ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Monday, March 3, 2025

महिला भलिबल प्रतियोगिताको उपाधि गोम्बोडाँडा युवा समाजलाइ


रसुवा, ग्याल्बो ल्होसारका अवसरमा गोम्बोडाँडा युवा समाज नेपालका आयोजनामा रसुवा जिल्ला, कालिका–२ गोम्बोडाँडामा आयोजित जिल्लास्तरीय पहिलो महिला भलिबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ । 

प्रथम हुने गोम्बोडाँडालाई रू४४ हजार चार सय ४४, द्वितीय हुने नेपाल विद्यार्थी सङ्घलाई रू २२ हजार दुई सय २२ तथा तृतीय हुने ज्याङ्लाङलाई रू ११ हजार एक सय ११ नगद सहित प्रमाणपत्र, पदक र कप प्रदान गरिएको थियो । प्रतियोगितामा पाँच टोली सहभागी थिए ।

जिल्ला खेलकुद विकास समिति रसुवाका अध्यक्ष विराज लोप्चनले खेललाई हरेक वर्ष निरन्तरता दिइने जानकारी दिनुभयो । उक्त प्रतियोगितासँगै जनजातीय संस्कृति झल्कने स्थानीय भेशभूषामा नृत्य, बृहत् सांस्कृतिक कार्यक्रम भएको थियो । 

प्रतियोगिता समापन कार्यक्रममा कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र उपाध्यक्ष मीरा लामा, भाषा एवं संस्कृति विज्ञ अजितमान तामाङलगायतको उपस्थिति थियो ।

No comments:

Post a Comment