ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Tuesday, October 27, 2026

बाढीमा हराएका नागरिकताकाे प्रतिलिपि होल्डिङ सेन्टरबाटै बितरण सुरू


रसुवा, उत्तरगया गाउँपालिकाका बाढी प्रभावितहरूलाई नुवाकाेटका होल्डिङ सेन्टरबाटै हराएका नागरिकताकाे प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया सुरु गरिएको छ।

​गत २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको थियो । बाढीका क्रममा सर्वसाधारणका महत्त्वपूर्ण कागजात तथा नागरिकतासमेत हराएका र नष्ट भएका थिए। नागरिकता नहुँदा राहत, पुनस्थापना तथा अन्य अत्यावश्यक प्रशासनिक कार्यमा ढिलाइ नहोस् भन्ने उद्देश्यले नुवाकोटमा रहेका सम्बन्धित होल्डिङ सेन्टरहरूमा नै पुगेर प्रत्यक्ष सेवा दिन थालिएको प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले जानकारी दिए ।

​आइतबार नुवाकोटको पिपलटारमा बसोबास गर्दै आएका उत्तरगया गाउँपालिका वडा नं. १ का २०२ जना बाढी प्रभावितको नागरिकताको प्रतिलिपिका लागि फाराम संकलन गरी ल्याइएको प्रजिअ पाण्डेले बताए ।

​नागरिकहरूलाई सहज सेवा दिन होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपिको आवेदन फाराम संकलन गर्ने, जिल्ला प्रशासन कार्यालय रसुवामा ल्याएर प्रमाणीकरण गर्ने, नागरिकता प्रिन्ट गर्ने र पुनः होल्डिङ सेन्टरमै लगेर हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी पाण्डेले स्पष्ट परे ।

जिल्ला प्रशासन कार्यालय रसुवाको आयोजना र उत्तरगया गाउँपालिकाको विशेष पहलमा यो सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष माधव अर्यालले जानकारी दिए । ​पालिकाका अध्यक्ष अर्यालका अनुसार पहिलो चरणमा नागरिकताको प्रतिलिपि वितरणलाई तीव्रता दिइएको छ भने अन्य आवश्यक प्रशासनिक सेवाहरू पनि क्रमशः उपलब्ध गराउँदै लगिनेछ । बाढी प्रभावितहरूकाे सहजताका लागि हाेल्डिङ सेन्टरमा पुगेर नागरिकता प्रतिलिपि दिन सुरू गरेकाे प्रमुख जिल्ला अधिकारी कमल पाण्डेले बताए ।

नागरिकताको प्रतिलिपि आवेदन फाराम संकलन कार्यक्रममा गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेकाे थियो।



No comments:

Post a Comment