुख अर्पण बहादुर सिंहले भने १५ जुनसम्म हामीले विद्युत उत्पादन गरिसक्छौं त्यसबेलासम्म प्राधिकरणले प्रशारण लाइन पनि सम्पन्न गर्नेछ।’ वेट कमिसनिङ प्राप्त हुनुअघिको काम सम्पन्न भएको हुन लागेको सिंहले बताए। नाका बन्दीका कारण भएको 

सान्जेन खोलाको पानी तिलुचे बगरमा बाँध बाँधेर एक हजार ४ सय मिटर लामो सुरुङ तथा ४ सय ८० मिटर लामो पेनष्टक पाइपबाट विद्युत उत्पादन गर्ने योजना रहेको छ। त्यसै विद्युत गृहबाट निस्कने पानी र सिम्बुखोलाको पानी समेत थपेर अर्को सान्जेन आयोजना निर्माण भएको हो। 

Friday, May 17, 2024

माथिल्लाे त्रिशूली थ्री बी हब र भाल्चे सबस्टेसन उद्घाटन

माथिल्लाे त्रिशूली थ्री बी हब र भाल्चे सबस्टेसन उद्घाटन

रसुवा, चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित पहिरेबेंसीमा निर्माण गरिएको त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी सबस्टेसन सञ्चालनमा आएको छ ।

आयोजनाको कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत छिमेकी विद्युतीकरण कार्यक्रमबाट किस्पाङ गाउँपालिकाको भाल्चेमा निर्माण गरिएको ३३/११ केभी विद्युत् वितरण सबस्टेसन समेत उद्घाटन भयाे । 

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र युरोपेली आयोगकी अन्तर्राष्ट्रिय साझेदारी उपमहानिर्देशक मिरियम फेरन, युरोपेली युनियनकी राजदूत भेरोनिक लोरेञ्जो, जर्मन राजदूत थोमस प्रिन्ज र युरोपेली लगानी बैंक की निर्देशक थौउराया ट्रिकीले  संयुक्त रुपमा त्रिशूली थ्री बी हब र भाल्चे सबस्टेसन उद्घाटन गरेका हुन् ।

करिब १०४ रोपनी जग्गामा निर्माण गरिएको त्रिशूली थ्री बी हब सबस्टेसनको लागत १ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइनबाट त्रिशूली थ्री बी हब सबस्टेसन मातातीर्थ सबस्टेसनसँग जोडिएको छ । 

प्रसारण लाइन तथा सबस्टेसनबाट करिब १ हजार २ सय मेगावाट विद्युत् प्रवाह हुन सक्छ। कूल २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ७५ वटा टावरहरूमध्ये ७० वटाको जग हालिएको छ। बाँकी ५ टावरको आंशिक जग हालिएको छ भने ६० वटा टावर खडा गरिएको छ। 

भाल्चे सबस्टेसन तथा त्रिशूली थ्री बी हब–भाल्चे ३३ केभी प्रसारण लाइनसहित छिमेकी विद्युतीकरण कार्यक्रमको लागत ४२ करोड ९३ लाख रुपैयाँ रहेको छ । नुवाकोट र रसुवा जिल्लाका प्रसारण लाइन र सबस्टेसनबाट प्रभावित तथा त्यस आसपासका क्षेत्रमा विद्युत् पहुँच विस्तार र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन छिमेकी विद्युतीकरण कार्यक्रममार्फत ३३ तथा ११ केभी लाइन र वितरण सबस्टेसन निर्माण गरिएको हो । 

प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो ।

६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, तादी खोलाका विभिन्न आयोजनाहरूको ४२ मेगावाट, ३७ मेगावाट माथिल्लो त्रिशूली थ्री बी, १४.८ मेगावाट माथिल्लो सान्जेन, १४.३ मेगावाट माथिल्लो मैलुङलगायतका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् यही प्रसारण लाइन तथा सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा जाेडिने छ । 


