ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Sunday, January 12, 2025

रसुवामा ३६ प्रतिसत नागरिकले मात्र स्वास्थ्य बिमा गरे


रसुवा, गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले सरकारले ल्याएको सामाजिक शुरक्षाको महत्वपूर्ण कार्यक्रम स्वास्थ्य बीमा २०७२ देखि लागू भएपनि यसवर्ष ३६ प्रतिसत नागरिकले मात्र स्वास्थ्य बिमा सेवा लिएका छन् । 

स्थानीय सरकारले स्वास्थ्य बिमा बारे सचेतना मुलक कार्यक्रम गर्न नसकेकोले बीमा प्रति नागरिक आकर्शण नभएको गुनासो छ ।  

स्वास्थ्य बीमा बोर्डले समस्त नेपाली नागरिकलाई सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्न कार्यक्रम सुरु भएको हो । 


जिल्लाको कुल जनसङ्ख्या ४६,६८९ रहेका छ । ११ हजार १ सय ४० घरपरिवार रहेकाे छ । यस वर्ष सवै भन्दा धेरै स्वास्थ्य बिमा कार्यक्रममा समेटिएको कालिका गाउँपालिका हो । 

स्वास्थ्य बीमा बोर्ड रसुवा शाखाका संयाेजक सृष्टि श्रेष्ठका अनुसार जिल्लाको उत्तरगयामा ९६६ घरमा २९५८ जना, कालिकामा ३२८६ घरका ११,४६६ जना , नौकुण्डमा ५०८ घरमा १११३ जना, गोसाइकुण्डमा ३४६ घरका ८७० र आमाछोदिङमो गाउँपालिकामा ३३० घरका ५८२ जना गरी जिल्ला भर कुल ५ हजार ४ सय ३६ घरपरिवारका १६ हजार ९ सय ८९ जनाले स्वास्थ्य बिमा गरेका छन् ।  


टोखा-छहरे सडक खण्डमा सुमो गाडी दुर्घटना, चालक र केही यात्रु घाइते

नुवाकाेट,  टोखा–छहरे सडक खण्डमा एक सुमो गाडी दुर्घटना भएको छ। काठमाडौंबाट नुवाकोटको दुप्चेश्वर गाउँपालिका, घ्याङफेदीतर्फ जाँदै गरेको ना १ ज ४३४९ नम्बरको सुमो गुरुङगाउँ नजिकै दुर्घटनामा परेको हो।

दुर्घटनामा चालक घाइते भएका छन्। उनलाई उपचारका लागि नजिकैको स्वास्थ्य चौकीमा लगिएको ट्राफिक प्रहरीले जनाएको छ। सुमोमा यात्रा गरिरहेका यात्रुहरूले सवारी साधन ठूलो दुर्घटनाबाट जोगिएको बताएका छन्।

घटनास्थलमा रहेका यात्रुहरूका अनुसार सवारीको ब्रेक नलागेपछि चालकले सवारीलाई सडकको भित्तामा जोतेका कारण ठूलो दुर्घटना टरेको हो। शिखरबेसीका एक यात्रुले भने, “ब्रेक नलागेपछि चालकले भित्तामा ठोक्काएका थिए, नत्र ठूलो क्षति हुन सक्थ्यो।”

सुमो गाडीमा सवार केही यात्रुहरू सामान्य घाइते भएका छन्। उनीहरूलाई अर्को सवारीको व्यवस्थामार्फत गन्तव्यमा पठाइन लागिएको छ।

दुर्घटनापछि प्रहरी घटनास्थलमा पुगेको छ र घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ।

Friday, January 10, 2025

लायन्स क्लबद्धारा असहाय बालबालिकालाइ न्यानो कपडा तथा स्टेशनरी बितरण


रसुवा, कालिका गाउँपालिका–१ राम्चे स्थित सेतीभूमे माविका अशहाय बालबालिकाहरुलाइ लायन्स क्लबले न्यानो कपडा तथा स्टेशनरी वितरण भयो । 

