ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Tuesday, October 29, 2024

एकमहिना पछि रसवागढी नाका खुल्याे


 

रसुवा,  एक महिनादेखि बन्द भएकाे रसुवागढी नाका करिब एक महिनापछि सञ्चालनमा आएको छ। 

गत असोज १२ गते रसुवागढी–केरुङ खण्डअन्तर्गत ठोङ्सा नजिकै पहिरो जाँदा सडकमा पहिरोले  क्षति भएपछि सवारी साधनको आवतजावत बन्द भएको थियो। 

अहिले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याएको हो। जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार सानो तथा ठूला गाडीहरू आवतजावत गर्न मिल्ने गरी सुचारु भएको छ। अब गाडी चल्ने गरी सञ्चालनमा ल्याउने सिमाक्षेत्रका समकक्षीले हिजो टेलिफोनमार्फत् जानकारी दिएका रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताउनुभयो ।

यसैगरी अविरल वर्षाको कारण पहिरोले अवरुद्ध भएकोमा पहिरो हटाई स्याफ्रुवेशी-टिमुरे सडकखण्ड अन्तर्गत विभिन्न स्थानहरूमा एकतर्फी रूपमा सवारी सुचारु रहेको कार्यालयले जनाएको छ। 

सामुदायिक वनमा स्वतन्त्र पूर्व सूचित सहमति बारे छलफल


 

रसुवा, रेडप्लस अन्तर्रगत लिफ उत्सर्जन न्युनिकरण का लागि सामुदायिक वनमा स्वतन्त्र पूर्व सूचित सहमति बारे छलफल कार्यक्रम धुन्चेमा सम्पन्न भयाे । 

कार्यक्रममा रसुवाकाे पाँचवटै गाउँपािलकाबाट मध्यवर्ती तथा सामुदायिक वन सउभाेक्ता समुहरूहरू, स्थानीय महासंङ्घ र जिल्ला महासंङ्घकाे सहागित रहेकाे थियाे । 

कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख शम्भु तामाङ, सामुदायिक वन उपभाेक्ता महासंङ बागमती प्रदेश समिति अध्यक्ष बिनाेद सापकाेटालगायतले मन्तब्य दिएका थिए ।  

जिल्लाका सामुदायिक वन उपभाेक्ता समुहका प्रतिनिधिहरूले सूचित सहमति बारे निर्णय  समेत भयाे । 


Thursday, October 24, 2024

वन डढेलाे व्यवस्थापन बारे छलफल

 

रसुवा, वन डढेलाे व्यवस्थापन तालिम पुस्तिकामा पृष्ठपाेषण संकलन तथा छलफल कार्यक्रम धुन्चेमा सम्पन्न भयाे । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजना र फरेष्ट एक्सन नेपालकाे समन्वयमा सामुदाियक वन उपभाेता समुहहरूकाे सहभागीहरूले सुझाव दिएका थिए । 

प्राधिकरणका लक्ष्मण बस्नेतकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्राधिकरणका वातावरण निरिक्षक रिना चाैधरी, अष्ट्रेलियाका २ नागरिकले सहजिकरण गरेका थिए । 

सामुदाियक वन उपभाेता समुहहरूका सहभागीहरू , सामुदायिक वन उपभाेक्ता महासंङघ, नेपाली सेना , नेपाल प्रहरी लगायत सुरक्षा निकाय सहभागी थिए । डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत शम्भु तामाङ, लाङटाङ राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मिलन सापकाेटा लगायतका सराेकारवालाहरूले सुझाव दिएका थिए । 






रसुवाकाे बिर्ता सवालबारे छलफल

रसुवा,  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारीको उपस्थितिमा भूमिघर कालिकास्थानमा विर्ता पीडित किसान एवं सरोकारवालाबीच बिर्ता समाधानबारे छलफल भयो । छलफलमा ११५ जना सहभागी भएका थिए । 

तत्कालिन राजा पृथ्वी नारायण शाहले वि.सं. १८०१ मा नुवाकोट जितेपछि आफुसँगै गएका सहयोगीलाई किसानकै जग्गा विवरण गरी सुरुवात भएको विर्ता प्रथा अहिलेसम्म पनि बाँकी रहँदा किसानहरुले दुःख पाइरहेका छन् । 

रसुवाको तीन वटा गाउँपालिकाको ७ वडाका ७१८ परिवारले जोतभोग गरेका करिव २३८९ रोपनी जग्गा विर्ता अन्तर्गत छ । लामो समयदेखि लालपुर्जा लिनको लागि सङ्घर्ष गरिररहेका किसानहरुले जोतभोगको आधारमा लालपुर्जा दिन माग राखेका छन् । किसानका समस्या यथासक्य समाधान गरिदिन जिल्लास्थित राजनीतिक दल, स्थानीय सरकार र सम्बन्धित सरोकारवालाहरूले पनि माननीय मन्त्रीलाई अनुरोध गरेका छन् । 

