ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Sunday, April 27, 2025

उत्तरगयामा महिलाका लागि क्षमता विकास तालिम सम्पन्न




रसुवा, स्थानीय तहमा योजना तर्जुमा १६औ पञ्चवर्षिय योजनामा समावेश समाजका लागि रुपान्तरणकारी रणनीति विषयक महिला क्षमता विकास तालिम बैशाख ९ देखि १२ गतेसम्म उत्तरगया गाउँपालिका- ५ खाल्टेमा सम्पन्न भयाे ।

टेवा नेपाल र उतरगया गाउँपालिकाकाेआर्थिक सहयोग, स्वयकस नेपालकाे आयोजनामा भएकाे तालिममा प्रशिक्षकहरू पुष्कर शर्मा रिमाल, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत होमनाथ दाहाल, कानुन व्यवसायी गरिमा पाण्डे, योजना शाखा प्रमुख रामकृष्ण न्यौपाने , स्वयकस नेपालकी गायत्री लामिछानेले सहजिकरण गरेका थिए । तालिमा सामुदायिक सुरक्षा जालाे , कार्यपालिका सदस्य, वडाका निर्वाचित महिला तथा दलित सदस्य र अगुवाहरू गरी ३३ जना सहभागी थिए ।

तालिम स्थानीय तहको योजना तर्जुमा, १६ औँ पञ्चवर्षीय योजनामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि रणनीति, नेतृत्व विकास, सार्वजनिक अभिव्यक्ति कला, उद्घोषण कला, नागरिक बडापत्र, नेपालकाे संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन तथा अन्य कानुनमा महिला अधिकार सम्बन्धी व्यवस्थाहरू, स्थानीय तहमा प्रदान गर्ने सेवा सुविधाहरू र त्यसलाई प्राप्त गर्नको लागि आवश्यक प्रक्रियाहरू विषयमा प्रशिक्षण गरिएकाे थियाे ।

१६ औँ योजनाले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका सवाल, चुनौतीहरू र त्यसका त्यसलाई सामना गर्नका लागि व्यवस्था गरेको कार्यक्रम तथा याेजना बारे छलफल भएकाे थियाे ।

समापन कार्यक्रममा उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याल , उपाध्यक्ष चमेली गुरूङ, टेवाका अनुगमन अधिकृत मुना पोखरेल, सहभागी तर्फबाट ईश्वरी थापा मगर र कमला थापा तथा सहजकर्ता पुष्कर शर्मा रिमालले मन्तब्य दिएका थिए । समापन कार्यक्रम प्रशिक्षार्थी तथा लालीगुराँस महिला सहकारीका अध्यक्ष सीता न्यौपानेले सञ्चालन गरेकी थिइन् ।







Friday, April 25, 2025

विनाशकारी भूकम्पकाे १० वर्ष, बिस्थािपत बस्ती स्थानान्तरण अझै भएन


रसुवा, ०७२ साल बैशाखमा गएकाे विनाशकारी भूकम्पका्र १० वर्ष बितेकाे छ । भूकम्पका कारण बिस्थापित  परिवारको बस्ती स्थानान्तरणमा ढिलाई हुँदा अझैसम्म अस्थयी टहरामै बस्न बाध्य भएका छन् । 

नेपालको संबिधानले आवासको हक नागरिकको मौलिक हकका रुपमा समेटिएपनि ०७२ वैशाखको भूकम्पका कारण बिस्थापित २ सय ६९ परिवारको बस्ती स्थानान्तरणमा ढिलाई हुँदा अझैसम्म अस्थयी टहरामै बस्न बाध्य भएका छन् । 

बिस्थापित क्याम्पका बृद्धबृद्धा, महिला, वालवालिकाहरू अहिले गर्मीले कष्ठकर जीवन बिताउछन् । बिस्थापित क्याम्पका बृद्धबृद्धा, वालवालिकाहरु अहिले गर्मीले कठिन भएको छ उत्तरगया गाउँपालिका–५ खाल्टे स्थित क्याम्पका पूर्ण घलेले ईन्सेक प्रतिनिधीसँग भने “अवासको हक कसरी सुरक्षित हुन्छ मानवअधिकारकर्मीहरुले हाम्रो आवाज उठाईदिनु प¥यो ।”

क्याम्पका अगुवा छेकु लामाले भने तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकारणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेल आएर खाल्टेको सार्वजनिक स्थान बस्न भनेपछि आफुहरु त्यहाँ बसेको तर पछि प्राधिकारणले नै यहाँबाट उठाउन खोजिएको र हाम्रो समस्या समाधान नभइ प्राधिकरण बिघठन नै भयो ।  

