ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Tuesday, March 4, 2025

माेटरसाइकल दुर्घटना एक घाइते


 

रसुवा, रसुवाको नौकुण्ड खाल्चेतमा दुई माेटरसाइकल दुर्घटना भइ आपसमा ठोक्किँदा एकजना गम्भीर घाइते भएका छन् ।

रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका अन्तर्गत खाल्चेतमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजना गम्भीर घाइते भएका छन्।

कालिकास्थानबाट पारच्याङ जादै गरेको बा ७१ प ८२८१ नंम्बरको मोटर साइकल र बिपारित दिशाबाट आउदै गरेको बा ८३ प ३७८७ नंम्बरको मोटर साइकल एक आपसमा ठोक्किदा नौकुण्ड गाउँपालिका - ४ सरमथलीका २० वर्षको सुशान्त वाईबा सामान्य घाइते भएका छन् ।

त्यसै गरी नौकुण्ड गाउपालिका- ६ सर्स्युँका ५० वर्षको सिङ्गि नेगी तामाङको दुवै खुट्टा भाचिएर गम्भीर घाइते भएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुन्दर चौलागाईले जानकारी दिए । घाईतेलाई प्राथमिक उपचार पश्चात तामाङलाई थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाण्डौँ पठाइएको छ ।


Monday, March 3, 2025

भूमि समस्या समाधान गर्न अन्तक्रिया सम्पन्न


रसुवा, भूमि समस्या समाधान आयोग रसुवाको आयोजनामा विषयगत अन्तक्रिया कायक्रम धुन्चेमा २०८१ फागुन १९ गते सम्पन्न भयो । 


आयोगका जिल्ला अध्यक्ष जनकराज उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोक कुमार घिमिरेको प्रमुख आतिथ्यतामा  सम्पन्न भयो । 


कायक्रम प्रमुख अतिथि घिमिरेले भूमि समस्या समाधान आयोगलाइ स्थानीय तहसँगको समन्वय र सहकार्यमा रसुवाका भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बासोवासीको समस्या समाधान गरी सरकारले लिएको लक्ष्यमा पुग्न अनुरोध गरे । 

भूमि समस्या समाधान आयोगकाृ तर्फबाट सदस्य सचिव तथा नापी कार्यालय प्रमुख शिब जी केसीले प्रस्तुती गरी भूमि समस्या समाधान आयोगकाे क्षेत्राधिकार तथा यस अघिका आयोगले  गरेका काम बारे जानकारी दिनुभयाे । 

भूमि समस्या समाधान आयोग केन्द्रका विज्ञ सदस्य टेकबहादुर शाह, सदस्य गुञ्ज बहादुर खड्का, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेललगायतले छलफलमा भूमि समस्या समाधान आयोगलाइ जिल्लाको भूमि समस्या पहिचान गरेर काम गर्न सुझाव दिएका थिए । 


भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बासोवासीको लगत संकलन गरी बिभिन्न चरमा काम गर्नु पने भएकोले सवैको सामुहिक प्रयासबाट मात्र काम गर्न सकिने भएकोले सवै सरोकारवालाहरू सकरात्मक भएर लाग्नुपर्ने बताएका थिए ।  साथै आयोग र गोसाँइकुण्ड गाउँपालिका बीच कार्य सहमतिपत्रमा प्रमुख प्रशासकीय अधिकृत दुतेन्द्र चाम्लिङले हस्ताक्षर गरी हस्तान्तरण भयो । 


महिला भलिबल प्रतियोगिताको उपाधि गोम्बोडाँडा युवा समाजलाइ


रसुवा, ग्याल्बो ल्होसारका अवसरमा गोम्बोडाँडा युवा समाज नेपालका आयोजनामा रसुवा जिल्ला, कालिका–२ गोम्बोडाँडामा आयोजित जिल्लास्तरीय पहिलो महिला भलिबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ । 

प्रथम हुने गोम्बोडाँडालाई रू४४ हजार चार सय ४४, द्वितीय हुने नेपाल विद्यार्थी सङ्घलाई रू २२ हजार दुई सय २२ तथा तृतीय हुने ज्याङ्लाङलाई रू ११ हजार एक सय ११ नगद सहित प्रमाणपत्र, पदक र कप प्रदान गरिएको थियो । प्रतियोगितामा पाँच टोली सहभागी थिए ।

