रसुवा, गोसाइकुण्ड गाउँपालिका—४ मा रहेको प्रमुख पर्यटकीय क्षेत्र, लाङटाङमा हेलिकोप्टर मार्फत खाद्यान्न ढुवानी गरिएको छ ।
लेन्दे खोलाहुँदै भोटेकोशी नदीमा ०८३ भदौ १० गते आएको बाढीले लाङटाङका स्थानीयवासीको मुख्य किनमेल गर्ने थलो, स्याफ्रुबजारमा पूर्ण क्षति पुर्याउनुका साथै स्याफ्रु जोड्ने सडक पुल समेत बगाएपछि गोसाइँकुण्ड गाउँपालिका—४ मा पर्ने लाङटाङका बासिन्दाका लागि राहतस्वरूप खाद्यान्न पुर्याइएको हो ।
विश्व खाद्य कार्यक्रम अर्न्त्गतको हालसम्म १० टन खाद्यान्न हेलिकोप्टर मार्फत लाङटाङ पुर्याइएको गोसाइँकुण्ड गाउँपालिका–४ का वडा अध्यक्ष डिन्ढुप तामाङले जानकारी दिनुभयो ।
जिल्ला सदरमुकाम धुन्चेबाट दुई दिनको पैदल यात्रापछि मात्र पुग्न सकिने लाङटाङका स्थानीयवासीलाई खाद्यान्न सङ्कट पर्न नदिन हेलिकप्टरबाट ढुवानीको व्यवस्था मिलाइएको हो। पर्यटक आवागमन समेत हुन थालेको लाङटाङमा सहज पैदलमार्ग तथा स्याफ्रुसम्म पुल तथा सडक मार्ग तत्काल जोड्न लागिएको गोसाईकुण्ड गाउपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले बताउनुभयो ।



No comments:
Post a Comment