विनाशकारी भूकम्पका आठवर्ष बित्दा पनि निजी आवास पुनर्निर्माणको हुन नसक्दा बिस्थापित समूदायको बस्ती स्थानान्तरण हुन नसक्दा अहिले गर्मीका कारण निकै कष्ठकर जीवन बिताउन बाध्य छन् । गर्मीका कारण यहाँका बृद्धहरुमा स्वस्थ्यमा समेत समस्या देखिन थालेको छ । कुन गर्मी, कुन जाडो, कुन वर्षातको भेल, “वर्खा त त्रिशूली नदिमा आउने बाढीले बस्ती बगाउने त्रासमा हुन्छौं स्थानीय बुटी तामाङले भनिन् सधैं त्रासमा कति बस्नु यहाँ महिला, बालबालिका, जेष्ठ नागरिक कहिलेसम्म जोखिममा बस्ने हो नागरिक अधिकारको प्रत्यभूति गर्न सकिएन ।   

सरकारले आफ्नो सुरक्षित घडेरी नभएका परिवारलाई २ लख रुपैयाँ दिने नीति अनुरुप अनुदान दिएर बस्ती स्थानान्तरण सुरु भएपनि त्यसले गति लिन सकेको छैन । बस्ती स्थानान्तरणमा ढिलाई हुनाले यो बर्षातपनि बिस्थापितहरु टिनको छाप्रामै बस्न बाध्य छन् । 

आफ्नो स्वामित्वमा रहेको जग्गा आवास निर्माणका लागि असुरक्षित भएका परिवारलाई सरकारले जग्गा ३ वर्षअघि तल्लो पैरेमा जग्गा अधिग्रहण गरेपछि अझै आवास निर्माण थालनी भएको छैन । त्यहाँ खाल्टेमा बसेका सवै बिस्थापित परिवारलाइ पुग्ने गरी जग्गा स्थानीय पर्मा लामाले भने छैन । 

आफू बसिरहेको घरसँगै सर्वस्व गुमाएर २०७२ वैशाख १२ पछि विस्थापित भएका साविक हाकु गाविस–८ र ९, डाँडागाउँ गाविस वडा नं ८ र ९ का भूकम्प पीडित अहिले पनि उत्तरगया गाँउपलिका –५ को खाल्डे बगरमा बसोबास गरिरहेका छन् ।

तत्कालिन समयमा जनप्रतिनिधिहरू, संबिधान सभा सदस्य जनार्दन ढकाललगायत अगुवाहरूले भूकम्प पछिकाे अथक प्रयास लामो सङ्घर्षपछि खाल्डेमा बसोबास गर्नेमध्ये १२८ परिवारलाई पुनर्वास गराउने भनी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७७ सालमा नजिकै तल्लोपैरेमा ३८ रोपनी जग्गा खरिद गर्‍यो । पछि विस्थापितलाई पुर्जा वितरण गर्ने भनी प्राधिकरणकै नाममा जग्गा खरिद गरिएको पनि ५ वर्ष बित्यो तर विस्थापितका लागि निजी आवास निर्माण हुन सकेको छैन । उता उत्तरगया गाउँपालिका १ काे तिरूमा एकीकृत बस्तीमा घर बनेपनि बिस्थािपत बस्न पाएका छैनन् । बनेका घर थाेत्रा हुन लागे तर उनीहरूले बस्न पाएका छैनन् । 

एक दशकदेखि यसरी कष्टसाथ बस्दै आएका विस्थापित परिवारलाई न्याय हुने गरी सरकारले पुनर्निर्माण र पुनर्वासमा सहयोग गर्नु आजको आबश्यकता हो, तसर्थ उनीहरूको कष्टकर जीविकाबाट मुक्ति दिलाउन सीप र क्षमता अनुसारको जीविकोपार्जनमूलक कार्यक्रम, बालबालिकाको शिक्षा, अस्वस्थ र ज्येष्ठ नागरिक लगायतलाई स्वास्थ्यको विषयमा पनि ध्यान दिनु आवस्यक देखिन्छ । 




Tuesday, April 22, 2025

नेकपाकाे ७६ औं स्थापना दिवसमा ५ जना अगुवालाइ सम्मान


रसुवा, नेकपा एमाले जिल्ला कमिटीद्वारा आयोजित ७६ औं स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम ९ वैशाख गते कालिकास्थानमा सम्पन्न भयाे ।

कार्यक्रममा पार्टीमा निरन्तर योगदान गर्नुभएका अगुवाहरू उत्तरगया गाउँपालिका ३ का नरबहादुर गुरुङ, कालिका गाउँपालिका ३ का पदमबहादुर झारीमगर, नौकुण्ड गाउँपालिका ३ का टिकानाथ नेउपाने, गोसाईकुण्ड गाउँपालिकाबाट कामी याङजेन तामाङ र आमाछोदिङमो गाउँपालिका १ वाट गोण्डा तामाङलाइ सम्मानीत गरिएको छ, साथै राष्ट्रिय युवा संघ, नेपाल रसुवा जिल्ला कमिटीले गरेको राजनीतिक, सांगठनीक र रचनात्मक गतिविधिहरूकाे मूल्याङ्कन सहित प्रशंसा पत्र प्रदान गरिएकाे जनाइएकाे छ । उनिहरूलाइ सम्मानपत्र तथा खादा लगाएर प्रमुख अतिथी पार्टी केन्द्रीय नेता इश्वरी रिजालले सम्मान गरेका हुन् ।

