Find us on Facebook

Responsive Advertisement
यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

Pages

जिल्ला विपद् व्यवस्थापन समितिकाे बैठक सम्पन्न

Wednesday, August 14, 2024





रसुवा, जिल्ला विपद व्यवस्थापन समिति रसुवाको अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालको अध्यक्षतामा बैठक सम्पन्न साउन २८ गते भयाे । 

जिल्ला प्रशासन कार्यालय रसुवा कार्यालयको सभाहलमा विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा १६ बमोजिम जिल्ला विपद व्यवस्थापन समिति रसुवाकाअध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल, गोसाईकुण्ड गापा अध्यक्ष कैसाङ नुर्पु तामाङ,गैसस, पत्रकार, चेम्बर,बाणिज्य महासंघलगायतका सरोकारवाल हरूको उपस्थित रहेको थियो ।

वैठकमा वनुवा घुम्तीमा पासाङ ल्हामु राजमार्ग अवरुद्ध भई बाईपासका रूपमा प्रयोग हुने जिरो किलो अम्वास सडक खण्ड,पुर्वाधार विकास कार्यालय नुवाकोटबाट सन्चालन भएकाले पहिरो पन्छाई सडक सन्चालनमा ल्याउन कार्यालयलाई निर्देशन दिएकाे छ ।  

कुनैपनि अवस्थामा सवारी आगमन अवरूद्व हुने हुनाले जिल्लाको लाईफलाईन टुटने अन्तर्राष्ट्रिय नाका समेतलाई असर गरी राजश्व संकलनमा प्रभावित लगायत विरामी उद्वार र विपद व्यवस्थामा समस्या आउने तथा गोसाईकुण्ड धार्मिक मेलामा आउने भक्तजनहरूलाई असुविधा हुने हुदा तत्कालै मर्मत गर्न र दिर्धकालिन समाधान समेतका लागि सडक डिभिजन कार्यालय नुवाकोट र स्याफ्रुवेसीदेखि रसुवागढीसम्मको सडक खण्डको हकमा मर्मत सुधार गर्न गल्छि,त्रिशूली,मैलुङ,स्याफ्रुवेसी,रसुवागढी सडक योजनालाई निर्देशन दिने निर्णय भएकाे विपद् व्यवस्थापन समितिका संयाेजक तथा प्रजिअ खनालले जानकारी दिए ।

त्यसैगरी कालिका गापा -१ राम्चेका दावा पासाङ लोप्चनको घरमा गत साउन १५ गते आगलागी भई घर पुर्ण रूपमा नष्ट भएकाले विपद व्यवस्थापन कोषवाट तत्काल राहत स्वरूप २५ हजार वितरण गरिएको छ । उ

तरगया र नौकुण्ड गा,पालाई पालिकाले माग गरे बमोजिम ५०/५० थान ९२× १×१० तारजाली जलश्रोत तथा सिंचाइ विकास सव डिभिजन कार्यालय,धुन्चेबाट उपलब्ध गराईएको समर्थन  लगाएत समयमा विपद्का घटना बढन सक्ने हुदा सवै निकायले मनसुन पुर्व तयारि तथा प्रतिकार्य अनुरूप चनाखो रहि सवैलाई आग्रह गरिएको प्रजिअ खनालले बताए ।

गाउँपालिका भवन निर्माण हुन सकेन

 


रसुवा,  कहाँ बनाउने ? भन्ने विषयकाे विवदले आमाछोदिङमो गाउँपालिका भवन निर्माणमा ढिलाइ भएकाे छ । 

नेपाल सरकारले राजपत्रमा आमाछोदिङमो गाउँपालिकाकाे केन्द्र गाेल्जुङबेशी उल्लेख गरेपनि हाल गाेल्जुङमा रहेकाे छ  । 

मुलुकमा संघीयता लागू भएकाे  सात वर्ष बित्दा पनि गाउँपालिकाकाे भवन निर्माण हुन नसक्दा सेवा प्रबाहमा समस्या रहेकाे छ । 