किसानहरुसँग छलफल गर्दै माननीय मन्त्री बलराम अधिकारीले भन्नुभयो, वर्तमान कानुनले रसुवा र नुवाकोटमा बाँकी रहेको विर्ता समस्या समाधान विर्तासम्बन्धी कानुन संशोधन वा निर्माण गरेरै भएपनि किसानलाई यो समस्याबाट छुट्कारा दिलाइ छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।





Sunday, September 22, 2024

मजदुरीकाे पारिश्रमिक घटाएपछि हाइड्रोपावरको कार्यालयमा तोडफोड


रसुवा, उत्तरगया गाउँपालिका–१ मैलुङ्ग स्थित २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली जलविद्युत आयोजनामा कार्यरत मजदुरहरूले पाउँदै आएको सेवा सुविधा कटौती गरेपछि सो को विरोधमा मजदुरहरू भदौ २७ गतेदेखि हड्ताल गरी कार्यालयमा तोडफोड भएसँगै निर्माण कार्य अवरुद्ध भएको छ । 

मजदुरीकाे पारिश्रमिक घटाएपछि विषयलाई लिएर रसुवामा निर्माणाधीन २ सय १६ मेगावाटको अपर त्रिशुली(वान हाइड्रोपावरको काम ठप्प भएकाे हाे । 

नेपाल वाटर एण्ड इनर्जी डेभलपमेण्ट कम्पनीले रसुवाको मैलुङमा बनाइरहेको यो जलविद्युत कम्पनीमा कार्यरत श्रमिकले मजदुरी र पारिश्रमिकको विषयलाई लिएर शुक्रवार साँझ कार्यालय र कम्पनीको गाडी तोडफोड गरेसँगै निर्माणका काम रोकिएको हो । यहाँ १ हजार २ सय बढि मजदुर कार्यरत छन् । 

कोरियन साझेदार कम्पनी कोरिया ईनर्जी सहित ९० प्रतिशत विदेशी लगानी रहेको आयोजनामा ठेकेदार तथा निर्माण कम्पनी पावर चाइनाले मजदुरको पारिश्रमिक अनपेक्षितरुपमा घटाएको भन्दै तोडफोड भएको हो । आधारभूत तलब १५ हजार ५ सय ५० रुपैयाँ भुक्तानी गर्दै आइरहेको पावर चाइनाले त्यसलाई घटाएर १२ हजार ८ सयका दरले भुक्तानी गरेपछि असन्तुष्ट मजदुरहरू आक्रमणमा उत्रिएका हुन् । 

त्यसक्रममा कार्यालयको प्रशासनिक भवनसँगै एकदर्जन गाडी तोडफोड भएको कम्पनीको दाबी छ । घटनापछि निर्माण कार्य ठप्प पारेका श्रमिकहरु घर फर्किएका छन् ।

२ सय १६ मेगावाटको उक्त जलविद्युत आयोजना अन्तर्राष्टिय मुद्राकोष तथा एसियाली विकास बैंकसहित ९ वटा दातृ संस्थाको ऋण तथा लगानीमा निर्माण भइरहेको हो ।

नेपाल वाटर एण्ड इनर्जि डेभेलपमेन्ट कम्पनीले निर्माण सुरु गर्न लागेको आयोजनामा नेपाल र कोरियाको संयुक्त लगानी हुनेछ ।

सर्वपक्षिय बैठक बसेर छलफल गरी सहमतिकाे प्रयास भैरहेकाेछ आयोजनाले जनाएकाे छ । 



Thursday, September 19, 2024

हिमालकाे पानी डलरकाे खानी

 




रसुवा ,  पृथ्वीको गर्भबाट आउने पानी आफैंमा शुद्ध हुन्छ। भूगर्भबाट बाहिर आउने क्रममा वा मूलबाट निस्केपछि 
मानिस तथा अन्य कारण पानी अशुद्ध हुने गर्छ तर हिमाली क्षेत्रमा रहेको दुर्लभ पानी प्राकृतिक रूपमै सधैं  द्धहुन्छ। 


