ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Saturday, April 20, 2024

मोटरेबल पुलकाे प्वाल टालियाे

मोटरेबल पुलकाे प्वाल टालियाे

रसुवा, चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका जोड्ने रोंगास्थित जीर्ण बनेको मोटरेबल पुल जोखिम साथै दुर्घटना हुन सक्ने सम्भावना लाइ मध्यनजर गर्दै राष्ट्रिय युवा संघ नेपाल गोसाइँकुण्ड गाउँ कमिटिले पहल गरी मर्मत गरको छ । 

पुलमा रहेकाे प्वाल रड, सिमेन्टलगायत सामग्री प्रयाेग गरेर ढलान गरी टालेका छन् । स्याफ्रुबेसी–रसुवागढी खण्डको १६ किलोमिटर सडक चीन सरकारको सहयोगमा निर्माण भएको थियो। पुल २०६६ सालमा निर्माण भएको हो। दैनिक ४र५ सय मालवाहक कन्टेनर गुड्ने पुल जीर्ण बनेसँगै समस्या सिर्जना भएको थियो । 

संचार माध्यममा धेरै आवाज उठाएपनि मर्मत हुन सकेको थिएन । जहाँ राष्ट्रिय युवा संघ  त्यहाँसामाजिक कार्य भन्ने नाराका साथ स्थानीय युवा संघले यस्तो काम गरेको युवा संघ रसुवाका अध्यक्ष कुमार नगरकोटीले बताए । पुलकाे प्वाल टालेपछि त्यहाँ हिड्न तथा सवारी आवागमनमा सहज भएको छ ।  



गापा अध्यक्ष कप हाकु युवा सोसाइटी र रेडपाण्डा ट्रफी नौकुण्डलाई



रसुवा । गोसाईकुण्ड गाउँपालिका र लाङटाङ राष्ट्रिय निकुञ्जले आयोजना गरेको तेस्रो गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कप २०८१  हाकु युवा सोसाईटी तथा १२ औं रेडपाण्डा ट्रफी पुरूष भलिबल प्रतियोगितामा  नौकुण्ड युवा सोसाइटीले उपाधि हात पारेकाे छ । 

अध्यक्ष कप फाइनल खेलमा एकीकृत नौकुण्ड युवा समाजलाई पराजित गर्दै हाकु युवा सोसाईटीले उपाधि जितेको हो । उपाधि विजेता हाकु युवा सोसाइटीले क्रमशः २ लाख नगद सहिद ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै दोस्रो उपविजेता एकीकृत नौकुण्ड युवा समाजले १ लाख नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । उक्त प्रतियोगितामा तृतीय टीम रिस्याङ भूमि प्रगतिशील युवा क्लबले ५० हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए। सान्त्वना पुरस्कार नौकुण्ड एकता समाजले २५ हजार सहित प्रमाणपत्र पाएका छन् ।

शुक्रबार उपप्रधानमन्त्री एवम भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठकाे प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम धुन्चेमा सम्पन्न भएको हो ।

विजेता खेलाडीहरुलाई आयोजक  गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ बरिष्ठ संरक्षण अधिकृत अणनाथ वराल  प्रतियोगितामा प्रथमलाई नगद ३० हजार, द्वितीयलाई २५ हजार र तृतीयलाई २० हजार सहित प्रमाणपत्र प्रदान गरिएकाे थियाे । कार्यक्रममा विविध राष्ट्रिय एवम् स्थानीय साँस्कृतिक कार्यक्रम समेत भएको थियो । राष्ट्रिय कलाकार गायक प्रमोद खरेल र गायिका अस्मिता अधिकारीको मनोरञ्जन पूर्ण प्रस्तुति रहेको थियो।

प्रतिनिधि सभा सदस्य मोहन आचार्य, नेकपा एमालेका केन्द्रीय सदस्य तथा संबिधानसभा सदस्य प्रेमबहादुर तामाङ, जिल्ला समन्वय समिति प्रमुख अशोककुमार घिमिरे, उपप्रमुख विजय लामा,नेकपा एमालेका अध्यक्ष कर्न्याल लामालगायत खेलाडी, पत्रकारलगायत विभिन्न निकायको उपस्थिति रहेको थियो ।

एमाले ९ औं जिल्ला अधिबेशनका लागि मतदान अधिकृत खटिए

एमाले ९ औं जिल्ला अधिबेशनका प्रतिनिधि छनौट गर्न मतदान अधिकृत


रसुवा, नेकपा एमाले रसुवाको ९ औं अधिबेशनका लागि निर्वाचन कमिटीले २७ वटै वडामा निर्वाचन अधिकृत खटाएको छ । 