छलफलमा उर्केन लामा, रामशरण कुइकेल, लाक्पा तामाङ, बलराम घिमिरे, गाैतम तामाङ लागयत ५ जनाले जिज्ञासा राखेका थिए ।

स्थापना दिवसकाे अवसरमा केक काटेर सुरू भएकाे अन्तक्रिया कार्यक्रममा नेकपा एमालेका नेताहरूले धारणा राखेका थिए । केन्द्रिय नेताहरू अशेक घिमिरे, प्रेम तामाङ, इश्वरी रिजाललगायतले नेकपा स्थापनामा अग्रजहरूले ठूलाे भूमिका खेलेकाे र त्यसकाे जगमा एमालेले मुलुकमा समृद्धि ल्याउने बताए ।



Monday, April 21, 2025

ग्रामीण क्षेत्रमा संचारकाे विकास हुन्छ : संचार मन्त्री गुरूङ


रसुवा, सूचना सञ्चार तथा प्रविधि मन्त्री तथा नेकपा एमालेका नेता पृथ्वी सुब्बा गुरूङले ग्रामीण क्षेत्रमा संचारकाे विकास तथा पर्वावरणीय संरक्षणमा जाेड्दिनु पर्ने बताए । ३० औं वन्यजन्तु सप्ताह, रेडपाण्डा ट्रफी तथा चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव २०८२ समापनमा उनले यस्ताे कुरा बताएका हुन् । 

सदरमुकाम धुन्चेमा बैसाख ३ देखि ६ गतेसम्म ३० औं वन्यजन्तु सप्ताह, रेडपाण्डा ट्रफी तथा चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव २०८२ भएको कार्यक्रममा सूचना सञ्चार तथा प्रविधि मन्त्री  पृथ्वी सुब्बा गुरूङले रसुवाका २७ वडामा टेलिफोन सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आजको युग सञ्चारको भएकोले रसुवाका दुर्गम ग्रामीण बस्तीहरूमा सञ्चारको पहुँच पुर्याउन आफूले भरपुर सहयोग गर्ने पनि बताएको छ ।

मन्त्री गुरूङले टेलिफोन सेवा विस्तारमा विशेष जोड् दिनु र दुर्गम क्षेत्रहरूमा डिजिटल पहुँच पुर्याउने योजना अघि सार्ने प्रतिबद्धता जनाए । 

कार्यक्रमको उद्घाटन गोसाईकुण्ड गाउँपालिका, लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय र लाङटाङ क्षेत्र सरोकार समाजको संयुक्त आयोजनामा भएको थियो । वन तथा वातावरण राज्य मन्त्री रूपा विकबाट उद्घाटन गरिएको थियो। कार्यक्रमको मुख्य उद्देश्य जिल्लामा जैविक विविधता संरक्षण, वन्यजन्तु संरक्षण, धर्म, संस्कृति र परम्पराको संरक्षण गर्नु रहेको जनाइएकाे छ । 

रसुवा जिल्ला कला, संस्कृति र भेषभुषामा धनी रहेकोले यसको जगेर्ना र प्रचारप्रसार गर्न गोसाईकुण्ड गाउँपालिकाभित्र आफ्नो परम्परागत सांस्कृतिक नाच समेत प्रस्तुत गरिएको थियो। यसले स्थानीय सांस्कृतिक पहिचानलाई संरक्षण र प्रवर्द्धन गर्ने काम गरेको छ । 


यसैगरी, रसुवा जिल्लामा भएको उक्त महोत्सवले ग्रामीण चलचित्रमार्फत स्थानीय कथाहरूलाई प्रवर्द्धन गर्ने र पर्यटन विकासमा पनि योगदान पुर्याउने लक्ष्य राखेको छ। महोत्सवमा ग्रामीण परिवेशमा बनेका नेपाली चलचित्रहरू प्रदर्शन गरिएको थियो र विभिन्न अन्तरक्रिया, कार्यशाला तथा सेमिनारहरू पनि आयोजना गरिएको थियो ।

यसरी, रसुवामा सम्पन्न उक्त कार्यक्रमले वन्यजन्तु र जैविक विविधता संरक्षणसँगै सञ्चार सेवा विस्तार र सांस्कृतिक संरक्षणमा सरकार र स्थानीय तहको प्रतिबद्धता देखाएको छ।

साे अवसरमा ३० औं वन्यजन्तु सप्ताह, रेडपाण्डा ट्रफी प्रतियाेगिताका लागि याेगदान गर्ने संचार तथा  बिभिन्न सराेकारवालाहरूलाइ सम्मान गरिएकाे थियाे । 



Thursday, April 17, 2025

लाङटाङ मार्गमा इन्टरनेट सेवा



रसुवा, देशकै मूख्य पर्यटकीय क्षेत्र लाङटाङ क्षेत्रमा पर्ने लामा होटलमा इन्टरनेट सेवा सुचारू भएकाे छ । 

विगत लामो समयदेखि पर्यटकीय क्षेत्र लाङटाङ क्षेत्रमा पर्ने लामा होटलमा इन्टरनेट सेवा उपलब्ध थिएन। साथै, सो क्षेत्र NTC काे टावरको पहुँचबाहिर रहेकोले सञ्चारका साधनहरू अत्यन्तै सीमित थिए।