यहाँको पानीलाई शुद्ध बनाउन कुनै उपचार गर्नु पर्दैन। आफैंमा शुद्ध भएकाले कम्पनीले फिल्टर गरेर राम्रोसँग प्याकिङ गर्छ। यही पानी अमेरिक, जापान, कोरिया, मलेसियालगायतका धेरै मुलुकमा पुग्छ। यसबाट विदेशी मुद्रा आर्जन गरी मनग्य कमाउने लक्ष्यका साथ रसुवामा स्थापना भयो हिमालयाज अनटप नामको मिनरलबाटर कम्पनी। यो मात्र होइन, यहाँ रहेका ३ वटै पानी कम्पनीले विदेशका बजारमा बेच्ने लक्ष्य राखेका छन्। यहाँको पानी चिनियाँँ बजारमा लोकप्रिय हुँदै आएको छ। 


धुन्चेस्थित हिमालयन स्प्रिङ वाटर प्रालिका प्रमोदकुमार देव भन्छन्, ‘हिमालयाज अनटप नामक बोतल छन्। कोरियाली लगानीमा स्थापित यस कम्पनीले हिमालयाज अन टप ब्रान्डको पानी उत्पादन गर्नेछ। ४० करोड रुपैयाँको लगानी रहेको यस कम्पनीको पानी उत्पादन तयारी अन्तिम चरणमा पुगेको छ।’ यसले प्रयोग गर्ने पानीको मुहान लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने उनले बताए। 


कम्पनीद्वारा उत्पादित विश्वव्यापी मान्यता प्राप्त पानी रासायनिक पदार्थ विना नै शुद्ध पारिएको हो। हिमाली क्षेत्र डाडेखर्कको शुद्ध मूलको पानी कारखानामा ल्याइएको हो। 


सात किलोमिटरभन्दा माथिबाट पानी ल्याइ घले दरबार छेउमा निर्मित पानी प्रशोधन कारखानामा जडित अत्याधुनिक मेसिनमार्फत बोतल प्याकिङ गरी पानी उत्पादन भइरहेको छ। सबै कार्य स्वचालित मेसिनद्वारा हुने भएकोले उपकरण चलाउने प्राविधिक र पानीको बाक्सा भण्डारणमा राख्न मात्र सहयोगी कामदारको आवश्यक पर्ने कम्पनीले जनाएको छ। कारखानामा पानी फिल्टर हुँदै बोतल भरिएपछि बिर्को बन्द भई मेशिनले बक्स प्याकिङ गर्छ। त्यसपछि मात्र मानिसले भण्डारण गर्नुपर्ने हुन्छ। समुद्री सतहबाट २ हजार मिटर उचाइमा रहेको बलियो भू–संरचनामा रहेको कारखाना भवन भूकम्प प्रतिरोधी छ। ८ रेक्टर स्केलसम्मको भूकम्पले कुनै असर नगर्ने कम्पनीले जनाएको छ। राष्ट्रिय निकुञ्ज विभागले हिमालय स्प्रिङ वाटर प्रालिलाई २०५२ सालमा अनुमति दिएपछि निर्माण कार्य गरिएको हो। २०५७ सालमा भवन निर्माण तथा उपकरण जडान गरिएको थियो। 


केही समयदेखि उत्पादन कम गरेको उद्योगलाई पुन सञ्चालनमा ल्याउने तयारी छ। केही मेसिन मर्मत तथा नयाँ मेसिन जडानको काम भइरहेकोले अब व्यापक उत्पादन गर्ने तयारी रहेको उनले बताए।


सुरुमा दैनिक ५० हजार बोटल स्प्रिङ वाटर उत्पादन गर्ने कम्पनीको लक्ष्य छ। दैनिक उत्पादन क्षमता एक लाख बोटल रहेको कम्पनीले परीक्षणका रूपमा थोेरै उत्पादन गर्न लागेको हो।


सन् १९९८ मा कोरियाको नारा इन्टरनेशनल हिमालयन स्प्रिङ वाटर र नेपाली लगानीकर्ताको संयुक्त लगानीमा कम्पनी स्थापना भएको थियो। राष्ट्रिय वाणिज्य बैंकको ऋणमा स्थापना भएको कम्पनीले सन् २००० देखि उत्पादन सुरु गरेको थियो। रसुवा नामको मिनरल वाटर उत्पादन गर्दै आएको रुद्रगंगा नेचुरल वाटर प्रालिले पनि १ लिटर, ५०० एमएल र ३३० एमएल बोतलमा पानी भरेरी जापान, चीन, कतार, अष्ट्रेलिया र साउदी अर्बमा निर्यात गरिरहेको छ। 

