ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Friday, May 16, 2025

लोक कल्याणकारी सूचनामा पहुँचको माग गर्दै अकोराले बागमती प्रदेश सरकारलाइ बुझायाे १० बुँदे ध्यानाकर्षण


रसुवा, सामुदायिक रेडियो प्रसारक संघ ९अकोराब० को बागमती प्रदेश समितिले बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

बिहीबार आज अकोराब बागमती प्रदेश समितिका अध्यक्ष दीपक लामाले मुख्यमन्त्री लामालाई ध्यानाकर्षण पत्र बुझाउनुभएको हो । अकोराब बागमती प्रदेशले प्रदेशमा रहेका सबै एफएम रेडियोलाई लोक कल्याणकारी सूचना उपलब्ध गराउन माग गरेको छ । बागमती प्रदेश सरकारले सञ्चालन अनुमति दिन मिल्ने २ सय ५० वाट र ५ सय वाटका एफएम रेडियोलाई मात्रै लोक कल्याणकारी सूचना उपलब्ध गराउँदै आएको छ । 

सामुदायिक रेडियोको हकमा छुट्टै नीति निर्माण गर्न तथा नीति निर्माणमा सामुदायिक रेडियोको प्रदेश समितिसँग आवश्यक छलफल गर्न माग पनि गरिएको छ ।  १० बुँदे ध्यानाकर्षणपत्रमा अकोराबले समानुपातिक विज्ञापन नीति निर्माण गरी लागु गर्न, नीति निर्माण गर्दा महिला, दलित, आदिवासी, जनजाति, मुस्लिम, अल्पसङ्यक समुदायको समेत सहभागितामा सञ्चालित सामुदायिक रेडियोको हकमा विशेष सहुलियत उपलब्ध गराउन माग गरिएको छ । 

विपद्बाट आइपर्ने समस्यासँग जुध्न सामुदायिक रेडियोको लागि छुट्टै विपद् व्यवस्थापन कोषको स्थापना गर्न, सामुदायिक रेडियोको पूर्वाधार विकास, अप्ठ्यारोमा परेका रेडियोका लागि उपकरण खरिदमा अनुदान, स्वयंसेवी पत्रकारिता सम्बन्धी तालिम तथा जागरण कार्यक्रम र दक्ष जनशक्ति उत्पादनका लागि तालिम र कार्यशालाका कार्यक्रम सञ्चालन गर्न विशेष सहयोग उपलब्ध गराउन माग गरिएको छ ।

आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्दा सामुदायिक रेडियो प्रसारक संघ प्रदेश समितिको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्न पनि अकोराबले ध्यानाकर्षण गराएको छ । प्रदेशको पर्यटन प्रवद्र्धन, सामाजिक सौहाद्र्धता अभिवृद्धि तथा सचेतना अभिवृद्धिका लागि अकोराबले प्रदेश सरकारसँग ५ बुँदे सहकार्यको प्रस्ताव पनि गरेको छ ।

अकोराब बागमती प्रदेश समितिले रेडियोमार्फत प्रदेशका पर्यटकीय तथा अ‍ैद्योगिक विकासमा सहयोग पुर्‍याउनका लागि सार्वजनिक सूचना तथा कार्यक्रम प्रसारण गर्न विशेष बजेटको व्यवस्था गर्न आग्रह गरिएको छ ।प्रदेशमा विद्यमान सामाजिक विभेद तथा कुरीतिको अन्त्यका लागि सामुदायिक रेडियोहरू निरन्तर रूपमा क्रियाशील रहने प्रतिबद्धता जनाउँदै अकोराबले यस्ता कुरीति अन्त्यका लागि सामुदायिक रेडियोलाई साथमा लिएर अभियान सञ्चालन गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ ।

‘मुख्यमन्त्रीसँग जनता कार्यक्रम’लाई प्रदेशका रेडियोमा एउटै समयमा प्रसारण गर्ने गरी सहकार्यको प्रस्ताव पनि अकोराबले गरेको छ । विभिन्न विषयमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न र त्यस्ता कार्यक्रमहरू सामुदायिक रेडियोमार्फत प्रदेशभर प्रसारण गर्नका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