स्वदेशी तथा विदेशी पर्यटकहरूको माग बढ्दै गएपछि होटल सञ्चालक तेन्जेत लामाको पहलमा ‘एभरेस्ट लिंक’ को उच्च गतिको इन्टरनेट सेवा जडान गरिएको छ। हाल जडान गरिएको इन्टरनेट सेवा एकैपटकमा ५०० जनासम्मले सहज रूपमा प्रयोग गर्न सक्ने क्षमतायुक्त रहेको छ।

यो सेवा लामा होटल क्षेत्रमा सञ्चार प्रवाह सुधार गर्न मात्र नभई पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने छ । अब देशकै पर्यटकीय क्षेत्रमा अब सहज रूपमा नेट चल्ने लामाले बताए । 

मूख्य न्यायाधिवक्ताद्वारा रसुवाको कारागार तथा हिरासत कक्षको निरीक्षण



रसुवा, बागमती प्रदेश, हेटौंडा स्थित मुख्य न्यायाधिवक्ताको कार्यालयका प्रमुख न्यायाधिवक्ता शुकदेव काफ्लेले रसुवाको कारागार तथा थुनुवा कक्षहरूको निरीक्षण र अवलोकन गरेका छन् । 

निरीक्षणको क्रममा जिल्ला प्रहरी कार्यालय रसुवाको अपराध अनुसन्धान शाखा, थुनुवा कक्ष, तथा हिरासत कक्षको स्थलगत अध्ययन गर्दै प्रमुख न्यायाधिवक्ताले सो कार्यालयमा दर्ता भई पेण्डिङमा रहेका मुद्दाहरूका विषयमा सम्बन्धित अधिकारीहरूसँग छलफल भयाे । साथै, ती मुद्दाहरूको प्रभावकारी व्यवस्थापन र छिटो कार्य सम्पादन लागि आवश्यक निर्देशनहरू पनि दिए । 

जिल्ला कारागारको कार्यालय भवन, कैदी–थुनुवाहरू बस्ने भवन, तथा समग्र कारागार व्यवस्थापनको निरीक्षण गर्दै, त्यहाँ रहेका कैदी तथा थुनुवाहरूको आन्तरिक तथा बाह्य सुरक्षा व्यवस्थाको अवस्थाबारे जानकारी लिए ।  निरीक्षणपछि उनले कारागार प्रशासनसँग छलफल गर्दै सुरक्षा, स्वास्थ्य सेवा, आवास सुविधा, तथा मानव अधिकारको सम्मान सम्बन्धी विषयमा ध्यान दिनुपर्नेमा जोड दिए । 

निरीक्षणको क्रममा प्रमुख न्यायाधिवक्तासँग जिल्ला न्यायाधिवक्ताको कार्यालय रसुवा, प्रहरी कार्यालयका पदाधिकारीहरू तथा कारागार प्रशासनका प्रतिनिधिहरू पनि सहभागी थिए।

Monday, April 14, 2025

राष्ट्रिय सङ्गितकर्मी सङ्घ रसुवाका अध्यक्षमा सुमन



रसुवा, राष्ट्रिय सङ्गितकर्मी सङ्घ, रसुवाकाे सातौ वार्षिक साधारणसभा तथा चौथाे अधिबेशनबाट अध्यक्षामा सर्वसम्मत सुमन घले चयन भएका छन् । लामाे समयदेखि कला क्षेत्रमा लागेका सुमन रसुवाकाे आमाछोदिङमो गाउँपालिका -४ का युवा हुन् ।

अधिबेशनबाट वरिष्ठ उपाध्यक्षमा कान्छा लामा तामाङ, प्रथम उपाध्यक्षमा पाल्मो तामाङ, उपाध्यक्षमा राम तामाङ, महिला उपाध्यक्षमा कारसाङ डोल्मा तामाङ रहेका छन्। सचिवमा डोल्मा लोप्चन र बुद्धिमाया तामाङ, सहसचिवमा शान्ति कुमारी घले, कोषाध्यक्षमा पासाङ फेल्मो तामाङ, सहकोषाध्यक्षमा म्हेन्दो घले र प्रवक्तामा घनबहादुर तामाङ सर्वसम्मत रूपमा चयन भएका छन्। सदस्यमा संगम तामाङ, ल्हावङ मेन्दो तामाङ र छेवाङ सेनाम तामाङ रहेका छन्। अधिवेशन राष्ट्रिय संगीतकर्मी संघ रसुवाका निवर्तमान अध्यक्ष पाराङमा लामाको अध्यक्षतामा सम्पन्न भएको थियो । गोसाईकुण्ड गाउँपालिका प्रमुख कैसाङ नुर्पु तामाङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

नयाँ वर्षका दिन सातौ वार्षिक साधारणसभा तथा चौथाे अधिबेशन एबम् बृहत सास्कृतिक कार्यक्रम गरी नयाँ समिति सर्वसममत चयन भएको प्रमुख सल्लाहकार पाराङवा लामाले बताए । कार्यक्रम राष्ट्रिय तथा स्थानीय कलाकार र पत्रकारहरूलाइ सम्मान पत्रले सम्मानित गरिएको थियाे ।



