निःशुल्क धर्म प्रशिक्षण शिबिर सम्पन्न

रसुवा, तामाङ बौद्ध महासंघ नेपालको आयोजनामा ३ महिने निःशुल्क धर्म प्रशिक्षण शिबिर धुन्चे स्थित टुल्कु छ्योइलिङ गोन्पा सम्पन्न भयो । ०७६ साल माघ २६ गतेदेखि प्रारम्भ भएको प्रशिक्षण कोरोना महामारीको समयमा पुरा हुन नसकेकोले यसवर्ष पुरा गरेर प्रमाण-पत्र प्रदान गरिएको हो । प्रमुख अतिथी तामाङ बौद्ध महासंघ नेपालका संस्थापक अध्यक्ष एवम् तामाङ लुङ्तोक गुम्बाका खेन-रिन्पोछे धर्म गुरु गेशे निमा तमाङले प्रमाण-पत्र बितरण गरेका थिए । प्रशिक्षक टुल्कु छ्योइलिङ गोन्पा धुन्चेका प्रमुख लामा दावासिदार घलेले सहजिकरण गरेका थिए । तामाङ बौद्ध महासंघ नेपालको आयोजना तथा टुल्कु छ्योइलिङ गोन्पा धुन्चेकाे ब्यबस्थापनमा बौद्ध दर्शन तथा सम्भोटा लिपीबारे बारे आधारभूत जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रम टुल्कु छ्योइलिङ गोन्पा धुन्चेका लामा प्रतिनिधी लामा सम्देन घलेको अध्यक्षतामा समापन कार्यक्रम भएकाे थियाे । तीन महिनासम्म सहभागी १५ वर्षदेखि ८५ वर्षसम्मका उमेरका सहभागी ५५ जनालाइ प्रमाण-पत्र बितरण गरिएको थियो । बिशिस्ट अतिथी तमाङ मातृभाषा सम्भोटालिपी विकास प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सिङ्गबहादुर योन्जनल...