अकोराब बागमती प्रदेश समितिको ध्यानाकर्षणपछि मुख्यमन्त्री बहादुर सिंह लामाले व्यवस्थित र दीर्घकालिन योजना बनाएर अकोराबसँग मिलेर काम गर्न सकिने बताउनुभयो ।

प्रभावकारी योजना बनाएर काम गर्नुपर्ने उल्लेख गर्नुहुँदै प्रदेश सरकारको प्राथमिकताअनुसार साझेदारी गरेर अगाडि बढ्ने बताउनुभयो ।

मुख्यमन्त्रीलाई ध्यानाकर्षण बुझाउन अकोराब केन्द्रीय समिति सदस्य ध्रुबराज ढकाल, प्रदेश समितिका सचिव आशिष ठकुरी, सदस्य रामचन्द्र पौडेल, नेपाल पत्रकार महासंघ मकवानपुरका सदस्य गणेश दूलाल, रेडियो निकासका स्टेशन म्यानेजर सुरेश श्रेष्ठ पुग्नुभएको थियो ।

अकोराब बागमती प्रदेश समितिले प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सामाजिक विकास मन्त्रालयमा पनि सहकार्यको प्रस्ताव पेश गरेको छ ।

Monday, May 12, 2025

कालिका हिमालय माविकाे स्वर्ण जयन्तीमा संचारकर्मीहरू पूर्व विद्यार्थी तथा समाजसेवीहरू सम्मानित

रसुवा, कालिका हिमालय माविकाे स्वर्ण जयन्तीकाे अवसरमा यस विद्यालयका पूर्व विद्यार्थी पत्रकारहरू पूर्व विद्यार्थी तथा समाजसेवी, शिक्षक, पूर्व प्रअहरूलाइ सम्मानित गरिएकाे छ । 

सम्मानित हुनेहरू पूर्व विद्यार्थी तथा पत्रकारहरूमा हिमाल मिडियाका रमेशकुमार न्यौपाने,अन्नपूर्ण पाेस्ट्रका जिल्ला प्रतिनिधि तथा नेपाल पत्रकार महासंघ रसुवाका पूर्व अध्यक्ष हेमनाथ खतिवडा, कान्तिपुर मिडियाका बलराम घिमिरे, सगरमाथा टिभीका राधिका लो तामाङलाइ पत्रकारितामार्फत योगदान गरेकाेमाा सम्मान पत्रद्वारा प्रमुख अतिथि उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान शिंहले सम्मानित गरेका हुन् । 




सम्मानित हुनेहरूमा विद्यालयका संस्थापक अध्यक्ष उत्तम प्रसाद न्यौपाने, सदस्य  बागदल मोक्तान, सदस्य  अमर बहादुर ढकाल, विद्यालय व्यवस्थापन समितिका हालसम्मका अध्यक्षहरू खेसम बहादुर मगर, बालचन्द्र पौडेल,  भवानी प्रसाद ढकाल, रेबकुमार पौडेल, प्रेमबहादुर तामाङ, कृष्णबहादुर आचार्य, मेघनाथ घिमिरे, बिक्रम लोप्चन, तारा अधिकारी कार्की, उमेश बहादुर न्यौपाने, शिक्षाको चौतार्फी विकासमा योगदान गर्ने नबराज आचार्य एसिया अनलुस , तोयानाथ न्यौपाने  दुर्गाप्रसाद न्यौपाने रसुवा रसुवा ट्रेक्स एण्ड एक्सपीडिसन प्रा लि,लाइ पनि सम्मान पत्र प्रदान गरिएकाे थियाे । 

साे अवसरमा पूर्व विद्यार्थी तथा साहित्यकार दिपा न्याैपानेलाइ पनि सम्मान गरिएकाे थियाे । त्यसै गरी राजनीति क्षेत्रबाट समाजसेवामा महत्वपूर्ण योगदान गर्नुहुनेमा संबिधानसभा सदस्य तथा पूर्व विद्यार्थी जनार्दन ढकाल, पूर्व बागमती प्रदेश सभा सदस्य शान्ति थिङलाइ पनि प्रमुख अतिथिले सम्मान पत्र र खादाले सम्मानित गरे ।


