ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Saturday, February 22, 2025

सेवा निवृत्त शिक्षकहरू सम्मानित


रसुवा, नेपाल राष्ट्रिय शिक्षक संगठन रसुवाले सेवा निवृत्त २० जना शिक्षकहरूलाइ सम्मान गरेकाे छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति रसुवाको १२ औं जिल्ला अधिवेशनकाे अवसरमा सेवा निवृत्त शिक्षकहरूलाइ सम्मान तथा अभिनन्दन गरिएकाे हाे ।

सम्मानित हुनेहरूमा नेपाल राष्ट्रिय शिक्षक संगठनका संस्थापक सचिव तथा जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोककुमार घिमिरे, काेमिन श्यामेवाङफेल मावि स्याफ्रवेसीका प्रधानाध्यापक देवराज सिंखडा, स्राेत व्यक्ति वासुदेव लामिछाने, शिक्षकहरू लाेकनाथ नेपाल, किप्पा छिरिङ तामाङ, तेजप्रसाद खतिवडा,समान सिंह बुलुन, माेहनप्रसाद नेपाल, हरिप्रसाद ढकाल, घनमाया डगाेल, रितमान वाईवा,केदारप्रसाद घिमिरे, प्रेमप्रसाद पाैडेल, राजेन्द्र डंगाेल,बद्रिनाथ पाैडेल, हरिप्रसाद पाैडेल, बलराम धिताल, उमाकान्त फुँयाल, देवेन्द्रराज देवकोटा, पूर्व शिक्षक तथा हिमालय आर्टका प्रोपाइटर लामा साम्देन घले रहेका छन् ।


१२ औं जिल्ला अधिवेशनका प्रमुख अतिथी संगठनका महासचिव हंस बहादुर शाही तथा बिशेष अतिथी नेकपा एमाले केन्द्रीय सदस्य तथा संबिधान सभा सदस्य प्रेम तामाङले उनीहरूलाइ सम्मान पत्र तथा दाेसल्लाले सम्मान गरेका थिए ।

No comments:

Post a Comment