३० औ वन्यजन्तु सप्ताह सुरू

 


रसुवा, "बुझौं वन्यजन्तुकाे आनीबानी घटाऔ मानवसँगकाे द्वन्द्व र हानी नाेक्सानी" भन्ने नाराका साथ ३० औ वन्यजन्तु सप्ताह, चौथाे गाेसाइँकुण्ड गाउँपालिका अध्यक्ष कप, १३ औ रेडपाण्डा ट्रफि तथा चौथाे नेपाल ग्रामीण चलचित्र महाेत्सव २०८२ सुरू भयाे ।

प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख बिजय लामाले ०८२ १बैशाख १ गते धुन्चेमा साे कार्यक्रमकाे उद्घाटन गरेका हुन् ।

कार्यक्रममा लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले नियमित रूपमा हुने गरेकाे ३० औ वन्यजन्तु सप्ताह सुरू भएकाे र रेडपाण्डा ट्रफि तथा चौथाे नेपाल ग्रामीण चलचित्र महाेत्सव २०८२ हुने बताए ।

कार्यक्रममा रसुवा जिल्ला अदालतका न्यायधीष भुवनसिंह थापा, गाेसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ, प्रमुख जिल्ला अधिकारी अर्जुन पाैडेल, मध्यवर्ती क्षेत्र ब्यवस्थापन समिति अध्यक्ष उत्तम थापालगायत सुरक्षा निकाय प्रमुख सामाजिक संघ संस्थाका प्रमुखहरू सहभागी थिए ।

कार्यक्रममा वन, वन्यजन्तु र वातावरण संरक्षणमा ध्यान दिनुपर्ने बताएका थिए ।



राष्ट्रिय सङ्गितकर्मी सङ्घले गर्याे पत्रकार तथा कलकारलाइ सम्मान


रसुवा, कला क्षेत्रमा सहयाेग गरेकाे मूल्यांकन गर्दै पत्रकार तथा कलकार सम्मान गरिएकाे छ ।

राष्ट्रिय सङ्गितकर्मी सङ्घ, रसुवाकाे सातौ वार्षिक साधारणसभा तथा चौथाे अधिबेशन एबम् बृहत सास्कृतिक कार्यक्रम ०८२ वैशाख १ गते गाेसाइकुण्ड गाउँपालिका अध्यक्षा कैसाङनुर्पु तामाङकाे प्रमुख आथिथ्यमा स्याफ्रुबेशीमा भयाे ।

कार्यक्रममा पत्रकार तथा इन्सेकका जिल्ला प्रतिनिधि हेमनाथ खतिवडा, एकाेराव बागमती प्रदेश समिति अध्यक्षा तथा रेडियाे रसुवाका अध्यक्ष दिपक लामा, रेडियाे लाङटाङका सचिव गिता न्याैपाने, नेपाल समाचार पत्र जिल्ला समाचारदाता सरस्वती न्याैपाने लगायतका कलाकार तथा पत्रकारहरूलाइ सम्मान गरेका हुन् ।









Sunday, April 13, 2025

जलवायु उत्थानशील कार्यको सुदृढीकरणका लागि प्रशिक्षक प्रशिक्षण तालिम (TOT) सम्पन्न


रसुवा , विज्ञान र परम्परागत स्थानीय ज्ञानको सम्मिलन : स्थानीय जलवायु उत्थानशील कार्यको सुदृढीकरणका लागि प्रशिक्षक प्रशिक्षण तालिम (TOT) कार्यक्रम धुन्चेमा सम्पन्न भयाे ।

०८१ चैत २६ देखि चैत ३० गतेसम्म सञ्चालन भएकाे तालिम डिभिजन वन कार्यालय रसुवा , राष्ट्रिय प्रकृ‌ति संरक्षण कोष गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना तथा सामुदायिक वन उपभाेक्ता महासंघ रसुवाकाे समन्वयमा सुरू भएकाे हाे ।

तालिममा डिभिजनल वन अधिकृत शम्भु तामाङ, लाङटाङ राष्ट्रिय निकुञ्जका बरिष्ठ प्रमुख संरक्षाण अधिकृत श्यामकुमार शाह, राष्ट्रिय प्रकृ‌ति संरक्षण कोष गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनाका तालिम संयाेजक सुनिल सापकाेटालगायतले सहजिकरण गरेका थिए ।

समापन कार्यक्रममा सहभागीका तर्फबाट डुण्डु तामाङ र पुतलीमाया लाे, प्रमुख अतिथी गाेसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुपु तामाङ, प्रशिक्षाक शम्भु तामाङ र सुनिल सापकाेटाले मन्तव्य दिए ।