चीनबाट विद्युतीय कार आयात बढ्याे

चीनबाट कार आयात  बढ्याे

रसुवा । नेपाल चीन सिमानाका रसुवागढी नाकाबाट विद्युतीय कार आयात बढेको छ । 

चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म चार हजार सात सय छ वटा सवारी साधन आयात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । तीमध्ये चार हजार छ सय ७९ विद्युतीय कार नेपालतर्फ भित्रिएका छन् । 

यस नाकाबाट पाँच हजार आठ सय ५० सवारी साधन भन्सार प्रक्रिया पूरा गरी भित्रिएको हाे । विद्युतीय कारको खरिद मूल्य भने चिनियाँ उत्पादक कम्पनीमा २८ लाख ५१ हजार रुपैयाँ र भन्सार शुल्क ११ लाख ९८ हजार रुपैयाँ रहेको छ । भन्सार कार्यालयले चालु आवमा नियमानुसारको दररेटबाट मनग्य कर असुली गरेको जनाएको छ । 

रसुवा प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आवको नौ महिनामा १५ अर्ब ७७ करोड राजस्व रुपैयाँ असुली भएको हो । तुलनात्मक हिसाबले एक सय ६६ प्रतिशत राजस्व वृद्वि भएको पाठकले बताए । 

गत आवको यस अवधिमा पाँच अर्ब ९४ करोड रुपैयाँ मात्र असुली भएको थियो । ठूलो सङ्ख्यामा चीनबाट सवारी साधन आयात भएकाले चालु आवमा करबापतको राजस्व बढेको हो । 

चालु आवको नौ महिनामा ४८ अर्ब ५९ करोड रुपैयाँ बराबरको सामग्री आयात भएको थियो । आयातीत सामग्रीहरूमा साना–ठूला सवारी साधन, इलेक्ट्री सामान, जुत्ता, चप्पल, लसुन, स्याउ, ओखरलगायत दैनिक उपभोग्य सामग्री रहेको छ । 

सडक मार्ग व्यवस्थित हुन नसक्दा रसुवा खण्डको सडकमा मालवाहक कन्टेनर डिब्बा तथा नयाँ विद्युतीय सवारी साधन ल्याउन असहज भएकाले सडक मार्ग राम्रो मर्मतसुधार गरिदिन  सवारी चालकहरू तथा रसुवागढी नाकाका ब्यापारीहरूले अनुरोध गरेका छन् । 

०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा मौसममा दैनिक ३ सय देखि ४ सय वटा सवारी साधन आवतजावत हुने गरको थियो । चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको हो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।



Thursday, May 16, 2024

पत्रकार रमेश कुमारलाई खोज पत्रकारिता पुरस्कार प्रदान

पत्रकार रमेशकुमारलाइ खोज पत्रकारिता पुरस्कार प्रदान

रसुवा, हिमाल खबर पत्रिकामा  कार्यरत पत्रकार रसुवाका  रमेशकुमार न्याैपाने खोज पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । 

धितोपत्र बजार तथा वित्तीय क्षेत्रमा भएका अनियमिता बारे लेखेका हिमालखबरकर्मी  न्याैपानेलाई बारबरा फाउन्डेशन खोज पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । 

फाउन्डेशनले जेठ ३ गते काठमाडौंमा आयोजना गरेको एक समारोहमा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले चार जना खोज पत्रकारलाई पुरस्कार प्रदान गरेका हुन् । न्यौपानेलाई ३ लाख रूपैयाँ नगद पुरस्कार प्रदान गरिएकाे हो ।  

हिमाल खबरका समाचार प्रमुख न्यौपानेले पुरस्कारले अझै राम्रो रिपोर्टिङ गर्न उत्प्रेरणा मिलेको बताए । उनले भने 'यस्तो सम्मानले जीवनमा फर्केर हेर्दा पत्रकारितामा राम्रै काम गरिएछ भन्ने महसूस गराउँदो रहेछ।'

धितोपत्र बजारको आर्थिक चलखेल र अनियमिततालाई उजागर गरेकोमा तृतीय पुरस्कार प्रदान गरिएको बताइएको छ  । न्यौपानेले सर्वसाधारणलाई झुक्याएर लगानी रकम उठाउने कम्पनीहरूको प्रपञ्च तथा नियामकको मिलमतो बारे श्रृंखलावद्ध समाचार प्रकाशित गरेका थिए । 

