ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Sunday, January 12, 2025

टोखा-छहरे सडक खण्डमा सुमो गाडी दुर्घटना, चालक र केही यात्रु घाइते

नुवाकाेट,  टोखा–छहरे सडक खण्डमा एक सुमो गाडी दुर्घटना भएको छ। काठमाडौंबाट नुवाकोटको दुप्चेश्वर गाउँपालिका, घ्याङफेदीतर्फ जाँदै गरेको ना १ ज ४३४९ नम्बरको सुमो गुरुङगाउँ नजिकै दुर्घटनामा परेको हो।

दुर्घटनामा चालक घाइते भएका छन्। उनलाई उपचारका लागि नजिकैको स्वास्थ्य चौकीमा लगिएको ट्राफिक प्रहरीले जनाएको छ। सुमोमा यात्रा गरिरहेका यात्रुहरूले सवारी साधन ठूलो दुर्घटनाबाट जोगिएको बताएका छन्।

घटनास्थलमा रहेका यात्रुहरूका अनुसार सवारीको ब्रेक नलागेपछि चालकले सवारीलाई सडकको भित्तामा जोतेका कारण ठूलो दुर्घटना टरेको हो। शिखरबेसीका एक यात्रुले भने, “ब्रेक नलागेपछि चालकले भित्तामा ठोक्काएका थिए, नत्र ठूलो क्षति हुन सक्थ्यो।”

सुमो गाडीमा सवार केही यात्रुहरू सामान्य घाइते भएका छन्। उनीहरूलाई अर्को सवारीको व्यवस्थामार्फत गन्तव्यमा पठाइन लागिएको छ।

दुर्घटनापछि प्रहरी घटनास्थलमा पुगेको छ र घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ।

No comments:

Post a Comment