समापन कार्यक्रम प्रमाण-पत्र प्रदान गर्दै प्रमुख अतिथी गाेसाइकुण्ड गाउँपालिका अध्यक्ष तामाङले सहभागीहरूलाइ प्रमाणपत्र प्रदान गर्दै तालिममा सिकेका सीपहरू समुदायमा ब्यहवहारमा उतार्नुपर्ने बताए । उनले स्थानीय तहसँग समन्वय गरेर काम गर्न समेत अनुराेध गरेका थिए । तालिममा पाँच वटै गाउँपालिकाबाट गरी २१ जना सहभागी थिए ।



रसुवामा ७० प्रतिशत स्थानका पिउन पानी दुषित


रसुवा,  केही दिन अघि जिल्लाको सदरमुकामलगायत पचहत्तर स्थानमा गरिएको पानी परीक्षणमा ७० प्रतिशत स्थानका पानी सिधै पिउन अयोग्य रहेको जनस्वास्थ्य कार्यालय रसुवाले जनाएको छ।

जिल्लाको नौकुण्ड, उत्तरगया, कालिका तथा गोसाईंकुण्ड गाउँपालिकाका विभिन्न क्षेत्रका इनार, ढुंगेधारा, धारा तथा मुहानहरूको पानीको नमुना संकलन गरी परीक्षण गर्दा अधिकांश स्थानमा पानीमा दूषित पदार्थ भेटिएको हो। 

गर्मी याम सुरु भएसँगै सरुवा रोगहरू फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै परीक्षण गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख झम प्रसाद आचार्यले जानकारी दिए । 

प्रमुख आचार्यका अनुसार, धेरै स्थानमा पानीको स्रोतमा पानी पिउन योग्य भए पनि वितरण प्रणाली जस्तै पाइपलाइन, ट्यांकी वा धारामा पुग्दा फोहरिने भएकाले पानी पिउन अयोग्य हुने गरेको छ। उपभोक्ताहरूले पानीको स्रोतहरूमा सरसफाइको उचित ध्यान नदिँदा दूषित भएको पनि बताइएको छ।

केही स्थानमा पानी फिल्टर गरेपछि मात्र पिउन योग्य देखिएको छ भने अधिकांश स्थानमा प्रशोधन नगरी पानी पिउन नहुने अवस्था देखिएको कार्यालयले जनाएको छ।

जनस्वास्थ्य कार्यालयले जिल्लावासीहरूलाई पानी उमालेर वा क्लोरिन प्रयोग गरी मात्र सेवन गर्न अनुरोध गरेको छ। साथै, पानीका स्रोतहरूको संरक्षण तथा सरसफाइमा सामुदायिक ध्यान दिनु पर्ने आवश्यकतामा पनि जोड् दिएको छ।

Thursday, April 10, 2025

१२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कालिकालाइ


रसुवा, १२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कालिका गाउँपालिकाले हात पारेको छ।

कालिका गाउँपालिकाले शिल्डसँगै नगद रु २२,२२२, प्रमाणपत्र र मेडल प्राप्त गरेको हो। दोस्रो स्थानमा उत्तरगया गाउँपालिका रहँदा, उसले ट्रफी, प्रमाण-पत्र, मेडल तथा नगद रु ११,१११ प्राप्त गर्‍यो। तेस्रो स्थानमा गोसाईकुण्ड गाउँपालिका रह्यो, जसले नगद रु ५,५५५ सहित ट्रफी, प्रमाण-पत्र र मेडल पायो। चौथो र पाँचौं स्थानमा क्रमशः नोकुण्ड र आमाछोदिङ्मो गाउँपालिका रहे, जसलाई प्रमाण-पत्र प्रदान गरिएको थियो। 

रसुवाको सदरमुकाम धुन्चेमा चैत २६ देखि २८ गतेसम्म सम्पन्न  १२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम जिल्ला खेलकुद विकास समिति अध्यक्ष बिराज लोेप्चन, प्रतिनिधिसभा सदस्य मोहन आचार्य, जिल्ला समन्वय समिति प्रमुख अशोककुमार घिमिरे र गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङ लगायतको उपस्थितीमा सम्पन्न भयो।


प्रतियोगितामा रसुवाका पाँच वटै गाउँपालिकाबाट छनोट भएका तीन सय छात्रछात्राहरू सहभागी थिए। भलिबल, कबड्डी, कराँते, तेक्वान्दो तथा एथ्लेटिक्सका हाई जम्प, लङ जम्प, सट पुट, त्रिपल जम्प, ज्याभलिन थ्रो, दौड, रिले दौडलगायत ५४ विधामा प्रतिस्पर्धा गरिएको थियो

जिल्ला खेलकुद विकास समिति रसुवाका अध्यक्ष बिराज लोप्चनले “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित आयोजना गरिएको यो प्रतियोगिता खेलकुदमार्फत जिल्लालाई चिनाउन र कुना काप्चामा रहेका प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको जानकारी दिए । 

प्रतियोगिता सम्पन्न गर्न करिब १३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। साथै, विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनोट हुनेछन्। 

प्रतिनिधिसभाका सांसद मोहन आचार्यले प्रतियोगिताले जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले जिल्लाको पूर्वाधार विकासमा प्रदेश सरकारबाट सहयोगको अपेक्षा गरिएको पनि बताए । याे कार्यक्रमले सदरमुकाम धुन्चेमा चहलपहल निकै बढेकाे थियाे । 