जिल्ला खेलकुद विकास समिति रसुवाका अध्यक्ष विराज लोप्चनले खेललाई हरेक वर्ष निरन्तरता दिइने जानकारी दिनुभयो । उक्त प्रतियोगितासँगै जनजातीय संस्कृति झल्कने स्थानीय भेशभूषामा नृत्य, बृहत् सांस्कृतिक कार्यक्रम भएको थियो । 

प्रतियोगिता समापन कार्यक्रममा कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र उपाध्यक्ष मीरा लामा, भाषा एवं संस्कृति विज्ञ अजितमान तामाङलगायतको उपस्थिति थियो ।

Thursday, February 27, 2025

लोपोन्मुख पञ्चेबाजा संरक्षणामा महिला जुटे


विजया तिवारी

बेत्रावती, परम्परागत लोपोन्मुख  पञ्चेबाजा  स्थापित गराउन बिदुर नगरपालिका-७ तुप्चे महिलाहरू एकजुट भएर लागेका छन् । 

रसुवा र नुवाकाेटकाे सिमाना उत्तरगयाधाम क्षेत्रमा जाडिएकाे बिदुर नगरपालिका वडा नम्बर ७ तुप्चेटारमा जनजागृत पन्चेबाजा महिला समूहले समाजमा लोपोन्मुख पञ्चेबाजा स्थापित गराउन संरक्षणका लागि जुटेका हुन् । 

स्थानीय महिलाहरू एकजुट भएर बाजा बजाउन सिकेपछि अझै पनि दलित समूदायले मात्र पञ्चेबाजा बजाउनपर्छ भन्ने मानसिकता हुर्केको हाम्रो समाजलाई जनजागृत  महिला समूहले रुपान्तरण गरेको छ। 

उत्तरगया क्षेत्र बृहत विकास संगठनले तुप्चेमा रहेकाे शिव मन्दिरमा शिबरात्रीको अबसर आयोजना गरेको पुजामा  पञ्चेबाजा उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा बिदुर नगरपालिकाको उपमेयर प्रभा बोगटी र वडा नं ७ का  वडा अध्यक्ष रबिन्द्र नेपालको समेत उपस्थिती रहेको थियो। अब ब्राम्हण समूदायका महिलाहरूले समुहमा मिलेर पञ्चेबाजा संरक्षणमा लागेकाे जनाएका छन् । 

जनजागृत युबा कल्बकाे सहयोगमा पञ्चेबाजा पाएपछि स्थानीय महिलाहरू जुटेर गाउँमा पञ्चेबाजा बजाउने थालेका हुन् । जन प्रतिनिधी तथा सराेकारवालाहरूले पञ्चेबाजा सुरू भएकाेमा खुसी व्यक्त गर्दै अबका दिनमा पञ्चेबाजाको संरक्षन र प्रवर्द्धनमा र निरन्तरताको लागि समूहलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।  

त्यसैगरी समाजसेबी जनजागृत युबा क्लबका अध्यक्ष राजकुमार रिजालले युवा कल्बको मातहतमा रहेर समाज रुपान्तरण र आगामी कार्यक्रमहरूमा समूहको सहयोग र योगदान महत्त्वपूर्ण रहेको बताए । 

समूहका अध्यक्ष पार्वती अर्यालले लोप हुन लागेको पञ्चेबाजा संरक्षन र सम्बर्द्धनमा हामी ब्राह्मण महिलाबाट सुरुवात गरेर पछिल्लाे पिंढीले पनि जगेर्ना गर्ने र लोप हुन नदिने भएकाेले बाजाको संरक्षण गरेर टिकाई राख्ने उदेश्य साथ पञ्चेबाजा समूहको महत्वपूर्ण भूमिका रहने बताइन् ।  

उक्त कार्यक्रममा सोही समूहको सदस्य कल्पना रिमालले घरधन्धा र चुलो चौकाेमा सिमित महिलाहरु  आत्मनिर्भर बनी केही आम्दानी लिन सक्ने भएकाे बताइन् । यसले धार्मिक, कला, संस्कृति र  उत्तरगया क्षेत्र बृहत विकासमा पनि सहयाेग पग्ने अपेक्षा गरिएकाे छ । 