वैशाख २२ गते धुन्चेमा उद्घाटन हुने ९ औं जिल्ला अधिबेशनका लागि वडा कमिटीबाट प्रतिनिधी छनोट गर्नका लागि निर्वाचन अधिकृत तोकेर प्रतिनिधी छनोट बारे छलफल समेत गरेको पार्टी जिल्ला कमिटी उपाध्यक्ष तथा प्रचार प्रसार संयोजक डिल्ली सुवेदीले बताए । 

शनिबार कालिकास्थानमा भएकाे निर्वाचन अधिकृतहरूकाे भेलामा वैशाख १५ गते एकैदिन प्रतिनिधी छनोटका लागि निर्वाचन अधिकृत तोकेर खटाइएको छ उनले भने जिल्लाका पाँचवटै पालिकामा रहेका ३ हजार १ सय ९ जना सदस्यहरुले वडा तह तथा जनवर्गिय संगठनहरूबाट गरी कुल ४ सय जना प्रतिनिधी छानिने छन् । 

भेलामा पार्टी उपसचिव कैसाङनुर्पु तामाङ, जिल्ला नेताहरू उद्दव रिजाल, निर्वाचन कमिटी संयाेजक नारायण देवकाेटालागायत नेताहरूले प्रतिनिधी छनाेटकाे बिधि तथा निर्वाचन प्रक्रिया बारे सहजिकरण गरेका थिए । 


Friday, April 19, 2024

निःशुल्क दन्त शिविरमा ५ सय ३५ जनाले सेवा लिए

निःशुल्क दन्त शिविरमा ५स३५ जनाले सेवा लिए

रसुवा, कालिका गाउँपालिका -५ रसुवाको जिवजिवे ग्रामीण अस्पतालमा सञ्चालित निःशुल्क दन्त शिविरमा ५ सय ३५ जनाले सेवा लिएका छन् ।  

कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको अस्पतालका जनस्वास्थ्य निरीक्षक उत्सव पौडेलले बताए। 

कालिका गाउँपालिकाले ट्रेक एण्ड एक्पिडेशन प्रालि र वर्ल्ड होरिजन एण्ड सेटपको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरेको हो । 

तीनवटा पालिकाका दाँतको उपचारका लागि जिल्ला बाहिर जानुपर्ने र आर्थिक समस्याका कारण उपचार गराउन कठिन भएकालाई शिविरले फाइदा पुगेको छ । शिविर ०८० वैशाख ४ देखि ७ गतेसम्म सञ्चालन भएकाे थियाे ।

दात भर्ने ५४४, दात निकाल्ने १७८ जना सेवाग्राहीले सेवा लिएकाे र शिविरको लागि आर्थिक तथा प्राबिधिक सहयोग गरेकाे शिविरमा सहभागी रसुवा ट्रेक्स एण्ड एक्पिडेशन प्रालि संचालक बलराम न्यौपानेले बताए ।

Thursday, April 18, 2024

उत्तरगया गाउँपालिकामा दूध उत्पादन गर्न उपहार कार्यक्रम लागू

उत्तरगया गाउँपालिकामा दूध उत्पादन गर्न उपहार कार्यक्रम लागू

रसुवा,  उत्तरगयाँ गाउँपालिकामा दूध उत्पादन वृद्धि गर्न किसानलाई गाइ र भैंसी उपहार कार्यक्रम लागू भएको छ। गाउँपालिकाले दूध उत्पादन बढाउन वडा नं ४ र ५ का किसानलाई गाई भैंसी उपहार अन्तर्गत ५० हजार अनुदान कार्यक्रम लागू गरेको हो। 

कार्यक्रमबाट भैंसीका लागि ५० हजार अनुदान दिने, भैंसी किनेको २ वर्षपछि अर्का सदस्यलाई पहिलो वर्ष पाउनेले ५० हजार रुपैयाँ फिर्ता दिनुपर्ने गाउँपालिका पशु स्वास्थ्य शाखाका प्रमुख सुनबहादुर तामाङले बताए। 

कार्यक्रम अन्तर्गत ५० जना किसानले ५० हजार रुपैयाँ लिएर भैंसी किनेका छन् । अब तत्कालै १० भैंसी र १५ वटा गाईका लागि अनुदान उपलब्ध गराउन लागेको तामाङले बताए। यसपटक भैंसीका लागि ५० हजार रुपैयाँ उपहार पाउनेले २ वर्षमा नयाँ सदस्यलाई सो रकम उपहार फिर्ता गर्नुपर्ने छ। 

गाउँपालिका भरी दूध संकलनको काम चाँढै सुरु हुन लागेको गाउँपालिका पशु स्वास्थ्य शाखा प्रमुख सुनबहादुर तामाङले बताए। संकलित दूधबाट दुग्ध जन्य उत्पादन गरेर बिक्री गर्ने तथा दुग्ध विकास संस्थानमा पठाउने तामाङले बताए। 