Tuesday, April 8, 2025

रसुवामा जलवायु परिवर्तन बारे प्रशिक्षक प्रशिक्षण सुरू


रसुवा , विज्ञान र परम्परागत स्थानीय ज्ञानको सम्मिलन : स्थानीय जलवायु उत्थानशील कार्यको सुदृढीकरणका लागि प्रशिक्षक प्रशिक्षण तालिम (TOT) कार्यक्रम धुन्चेमा सुरू भयाे ।


चैत २६ गतेदेखि चैत ३० गतेसम्म सञ्चालन हुने तालिम डिभिजन वन कार्यालय रसुवा ,राष्ट्रिय प्रकृ‌ति संरक्षण कोष गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना तथा सामुदायिक वन उपभाेक्ता महासंघ रसुवाकाे समन्वयमा सुरू भएकाे हाे । तालिममा सामुदायिक वन तथा मध्यवर्ती उपभाेक्ता समितिबाट २१ जना सहभागी छन् ।


तालिममा डिभिजनल वन अधिकृत शम्भु तामाङ, लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षाण अधिकृत श्याम कुमार शाह, राष्ट्रिय प्रकृ‌ति संरक्षण कोष गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनाका तालिम संयाेजक सुनिल सापकाेटालगायतले सहजिकरण गर्नेछन् ।

१२औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा खेलकुद महोत्सव शुभारम्भ


रसुवा,  १२औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा खेलकुद महोत्सव – २०८१ को  शुभारम्भ  भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले कार्यक्रमको प्रमुख अतिथि रहँदै प्रतियोगिताको औपचारिक उद्घाटन गरे । 

मुख्यमन्त्री लामाले खेलकुदको माध्यमबाट पर्यटन विकास गर्न सकिने उल्लेख गर्दै, खेलकुदले सामाजिक एकता, सद्भाव र आत्मीय सम्बन्धलाई सुदृढ बनाउने विश्वास व्यक्त गरे । उनले भने, “खेलकुदले युवालाई अनुशासित बनाउने मात्र होइन, विभिन्न जात–जाति र समुदायबीच आत्मीयता बढाउने सेतुको काम गर्छाै।”

सो अवसरमा मुख्यमन्त्री लामाले रसुवा जिल्लामा खेलकुद पूर्वाधार निर्माणमा प्रदेश सरकार पूर्ण रूपमा तयार रहेको जानकारी गराउँदै आगामी वर्षमा खेलकुद भवन निर्माणका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । 

जिल्ला स्तरिय खेलहरूहुने समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरूले मार्च पास, सांस्कृतिक प्रस्तुति र विविध झाँकीमार्फत राष्ट्रिय एकता र स्थानीय संस्कृति झल्काएका थिए। 

प्रतिनिधि सभाका सांसद मोहन आचार्यले  जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले जिल्लाको पर्यटन प्रर्बद्धनमा सहयोग पुग्ने बताए । उनले जिल्लाको पूर्वाधार विकासमा प्रदेश सरकारबाट सहयोगको अपेक्षा गरेको बताए । 
कार्यक्रममा जिल्ला समन्वय प्रमुख अशाेक घिमिरे, प्रमुख जिल्ला अधिकारी अर्जुन पाैडेललगमयत दलका नेताहरू, स्थानीय तहका जाप्रतिनिधीहरूले धारणा राखेका थिए । गाउँपालिका स्तरमा भएका प्रतियोगितामा उत्कृष्ट भएका विद्यालय तथा विद्यार्थीहरू राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने छन् ।



प्रतियोगितामा भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, एथ्लेटिक्स अन्तर्गतका हाई जम्प, लङ जम्प, सट पुट, त्रिपल जम्प, ज्यावलिङ थ्रो, दौड, रिले दौडलगायतका विभिन्न विधामा प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष  लोप्चनले बताए । 

प्रतियोगितामा जिल्लाका बिभिन्न विद्यालयहरूबाट झन्डै ३०० भन्दा बढी खेलाडी भलिबल, तेक्वान्दो, कराते तथा एथलेटिक्सलगायतका विधामा छात्र–छात्राहरूको उत्साहजनक सहभागिता रहेको छ।

रसुवा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिराज लोप्चनले प्रतियोगिताको सफल आयोजनाको लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै खेल क्षेत्रको विकासमा अझ धेरै सहयोग र लगानी आवश्यक रहेको उल्लेख गरे। कार्यक्रममा जिल्ला खेलकुद विकास समिति, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, अभिभावक, पत्रकार तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



Saturday, April 5, 2025

रसुवाका सवै वडामा एमालेकाे जरा अभियान सम्पन्न


रसुवा, नेकपा एमाले यतिबेला वडा केन्द्रित अभियानमा जुटेको छ । वडा र टाेल कमिटीसम्म सञ्चालन हुने उक्त अभियानलाई एमालेले ‘जरा अभियान’ भनेको छ । 