लायन्स क्लब अफ काठमाडौं लाफिङ बुद्ध Lions Club of Kathmandu Laughing Buddha ले ३० जना टुहुरा तथा अशहाय बालबालिकाहरूलाइ न्यानो कपडा तथा स्टेशनरी बितरण गरेकाे क्लबका अध्यक्ष जानुका आचार्य देवकोटाले बताइन् । 

लायन्स क्लबकाे निस्वार्थ सामाजिक सेवामा अनवरत यात्रा अन्तर्गत आफ्नै गृह जिल्लाका अशहाय बालबालिकालाइ न्यानो कपडा एवम् शैक्षिक सामग्री बितरण गर्ने कार्यक्रम गरेकाे उनले बताइन् । 

कार्यक्रममा लायन्स क्लबका सदस्यहरू सेतीभूमे माविका प्रधानाध्यापक शीला मगर, शिक्षकहरूलगायत सहभागी थिए । 



जैविक विविधता रणनीति तथा कार्ययाेजना पुनरावलाेकन बारे छलफल


रसुवा, राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययाेजना पुनरावलाेकन बारे रसुवामा जिल्ला स्तरिय छलफल धुन्चेमा शुक्रबार सम्पन्न भयाे । 

जैविक विविधता रणनीति तथा कार्ययाेजना (२०१४-२०२०) काे पुनरावलाेकनकाे लागि जिल्ला तहका सराेकारवालाहरूकाे सुझाव संकलन गर्ने उद्देश्यले आयोजना भएको थियाे । 

डिभिजन वन कार्यालयका डिभजनल वन अधिकृत शम्भु तामाङकाे अध्यक्षतामा भएककाे जिल्ला स्तरिय छलफलमा सहजकर्ता विष्णु नेपालीले जैविक विविधता महासन्धिमा नेपालले १९९३ नेभेम्बर २३ मा अनुमाेदन गरेकाे बताउदै सहजिरण गरेका थिए । प्रमुख अतिथि जिल्ला समन्वय समिति उपप्रमुख विजय लामा, कप्सनका केन्द्रीय अध्यक्ष बिना श्रेष्ठले मन्तब्य दिएका थिए । 

सहभागीहरूले समूहकार्य तथा प्रस्तुती गरेका थिए । अधिकार समूहबाट सुनमाया तामाङ,संरक्षण तथा मुल प्रवाहिकरण समूहका दिपेन्द्र पेखरेलले समुहका तर्फबाट प्रस्तुती गरेका थिए । सामुदायिक वन उपभाेक्ता महासंङ, मध्यवर्ती सामुदायिक वन, जनजाति महासंघ, दलित, अपाङ्ता भएकालगायत क्षेत्रका सहभागीहरूले जैविक विविधता रणनीति तथा कार्ययाेजनामा समेट्नु पर्ने कुरामा सुझाव दिएका थिए । छलफलमा २६ जना सहभागी  थिए । 


Thursday, January 9, 2025

जेष्ठ नागरिकलाइ न्यानो फाइवर सिरक बितरण


रसुवा, हिमाली जिल्लाका गाउँमा जेष्ठ नागरिकहरुलाइ न्यानो सिरक बितरण गरेको छ । 

गोसाइकुण्ड गाउँपालिकाले सवै वडाका जेष्ठ नागरिकलाइ जाडोको समयमा न्यानो सिरक बितरण गरिएको गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए ।  

छ वटा वडा रहेको गाउँपालिकाको धुन्चे र लाङटाङ बाहेक सवै वडामा सिरक बितरण गरिएको हो । पालिकाभर ५ सय ५० जना ८६ वर्ष माथिका जेष्ठ नागरिकलाइ फाइवर सिरक १/१ थान बितरण भएको गाउँपालिकाका लेखापाल कैसाङ डिएमले जानकारी दिए । 

