Saturday, July 6, 2024
रसुवाकाे भूमि समस्या समाधान गर्न भूमि व्यवस्था मन्त्रीसँग छलफल
Friday, July 5, 2024
उत्तरगया गाउँपालिकाकाे २० वर्षे गुरू याेजना सार्वजनिक
Sunday, June 23, 2024
निःशुल्क धर्म प्रशिक्षण शिबिर सम्पन्न
Friday, June 21, 2024
वातावरण संरक्षण र बदलिँदो चुनौती
हेमनाथ खतिवडा
नेपाल प्राकृतिक सम्पदाले धनी मानिन्छ तर नेपालको मुख्य सहर काठमाडौँ तथा अन्य सहरदूषित भइरहेका छन्। विदेशी पर्यटक नेपालको हिमाल हेर्ने सपना बुनेर आउँछन् त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलमा अवतरण गर्नासाथ नाक खुम्च्याउँछन्। काठमाडौं उपत्यका नछाडेसम्म दुर्गन्धले नाक, कान, घाँटी, आँखा र छालाको समस्याले चाहेर पनि दुई दिन बढी राजधानीमा बस्न सक्तैनन्।
चीन सरकारको सहयोगमा बनेको चक्रपथमा कलंकीदेखि ललितपुरहुँदै कोटेश्वरसम्म बाटो फराकिलो गर्ने सिलसिलामा डँढेलो लागेको जंगलको धुवाँको मुस्लो जस्तो वा माघ महिनाको बाक्लो हुस्सु र तुवाँंलोझैँ हिँड्नै नसकिने गरी धुलो उडेको देखिन्छ। अन्यत्र पनि यो समस्या धेरै छ । जसका करण श्वासरप्रस्वासमा पनि समस्या हुन्छ।
अहिले विकास र वातावरण एक–अर्काका विरोधीजस्तै बनेका छन्। त्यसैले वातावरणमैत्री विकास अगाडि बढाउनुपर्ने देखिन्छ । जसले भावी पुस्ता स्वच्छ वातावरणमा जीवन यापन गर्न पाउने वातावरण बनोस् ।वन जङ्गल विनास हुनेगरी सडकलगायत विकास निर्माण गर्दा कतै अर्को प्रकोप त निम्त्याउँदै छैनौँरुयसबारे पनि गम्भीर भएर सोच्न जरुरी छ ।
महत्वपूर्ण संरक्षित क्षेत्र लाङटाङ जस्ता प्रमुख पर्यटकीय केन्द्रलगायत १४ जिल्लामै भत्केका मन्दिर, गुम्बालगायत भौतिक संरचनाहरू पुराना काठसमेत प्रयोग गरेर संरक्षणमैत्री पुनर्निर्माण गर्न जरुरी देखिन्छ। अहिले प्लास्टिकजन्य फोहोरमैला व्यापक देखिन्छ। यसको व्यवस्थापनबारे खासै सोचिएको पाइन्न्। थोरै फोहोर फोहोर व्यवस्थापन गर्न सजिलै हुन्छ, दिनदिन बढ्दै जान्छ अनि समस्याको रूप लिन्।
नेपालको सन्दर्भमा अहिले सरसफाइ तथा वृक्षरोपणका कार्यक्रम त बढिरहेका छन्। तर योमात्र समस्याको समाधान होइन। दीर्घकालीन नीति र योजनाकै खाँचो छ।
भूकम्पले नेपालको २ हजारभन्दा बढी स्वास्थ्य संस्थामा क्षति पुगेको छ। भित्ता चर्किएका अस्पतालका भवनबाट बिरामीलाई उपचार सेवा दिँदा रेडियो विकिरण चुहिने गर्छ। नेपाल राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०का चिकित्सकले त्रिवि शिक्षण अस्पतालमा गरेको अध्ययनले रेडियो विकिरणले मानव स्वास्थ्यमा खतरा पारेको निचोड निकालेका थिए । अस्पतालबाट निस्कने फोहोरको समस्यामाथि थप समस्याका रूपमा अहिले विकिरण थपिएको स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रामचन्द्र खनालले जानकारी दिएका छन् ।
चिकित्सकहरूले रेडियो विकिरणका कारण शरीरका कोषिकाहरू नष्ट हुने, रक्त क्यान्सर र अन्य अङ्गमा प्रभाव बढ्दै गएपछि थाइराइड, फोक्सो र मुटुको क्यान्सरको खतरा हुने बताएका छन्। पुनर्निर्माणमा राज्यले सोच्नुपर्ने कुरापनि धेरै छन् । कसरी प्रकृतिको संरक्षणमैत्री पुनर्निर्माण गर्ने, भूमिहीन सुकुमबासी किसानका समस्या र आर्थिक पुनर्निर्माणको पाटो महŒवपूर्ण कुरा हो।