हाल मासिक ३ लाख लिटर बिक्री हुने गर्छ। २०७६ वैशाखमा स्थापित उद्योगमा १० करोड रूपैयाँ लगानी भएको र बजारीकरणको क्रममा थप ५ करोड रूपैयाँ लगानी गर्न लागिएको कम्पनीले जनाएको छ। काठमाडौंंबाट १ सय ७० किलोमिटर दूरीमा रहेको पानी उद्योगले दैनिक ५० हजार लिटर पानी प्रशोधन गरी प्याकिङ गर्ने गर्छ। उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब ७० जनाले रोजगार पाएका छन्। 

कम्पनीका प्रमुख संजीव डिएम भन्छन्, ‘रसुवाको पानी व्यापक रूपमा देश विदेशमा बिक्री गर्ने सोचका साथ अघि बढाउने योजना छ। माग अनुसार हामीले उत्पादन गरिरहेका छौं। पानी छिमेकी मुलुक चीनबाट अन्तर्राष्ट्रिय बजारमा प्रवेश गराइएको हो।’ कम्पनीले सन् २०२१ फेब्रुवरीमा पहिलोपटक निर्यात गरेको थियो । 

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको गोसाइँकुण्ड गाउँपालिका- ६ मा प्लान्ट स्थापना गरेर कम्पनीले हिमालय क्षेत्रबाट बगेर आउने पानीको उत्पादन गरिरहेको छ । 

रुद्रगंगा नेचुरल वाटर प्रालिको प्रशोधन कारखाना धुन्चेमा छ। कम्पनीले ‘रसुवा नेचुरल स्प्रिङ वाटर’ नाममा प्रशोधित पानी विदेश निर्यात गर्छ। कम्पनीले यसलाई संक्षेपमा ‘रसुवा ब्रान्ड’ भनेको छ। चीन, भारत, जापान र जर्मनीबाट नयाँ प्रविधिका मेसिन ल्याएर एक घण्टामा १८ हजार लिटर पानी प्याकेजिङ गर्ने मेसिन राख्ने कम्पनीको योजना छ। 

यहाँको प्राकृतिक रूपमै शुद्ध पानी विश्व बजारमा निर्यात गरी बिक्री गर्ने योजना बनाउन सके  हिमालबाट बगेर खेर गइरहेको पानीले देशलाइ धनी बनाउन सकिने देखिन्छ । 




शब्द तथा तस्वीर हेमनाथ खतिवडा 

संविधान दिवस २०८१ मा दिपावली


रसुवा, संविधान दिवस तथा राष्ट्रिय  दिवस २०८१ को अवसरमा अनेरास्ववियु,अनेरास्ववियु क्रान्तिकारी र नेपाल विध्यार्थी संघ संयुक्त रुपमा कालिकास्थानमा दिपावली तथा काेण सभा गरे । 

संविधान दिवसका अवसरमा असाेज ३ गते साँझ दिपावली तथा सभामा अवसरमा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य उद्द्ब रिजाल, नेपाली काङ्ग्रेस कालिका गाउँपालिका सभापति ज्ञानु तमाङलगायत विद्यार्थी नेताहरूले आफ्नो बिचार राखेका थिए । 


सन्दर्भ संविधान दिवस : रसुवामा सत्तरी जनाले गरे रक्तदान



रसुवा, संविधान दिवस ०८१ काे अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ ब्याचको संयुक्त आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरे । 

कालिका हिमालय एसएलसी २०५६ ब्याचका अध्यक्ष रामप्रसाद ढकालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि कालिका गाउँपलिका उपाध्यक्ष मिरा तामाङ, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय काेषाध्यक्ष तथा रसुवा जिल्ला अध्यक्ष प्रमिला लामा, कालिका शाखाका अध्यक्ष तारा कार्कीलगायत सहभागी थिए । 

प्रमुख अतिथि तामाङले ब्लड ब्याग हस्तान्तरण तथा कार्यक्रम सञ्चालक नेपाल स्वयंसेवी रक्तदाता समाजका सचिव हेमनाथ खतिवडाले नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे रचना रसुवा कविता वाचन गरेर कार्यक्रम शुभारम्भ गरेका थिए ।  कार्यक्रममा ७० पिन्ट रगत संकलन गरिएको थियो ।


 “रसुवा” शीर्षककाे कबिता 

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसंचार सेवाका कर्मचारीहरूको समेत सहभागिता रहेको थियो । कार्यक्रममा ७० जनले रक्तदान गरेका थिए । रगतकाे अभाव हुन नदिन दुवै संस्थाले संविधान दिवस असाेज ३ र प्रजातन्त्र दिवस फागुन ७ गते नियमित रक्तदान गर्ने जनाएकाे छ । 




कविता “रसुवा”