नेकपा एमाले रसुवाले सम्पूर्ण पार्टी पंक्ति परिचालन गरी २०८० वैशाखसम्म सञ्चालित तीन महिने मिसन ग्रासरुट अभियानबाट एमालेले पार्टीको कमजोरी पहिचान गरेको थियो । 

उक्त मिसन ग्रासरुट अभियानको समीक्षाका आधारमा एक वर्षे सुदृढीकरण कार्यक्रम सञ्चालन गर्‍यो । २०८० सालभर सञ्चालित एक वर्षे अभियान अन्तर्गत एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रीय संकल्प अभियान चलायो । 


अहिले वडाकेन्द्रित अभियान सञ्चालन गरिरहेको छ । यो अभियान आगामी १५ वैशाखसम्म सकिने छ । रसुवाकाे पाँचवटै गाउँपालिकाले २७ वटै वडामा सक्ने लक्ष्य अनुसार कालिका गाउँपालिका ३,४,५ वडामा सम्पन्न भयाे । 

उत्तरगया गाउँपालिकाकाे २ नं बाहेक सवै वडामा अभियान सम्पन्न भएकाे छ ।  त्यसैगरी नाैकुण्ड गाउँपालिकामा ६ वटै वडामा एकैसाथ अभियान सम्पन्न भएकाे नेकपा एमाले सचिवालय सदस्य डिल्लीराज तामाङले बताए । 

त्यसैगरी गाेसाइकुण्डकाे ५ नं बाहेक सवै वडामा जरा अभियान सम्पन्न भएकाे छ । आमाछोदिङमो गाउँपालका १ र २  वडामा जरा केन्द्रित अभियान सम्पन्न भएकाे छ । 


अबकाे निर्वाचन ०८४ मा एमालेलाइ पहिलाे दल बनाउने लक्ष्यका साथ अभियान सञ्चालन गरिएकाे जिल्ला कमिटी उपाध्यक्ष कैसाङनुर्पु तामाङ बताउछन् । बाकी वडामा पनि चाँढै अभियान चलाउने र टाेल कमिटी बनाएर नयाँ सदस्यता खुलाउनु तथा सदस्यता नविकरणकाे काममा जाेड्दिने जनाइएकाे छ । 

Tuesday, April 1, 2025

अर्गानिक तरकारी खेतीमा देवकी


रसुवा, उतरगया गाउँपालिका- ४ कर्मिडाडामा  ५२ वर्ष अगाडि जन्मिएकी चम्सुरी उपनामले परिचित देवकी न्यौपाने गजुरेलको १३ वर्षको उमेरमा कालिका -५ जिवजिवेमा विवाह गरेर गएदेखि नै दु:खका दिन सुरू भए । 

समाजमा उतिबेला छोरीलाई पढाउन हुँदैन  भन्ने  चलन थियो । रजस्वला नहुँदै अन्माएर पठाउने चलनले उनको बिबाह सानैमा भयाे  । केही वर्षमा छोरी जन्माइन छोरी जन्मिएको केही महिनामा मृत्यू भयो र पछिल्लो वर्ष छोरा जन्मिएको थियो छोरा जन्मिएपछि पति सौता राखेपछि उनको जीवन झनै पीडादायक वन्यो तर पनि उनको मनमा कहिले पनि हरेस् भन्ने चिज आएन र छोरो च्यापेर गोसाइकुण्ड गाउँपालिका-६ सोलेमा अर्काको वारी अधियाँ कमाउन थालनी र तरकारी खेती गरेर जिविकोपार्जन गर्न थालिन । 

छोरा थियो साहारा उनको दैवको लिला छोरा पनि आज भन्दा १५ वर्ष अगाडि  १८ वर्षको उमेरमा जङ्गलमा दाउरा काटन जादा पासोमा परेर मृत्यू भयो त्यो पछि झनै उनमा बज्रपात नै भयो । उनी आफै समालिएर अगाडि वढेकी उनी ताजा तथा अर्गानिक तरकारी रायाे, ताेरी, न्युराे, चम्सुर, पालुङलगायत अन्य तरकारी बेच्दछिन् र मानिसहरूले चम्सुरी दिदी भनेर वोलाउथे र वोलाउछन् पनि उनलाई वास्तविक नाम भन्दा पनि चम्सुरी नामले चिन्दछन् । उनि एकदमै मिहिनेती कृषक हुन् । उनको  मिहेनत देखेर सोलेका तामाङहरू पनि दङ्ग पर्छन । 

उनी ६ महिना काम गर्छिन र ६ महिना घुम्ने र दिन दुखीहरूको सेवामा लाग्दछिन उनको भनाई रहेको छ कि मैले कमाएको केही पैसा दिन दुखीलाई सहयोग गर्छु तर सवै लाई सुनाउदिन् जब मैले दु:ख भोगेको छु र त दुखीहरूको सेवामा पनि समर्पित हुन्छु । मलाई अहिले कुनै पछुतो छैन वाचुन्जेल दु:ख गर्छु मरेपछि जेसुकै होस ।