तस्वीर ः केही समय अघि प्रतिनिधि तथा प्रदेश  सभा सदस्य,  जिल्ला समन्वय समितिका  प्रमुखलगायत दलका नेताहरू अनुगमनमा सहभागी हुँदै ।  

गोसाइँकुण्ड तथा वरपर रहेका कुण्डहरूको संक्षिप्त जानकारी

Saturday, August 10, 2024















एक्‌सय आठ् जम्न पुगे कुण्ड कतिकति
सँगसँगै जम्न पुगे भैरब् र सर्‌स्वती ।
त्रिशूली बनी बगिन् बढाउँदै शान       
                   त्यै कुण्डमा पसी शिब भए बिराज्‌मान ।।

 

    गोसाइँकुण्ड तथा वरपरका कुण्डहरूको उत्पत्तिको बारेमा

     

    सत्ययुगमा देवता र दानव मिली गरेको समुन्द्र मथनबाट निस्केको हलाहल नामक कालकुट विष संसारको रक्षार्थ भगवान शिवले निल्दा घाँटीमा अड्कन गई डाहा हुँदा सो डाहाबाट मुक्ति पाउन भगवान् शिवजी हिमवत् खण्डमा जहाँ अहिले प्रख्यात गोसाइँकुण्ड रहेको छ, यही स्थानमा आउनुभई त्रिशूलले खोपेर कुण्ड उत्पत्ति गर्नुभएको भन्ने धार्मिक कथन  रहेको छ । भगवान् शिवजीको कण्ठमा अड्केको विषले डाहा भई उनको कण्ठ/घाँटी नीलो भएको कारण उनलाई नीलकण्ठ पनि भनिएको हो । नीलो कण्ठ भएका शिवजीले उत्पत्ति गर्नुभएको कारण गोसाइँकुण्डलाई नीलकण्ठ दह पनि भनिन्छ । जुन् कुण्डलाई शिवकुण्ड भनेर पनि चिनिन्छ ।

     

    त्रिशूलले खोपेर निस्केको तीनधारा जसलाई त्रिशूलधाराका नामले चिनिन्छ, सोही त्रिशूलधारा जम्न गई विशाल पोखरी बन्यो र त्यही कुण्डको नाम गोसाइँकुण्ड हो । गोसाइँकुण्ड उत्पत्ति सम्बन्धि केही रोचक तथा लोक भजन यस्तो रहेको छ ।

     

    त्रिशूलधाराको बारेमा थपजान्नुहोस्

     

    गोसाइँकुण्ड उत्पत्ति सम्बन्धि केही रोचक कविता तथा लोक भजनहरू

     

    (गोसाइँकुण्ड जाउँला, डुबुल्की नुहाउँला) राम.. हे ! नील्कण्ठको दर्शन पाई, हरि नील्कण्ठको र्शन पाई, हो (हर गंगे गोसाइँकुण्ड नुहाउन जाउँ) हरेराम ..

     

    • (रसुवा जिल्लाको छत्रनाँचको नालीबेलीमा समावेश भएको बालुन)

     

     

    गौरीका पसिना बगेर अघि नै जो धर्मधारा बन्यो ।

    त्यो सम्झेर झलक्क भित्र मनले ध्यानादि क्यै गर्नु भो ।।

    बढ्दै गो जब त्यो प्रभाव विषको पर्दै गयो तुल्बुली ।

    घोचे तिर्सुलले फुट्यो जल अहो ! नीलाद्रिमैँ भुल्भुली ।।५२।।

     

    धारा तीन त्रिशूलको जब बन्यो ठन्डा त्यही निर्मल ।

    पानी जम्न गई बडो दह बन्यो नीलाद्रिमा सुन्दर ।।

    खाल्टा आठ तथा अगाध गहिरो कल्लोलले शोभित ।

    देखी दिव्य विशाल कुण्ड शिवजी ज्यादै भए मोहित ।।५३।।

     