उत्प्रेरणा कार्यक्रम पश्चात् उत्साहित रसुवा !
स्वयंसेवी रक्तदाताहरूको उर्वरभूमि रसुवा !
रगतको मर्म बुझ्दै नित्य रक्तदान गर्ने रसुवा !
हिमाली भेगमा रक्तदान अब्बल गर्ने रसुवा !
रक्तदान कार्य मार्फत पुनर्जीवन दिने रसुवा !
जीवनकाे पर्याय रगत,रक्तदान बुझ्ने रसुवा !
रक्तदानलाई नै सदासर्वदा धर्म ठान्ने रसुवा !
रक्तदान गर्दै मानव सेवा गर्ने यहि हो रसुवा !
स्वयंसेवी रक्तदाताबाट रगत पूर्ति गर्ने रसुवा !


Wednesday, September 18, 2024

रसुवाको पानी तेस्रो मुलुकमा निर्यात गर्न सक्छ : मन्त्री यादव



खानेपानी मन्त्री प्रदीप यादवले सगरमाथा हिमालको शुद्ध पानी विदेशमा निर्यात गर्न सकिने बताएका छन् । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा यहाँ आयोजित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले हिमालको शुद्ध पानी विदेश निर्यात गर्न सकिने बताएका हुन् ।  

विदेश भ्रमणमा रहेका बेला रसुवाको पानी पिउन पाएको स्मरण गर्दै उनले भने, “म विदेश गएका बेला रसुवाको पानी खान पाएको थिएँ, कसरी त्यहाँ पुग्यो थाहा भएन तर खुसी लाग्यो । अब हामीले हिमालको शुद्ध पानी कसरी तेस्रो मुलुकमा निर्यात गर्न सक्छौँ, त्यसतर्फ सोच्नुपर्ने बेला आएको छ ।”

त्यस्तै मन्त्री यादवले जनताका काम छिटोछरितो एवं सहजरूपमा सम्पन्न गर्न मातहतका कर्मचारीलाई निर्देशन दिए । उनले भने, “म भोलिको काम आज, आजको काम अहिले गर्ने किसिमको व्यक्ति हुँ र मन्त्रालयका कर्मचारी साथीहरूसँग पनि सोहीअनुरुप काम गर्न अपेक्षा राखेको छु । 



Tuesday, September 17, 2024

आक्रमणकाे घटना उपर कारबाही नभएकाे गुनासाे


रसुवा, लाङटाङ राष्ट्रिय निकुञ्जका वार्डेन अणनाथ बरालमाथि शिबपुरीमा आक्रमण भएकाे घटनामा प्रहरीले कारबाही नगरेकाे गुनासाे गरेका छन् । 

काठमाण्डाैबाट फर्कने क्रममा भदाै १८ गते नुवाकाेटकाे शिबपुरीमा आक्रमण भएकाे घटनाकाे जाहेरी साेही दिन बालाजु प्रहरी बृतमा निवेदन दिएकाे तर कारबाही नगराउन नेताहरू सक्रिय रहेकाे बरालले बताए । 

धम्की तथा आक्रमण पछि वार्डेन बरालले रसुवाका उत्तम थापा र लक्ष्मण देवकाेटा लगायत बिरूद्ध किटानी जाहेरी दिए पनि जिल्लाका प्रतिनिधि सभा सदस्य माेहन आचार्य, प्रदेश सभा सदस्य प्रभात लामा लगायतका नेपाली काग्रेसका नेताहरू कारबाही नगर्न प्रहरीमा पुगेका थिए । प्रहरीले भने घटनाकाे अनुसन्धान भइरहेकाे जनाएकाे छ । 

 साे दिन ज्यान लिने गरी आक्रमण गरेका थिए । गाडीकाे स्पीड बढाएर मात्र बचें शुरक्षाका लागि बालाजु प्रहरीमा किटानी जाहेरी दिए पनि जिल्लाका सांसद र नेताहरू प्रहरीमा पुगेकाे थाहा पाएकाे छु " वार्डेन बरालले भने । 

आक्रमण गर्ने पत्ता लगाउन तथा काहबाहीमा ढिलाइ गर्न नहुने उनकाे माग छ । 

Sunday, September 15, 2024

सामुदायिक रेडियो प्रसारक संघ प्रदेश अध्यक्षमा रसुवाका दिपक लामा



रसुवा, सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (अकोराब) को बागमती प्रदेश समितिको तेस्राे अधिबेशनबाट अध्यक्षमा रेडियाे रसुवाका अध्यक्ष दिपक लामा निर्विरोध निर्वाचित भए ।