  

सम्मानित हुनेहरूमा दुर्गाप्रसाद पौडेल धैबुङ्ग गा पं पूर्व प्रधानपञ्च, रामप्रसाद ढकाल धैबुङ्ग गाविस पूर्व अध्यक्ष  तिर्थराज न्यौपाने धैबुङ्ग गाविस पूर्व अध्यक्ष , माधब प्रसाद अर्याल उत्तरगया गाउँपालिका अध्यक्ष, कालिका गाउँपालिका का. वा. अध्यक्ष तथा ब्यवस्थापन समितिमा समेत लामो समय रहेर सेवा प्रदान गर्नुहुनेभवानीप्रसाद न्यौपाने ,  सिता पौडेल अधिकारी कालिका गाउँपालिका पूर्व अध्यक्ष, सरस्वती रिजाल खडका किर्तिपुर नगरपालिका पूर्व उप प्रमुख , हरिकृष्ण देवकोटा कालिका गाउँपालिका अध्यक्ष , मिरा लामा कालिका गाउँपालिका उपाध्यक्ष, ठाकुरप्रसाद देवकोटा कालिका ४, सुधुराम पौडेल कालिका ५,भिम बहादुर तामाङ कालिका गाउँपालिका १ ,र  मंगलमान तामाङ कालिका ४ रहेका छन् । 



कालिका हिमालय माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको उद्घाटन समारोहलाई संम्बोधन गर्दै उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारलाई स्थायित्व दिएर देश विकासमा योगदान गर्न नेकपा एमाले सँग सहकार्य गरिएको बताए । राज्यलाई अस्थिर बनाएर मौका छोप्ने हरू देखा परेपछि काँग्रेसले टुलुटुलु हेर्न नसकी स्थिरतासँगै विकासमा गति दिन यो गठबन्धन गरिएको उनले बताएका हुन् । 

उपप्रधानमन्त्री सिंहले भने “यस अगाडि बनेका सरकार धेरै समय टिकेनन्, छिनछिनमा परिवर्तन भए, जनताले पनि आवाज उठाउन थाले, एउटा स्थितरता दिनका लागि दुई दल मिलेर सरकार गठन ग¥यौँ, त्यसमा अन्य पार्टीहरूले पनि साथ दिएका छन्, हामी नागरिकका समस्यालाई प्राथमितामा राखेर काम गर्न थालेका छौँ यसले परिणम अवस्य ल्याउने छ । 



प्रतिनिधि सभाका सदस्य मोहन आचार्य, प्रतिनिधि सभाका सदस्य राजन केसी तथा संबिधान सभा सदस्य जर्नादन ढकाल, बागमती प्रदेशसभा सदस्य प्रभात लामा, इन्द्र गाेतामेलगायतले मन्तब्य दिएका थिए । 

कार्यक्रममा पूर्व विद्यार्थी नेपाल प्रहरीका प्रहरी नावय महानिरीक्षक दिनेश आयार्य, अधिकृत तहका हरिप्रसाद भट्ट,  अणप्रसाद पौडेल, बुद्धिनाथ न्यौपाने,  गोबिन्द प्रसाद आचार्य,  मीननाथ पौडेल,  ई बिकेश न्यौपाने, डा प्रियांका भट्ट,  सुनिता न्यौपाने, नारायण प्रसाद पाैडेल, डा प्रभा मोक्तान, नरनाथ न्यौपाने, ध्रबराज न्यौपाने, क्याम्पस प्रमुख  कमलनाथ आचार्य, झंकनाथ न्यौपाने, केशब रिजाल, शिक्षक (अधिकृत स्तर ), राजन न्यौपाने, पवन पौडेल,  नबराज घिमिरे, बिन्दा न्यौपाने, तारानाथ न्यौपाने, देवकीदेवी न्यौपाने, राधा पाण्डे, होमप्रसाद देवकोटा, माधबप्रसाद लामिछाने, शिब देवकोटालाइ सम्मानित गरिएकाे थियाे । 