    बाधा त्यो सब कालकूट विषको संहारका खातिर ।

    आफैं गै सय दिव्य वर्ष सुकला भो कुण्डमा शङ्कर ।।

    नामैँ भो पछि नीलकण्ठ दह, त्यो गोसाइँथान नामले ।

    जो प्रख्यात छँदैछ आजतक नै देखिन्छ आफैं गए ।५४।।

     


    पहरामा जब खोपे श्रीशिवले तिर्शूल

    तीनैधारा निस्किएर गर्न थाले भुल्‌भुल् ।

    प्रख्यात् भयो नाम रह्‌यो भनी त्रिशूल्‌धारा

    भक्तिभाव्‌ले दर्शन् गर्न जान्छन् भक्त सारा ।।

     

    तिर्शुल्‌धारा झर्न गयो जम्न गयो पानी

    दिब्यदह नाम रह्‌यो गोसाइँकुण्ड भनी ।

    पिए पानी घटघटी शान्त पार्न डाहा

    डाहा शान्त भई शिब भन्नलागे  आहा !!

     

    एक्‌सय आठ् जम्न पुगे कुण्ड कतिकति

    सँगसँगै जम्न पुगे भैरब् र सर्‌स्वती ।

    त्रिशूली बनी बगिन् बढाउँदै शान

    त्यै कुण्डमा पसी शिब भए बिराज्‌मान ।।

     

    स्नान, दान, ध्यान, जप, श्रद्दादि र तर्पण्

    आफू मोक्ष भई पुर्खाहरू पनि तर्छन् ।

    यस्तो विश्वास गरीकन पुण्यादि कमाउन

    ब्रम्हाण्डकै सारा जान्छन् थाल्नेछन् रमाउन ।।

     

    • (शिवगाथा – प्रेमप्रसाद पौडेल)

     

    गोसाइँकुण्ड, भैरव्‌कुण्ड, कुण्ड सरस्वती

    दुधकुण्ड, जागेश्वर कुण्ड ती पार्वती ।

    नउकुण्ड, सूर्य, चन्द्र, आमा, अग्नी कुण्ड

    यत्रतत्र धेरै जमे बनाउँदै आनन्द।।

    •  (रसुवागाथा / यही हो हाम्रो रसुवा – प्रेमप्रसाद पौडेल)


    गोसाइँकुण्ड तथा वरपरका कुण्डहरूको बारेमा जानकारी

    कुण्डको नामाकरणका विषयमा धेरै विविधता पाईएको छ । एउटै कुण्डका विविध नामाकरण सुनिदै आएको छ । यहाँ उल्लेख भएका कुण्डहरूको नामावलीमा कुण्डहरू दोहोरिएका हुनसक्छन् । 