सोही समारोहमा पत्रकार देवेन्द्र भट्टराई र मात्रिका दाहाललाई  १६ लाखसहित प्रथम पुरस्कार  र दीपा दाहाललाई ६ लाख सहित दोस्रो खोज पत्रकारिता  पुरस्कार प्रादान गरिएकाे छ ।  

Wednesday, May 15, 2024

व्यवसायिक चौरीपालन तालिम सम्पन्न

व्यवसायिक चौरीपालन तालिम सम्पन्न


धुन्चे । चौंरीपालनलाई व्यवसायिक बनाउन रसुवामा 'व्यवसायिक चौंरीपालन तालिम' सम्पन्न भएको छ । बैशाख २३ देखि २८ सम्म धुन्चेमा सञ्चालित उक्त तालिममा रसुवाका १९ र नुवाकोटका २ चौंरीपालन कृषकहरू सहभागी भएका थिए ।

वागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, पशु सेवा तालिम केन्द्र ललितपुरको आयोजनामा सञ्चालित तालिममा चौंरीपालन व्यवसायलाई थप व्यवसायिक बनाउन प्रयोगात्मक अभ्यास समेत् गरिएको बताइएको छ । अभ्यासको कार्य सदरमुकाम नजिकै रहेको जोङदा गु चौरी खर्कमा गरिएको थियो ।

 

व्यवसायिक चौरीपालन तालिम सम्पन्न

तालिम अवधिमा नेपालमा चौरीपालनको अवस्था, महत्व र सम्भावनाहरु, याक, नाक, डिम्जो र उराङ्ग चौरीका चारित्रिक विशेषतहरु, याक चौरीको प्रजनन् व्यवस्थापन तथा वर्णशंकरको आवश्यकता तथा महत्व, व्याउने, दुधालु माउ र बच्छाबाच्छीको हेरचाह व्यवस्थापन तथा विगौति दूधको महत्व, आहारा व्यवस्थापन, चरन तथा खर्क व्यवस्थापन, लेकाली घाँस तथा डालेघाँसहरु, युरिया मोलासेस मिनरल ब्लक बनाउने तरिका अभ्यास,याक चौरीमा लाग्ने आन्तरिक तथा बाह्य परजीविको नियन्त्रण, मुख्य मुख्य रोगहरु खोरेत, लम्पी स्कीन, भ्यागुते, पटके, क्षयरोग, ब्रुसेलोसिस, साल नझर्ने, भण्डार फर्कने,बच्चा अड्किने आदि रोगको बारेमा जानकारी,याक चौरी खर्कमा घुम्ती गोठ व्यवस्थापन, असल पशुपालन अभ्यास,  जैविक सुरक्षा व्यवस्थापन, सफा दूध उत्पादन विधि, दूध तथा दुग्ध पदार्थ विविधिकरण बारे जानकारी (छुर्पी, चिज, नौनी, ऊन, रौ उत्पादन), थुनेलो रोगको रोकथामको लागि टिट डिपिङ्ग प्रविधि बारे जानकारी एवं अभ्यास, पशुको शारीरिक तापक्रम नाप्ने, नाडीको गति जाँच्ने,श्वास प्रस्वासको गति जाँच्ने,जिवित पशुको शारीरिक तौल निकाल्ने, औषधि खुवाउने तरिका पशुपालनमा गोठालाको भूमिका र फार्म अभिलेख व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको थियो ।

तालिममा सहभागी कृषकहरूले सिकाई उपलब्धिमूलक रहेको बताएका छन् । चौंरीपालन व्यवसायमा हाल देखिएका विविध चुनौति समाधानका लागि अपिल समेत् गरेका छन् ।

नुवाकोट जिल्ला तादी गाउँपालिका वडा नं १ का चौरीपालक कृषक छिरिङ शेर्पाले चौंरीपालन व्यवसाय लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्रभितर पर्ने भएकोले चरनको सहज वातावरण सिर्जना गर्नुपर्ने बताए ।