समूदायमा पृतिसत्तात्मक सोच र मानसिकता बोकेका र दलित समूदायले मात्र पञ्चेबाजा बजाउनुपर्छ भन्ने पुरानाे बिचारधारा र मान्यता भएकाे समूदायका ब्राह्मण महिला नै बाजा बजाउन सक्छ्न् र हुन्छ भन्ने सकरात्मक संदेश दिएकाे स्थानीय अगुवाहरू बताउछन्  ।



Wednesday, February 26, 2025

रसुवामा ८७ प्रतिशत बालबालिकाको जन्मदर्ता

रसुवा,  राष्ट्रिय जनगणना २०७८ को अन्तिम विवरणअनुसार ४६ हजार ६ सय ८९ रसुवाको कुल जनसङ्ख्या रहेको छ । ती मध्ये चार हजार आठ सय ५३ जना बालबालिका रहेका छन् ।

जिल्लाको जनगणनामा कुल चार हजार आठ सय ५३ जना बालबालिकामध्ये चार हजार दुई सय ५८ जना अर्थात् ८७.७ प्रतिशतको मात्र जन्मदर्ता भएको छ । त्यसैगरी, पाँच सय ९५ जना अर्थात् १२.३ प्रतिशतको जन्मदर्ता नभएको राष्ट्रिय जनगणना २०७८ को विवरणमा उल्लेख छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विवरणअनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको छ ।

यस्तै, राष्ट्रिय तथ्याङ्क कार्यालय राष्ट्रिय जनगणना २०७८ अनुसार रसुवामा चार हजार परिवारको घरभित्र र ६ हजार तीन सय परिवारको धारा घरबाहिर रहेको छ । ७८ परिवारले खुला इनार, १० परिवारमा छोपिएको इनारबाट पानी, पाँच सय ३७ परिवारमा मुख्य धाराको पानी र ६४ परिवारले खुला पानी पिउनुपर्छ र खाना पकाउन प्रयोग गर्नुपर्छ ।

तथ्याङ्कअनुसार जिल्लामा अपाङ्गता व्यक्तिको सङ्ख्या एक हजार दुई सय ९३ जना रहेको छ, जसमध्ये पुरुष सात सय १८ जना र महिला पाँच सय ७५ जना रहेका छन् ।

अचार बनाउने तालिम समापन



रसुवा, रसुवाको नौकुण्ड गाउँपालिकाले ०८१ फागुन ९ गतेदेखि  सुरू गरेका विविध अचार बनाउने तालिम  समापन भएको छ। । 

नौकुण्ड गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागारिक शाखा तथा  उद्यम शाखाको आयोजनामा सञ्चालन भएको उक्त  ७ दिने तालिम समापन भएकाे आयोजकले जनाएको छ। 

तालिममा ३६ जना उद्यमीहरूको सहभागितामा संविधानसभा सदस्य तथा सफल युवा उघमी प्रशिक्षक शान्ता चौधरीले तालिम दिएकी थिइन् । 



नौकुण्ड उद्यम शाखाका कृष्ण न्यौपानेका अनुसार नौकुण्ड भरी छरिएर रहेका उद्यमहरूलाई स्वरोजगार बनाई गाउँ मै आर्यआर्जन बनाउने उदेश्यले तालिम सञ्चालन गरेकाे बताए । 

नाैकुण्डमा सन्चालित विविध प्रकारका अचार बनाउने सीप विकास तालिमले महत्त्वपूर्ण  उपलब्धि हुने विश्वास लिइएको प्रशिक्षक शान्ता चौघरिले जानकारी दिइन् ।

तालिमको अवसरमा नौकुण्ड गापाका उपाध्यक्ष चन्द्रबहादुर गलान,वडा नम्बर ६ का वडा अध्यक्ष यो नुर्पु तामाङ लगायत समभागी थिए  । 



Monday, February 24, 2025

रसुवामा वन अतिक्रमण हुन नदिन नियमित अनुगमन


रसुवा, जिल्लाका विभिन्न क्षेत्रमा भएको वन अतिक्रमण हुन नदिन नियमित अनुगम गर्ने डिभिजन वन कार्यालयले जनाएको छ । 