कार्यक्रममा कुटनीति नियोग तर्फका राजकुमार भट्ट , राजु न्यौपाने र लाक्पा तामाङ र शिक्षक श्यामप्रसाद नेपाल, चोपप्रसाद न्यौपाने, डिल्लीराज घिमिरे, कृष्ण प्रसाद लामिछाने, खेलकुद क्षेत्रका जिल्ला खेलकुद क्षेत्र विकास समिति अध्यक्षहरु हरिप्रसाद ढकाल, सुजन न्यौपाने,  दावा तामाङ, बिराज तामाङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त खेलाडी कुमार नगराकोटी कराते स्वर्ण, सुरज न्यौपाने कराते स्वर्ण, मनिष श्रेष्ठ कराते स्वर्ण, गौरव आचार्य कराते स्वर्ण , विशाल घले कराते काष्य, काल्साङ तामाङ म्याराथुनलाइ सम्मानित गरिएकाे थियाे । 



कार्यक्रममा प्रधानाध्यापक राधा पाण्डेले विद्यालयकाे तर्फबाट प्रतिवेदन प्रस्तुत गरिन् । विसं २०३२ मा स्थापना भएको कालिका हिमालय माविमा हाल शैक्षिक सत्रमा ७ सय बढी विद्यार्थी अध्ययनरत रहेका छन्। 
 
विद्यालयका शिक्षिका पार्वती आचार्यले एकलाख रूपैयाँकाे अक्षय काेष स्थापना गर्न चेक हस्तान्तरण गरिन भने कालिका हिमालय एसएलसी ब्याच २०५६ बाट १ लाख १७ रूपैयाँ प्रदान गरेका छन् । 

साे अवसरमा छत्र भजन तथा स्थानीय परम्परागत साँस्कृतिक कार्यक्रम भएकाे थियाे । त्यसै गरी श्याम प्रसाद नेपालले पनि १ लाख ५ सय रूपैयाँकाे अक्षय काेष स्थापना गरेका छन् ।  कालिका गाउँपालिका अध्यक्ष तथा  स्वर्ण जयन्ती २०८२ मूल समारोह समिति संयाेजक हरिकृष्ण देवकोटाले सबैलाइ धन्यवाद दिएका थिए । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, पत्रकार, समाजसेवी, शिक्षक, विद्यार्थी, अभिभावकलगायतकाे सहभागिता रहेकाे थियाे । 


कदर पत्रद्वारा सम्मानित हुनेकरूकाे सूची

१ नेपाल स्वंसेवी रक्तदाता समाज जिल्ला शाखा रसुवा, अध्यक्ष श्री रामशरण गजुरेल (निशान)
२ कालिका हिमालय एस.एल.सी. २०५६ ब्याच, कालिका–२ रसुवा, अध्यक्ष श्री राम प्रसाद ढकाल
३ श्री धैबुङ्ग कालिका खैजडी भजन कृतन समाज कालिका ३ रसुवा, अध्यक्ष श्री भूमिनन्द न्यौपाने 
४ श्री उत्पन्नेश्वर भजन समुह कालिका –५ रसुवा, अध्यक्ष , श्री पुष्पराज देवकोटा 
५ श्री नीलकण्ठ भजन समुह कालिका– ५ रसुवा, श्री भवनाथ पौडेल
६ श्री महांकाली देवी भजन कालिका–४ रसुवा, अध्यक्ष श्री ध्रुब प्रसाद पौडेल
७ श्री ठूलीभूमे भजन समुह, अध्यक्ष श्री हरिप्रसाद न्यौपाने 
८ श्री महांकाली पञ्चेबाज समुह, अध्यक्ष श्री रामकुमार देवकोटा 
९ श्री तल्लोरुप्सेपानी पञ्चेबाजा समुह, श्री मान वहादर तामाङ
१० श्री गैरीगाउँ चौतारा भक्ति अनुष्ठान,कालिका–५, समुह अध्यक्ष श्री दुर्गा देवी देवकोटा 
११ श्री टासीलिङ्ग गोम्बा लामा प्रमुख लामा कालिका–२, श्री दावा पासाङ लामा 
१२ श्री कालिका हिमालय पूर्व विद्यार्थी समाज, अध्यक्ष श्री झंकनाथ न्यौपाने
१३ श्री कालिका हिमालय एसएलसी २०५८ ब्याच, रसुवा
१४ श्री रेडियो लाङटाङ ९०.३ मगाहर्ज कालिका–२ रसुवा
१५ श्री रेडियो रसुवा १०२.१ मेगाहर्ज गोसाइकुण्ड–६ रसुवा 