    1. गोसाइँकुण्ड
    2.  भैरव कुण्ड
    3. सरस्वती कुण्ड
    4. पार्वतीकुण्ड
    5. जागेश्वर कुण्ड (जेसुर)
    6. दुधकुण्ड (टिमुरे र गोसाइँकुण्ड क्षेत्र दुवै ठाउँमा रहेको )
    7. ब्रम्हाकुण्ड
    8. नागकुण्ड (नाउ/नाग)
    9. नवकुण्ड
    10. लम्बेकुण्ड
    11. राजा कुण्ड
    12. रानीकुण्ड
    13. कामी कुण्ड
    14. कमिनी कुण्ड
    15. छेडा कुण्ड
    16. एक्ले कुण्ड
    17. मोक्ष कुण्ड
    18. सागर कुण्ड
    19. झ्याकुम कुण्ड
    20. सूर्य कुण्ड
    21. आमा कुण्ड
    22. चन्द्र कुण्ड
    23. अग्नी कुण्ड
    24. सृष्टिमाता कुण्ड
    25. गणेश कुण्ड
    26. रक्त कुण्ड
    27. नोजे कुण्ड
    28. लोङजे कुण्ड
    29. रामलक्ष्मण कुण्ड
    30. रामकुण्ड
    31. लक्ष्मण कुण्ड
    32. सीता कुण्ड
    33. दामोदर कुण्ड
    34. भरत कुण्ड
    35. पीपकुण्ड
    36. कुमार कुण्ड
    37. जनकुण्ड
    38. बर्दकुण्ड
    39. महालक्ष्मी कुण्ड
    40. महासरस्वतीकुण्ड
    41. महाकालीकुण्ड
    42. धर्मकुण्ड
    43. फलामकुण्ड
    44. कर्णकुण्ड
    45. शेषकुण्ड
    46. अद्भूत कुण्ड
    47. वेदकुण्ड
    48. बैष्णवायकुण्ड
    49. विष्णुकुण्ड
    50. व्यासकुण्ड
    51. गौरीकुण्ड
    52. उमाकुण्ड
    53. रमाकुण्ड
    54. दीपकुण्ड
    55. ज्वाला कुण्ड
    56. बतास कुण्ड
    57. रिभर कुण्ड
    58. ग्रुबाकुण्ड
    59. हिउँकुण्ड (आइसलेक, क्याञ्जेन)
    60. वाइवा कुण्ड
    61. तेम कुण्ड
    62. दि कुण्ड
    63. चुल्हो कुण्ड
    64. शीर कुण्ड
    65. अमर कुण्ड
    66. छोनाक कुण्ड
    67. डुल्बु कुण्ड
    68. गोपो कुण्ड 
    69. गोसाइँकुण्ड बन्नुअघिको पहिलो कुण्ड : ग्यो नेबा
    70. गोसाइँकुण्ड बन्नुअघिको दोस्रो कुण्ड : सपिङ ग्यो
    71. गोसाइँकुण्ड बन्नुअघिको तेस्रो कुण्ड : नाम्सुङ ग्यो




    घिमिरेको पहिलो हास्यव्यङ्ग्य निवन्ध संग्रह 'चौध मगज' प्रकाशित


    रसुवा, उत्तरगया गाउँपालिका -५ उपल्लोपौवाका दिपक घिमिरेको हास्यव्यङ्ग्य निवन्ध संग्रह 'चौध मगज' बजारमा आएको छ ।  

    उनले 'चौध मगज' नामक हास्यव्यङ्ग्य निवन्ध संग्रह प्रकाशन गरी बजारमा ल्याएका हुन् । १४ वटा निवन्धहरू संग्रहित उक्त पुस्तकमा समाज, मानिसको चेतना, आधुनिकताबाद, सम्बन्ध, सरकार र मानिसको भ्रम र सामाजिक अवस्थामाथि व्यङ्ग्यात्मक प्रहार गरिएको छ । 

    अक्षरधाम प्रकाशन प्रालिले उक्त निवन्ध संग्रह प्रकाशन गरेको हो । निजामति सेवामा कार्यरत घिमिरेका कविता, कथा, लेख, निवन्धलगायतका रचना विभिन्न पत्रपत्रिका तथा अनलाइमा प्रकाशित भइसकेका छन् । याे उनको  पहिलो प्रकाशित कृति हो ।  

    गोसाइँकुण्ड मेलाका लागि होटलहरुमा मूल्य सूचि निर्धारण



    रसुवा, रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने जनैपुर्णिमा मेला नजिकिएसँगै पदमार्गमा सञ्चालित होटलका लागि मेला अवधिभर मात्र लागू हुने गरि दररेट निर्धारण गरिएको छ ।

    धुञ्चे गोसाइँकुण्ड पदमार्गमा सञ्चालित होटलको मूल्य सूचीमा एकरूपता नभएका कारण यात्रु ठगिएको गुनासो आएसँगै जिल्ला प्रशासन कार्यालय रसुवाले मेला अवधिभर मूल्य सूचि निर्धारण गरेको हो ।


    सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारीका अनुसार गोसाईकुण्ड मेला अवधिभरका लागि घट्टेखोलादेखि गोसाईकुण्डसम्मको पदमार्गमा रहेका होटल तथा थर्फु सञ्चालकहरुले चिया, खाना, घोडाचढी र बासको दररेट तोके अनुसार मात्र लिन पाउने गरि मूल्य सूची सार्वजनिक गरिएको बताउनुभयो ।

    उहाँका अनुसार पदमार्गमा पर्ने घट्टेखोला, खेन्दी, देउराली, ढिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीविना र गोसाइँकुण्डका लागि छुट्टाछुट्टै मूल्य तोकिएको छ ।

    अब यात्रुहरुले एक कप तातोपानीको स्थान अनुसार १० रुपैंयादेखि ८० रुपैंयासम्म तिर्नुपर्ने छ भने २७५ रुपैंयाँ देखि ६ सय रुपैंयासम्म सादा खानाको रकम तोकिएको छ ।

    यसैगरि स्थान अनुसार घोडा चडिहरुका लागि भने चार हजारदेखि आठ हजार रुपैंया निर्धारण गरिएको छ । नागपञ्चमीदेखि सुरु भई साउन शुक्ल पुर्णिमा अर्थात जनैपूर्णिमाका दिनसम्म गोसाईकुण्डमा हजारौ तीर्थयात्रीहरुले मेला भर्ने गर्दछन् ।



    पारिस्थितिक प्रणाली र जीविकोपार्जन कार्यक्रम


     

    रसुवा, लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज (ल्याकोस) ले बुधबार रसुवाको सदरमुकाम धुन्चेमा युसएआइडि जल जङ्गलको आर्थिक सहयोगमा रसुवाको लाङटाङ क्षेत्रमा दिगो पारिस्थितिक प्रणाली र जीविकोपार्जन कार्यक्रम संचालन गरेको छ ।

     

    कार्यक्रमको मुख्य लक्ष्य रसुवाको लाङटाङ क्षेत्रका स्थानीय समुदायको जलवायु,उन्मुखता र जिविकोपार्जनमा वृद्वि गर्दै लोपोन्मुख रेड पाण्डा (हाब्रे ) र यसको बासस्थान संरक्षणका साथमा प्रवर्द्धन गर्ने रहेको छ । कार्यक्रमको उत्घाटन गर्दै ल्याकोसका अध्यक्ष सन्तोष घलेले कार्यक्रमद्वारा स्थानिय समुदायको जिवनस्तर सुधारमा योगदान पुराउने उदेश्य रहेको बताउनु भएको छ । 

     

    रसुवाको तीन वटा गाउँपालिका गोसाइँकुण्ड,कालिका र नौकुण्डमा युएसएआईडी जैविक विविधता ९जल जङ्गल०ले ल्याकोस संग मिलेर २०२४ जुलाई १८ देखि नोभेम्वर २४ सम्म काम गर्ने भएको छ। उक्त कार्यक्रममा तीन वटै गाउँपालिका अध्यक्ष सँगै विभित्र सरोकारवाला निकायहरू, पत्रकारहराएको उपस्थिति थियो ।

    रसुवागढी नाकाबाट रु ६५ अर्ब २२ करोडको चिनियाँ सामग्री आयात


    रसुवा, गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट रु ६५ अर्ब २२ करोड ६३ लाख बराबरको चिनियाँ सामग्री नेपाल आयात गरिएको छ। आयात गरिएका सामग्रीमा इन्धन एवं विद्युतीय सवारीसाधन, तयारी कपडा, रवर, जुत्ता, चप्पल, हाते झोला, होजियारी कपडा, जुत्ता तयार गर्ने सामग्री, स्याउ, लसुन ओखरलगायत रहेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले जानकारी दिए।