डिभिजन वन कार्यालय रसुवाका डिभिजनल वन अधिकृत शम्भु तामाङका अनुसार वन अतिक्रमण नियन्त्रण समितिको बैठकमा जिल्लाभर ३६ दशमलव २७ हेक्टर वन अतिक्रमणमा परेको तथ्यांक सार्वजनिक गरी पुरानो अतिक्रमण क्षेत्र विस्तार हुन नदिने तथा नयाँ वन अतिक्रमण हुन नदिन नियमित अनुगमन तथा गस्ती गर्ने बताए । 

रसुवाको गोसाइकुण्ड गाउँपालिका १ नागथलीमा ६, आमाछोदिङमो गाउँपालिका ३ मा २२, वडा नं ४ मा ५ , वडा नं ५ मा ४८ र उत्तरगया गाउँपालिका–१ बौंसेमा ९० घरधुरी गरी कुल १७१ घरधुरीले वन अतिक्रमण गरेर बसेका छन् । जिल्लाभर कुल ३६ दसमलव २७ हेक्टर वन अतिक्रमण गरी घर बनाएर बसोबास गरेका छन् ।  पछिल्लो अतिक्रमणको तथ्याङ भने लिएको छैन । 

०५१ सालदेखि अतिक्रमण वन ऐन २०४९ र नियामावली ०५१ अनुसार सामुदायिक वन क्षेत्रमा कुनै पनि संरचना बनाउन पाइदैन । वन ऐन २०७६ अनुसार राष्ट्रिय वन भित्रको जग्गा कसैले पनि दर्ता गर्र वा गराउन हुँदैन भन्ने कानुनी व्यवस्था छ ।

वन ऐनको दफा ७ (२) दर्ता स्वत बदर हुने– कसैले राष्ट्रिय वन भित्रको जग्गा दर्ता गराएको भएमा त्यसरी दर्ता भएको आधारमा त्यस्तो जग्गामा दावी लाग्ने छैन र त्यस्तो दर्ता स्वतः बदर भएको मानिने उल्लेख छ ।

ऐनकाे दफा ७ (३) यो ऐन प्रारम्भ हुनु भन्दा अघि कसैले राष्ट्रियको कुनै भाग गैरकानुनी रुपले दर्ता गराएको रहेछ भने त्यस्तो दर्ता समेत यो ऐन प्रारम्भ भएपछि स्वतः बरद हुने व्यवस्था छ ।

दफा ४२(१) वनक्षेत्रको प्रयोग– यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि राष्ट्रिय प्राथमिकता आयोजना, लगानी बोर्डबाट लगानी स्वीकृत भएको योजना, राष्ट्रिय गौरबका आयोजना सञ्चालन गर्न वनक्षेत्रको प्रयोग गर्नु बाहेक अन्य कुनै पनि विकल्प नभएमा र प्रचलित कानुन बमोजिमको वातावरणीय परिक्षणबाट त्यस्तो योजना सञ्चालन गर्दा वातावरणमा उल्लेखनीय असर नपर्ने देखिएमा नेपाल सरकारले राष्ट्रिय वनको कुनै भाग तोकिए बमोजिम स्वीकृति दिन सक्ने प्रावधान रहेको छ ।  

राष्ट्रिय वन फाँड्ने वा वनक्षेत्रको जोत्ने, खन्ने, खनिजकार्य उत्खनन गर्ने, आवाद गर्ने, सडक तथा अन्य पूर्वाधार निर्माण गर्ने वा अतिक्रमण गर्ने काम गरे वा गराएमा दफा ५० (३) मा सजायः दफा ४९ को खण्ड ग अन्तर्गतको कसुर गर्नेलाई पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिबाना वा दुबै सजाय गरी त्यस्तो जग्गा राष्ट्रिय वनमा समावेश गरी सो जग्गामा बनाएको घर वा छाप्रो र प्रयोग भएका मेशिनरी औजार, साधन समेत जफत हुने। त्यस्तो कसुर गर्दा वन पैदावार हटाएको भए निजलाई सो बापत हुने सजाय समेत हुने प्रावधान छ । 

वन अतिक्रमण नियन्त्रण समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी अर्जुन पाैडेल, नेपाली काँग्रेसका िजल्ला सभापति पेम्बाछिरिङ तामाङ, नेकपा एमाले जिल्ला नेता विजय लामा, सामुदायिव वन उपभाेक्त महासंघ रसुवा, प्रहरी प्रमुखहरू तथा सराेकारवालाहरू सहभागी थिए ।