वातावरणले जीवनका लागि आवश्यक स्रोतहरू उपलब्ध गराउने हुनाले वातावरण सम्पूर्ण प्राणीको घर हो। प्राकृतिक स्रोत साधनको अत्यधिक प्रयोगले आज मानवलाई नै संकटमा पार्न खोजिरहेको छ । ओजन तहको विनासका कारण सूर्यबाट अत्यधिकरूपमा आउने परावैजनी किरण पृथ्वीमा आउने र पृथ्वीबाट माथि फर्केर जाने वातावरण नभएकै कारण पृथ्वीमा विश्वव्यावी उष्णता, जलवायु परिवर्तन, मरुभूमीकरण जस्ता समस्या अत्यधिक मात्रामा देखापरेका छन् ।
विकासका नाममा वातावरणलाई असरपार्ने काम पनि अत्यधिक भइरहेका छन् । जस्तै– वायु, जल, ध्वनि प्रदूषण कलकारखाना, गाडीले अत्यधिक गरिरहेका छन् भने विभिन्न कारखाना अव्यवस्थित तरिकाले सञ्चालन गर्दा जलप्रदूषण बढ्न गएको छ ।
कलकारखानाकै कारण ध्वनि प्रदूषण पनि भएको छ । जसका कारण मानसिक रोग र क्यान्सर जस्ता डरलाग्दा रोग पनि बढिरहेका विज्ञ बताउँछन् ।प्रदूषणको मात्रा हेरेर त्यसको दोब्बर वातावरण संरक्षणको काम गर्न लगाउने हो भनेमात्र वातावरण संरक्षणमा केही सहयोग पुग्ने देखिन्छ।
अहिले जलवायु परिवर्तनका अजेन्डा विश्वव्यापीरूपमा उठेको छ। उत्तिकै चासो र चिन्ताको विषय पनि बन्न पुगेको छ । विश्वमा दिनानुदिन औद्योगिक क्रान्ति भइरहेको छ। विकासले भने फड्को मार्दै गइरहेको छ। एकातिर भौतिक विकास गर्न प्रतिस्पर्धा छ भने अर्कोतिर वातावरणीय पक्ष बिग्रँदैछ । वातावरण संरक्षणका नाममा विकास रोक्नुपर्छ भन्ने होइन, विकासको नाममा वातावरणीय विनाश भएकोतर्फ ध्यान दिनैपर्छ । यही ध्यान जान नसक्दा आज वायुमण्डलमा हरितगृह ग्यास उत्सर्जन बढेर पृथ्वीमा जलवायु परिवर्तनको असर देखिँदै गएको छ। भविष्य बिर्सेर हामीले आजका लागिमात्रै सोचेका छौं।
यसकारण विश्वका वातावरणविद्हरू वातावरण जोगाउन लागिपरेका छन् । यसै सन्दर्भमा नेपालमा पनि वातावरण संरक्षण तथा जलवायु परिवर्तन न्यूनीकरण र जलवायु परिवर्तन अनुकूलनका कार्यक्रमले प्राथमिकता पाउँदै गइरहेको छ । विकसित राष्ट्रहरूले औद्योगिक क्रान्ति त गरे तर त्यहाँबाट निष्काशित धुवाँ–धुलोका कारण वायुमण्डलमा हरितगृह ग्यास उत्सर्जनको मात्रा बढ्यो । यसले गर्दा पृथ्वीमा जलवायु परिवर्तन हुन थाल्यो। नेपालजस्ता मुलुकले जलवायु परिवर्तन गराउनमा निकै कम भूमिका खेलेको देखिन्छ तर जलवायु परिवर्तनको असर भने खेप्न बाध्य भइरहेका छौँ।
जलवायु परिवर्तनको विषयलाई पनि गम्भीररूपमा लिनुपर्छ । जलवायु परिवर्तनका कारण हुने प्राकृतिक प्रकोपका कारण धनजनको क्षति बेहोर्दै आइरहेका छौँ । कालान्तरमा अझै बढ्न सक्छ । यसकारण जलवायु परिवर्तनले निम्त्याएका समस्यासँग जुध्न सक्ने क्षमता अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकता दिने योजना ल्याउनु आवश्यक छ । कसरी क्षति कम गर्ने भनेर पूर्वतयारी पनि गर्नु आवश्यक छ।
जलवायु परिवर्तन र दिगो विकासको लक्ष्यबीच निकै नै अन्तरसम्बन्ध छ । जलवायु परिवर्तनका मुद्दालाई छाडेर दिगो विकासको लक्ष्य पूरा हुन सक्दैन । दिगो विकासका हरेक लक्ष्य जलवायु परिवर्तनसँग सम्बन्धित छ । यसले हरेक मुद्दालाई छुन्छ पनि । जब जलवायु परिवर्तन हुन्छ, कृषिमा ह्रास, ऊर्वर भूमिको विनाश, भौतिक पूर्वाधार विनाश हुने र आर्थिक समृद्धिमा बाधा पुग्छ । मानवको स्वास्थ्यमा प्रतिकूल असर पुग्छ । त्यसैले जलवायु परिवर्तनको अजेन्डालाई प्राथमिकता दिन नसके दिगो विकासका लक्ष्य पूरा गर्न सकिँदैन।