           

    निर्याततर्फ भने रु एक अर्ब ९६ करोड १८ लाख बराबरको तामाका भाँडाकुँडा, गलैँचा, चाउचाउ, नुड्लर्स, पास्ता, जडीबुटी, आल्मोनियमका भाँडाकुँडा, पछ्यौरा, सल, दोसल्ला, बुक व्यान्डिङका कपडा, तयारी कपडासमेत रू एक अर्ब ९६ करोड १८ लाख बराबरका सामग्री रहेको राससले जनाएको छ। आयात भएका सामानको परिमाण घटाई विवरण बुझाउने व्यापारीलाई कानुनबमोजिम जरिवाना गर्ने गरिएको उनको भनाई छ। 


    गत आवमा कम परिमाण देखाउने व्यापारीबाट रु ६१ करोड ६० लाख जरिवाना गरिएको प्रमुख भन्सार अधिकृत पाठकले जानकारी दिए। बस, कार, ट्रक, टाइसाइकल, भ्यानसमेतका सवारीसाधन आयात भएका थिए। गत आवमा  सात हजार तीन सय ७७ चिनियाँ सवारीसाधन आयात भएका थिए। सोमध्ये तीन सय ४५ इन्धनबाट चल्ने र सात हजार ३२ वटा भने विद्युतीय सवारीसाधन रहेको अभिलेखकर्ता कम्प्युटर अधिकृत निर्मल कँडेलले बताए।

     

    गत वर्ष आयात भएका सवारीसाधनको मूल्य रु १९ अर्ब ५७ करोड ४५ लाख रहेको भन्सारको तथ्याङ्कमा उल्लेख छ। आव २०७९र८० मा एक हजार सात सय मात्र सवारीसाधन आयात भएका थिए। आव २०८०र८१ को भन्सार शुल्क, जरिवाना, भ्याटसमेतको रु २० अर्ब ३६ करोड ९७ लाख ८२ हजार असुल भई राज्यकोषमा दाखिला भएको भन्सार कार्यालयले जनाएको छ।



    पहिराेले अवरूद्ध धुन्चे - भार्खु सडक खण्ड सञ्चालन



    रसुवा, पासाङल्यामु सडक खण्ड अन्तर्गत रसुवाको धुन्चे - भार्खु सडक खण्ड सञ्चालनमा आएको छ। 

    बिरल बर्षाका कारण गएराती खोपाङ भिरमा सडक माथिबाट ठुला चट्टान खसेर रसुवाको धुन्चे-भार्खु खण्ड सडक अबरुद्ध भएको थियो।  सडक डिभिजन कार्यालय नुवाकोटको स्काभेटर प्रयोग गरी पहिरो पन्छाउने कार्य गरि सडक सूचारु गरिएको हो।

    सडक अवरूद्ध हुँदा केही बेर बस तथा अन्य सवारी साधन राेकिएका थिए ।  

     

    अकबरे खुर्सानी खेतीबाट आम्दानी

    Friday, August 9, 2024


    रसुवा, उत्तरगया गाउँपालिका १, २, ३ का डाँडागाउँ, ठूलोगाउँ, सिरुचेत अहिले अकबरे खुर्सानीको पकेट क्षेत्र बनेका छन् । अकबरे खुर्सानी खेतीबाटै यस भेगका बासिन्दाले मनग्य आम्दानी लिइरहेका छन् ।

    उत्तरगया गाउँपालिका र हेफर प्रोजेक्ट नेपालका साझेदारीमा सिड्स रसुवाबाट सञ्चालित उत्तरगया कृषि तथा पशु उद्यमशीलता विकास परियोजना कार्यक्रमअन्तर्गत यस वर्ष  ८७ जना कृषकले ६० रोपनी जग्गामा अकबरे खुर्सानी खेती गरेका छन् । खुर्सानीबाट गत महिनादेखि राम्रै आम्दानी लिन थालेका छन् । 