उनका अनुसार १०६ वर्षका ठूलोस्याफ्रु जेष्ठनागरिकलाइ समेत सिरक बितरण गरिएको छ । सम्बन्धित सरोकोवाला र वडा अध्यक्षहरुको समेत उपस्थितीमा वडा नं ४ र ६ मा क्रमशः कार्यक्रम गरिने लेखापाल तामाङले बताए । १ सय ६ वर्षीय दावा खेण्डो तामाङलगायत अन्य ज्येष्ठ नागरिकहरूले  न्यानाे सिरक पाउदा खुशी व्यक्त गरे। 




Saturday, January 4, 2025

हिमपातबाट हुने जोखिम न्यूनीकरणका लागि कार्ययोजना निर्माण



रसुवा, हिमाली जिल्ला रसुवामा हिमपातबाट हुने जोखिम न्यूनीकरणका लागि कार्ययोजना निर्माण गरिएको छ। जिल्ला व्यवस्थापन समिति रसुवाको आइतबार बसेको बैठकले निर्माण गरिएको कार्ययोजना प्रस्तुत गरेको छ। 

हिमपातबाट हुने जोखिम न्यूनीकरण सम्बन्धी जिल्लास्तरीय कार्ययोजना, २०८१ प्रस्तुतीकरण भएको समितिले जनाएको छ। बैठकमा कार्ययोजनामाथि सरोकारवालाबाट आएको पृष्ठपोषणलाई कार्ययोजनामा समावेश गरी कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरेको छ। 

स्थानीय तहहरूले चिसोबाट प्रभावित हुने विपन्न लाभग्राही व्यक्तिरपरिवार पहिचान गरी दोहोरो नपर्ने गरी न्यानो कपडा वितरणको व्यवस्था मिलाई डीडीएमसीमा समेत जानकारी गराउने निर्णय गरेको छ। 

सम्बन्धित निकायले विपद्‌का घटनापश्चात जिल्ला प्रशासन कार्यालयबाट वितरण गरिने तत्काल राहत तथा क्षतिपूर्तिको मागदावी र सिफारिस गर्दा अनुमानित क्षति विवरण र पीडित परिवारको सदस्य संख्या सहितको विस्तृत विवरण स्थलगत मुचुल्कामा उल्लेख गरी सिफारिस गर्ने निर्णय भएको समितिले जनाएको छ। 

यसैगरी बैठकले गोसाईकुण्ड गाउँपालिका(६ धुन्चेमा रहेको बालमन्दिर भवन र जिल्ला खेलकुद विकास समितिको पुनर्निर्माण प्रकिया अघि बढाउने, पासाङल्हामु राजमार्ग अन्तर्गतको मूलखर्कदेखि बाह्रघुम्तिसम्मको सडकखण्डको बिग्रेका स्थानहरूमा तत्काल मर्मत सम्भार कार्य गरी सहज रूपमा सवारी आवागमनको व्यवस्था डिभिजन सडक, नुवाकोटले मिलाउनेलगायतका निर्णय गरेको छ।

गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेशी रसुवागढी सडकखण्ड अन्तर्गतको मैलुङदेखि रसुवागढीसम्म बिग्रेका स्थानहरूमा तत्काल मर्मत सम्भार कार्य गरी सहज रुपमा सवारी आवागमनको व्यवस्था गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेशी रसुवागढी सडक आयोजना नुवाकोटले मिलाउने निर्णय गरिएको समितिले जनाएको छ।  

माओवादी केन्द्र कालिका गाउँपालिकामा शिबराम



रसुवा, नेकपा (माओवादी केन्द्र ) कालिका गाउँपालिकाको तेस्रो सम्मेलनबाट निर्वाचित शिवराम लामिछानेकाे अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएकाे छ ।

शनिबार कालिकास्थानमा भएकाे सम्मेलनबाट वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद लामिछाने, उपाध्यक्ष राजन न्यौपाने
उपाध्यक्ष माधव प्रसाद पौडेल, उपाध्यक्ष :पेम्बा तमाङ, सचिव दावा तामाङ, सहसचिव बलराम लामिछाने
कोषाध्यक्ष सरिता घिमिरेलगायत भएका छन् ।