Sunday, May 4, 2025

कालिका हिमालय माध्यमिक विद्यालयले स्वर्ण उत्सव मनाउदै


 रसुवा, रसुवाको कालिका हिमालय माध्यमिक विद्यालयले  स्वर्ण उत्सव मनाउने भएको छ। विद्यालयले स्थापनाकाे ५० वर्षकाे अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी स्वर्ण महोत्सवका रूपमा मनाउने घोषणा गरेको हो।

कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकाेटाकाे अध्यक्षातामा मूल समिति गठन गरी स्वर्ण उत्सव मनाउन तयारी थालेकाे छ । यस अवसरमा विद्यालयले स्मारिका लाेकार्पण तथा विविध सांस्कृतिक, खेलकुद र शैक्षिक गतिविधि गर्ने जनाएको छ। स्वर्ण जयन्तीलाई सफल बनाउन मूल समारोह आयोजक समिति गठन गरिएको छ। प्रमुख अतिथीका रूपमा राष्ट्रपति रामचन्द्र पाैडेल आउने विद्यालय जनाएको छ । 


कालिका हिमालय माध्यमिक विद्यालय २९ वैशाख २०३२ मा स्थापना भएको थियो र यसले ५० वर्षको यात्रामा शिक्षा र समूदायका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको प्रअ राधा पाण्डेले जानकारी दिए ।  पाण्डेका अनुसार यो सबै कार्यगर्न आर्थिक सहयोगको लागि सहयाेगी, सराेकारवाला तथा पूर्वविद्यार्थीलाई अनुरोध गनुभएको छ ।



Friday, May 2, 2025

जलवायु उत्थानशील कार्यसुदृढीकरणको लागि सचेतना मूलक अभिमुखीकरण

 


रसुवा, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्यसुदृढीकरणको लागि सचेतना मूलक अभिमुखीकरण कार्यक्रम कालिका   गाउँपालिकामा सम्पन्न भयो । 

राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अन्य राष्ट्रिय सरोकारवालाहरूसँगको सहकार्यमा हरित जलवायु कोषको सहायतामा गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना क्षेत्रमा संकटासन्न समुदाय तथा पारिस्थतिकीय प्रणालीको जलवायु उत्थानशीलता सुधार ल्याउने, जलवायुजन्य विपद्, जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य, प्रकृतिमा आधारित समाधान, जलवायु उत्थानशिलता, जलवायु कोडिङलगायतका विषयहरूमा स्थानीय सरकार र नागरिक समाजका प्रतिनिधिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको गैसस महासंघ रसुवाले जनाएको छ ।


जलवायु परिवर्तनको कारण, प्रभाव र असर, नेपालले गरेका प्रयास, क्षेत्रगत रुपमा अनुकूलनका उपायहरू, जलवायु सम्बन्धि कोडिङ्ग विधि, स्थानीय तहमा जलवायु परिवर्तनको मुद्दा, वातावरण संरक्षण तथा  विपद् व्यवस्थापन,सामाजिक समावेशीकरणलगायत विषयमा समेत छलफल भएको थियो । 