गाेसाइकुण्ड गाउँपालिका-६ निवासी लामा रेडियाे रसुवाका संस्थापक हुन् । लामाकाे अध्यक्षमा सचिव राम ठकुरी आशिष, काेषाध्यक्ष दानबहादुर गुरुङ सहित ११ सदस्य कमिटी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

साथै कोशी प्रदेश अध्यक्ष टेकबहादुर खड्का, गण्डकी प्रदेश अध्यक्ष ओमकार आर्चाय लुम्बिनी प्रदेश अध्यक्ष नवीन केसी र कर्णाली प्रदेश अध्यक्षमा प्रतीक इच्छुक शर्मा पनि निर्विरोध भएका छन्।

Tuesday, September 10, 2024

स्थानीय तह स्वमूल्याङ्कनमा उत्तरगया पहिलो


रसुवा, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तह बीच गराएको प्रतिस्पर्धामा रसुवा जिल्लाका पाँच पालिकामध्ये उत्तरगया गाउँपालिका पहिलो भएको छ ।

मन्त्रालयले गत बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन ९लिसा० कार्यक्रमअन्तर्गत देशभरबाट सात सय ४९ वटा पालिकाले अनलाइन आवेदन दिएका थिए । लिसाको गुणस्तर परीक्षणमा उत्तरगया ६७.५० प्रतिशत अङ्क ल्याएर जिल्लाको पहिलो भएको छ । 

त्यसैगरी आमाछोदिङ्मोले ५७, कालिकाले ६१.२५, गोसाइँकुण्डले ६६.७५ र नौकुण्डले ६७.२५ प्रतिशत अङ्क प्राप्त गरेका छन् । 

प्रत्येक वर्ष स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमार्फत मन्त्रालयले शासकीय प्रबन्ध, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन, सहकार्य र समन्वय गरी जम्मा १० शीर्षकमा प्रत्येक स्थानीय तहले सम्पादन गरेका कामकारबाही, सेवा प्रवाहका प्रमाणसहितका कागजात अनिवार्य रूपमा अपलोड गर्ने व्यवस्था चार वर्षदेखि लागू भए पनि तीन वर्षदेखि प्रत्येक स्थानीय तहले कार्यान्वयनमा ल्याएका थिए ।

 स्वमूल्याङ्कनका आधारमा नै सम्बन्धित निकायबाट स्थानीय तहका लागि बजेट विनियोजन गर्ने प्रक्रिया अपनाइएको अर्थ मन्त्रालय र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ ।

Saturday, August 31, 2024

सदस्य सुरक्षण कार्यक्रम तथा तीज बिशेष कार्यक्रम सम्पन्न

रसुवा, तीजको अवसरमा कालिका गाउँपालिका -२ स्थित धैबुङ्ग कालिका साना किसान कृषि सहकारीको आयोजनामा सदस्य सुरक्षण कार्यक्रम तथा तीज बिशेष दरखाने कार्यक्रम सम्पन्न भयो । 

कार्यक्रम कालिका गाउँपालिका उपाध्यक्ष मिरा लामा, वडा अध्यक्ष उमेश न्यौपाने सहकारी सञ्चालक समिति, सेयरधनीहरू, कर्मचारीलगायत स्थानीयकाे सहभागी थिए । 

सहकारीले सञ्चालन गरेकाे सदस्य सुरक्षण कार्यक्रम बारे जानकारी तथा तीज बिशेष साँस्कृतिक गीत तथा नृत्य र दरखाने कार्यक्रम सम्पन्न भएकाे थियाे  । 

तीज नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो ।  हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार व्रत बस्न बसिन्। 

यसरी पार्वतीको कठोर बर्तको कारण शिवजी प्रकट भई ुचिताएको कुरा पुगोस्ु भनी आशीर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ।



कार्यालय प्रमुख माथि अभद्र ब्यवहार गर्नेलाइ कारवाही गरिने



रसुवा , लाङटाङ राष्ट्रिय निकुञ्ज बरिष्ट संरक्षण अधिकृत  अणनाथ बराल  माथि कार्यालयमा अभद्र ब्यवहार गर्नेलाइ कारवाही गरिने भएकाे छ । 

०८१ भदाै ७ गते नाैकुण्ड गाउँपालिका २ का याेङजाे भूमे मध्यवर्ती सामुदायिक वनका अध्यक्ष ठूलाेबाबु नेकाेर र उनकी पत्नी बताउने दाम्जी घलेले कार्यालयमा बिना अनुमति प्रबेश गरी धसिङ्ग्रेकाे तेल उत्पादन उद्याेग स्थापना गर्ने सम्बन्धमा विवाद गरी प्रमुख बरालमाथि अपशब्दले गाली गरी दुर्यवहार गरेकाे बरालले बताए । 

