रसुवा, लेन्दे खाेला हुँदै भोटेकोशी नदीमा ०८३ भदौ १० गते आएको विनाशकारी बाढी पश्चात् रसुवा जिल्लामा पुर्याएको क्षतिको सम्पूर्ण विवरण हालसम्म एकीन हुन सकेको छैन ।
उत्तरगया गाउँ कार्यपालिकाले सार्वजनिक गरेको अध्यावधिक विवरण अनुसार बाढीका कारण ८ सय १८ घर बिस्थापित भएका छन् । गाउँपालिकाले तयार गरेको तथ्याङ्क अनुसार ८ सय ७७ जना सम्पर्कविहीन, मृत्यु भई सनाखत भएका १२ जना, पूर्ण घर क्षति संख्या ६ सय १८, पूर्ण विस्थापित परिवार ६ सय १३ रहेको गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालले बताउनुभयो । ६ वटा होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका बाढी प्रभावितको संख्या ४ सय ९२ जना रहेको छ । सडक सञ्जाल नहुँदा समस्यामा परेका १ हजार ९९ घरपरिवारलाई राहत उपलब्ध गराइएको छ । होल्डिङ सेन्टरमा ४ सय ९२ जनालाई नियमित खाना खाजाको व्यवस्था भएको छ ।
गाँउपालिकाका कर्मचारीहरु मध्ये जनस्वास्थ्य निरिक्षक बलराम न्यौपाने, जनस्वास्थ्य अधिकृत प्रदिप न्यौपाने, अनमी दिनिसा शाही डोल्पा, कार्यालय सहयोगी रेप्पा तामाङ हालसम्म सर्म्पविहीन छन् । गाँउपालिकाका सूचना प्रविधि अधिकृत जनक आचार्यको शवको सनाखत भइसकेको छ । शिक्षक मीननाथ न्यौपाने, रमेश लामिछाने, संजिव तामाङ, नारायण वहादुर थापा, अजय कुमार यादव सर्म्पविहिन हुनुहुन्छ ।
त्यस्तै विद्यालय नर्स ममता श्रेष्ठ वालविकास शिक्षक मनमाया तामाङ, वालविकास शिक्षक सुकबहादुर तामाङ समेत हालसम्म सर्म्पविहीन हुनुहुन्छ । कार्यपालिकाको खाल्टेमा रहेको भवन, कार्यपालिकाको भाडामा रहेको कैदलेटारको भवन, वडा नं १ स्थित निर्माणाधीन कार्यालय भवन र वडा सम्पर्क कार्यालय, दुई वटा स्वास्थ्य संस्था, दुई वटा विद्यालय, एक पशुसेवा कार्यालय, एक कृषि सेवा कार्यालय , एक संस्थागत विद्यालय , चार जलविद्युत आयोजना र दुई बैंकमा क्षति भएको छ । जिल्लाभर बैंक तथा वित्तीय संस्थाका २६ जना कर्मचारी र ५ सय ८९ जना विदेशी पर्यटक सम्पर्कविहीन छन् ।
सुरक्षा फौजले सम्पर्कविहीनको खोजी तथा उद्धारकार्यलाई थप तीव्रता दिएको छ । बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोजी तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ६ सय ४६ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका मध्ये ३ हजार ६ सय २८ जनाले जिल्ला र बाहिर रहेका विभिन्न स्थानमा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् । जलविद्युत आयोजनाका सुरुङमा खोज तथा उद्धार जारी रहेको छ ।
No comments:
Post a Comment