Wednesday, October 21, 2026
कालिकामा बाढी प्रभावित १९५ परिवारलाई नगद राहत ६ हजार रुपैयाँ वितरण
Saturday, October 17, 2026
ऐतिहासिक तथा धार्मिक दृष्टिले प्रसिद्धि कमाएको पवित्र स्थलको कालिका मन्दिर
कालिका गाउँपालिका-२, कालिकास्थानमा रहेको ऐतिहासिक तथा प्रसिद्ध धार्मिक तीर्थस्थल कालिका मन्दिरमा वडा दशैमा चहलपहल हुने गर्दछ तर यसवर्ष दशैकाे चहलपहल धेरै हुन सकेन । भाेटेकाेसीकाे बाढीका कारण केही गुमेका तथा आफन्त बेपत्ता भएका कारण पनि पुजाआजा गरेनन् भने रमाइलो पनि भएन ।
महत्व
प्राकृतिक दृश्यको धनी, ऐतिहासिक तथा धार्मिक दृष्टिले प्रसिद्धि कमाएको पवित्र स्थलको प्रत्यक्ष स्थलगत दर्शन गर्न पासाङल्हामु सडक मार्गवाट ५ मिनेटमात्र पैदल यात्रा गरी कालिकामाई मन्दिरको दर्शन गर्न सकिन्छ । दोस्रो पटक नेपाल (चीन युद्द हुँदा चिनीया फौजले नेपाली फौजलाई लघारेर बेत्रावती पुर्या एपछि चिनीयाहरूले यस मन्दिरमा गाई, गोरू बली चढाएका थिए, जसको प्रभाव चट्याङ, हावाहुरी जस्ता विपत्तिसहित ठूलो संख्यामा चिनीयाँ फौज मरेका थिए । त्रिशूलीमा होमिन पुगेका थिए भनिएको छ । त्यसैबेलादेखि कालिका माईको शक्ति स्थापित भएको हो भन्ने भनाई रहेको छ ।
परापूर्व कालमा अन्यत्र जोडिएको जस्तो स्थानीय धार्मिक कार्यका लागि भाँडाकुँडा दिने प्रचलन यहाँ पनि थियो । हाल रहेको मन्दिरभन्दा केही तल पहरामा अवस्थित कालिका माईले आवश्यकता र नियमानुसार कार्यको लागि भाँडाकुँडा माग भपमा उपलब्ध गराउने गरेकाे जनविस्वास छ । पछि नियमानुसार प्रयोग नभएपछि माई रिसाएर भाँडाकुँडा माग्दा दिन छोडेकी हुन् भन्ने किंबदन्तीसमेत् रहेको छ ।
वि सं २०६० सालमा राम्चेको पहिरोले त्यहाँ स्थित सैनिक ब्यारेक बगाएपछि विस्थापित सेना यस मन्दिर परिसरमा बस्दै आएका छन् । पहिले त्यहाँ काठमाण्डौं, ललितपुर, भक्तपुर र नुवाकोटका विभिन्न स्थानबाट समेत वनभोज र कालिकामाईको दर्शन गर्न तथा त्यहाँबाट देखिने विभिन्न दृष्यको अवलोकन गर्न आउँथे । यो स्थान ब्यारेकले ओगटेपछि अहिले दैनिक रूपमा पूजा आजा गर्न आउनेको संख्या घटेको छ भने वनभोज गर्न आउनेका लागि पनि ठाउँ अभाव भएको छ । सैनिक ब्यारेक अन्यत्र सारेर त्यस ठाउँलाई धार्मिक तथा ऐतिहाँसिक रूपमा विकास गरी पिकनिक स्थलको रूपमा पनि विकास गर्न सकिने स्थानीयबासी बताउँछन् ।
यही मन्दिरको पूर्वपट्टि चिउरीबोट नजिकै नेपाल (चीन युद्द हुँदा बखत् निर्माण भएको कोतघर जुन् अहिले अवशेष छैन । यहाँ वरपर रहेका ऐतिहाँसिक गढीहरू कमारेगढी, घलेगढी जस्ता ऐतिहाँसिक स्थलहरूको उचित प्रचारप्रसार गर्न सके यहाँ वरपरका वस्तीहरू पर्यटकीय क्षेत्र बन्न सक्नेछ ।
कालिका मन्दिरसँग सम्बन्धित लेखहरू
कालिका मन्दिरसँग सम्बन्धित् भिडियोहरू
Friday, September 25, 2026
बाढीकाे बितण्डामा समेत इन्धन आपूर्ति सेवा निरन्तर
रसुवा, नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीस्थित उत्तरगया आयल ट्रेडर्स ठूलो वित्तीय क्षती र पारिवारिक संकटमा परे पनि सञ्चालक समूहले रसुवामा इन्धन आपूर्ति सेवा निरन्तरता दिएको छ।
बाढीकाे बितण्डाका कारण साे पम्प सञ्चालकका सदस्य तथा कर्मचारी गरी चार जना अझै बेपत्ता हुँदा तथा ठूलाे क्षती भएकाे अवस्थामा पनि जिल्लालाइ कालिकास्थानबाट पेट्राेलियम पदार्थकाे सेवा पुर्याएकाे छ ।