अरू कर्मचारीहरूलाइ समेत गाली गलाैज गरी कुर्सीमा रहेका  कार्यालय प्रमुखमाथि हातपात समेत भएकाे र सर्ट समेत च्यातेकाे , इटा उठाएर हान्न लाग्दा कर्मचारीले राेकेकाेले  कार्यालय प्रमुख माथि अभद्र ब्यवहार गर्नेलाइ कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलगायतका शुरक्षा निकायमा पत्रचार भएकाे कार्यालय प्रमुख बरालले बताए । 

कार्यकक्षमा रहेका  कार्यालय प्रमुख माथि अभद्र ब्यवहार गर्नेलाइ नियमानुसार कारवाहीका लागि पत्राचार गरेकाे कार्यालयमा सुरिक्षत भइ काम गर्ने वातावरण नभएकाेले कार्यालयका रेन्जर सुनिल राउतकाे प्रतिवेदन र साे मितिकाे घटनास्थल प्रकृति मुचुल्का सहित प्रतिवेदन राखेर आवश्यक कारवाहीका लागि अनुराेध गरिएकाे हाे । 

अभद्र ब्यवहार गर्ने उपर कारवाहीका लागि बिभाग तथा सुरक्षा निकायमा अनुराेध गरेकाे र प्रक्रिया अघि बढ्ने निकुञ्ज कार्यालयले जनाएकाे छ । 

 

रैथाने स्याउ खेती



आमाछाेदिङमाेे गाउँपालिका -४ काे ७४ मा फलेकाे रैथाने स्याउ यहाँ स्याउ खेती गरेेर किसान दैनिक खर्च चलाउछन् । याे स्याउ निकै स्वादिलाे छ । 
तस्बिर : हेमनाथ खतिवडा रसुवा ।


ट्र्रेड यूनियन महासंघ र भूमि अधिकार तथा श्रमिक संगठन भेला सम्पन्न


रसुवा, नेपाल ट्र्रेड यूनियन महासंघ जिफन्ट रसुवाकाे भेला सम्पन्न भयाे । जिल्लाभरका सवै गाउँपालिकाबाट भएकाे भेलाले कालिका, नाैकुण्ड, उत्तरगया र आमाछोदिङमो गाउँपालिका कमिटी गठन भएकाे स्थानीय कालिका गाउँपालिका कमिटी अध्यक्ष नुरेन्द्र बहादुर न्याैपानेले बताए । 

भूमि अधिकार तथा श्रमिक संगठनकाे जिल्ला कमिटीको भेला तथा प्रथम अधिबेशन पनि सम्पन्न भएकाे छ । छेकु लामाकाे अध्यक्षतामा भूमि अधिकार तथा श्रमिक संगठनकाे जिल्ला कमिटी गठन भएकाे हाे ।



कालिकास्थानमा ७७ जनाले गरे रक्तदान


रसुवा, कालिका गाउँपालिका–२ कालिका हिमालय क्याम्पसमा शनिबार भएको रक्तदान कार्यक्रममा ७७ जनाले रक्तदान गरेका छन् । 

रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरेको आयोजक युवा संघ रसुवाका अध्यक्ष कुमार नगरकोटीले बताए । बिकल्प रहित रगत दान गर्ने र रगत पाउने दुबैले फाइदा लिने भएकोले रक्तदान महत्व रहेको र रक्तदान जीवन दान भएको सहभगीहरूले बताए । 

राष्ट्रिय युवा संघ नेपाल रसुवाको आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष पुष्पराज श्रेष्ठको प्रमुख आतिथ्यमा तथा  नेकपा एमाले केन्द्रीय सदस्य प्रेम तामाङ, नेकपा एमाले जिल्ला अध्यक्ष जनार्दन ढकालको बिशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सहभागी रक्तदाताहरूलाइ सम्मान पत्र प्रदान गरिएको थियो । 



 




Tuesday, August 20, 2024

गोसाइँकुण्ड र पार्वतीकुण्डमा मेला सम्पन्न


रसुवा, वर्षेनी जनैपूर्णिमाको अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड पुगेका भक्तजन मेला सकेर फर्केका छन् । यसवर्ष पार्वतीकुण्ड र लाङटाङको लाङसिसामा पनि भब्य मेला लागेको छ । 

जनैपूर्णिमा पर्वका दिन आठ हजारभन्दा बढी भक्तजनले गोसाइँकुण्डमा स्नान तथा पूजाआजा सम्पन्न गरी फर्किएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । 