जलवायु परिवर्तन अहिलेको निकै जल्दोबल्दो विषय भएकोले सबैले सचेत हुनुपर्ने बताए ।  सहभागीहरूले समयमा हिउँ तथा पानी नपर्ने जस्तो समस्या देखा परेको वातावरण संरक्षण र वनमा हुने डँढेलो नियन्त्रण गर्नुपर्ने बताए । कार्यक्रममा गाउँ पालिका, जनजाति, विपद ब्यवस्थापन कोष, मध्यवर्ती तथा सामुदायिक वन समुहको प्रतिनिधित्व रहेको थियो । 

कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले मानवले प्रदुषण गरेको कारण जीव जीवात्मा समेत असर पारेको बताए । उनले रैथाने बाली उत्पादन घटेकोले हाइब्रीड बीउले रैथाने बीउ नै मासिएको बताए । जलवायु परिवर्तनका कारण वनजंगल बढेपनि पानीको स्रोत कम भएको बताए । 

सहभागीहरुले यसवर्ष वर्षात बढी हुने प्रक्षपण भएकोले पहिरोको जोखिम बढ्ने बताए । कार्यक्रममा उपाध्यक्ष मिरा लामा, वडा फाणिन्द्रप्रसाद न्यौपानेलगायतले समयमा हिउँ तथा पानी नपर्ने जस्तो समस्या देखा परेको वातावरण संरक्षण र वनमा हुने डँढेलो नियन्त्रण गर्नुपर्ने बताइन् । कार्यक्रममा गाउँपालिका कर्मचारी, जनप्रतिनिधि, जनजाति, विपद् ब्यवस्थापन कोष, आदिवासी जनजाति तथा सामुदायिक वन समुहको प्रतिनिधित्व रहेको थियो। सहभागीहरूले पिउनेपानी दुषित भएकाे, पशुमा बाँझाेपन र कृषिमा हेपाहा प्रजाती बढेकाे बताए । 

जलवायु परिवर्तनको कारण, प्रभाव र असर, नेपालले गरेका प्रयास , क्षेत्रगत रुपमा अनुकूलनका उपायहरू, जलवायु सम्बन्धि कोडिङ्ग विधि, स्थानीय तहमा जलवायु परिवर्तनको मुद्दा, वातावरण संरक्षण तथा  विपद् व्यवस्थापन,सामाजिक समावेशीकरणलगायत विषयमा गैसस महासंघ नेपाल जिल्ला शाखा, रसुवाको आयोजनामा भएको कार्यक्रममा सहजकर्ता हेमनाथ खतिवडा र गायत्री  रिमालले सहजिकरण गरेका थिए । 

यस्तै छलफल गाेसाइकुण्ड गाउँपालिकामा पनि भएकाे छ । हालसम्म ५ वटै गाउँपालिकामा  जनप्रतिनिधिहरू तथा सराेकारवालाहरू सहभागी गराइ जलवायु उत्थानशील कार्यसुदृढीकरणको लागि सचेतना मूलक अभिमुखीकरण गरेकाे महासंघका काेषाध्यक्ष गायत्री लामिछानेले बताइन् । 





आमाछोदङिमो गाउँपालिकामा जलवायु उत्थानशील कार्यसुदृढीकरणको लागि सचेतना मूलक अभिमुखीकरण सम्पन्न


 रसुवा, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्यसुदृढीकरणको लागि सचेतना मूलक अभिमुखीकरण कार्यक्रम चैत २५  गते आमाछोदङिमो  गाउँपालिकामा सम्पन्न भयो । 

राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अन्य राष्ट्रिय सरोकारवालाहरूसँगको सहकार्यमा हरित जलवायु कोषको सहायतामा गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना क्षेत्रमा संकटासन्न समुदाय तथा पारिस्थतिकीय प्रणालीको जलवायु उत्थानशीलता सुधार ल्याउने, जलवायुजन्य विपद्, जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य, प्रकृतिमा आधारित समाधान, जलवायु उत्थानशिलता, जलवायु कोडिङलगायतका विषयहरूमा स्थानीय सरकार र नागरिक समाजका प्रतिनिधिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको गैसस महासंघ रसुवाले जनाएको छ ।