पम्पका सञ्चालक उद्धवप्रसाद रिजालका अनुसार विभिन्न सवारी तथा कम्पनीबाट करिब ३ करोड रुपैयाँ उधारो उठ्न बाँकी रहेकाे छ । छ। ९ रोपनी जग्गा, भौतिक सम्पत्ति तथा वित्तीय दायित्व समेत जोड्दा करिब १८ करोड रुपैयाँ बराबरको प्रत्यक्ष तथा अप्रत्यक्ष क्षती भएको छ ।
रिजाल समेत सिताराम पौडेल, शंकर न्यौपाने र बलराम ढकालको समूहले रसुवाको कालिकास्थानमा सञ्चालित ‘गन्तव्य पेट्रोल पम्प’मार्फत इन्धन आपूर्ति भने रोकेको छैन।
कालिकास्थानमा सञ्चालन गर्दै आएको ‘गन्तव्य पेट्रोल पम्प’ अहिले रसुवाका लागि इन्धन आपूर्तिको महत्वपूर्ण आधार हाे । भौगोलिक विकटता, सडकको असहज अवस्था र बाढी पछिकाे उत्पन्न कठिन परिस्थितिका बीच पनि उनीहरूले इन्धन ढुवानीलाई निरन्तरता दिइरहेका छन्। आवश्यक पर्दा ड्रममा समेत तेल बोकेर विभिन्न स्थानसम्म पुर्याउँदै रसुवामा इन्धन अभाव हुन नदिन उनीहरू सक्रिय छन्।
भौगोलिक कठिनाइका बावजुत ड्रममा समेत इन्धन सेवा दिन ढुवानी गर्दै आएको समूहले इन्धन बोकेको ट्र्याक्टर दुर्घटनामा परेर करिब ४ लाख रुपैयाँ बराबरको तेल खोलामा बगेपछि थप क्षति व्यहोरेको छ।
लगातारको संकटका बाबजुद नागरिकलाई इन्धन अभाव हुन नदिई सेवा जारी राखेको भन्दै स्थानीयवासीले सञ्चालक समूहको सेवा प्रयासको प्रशंसनीय रहेकाे बताएका छन् ।
Sunday, September 20, 2026
हराएकी बालिका खोजी दिन आग्रह
रसुवा, कालिका गाउँपालिका–३, धारापानी निवासी इन्द्रजित तामाङ र सिर्जना तामाङकी ६ वर्षीया छोरी जेसिका तामाङ बेपत्ता भएकी छिन् ।
भदाै १० गतेकाे उत्तरगया पब्लिक बोर्डिङ इङलिस स्कुल आग्लीटारमा अध्ययनरत बालिका बाढी आउँदै गर्दा सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत एक विद्यार्थीले उनलाई उद्धार गरी सुरक्षित स्थानमा पु¥याएका थिए ।
“जिवित उद्धार भएको खबरले उत्साह थपेको थियो भेट्ने आशा अझै मरेको छैन । ” बालिकाकी आमा सिर्जनाले बताइन् । उनले भनीन् भेटेर उद्धार भएकाे भन्ने खबर पाएकाे अहिलेसम्म हाम्राे सम्पर्कमा छैन ।
त्यसपछि अन्य बालबालिकाको उद्धार गर्न गएको र फर्केर आउँदा आफूले छोडेको स्थानमा जेसिकालाई नदेखेको कुरा ती विद्यार्थीले अभिभावकलाई पटक–पटक बताउँदै आएका छन् ।
तर अहिलेसम्म कुनै पत्तोपत्तो छैन । बालिकाकी आमा सिर्जनाले भनीन् “आशा छ नानी फर्किने हामी प्रतीक्षामा छौं ।”कहीं कतै कसैले जेसिकालाई देख्नुभएको छ कि ? कसैले उद्धार गरेर सुरक्षित स्थानमा राख्नुभएको छ कि ?
जेसिकाको फोटो हेरेर कुनै पनि स्थानमा देख्नुभएमा वा कुनै जानकारी प्राप्त भएमा वाशंका लागेमा सो को सूचना तुरुन्त नजिकको प्रहरीचौकी वा उनका अभिभावकलाई खबर गरिदिनुहोस् परिवारले अनुरोध गरेका छन् ।
बालिकाको तस्वीर सहित छ
Monday, August 10, 2026
विस्तारित बैठक तथा पार्टी जागरण अभियानको सुरू
Saturday, August 1, 2026
सहमति पछि हड्ताल फिर्ता
अस्ति बेलुका करिब ५ बजेर ४० मिनेटमा भएको घटनापछि तामाङको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ। घटनापछि पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको माग गर्दै धारापानी क्षेत्रमा गरिएको सडक अवरोध हिजो साँझ सम्बन्धित पक्षबीच सहमति भएपछि हटाइएको थियो।
Monday, July 27, 2026
इभी र चालक बेपत्ता भएपछि स्थानीयले गरे पासाङ ल्हामु राजमार्ग अवरुद्ध
Monday, July 13, 2026
रसुवा पूर्णखोप सुनिश्चितता जिल्ला घाेषणा
रसुवा, स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने नारा सहित



.jpg)