    पिरो खुर्सानीबाट राम्राे आम्दानी हुँदा उनीहरू दङ्ग छन् । उत्तरगयाका तीन वडामा अकबरे खुर्सानी खेती सुरु गरेर उत्पादन भई बिक्री–वितरणको सुरुआत भइसकेको परियोजना संयोजक गौरव सापकोटाले जानकारी दिए । 

    गत जेठमा लगाइएको खुर्सानी अहिले बिक्रीका लागि तयारी भएको हो । अकबरेको बजारमूल्य प्रतिकेजी रु। दुई सय ५० देखि तीन सयसम्म रहेको छ । बाहै्र महिना फल्ने सो खुर्सानी एउटा बोटबाट एक वर्षमा चारचोटि बेच्न मिल्ने गरी फल दिने भएकाले एकदमै आयमूलक रहेको गाउँपालिका उपाध्यक्ष चमेली गुरुङ बताउँछिन् । 

    अहिले पहिलो सरुवाती चरण भएकाले करिब दुई सय केजी बिक्री भएको छ । अब तिजअगाडि पाँच सय केजी र बडादशैं अगाडि एक हजार पाँच सय केजी फल्ने परियोजना संयोजक सापकोटा बताउँछन् ।

    यो खुर्सानी काठमाडौँस्थित दरबारमार्गमा रहेको रैथाने बाली बजारमा समेत बिक्री–वितरण भइरहेको छ । यसको बजार सहजीकरणमा गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याल आफैँ लागिपरेका छन् । रैथाने बाली बजार दरबारमार्गको बिक्री केन्द्रमा कृषिमन्त्री रामनाथ अधिकारीले समेत अवलोकन गरेर रसुवामा फलेको अकबरे खुर्सानीको प्रशंसा गरेका थिए । 

    खुर्सानी खेतीमा लागिपरेकी कृषक मीनकुमारी पौडेल भन्छिन्, ‘हामीलाई गाउँपालिकालगायत संस्थाले प्रेरित गरी आर्थिक स्थिति सुधारमा मद्दत गरेको छ, कसैसँग हात फैलाउन पर्दैन ।’ अर्का कृषकद्वय लालमाया तामाङ, मनिका राई पनि एकै स्वरमा भन्छन्, ‘यस्तो आम्दानी मूलक अकबरे खुर्सानी खेती गर्न अरूले पनि गरे हुन्छ । हामी घरभित्रको कामसँगै पैसा आउने काम पनि गर्न पाउँदा धेरै खुसी छौँ ।’

    सामुदायिक वन दिवसमा वृक्षारोपण तथा उत्कृष्ठ सामुदायिक वन सम्मान





    रसुवा, डिभिजन वन कार्यालय रसुवाको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ रसुवाको सहकार्यमा सामुदायिक वन दिवस मनाइएको छ ।

    दिवसको अवसरमा उत्तरगया गाउँपालिका –१ को गुप्तीपाख सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सुभबहादुर तामाङलाइ सम्मान पत्रद्वारा डिभिजन वन अधिकृत बद्री ढुंगाना तथा सामुदायिक वन उपभोक्ता महासंघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडाले संयुक्त रुपमा सम्मान गरेका थिए । उनले आफ्नो सामुदायिक वनमा सतुवा खेती तथा लौठ सल्ला रोपण गरी वन व्यवस्थापन तथा वातावरण संरक्षणमा योगदान गरेका छन् ।

    कार्यक्रममा सहभागीहरुले वन कार्यालय परिसरमा वृक्षारोपण समेत गरेर सामुदायिक वन दिवस मनाएका थिए ।



     
    Support : Creating Website | Johny Template | Mas Template
    Copyright © 2011. यही हो हाम्रो रसुवा - All Rights Reserved
    Template Created by Creating Website Inspired by Sportapolis Shape5.com
    Proudly powered by Blogger