सहभागीहरूले जलवायु परिवर्तनले अहिले नै पानीको मूल सुक्दै गएकोले पानीको समस्या देखा गर्न थालेको बताए । कार्यक्रमबाट गाउँ कार्यपालिका सदस्य ज्ञानु बिकले जलवायु परिवर्तन बारे नयाँ कुरा थाहा भएको बताइन् । 


जलवायु परिवर्तनको कारण, प्रभाव र असर, नेपालले गरेका प्रयास, क्षेत्रगत रुपमा अनुकूलनका उपायहरू, जलवायु सम्बन्धि कोडिङ्ग विधि, स्थानीय तहमा जलवायु परिवर्तनको मुद्दा, वातावरण संरक्षण तथा  विपद् व्यवस्थापन,सामाजिक समावेशीकरणलगायत विषयमा समेत छलफल भएको थियो । 

जलवायु परिवर्तन अहिलेको निकै जल्दोबल्दो विषय भएकोले सबैले सचेत हुनुपर्ने बताए ।  अध्यक्ष  घलेले समयमा हिउँ तथा पानी नपर्ने जस्तो समस्या देखा परेको वातावरण संरक्षण र वनमा हुने डँढेलो नियन्त्रण गर्नुपर्ने बताए । कार्यक्रममा गाउँ पालिका, जनजाति, विपद ब्यवस्थापन कोष, मध्यवर्ती तथा सामुदायिक वन समुहको प्रतिनिधित्व रहेको थियो । 

जलवायु परिवर्तनको कारण, प्रभाव र असर, नेपालले गरेका प्रयास , क्षेत्रगत रुपमा अनुकूलनका उपायहरू, जलवायु सम्बन्धि कोडिङ्ग विधि, स्थानीय तहमा जलवायु परिवर्तनको मुद्दा, वातावरण संरक्षण तथा  विपद् व्यवस्थापन,सामाजिक समावेशीकरणलगायत विषयमा गैसस महासंघ नेपाल जिल्ला शाखा, रसुवाको आयोजनामा भएको कार्यक्रममा सहजकर्ता हेमनाथ खतिवडा र गायत्री  रिमालले सहजिकरण गरेका थिए । 







Thursday, May 1, 2025

कृत्रिम बौद्धिक (एआई) प्रविधिबाट छातीको एक्स-रे सेवा सुरु


रसुवा, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाले जिल्लामै पहिलोपटक क्षयरोग (टीबी) पहिचानका लागि कृत्रिम बौद्धिक (एआई) प्रविधिबाट छातीको एक्स-रे परीक्षण सेवा सुरु गरेको छ।

गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा तथा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, थिमी, भक्तपुरको प्राविधिक सहकार्यमा सञ्चालन गरिएको उक्त अभियान दुई चरणमा सम्पन्न भएको हो।

पहिलो चरणमा वैशाख १६ गते वडा नं ५ स्याफ्रुबेँसी स्वास्थ्य चौकीमा आयोजित १ दिने शिविरमा १४४ जनाको छाती परीक्षण गरिएको थियो, जसमा १५ जनामा सम्भावित क्षयरोग देखिएको छ। दोस्रो चरणमा वैशाख १७ गते वडा नं ६ धुन्चे स्वास्थ्य चौकीमा १८६ जनाको परीक्षण गर्दा २८ जनामा सम्भावित संक्रमण देखिएको गाेसाइकुणड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरेले बताए दुई दिनको अवधिमा जम्मा ३३० जनाको छाती परीक्षण हुँदा ४३ जनामा क्षयरोगको सम्भावना देखिएको गाउँपालिकाले जनाइएको छ। 

गोसाइँकुण्ड स्वास्थ्य शाखाका प्रमुख विमल घिमिरेका अनुसार, प्रारम्भिक परीक्षणमा सम्भावित देखिएका बिरामीहरूलाई जिन–स्पट परीक्षणमार्फत थप पुष्टि गरिनेछ। संकलित नमुना त्रिशूली र भक्तपुरस्थित राष्ट्रिय क्षयरोग परीक्षण प्रयोगशालामा पठाइनेछ। पुष्टि भएपछि ती बिरामीलाई निःशुल्क औषधि तथा उपचार सेवामा समावेश गरिनेछ।