याक चौरी कृषक महासंघका अध्यक्ष दावा स्याङ्बु शेर्पाले चौरीपालनलाई हिमाली जिल्लामा बसोबास गर्ने जनताको जनजीविकासँग गाँसिएकोले यसको संरक्षण तथा सम्वर्द्धनकोलागि सरकारले विशेष महत्वका साथ हेर्नु पर्ने बताए ।

 

जिल्ला समन्वय समितिकाे समीक्षा सुरू


रसुवा, जिल्ला समन्वय समिति रसुवाको आ.व.२०८०/८१ को चैत्र मसान्तसम्मको कार्यक्रमको समीक्षा कार्यक्रम बुधबार सुरु भयाे ।

प्रमुख अतिथी संघीय मामीला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले जिल्ला समन्वय समितिकाे समीक्षाकाे उद्घाटन गर्दै प्रदेश सरकारलाइ पनि नदिएकाे न्याय सम्पदनसम्मकाे अधिकार स्थानीय सरकारलाइ संबिधानले नै  प्रदान गरेकाे बताए । 

उनले विद्यालय शिक्षा ऐन तथा संघीय निजामती सेवा ऐन चाँढै ल्याउने बताए । अहिले पनि असार मसान्तमा सरकारी सबैभन्दा बढि भुक्तानी गर्ने गरेकाे बताए । अस्थिर राजनीतिक अवस्थाले देश लामाे संक्रमणमा गुज्रेकाे बताउदै देश निर्माणका लागि कर्मचारी , जनप्रतिनिधि सवैले इमान्दार भएर लाग्नुपर्नेमा जाेड्दिए । 

समीक्षाकाे सुरूमा  रसुवा सामुदायिकआँखा केन्द्रका इन्चार्ज उर्मिला तामाङ, स्वास्थ्य बिमा बोर्ड रसुवाका प्रमुख अम्बिका शाह, नेपाल विद्युत बितरण केन्द्र प्रमुख सन्जीब भट्टराई, चरण तथा घाँसेबाली अनुसन्धान केन्द्र, मालपोत कार्यालय प्रमुख गणेश श्रेष्ठ, नापी कार्यालयले आफ्नो कार्यालयको प्रगती विवरण प्रस्तुत गरे । 

शिक्षा विकास तथा समन्वय इकाई रसुवा, रसुवा भन्सार कार्यालय, लाङटाङ राष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अधिकृत अणनाथ बराल, सडक डिभिजन नुवाकोट, गल्छी त्रिशूली मैलुङ स्याफ्रुबेशी सडक आयोजना,आयुर्वेद तथा बैकल्पिक चिकित्सक, डिभिजन वन कार्यालय ,घरेलु तथा साना उद्योगलगायत विषयगत कार्यालयले आफ्नो कार्यालयको प्रगती विवरण प्रस्तुत गरेका छन्  ।


कार्यक्रममा संविधान सभा सदस्य छोवाङ तेन्जिन तामाङ, नेकपा एमाले रसुवाका अध्यक्ष एवम् संविधान सभा सदस्य जनार्दन ढकाल, प्रमुख जिल्ला अधिकारी बेधनिधी खनाल, आमाछोदिङमो गाउँपालिका अध्यक्ष बुचुङ तामाङ, गोसाइँकुण्ड गाउँपालिका उपाध्यक्ष प्रतिमा तामाङ, उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरुङ, आमाछोदिङमो गाउँपालिका उपाध्यक्ष चण्डिका तामाङ, नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय सदस्य साङतेम्पा तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टी, सभापति  मानबहादुर तामाङलागयतले समीक्षामा मन्तब्य राखेका थिए ।  

संघ र प्रदेश अन्तरगतको सबै सरकारी तथा गैरसरकारी सबै कार्यालयको प्रस्तुत आज सकिए पनि बाकी स्थानीय तहहरूको प्रस्तुती भने भोलि बिहिवार बिहानदेखि हुने उप प्रमुख बिजय लामाले बताए ।