रसुवा, हिमाल खबर पत्रिकामा कार्यरत पत्रकार रसुवाका रमेशकुमार न्याैपाने खोज पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।
धितोपत्र बजार तथा वित्तीय क्षेत्रमा भएका अनियमिता बारे लेखेका हिमालखबरकर्मी न्याैपानेलाई बारबरा फाउन्डेशन खोज पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो ।
फाउन्डेशनले जेठ ३ गते काठमाडौंमा आयोजना गरेको एक समारोहमा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले चार जना खोज पत्रकारलाई पुरस्कार प्रदान गरेका हुन् । न्यौपानेलाई ३ लाख रूपैयाँ नगद पुरस्कार प्रदान गरिएकाे हो ।
हिमाल खबरका समाचार प्रमुख न्यौपानेले पुरस्कारले अझै राम्रो रिपोर्टिङ गर्न उत्प्रेरणा मिलेको बताए । उनले भने 'यस्तो सम्मानले जीवनमा फर्केर हेर्दा पत्रकारितामा राम्रै काम गरिएछ भन्ने महसूस गराउँदो रहेछ।'
धितोपत्र बजारको आर्थिक चलखेल र अनियमिततालाई उजागर गरेकोमा तृतीय पुरस्कार प्रदान गरिएको बताइएको छ । न्यौपानेले सर्वसाधारणलाई झुक्याएर लगानी रकम उठाउने कम्पनीहरूको प्रपञ्च तथा नियामकको मिलमतो बारे श्रृंखलावद्ध समाचार प्रकाशित गरेका थिए ।
सोही समारोहमा पत्रकार देवेन्द्र भट्टराई र मात्रिका दाहाललाई १६ लाखसहित प्रथम पुरस्कार र दीपा दाहाललाई ६ लाख सहित दोस्रो खोज पत्रकारिता पुरस्कार प्रादान गरिएकाे छ ।

0 Comments :
Post a Comment