घिमिरेका अनुसार, एआई एक्स-रे प्रविधिको प्रयोगले समुदायमा लुकेका संभावित बिरामीहरूलाई छिटो र प्रभावकारी रूपमा पहिचान गर्न मद्दत पुगेको छ।

स्वास्थ्य क्षेत्रमा प्रविधिको उपयोग गर्दै समुदाय स्तरमै क्षयरोग नियन्त्रणमा टेवा पुर्‍याउने यो पहल रसुवा जिल्लाको लागि प्रेरणादायी उपलब्धिका रूपमा हेरिएको छ।

कफी खेतीबाट वार्षिक ३ लाख आम्दानी





सरस्वती न्याैपाने

रसुवा, जीवनभर कृषिको सेवा गर्ने प्रतिवद्धता राख्ने ७६ वर्षीय निमावाङदी तामाङले कफी खेतीबाट वार्षिक ३ लाख रुपैयाँ आम्दानी गरिरहेका छन्। 

नौकुण्ड गाउँपालिका -४ दनुस्वाराका बासिन्दा तामाङले २०४५ सालदेखि नै कफी खेती गर्दै आएका हुन्।  पाल्पाकाे तानसेनबाट कफी खेतीको तालिम लिएर आएपछि उनले तानसेन, दोलखा लगायतका ठाउँबाट कफीका बिरुवा ल्याएर यहाँ रोपेका थिए। आज उनको प्रयासले रसुवा र नुवाकोटका धेरै ठाउँमा कफी खेती फैलिएको छ।

आफ्नै ८ रोपनी भिरालो जमिनमा उनले एक हजार कफीका बोट रोपेका छन् । लिची, आँप, सुन्तला लगायतका फलफूल पनि लगाएका छन्। ‘जीवन रहुन्जेल कृषि पेसामै लागि रहन्छु’‚ उनी भन्छन्, ‘२०४५ देखि २०८२ सम्ममा धेरै रोपे, धेरै मरे, तर अहिले एक हजार बोट कफी छन् ।

उनले सुरु गर्दा कसैले कफी खेती गरेका थिएनन्, तर आज धेरै युवा उनको प्रेरणाले यसलाई आम्दानीको श्रोत बनाएका छन्। लामाे समयदेखिकाे निरन्तरताले सफलता मिल्ने रहेछ तामाङले भने । 

७६ वर्षको उमेरमा पनि उनी जोससाथ काम गर्छन्। ‘मैले धेरै पढेको छैन, तर अनुभवले नै सबैले मलाई ‘ज्येष्ठ अगुवा कृषक’ भनेर सम्मान गर्छन्,’ उनले भने। उनको लगनशीलताले युवापुस्तालाई पनि गाउँमै रोजगारी सिर्जना गर्न प्रेरित गरेको छ।

वैदेशिक रोजगार र सहरिया जीवनतिर धानिएका युवालाई गाउँमै आर्थिक अवसर छ भन्ने देखाउन उनी सफल भएका छन्। कफी खेतीबाट खर्च कटाएर वार्षिक ३ लाख कमाउने उनको उदाहरणले अरूलाई पनि प्रेरित गरिरहेको छ।

नौकुण्ड गाउँपालिकाका वडा अध्यक्ष ज्ञानी वाइबाले ‘गाउँपालिकाको अग्रज कृषक’ भनेर सम्मान गरेका छन् । उपाध्यक्ष चन्द्रबहादुर ग्लानले उनको ईमान्दारी र परिश्रमलाई सलाम गरेका छन्। उनको ‘गोसाईंकुण्ड कफी उद्योग’ लघु उद्योग समूहबाट उत्पादन र विक्री हुँदै आएको छ।

उमेर वा अवस्थाले सफलताको बाटो रोक्न सक्दैन। कफी खेतीलाई आफ्नो जीवनको मिसन बनाएर उनले गाउँमै आत्मनिर्भरताको उदाहरण कायम गरेका छन्।