Sunday, June 16, 2024
जलवायु उत्थानशील क्षमता अभिबृद्दिका लागि आवश्यकता पहिचान कार्यशाला
रसुवा, राष्ट्रिय प्रकृति संरक्षण काेषकाे आयोजनामा जलवायु उत्थानशील क्षमता अभिबृद्दिका लागि आवश्यकता पहिचान कार्यशाखा धुन्चेमा सम्पन्न भयाे ।
डिभिजनल वन अधिकृत प्रेमा थापाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथी लाङटाङ राष्ट्रिय निकुञ्जका बरिष्ठ प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले वन तथा वातावरण संरक्षण तथा निगरानी पनि समुदायले गर्नु पर्ने बताए ।
कतै बदमासी भएकाे सूचना भए समयमा गाेप्य रूपमा दिन पनि अनुराेध गरे । राष्ट्रिय प्रकृति संरक्षण काेषका लक्षमण कुँवर, डा अनिता श्रेष्ठ, सुनिल सापकाेटा लगायतले सहजिकरण गर्रका थिए ।
स्थानीय तह, सामुदायिक वनका उपभाेक्ता समुहहरू तथा फेकाेफाेनबाट सहभागीहरूले समुदायमा रहेका समस्या समाधानका लागि सामुदायिक वन तथा मध्यवर्ती सामुदायिक वनमा आवश्यकता पहिचान गरी याेजना तयार गरेका थिए ।
Saturday, June 15, 2024
लेखा ब्यवस्थापन तथा सिप विकास तालिम सम्पन्न
रसुवा, लाङटाङ राष्ट्रिय निकुञ्जकाे आयोजनामा लेखा ब्यवस्थापन तथा सिप विकास तालिम सम्पन्न भयो ।
मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा उपभोक्त समितिका पदाधिकारीहरूलाइ लेखा ब्यवस्थापन बारे सचेत गराउने उद्देश्यले आयोजना गरिएकाे रेन्जर शुलक्षा श्रेष्ठले बताइन् ।
लाङटाङ राष्ट्रिय निकुञ्जका बरिष्ठ प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले प्रकृतिकाे संरक्षणमा उपभाेक्ताहरूले ध्यान दिनुपर्ने बताए ।
लाङटाङ राष्ट्रिय निकुञ्जका रेन्जर शुलक्षा श्रेष्ठले लेखा ब्यवस्थापन तथा सिप विकास सहजिकरण गरेका थिए । कार्यक्रममा श्रीनाथ गणका मेजर यादवराज पाैडेल, मध्यवर्ती उपभाेक्ता समितिका पदाधिकारीहरू तथा सामुदाियक वन उपभाेक्ता समुहका सहभागी थिए ।
मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको कोष, बैंक खाता सम्वन्धी जानकारी, आय व्ययको विवरण सम्बन्धी, समूहलेको लेखा राख्ने प्रणाली, वार्षिक कार्यक्रम र बजेटको तयारी, धरौटी सम्बन्धी व्यवस्था, वन पैदावार र अन्य माल सामानको बिक्री, उपभोक्ता समूहको सम्पत्तीको जिम्मा त्यसको लगत, संरक्षण र बरबुझारथ, सार्वजनिक सुनुवाई तथा सार्वजनिक लेखापरीक्षण र वार्षिक प्रतिवेदन बारे सहजिकरण गरिएकाे थियाे ।
सहभागीहरूले मध्यवर्ती क्षेत्र ब्यवस्थापनका समयमा कार्यक्रम समुदाय तहमा लैजानु पर्ने बताए ।
करेन्ट लागेर युवककाे मृत्यू
रसुवा, धादिङ जिल्ला सिद्घलेक गाँउपालिका -५ का २२ बर्षिय युवक टेकबहादुर घलेकाे गुम्बुचेत नजिक मैलुङ स्याफ्रुबेसी सडकमा करेन्ट लागेर मृत्यू भएकाे छ ।
ठाडे खोलामा स्काभेटरमा तेल हाल्ने क्रममा करेन्ट लागेर घलेको मृत्यु भएको हो । स्काभेटरका सह चालक रहेका घले आज बिहान स्काभेटरमा तेल हाल्न लाग्दा स्काभेटरको बकेट त्रिशुली जलबिधुत आयोजनाको बिद्युत प्रसारण लाईनमा छुँदा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
वेहोस अबस्थामा रहेका उनलाई प्रहरीको सहायताबाट उपचारका लागि त्रिशूली अस्पताल लगिएकोमा अस्पतालले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक केशब भट्टराईले बताए ।







.jpg)