सिड्स रसुवामार्रफत हेफरसँगकाे साँझेदारी सुरू भएकाे कार्यक्रमले किसानलाइ दुध उत्दान बढाउन गाइ र भैसी पाल्न र दूध उत्पादन बढाउन प्रयास गरेकाे छ । 

पालिकाले गाउँमा दूध संकलन सुरु गर्ने भएपछि  गाई, भैंसीको संख्या थपेर किसानले दूध उत्पादन गर्न थालेको छन्।

Tuesday, April 16, 2024

निःशुल्क दन्त शिविर सुरू

निःशुल्क दन्त शिविर सुरू

रसुवा,  कालिका गाउँपालिकाकाे जिवजिवे ग्रामीण अस्पतालमा निःशुल्क दन्त शिविर सुरू भयाे । शिविर ०८१  वैशाख ७ गतेसम्म सञ्चालन हुने छ। 

जिल्लाको कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको अस्पतालका  जनस्वास्थ्य निरीक्षक उत्सव  पौडेलले बताए। 

कालिका गाउँपालिकाले रसुवा ट्रेक एण्ड एक्पिडेशन प्रालि र वर्ल्ड होरिजन एण्ड सेटपको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो। 

तीन वटा पालिकाका दाँतको उपचारका लागि जिल्ला बाहिर जानुपर्ने र आर्थिक समस्याका कारण उपचार गराउन कठिन भएकालाई शिविरले फाइदा हुने छ। कार्यक्रममा कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, रसुवा ट्रेक एण्ड एक्पिडेशन प्रालिका बलराम न्यौपाने तथा विदेशी दाताहरू तथा चिकित्सकहरू समेत सहभागी थिए । 




गोसाइकुण्ड केवुलकार बन्नु पर्छ : मन्त्री गिरी

गोसाइकुण्ड केवुलकार बन्नु पर्छ : मन्त्री गिरी

रसुवा, नेपाल सरकारका कानून तथा संसदीय ब्यवस्था मन्त्री पदम गिरीले नीति नियममा परिमार्जन गरेर भएपनि पवित्र तीर्थ गोसाइँकुण्ड केबुलकार निर्माणका लागि  आफू सकरात्मक रहेको बताए ।

तेश्रो गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कप भलिवलखेल, १२ औं रेडपाण्डा ट्रफि तथा २९  वन्यजन्तु सप्ताहको धुन्चेमा उद्घाटन गर्दै मन्त्री गिरीले पर्यटकीय सम्भावना बोकेको रसुवामा भौतिक पुर्वाधार विकास तथा रसुवागढी नाकाको सुधार गर्न आवश्यक देखेको बताए । 

उनले चार वर्ष अघिदेखि निर्माण सुरूभई अलपत्र पारिरहेको एकीकृत भन्सार कार्यालय भवन र राष्ट्रिय गौरबको आयोजना गल्छी मैलुङ्ग रसुवागढी सडक अलपत्र परेको प्रति तत्काल मन्त्री परिषद्मा राखेर सरकारको ध्यानआकर्शण गराउने बताए  । 

तापोभूमि गोसाइकुण्डको जिल्ला पहिलोपल्ट टेकेर आफुलाइ भाग्यमानी ठानेको बताउदै मन्त्री गिरीले केवुलककारको कार्यविधि पारित गराउन आवश्यक पर्ने बुँदाहरू समयसाक्षेप हुने गरी नीतिमा संशोधन गर्न आफू तयार रहेको बताए । 


कानून मन्त्री गिरीले नेपाल चीन सिमानाको रसुवागढी क्षेत्रको भ्रमण गरेका छन् ।   गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङको जिल्ला समन्वय प्रमुख अशोककुमार घिमिरेले गल्छी मैलुङ सडक अलपत्र भएकाेले  छिटो सुधारका लागि सदनमा आवाज उठाई दिन र निकुञ्जको पुरानो कानून समय सापेक्ष संशाेधन  गराई सवैखाले विकास निर्माणमा सहजिकरण गर्ने कानून परिमार्जन गरिदिन अनुरोध गरे । 

संविधान सभाका सदस्य छोवाङतेन्जिङ तामाङले कानून मन्त्री प्रमुख अतिथिको रूपमा रसुवाले पाउँदा जैविक बिबिधता संरक्षण र निकुञ्जबासी वीच हुने विकास निर्माण कार्य छिटो छिटो अगाडि बढ्ने कानून तर्जुमा हुनेमा आशावादी रहेको बताए । 

रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले  मन्त्रीको  रसुवा भ्रमणले  धुञ्चे -गोसाइँकुण्ड केवुलकार  निर्माणमा  सहज हुने र रसुवावासीको भविश्य उज्जलहुनेमा आम नागरिक उत्साहित भएको बताए । 

३ दिनसम्म चल्ने भलिबल खेलमा १५ टिमले भाग लिने भएका छन् ।