नाग पञ्चमीदेखि जनैपूर्णिमा पर्वसम्म आइपुग्दा ११ हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुगेको खनालले बताए ।

लाङटाङ राष्ट्रिय निकुञ्जले २४ सैं घण्टा आफ्नो आधार इलाकाको मोटरबाटो खुला गरेका कारण राति अवेरसम्म यात्रुवाहक सवारी साधन सञ्चालनमा आएका थिए । 

तीर्थयात्रुका लागि नेपाली सेना, स्वास्थ्य कार्यालय, गोसाइँकुण्ड गाउँपालिका, रसुवा अस्पताल धुन्चे, हिमालय उद्धार संघ, जिल्ला आयुर्वेद र नेपाल रेडक्रससमेतका निकायले सेवा पुर्याएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । 

अत्यावश्यक वस्तु बिक्री गर्ने व्यवसायीले निर्धारित मूल्यभन्दा बढी असुलेका कारण आफूहरू ठगिएको यात्रुको गुनासो गरे । 

समुन्द्री सतहदेखि २ हजार ६ सय ९० मिटरको उचाइमा रहेको धार्मिक पर्यटकीय क्षेत्र आमाछोदिङमो अर्यात पार्वतीकुण्डमा जनैपूर्णिमा मेला भर्न ४ हजार तीर्थयात्रीहरू पुगेका थिए । 

पार्वतीकुण्डमा रसुवाको नौकुण्ड, कालिका, हाकु, ग्रे, टिमुरे, स्याफ्रु, वृद्विम, धुन्चे भार्खु, चिलिमेलगायत गत्लाङबासी, धादिङ, काठमाडौँ, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक स्थानबाट तीर्थयात्री पुगेका थिए । 

आमाछोदिङमो गाउँपालिका वडा नम्बर-३ मा पर्ने उक्त कुण्ड पौराणिक कथन अनुसार भगवान शिवले कालकुट विष सेवन गरेपछि पानीको खोजी गर्ने क्रममा पार्वती गोसाईंकुण्ड नजिकैको यही कुण्ड पुगेर स्नान गरेको किंवदन्ती रहेको छ । 

जनैपूर्णीमाको दिन प्रकृतिको पूजा गर्ने र धामी झाँक्रीहरू आफ्नो तन्त्रमन्त्र कला देखाएर पूजा गरे । कालिकाबाट कलश यात्रा टोली कुण्डमा पुगेर भजन तथा छत्रनाच गरेका थिए । 


स्थानीय वडा अध्यक्ष सुरेन्द्र तामाङका अनुसार हामीले जनैपूणिर्मा मेला आउनु एक सातादेखि नै कुण्ड लगायत वरपर सरसफाइदेखि मेलामा आउने तिर्थालुका लागि सहज होस भनेर गाँस वासको व्यवस्थापन चुस्तदुरूस्त बनाएका थियौ । पुर्णिमाको दिन र रातभर गीत गाएर नाच्ने चलन रहेको छ । 

यसवर्ष कालिका गाउँपालिकाबाट कलश यात्रा सहित छत्र भजन टोली उत्तरगयादेखि कालिका, गोसाइकुण्डहुँदै पार्वतीकुण्ड यात्रा गरे । उनीहरूले कुण्डमा पुजाआजा र तथा छत्र भजन र नाच प्रस्तुत गरेका थिए । 

पर्यटकीय क्षेत्र लाङटाङको लाङसिसामा पनि भब्य मेला लागेको छ । वरिपरिका गाउँबाट त्यहाँ पनि १ हजार भन्दा धेरै यात्री पुगेको स्थानीयले बताए ।  




तस्वीर पार्वतीकुण्डमा कलश यात्रा तथा छत्र भजन टोली रमाइलो गर्दै 

हेमनाथ खतिवडा 



Friday, August 16, 2024

पार्वतीकुण्ड जाने सडक खुल्यो


रसुवा, जनैपूर्णिमाका दिन आमाछोदिङमो गाउँपालिका–३ को पार्वर्तीकुण्डमा लाग्ने मेलालाइ लक्ष्य गर्दै स्थानीय सरकारले अवरुद्ध सडक खुलाएको छ ।   

वर्षातको कारण गएको पहिरोले ३ सातादेखि ठाउँठाउँमा अवरुद्ध सडक मर्मत थालेको आमाछोदिङमो गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद दुलालले बताए । 

‘पार्वतीकुण्ड मेला तथा गाउँपालिकाको भित्रको सडक सुचारु गर्न गाउँपालिकाले स्क्याभेटर प्रयोग गरेर रोङ्गा थाम्बुचेत सडक सुचारु गरेका छौं ।’ अधिकृत दुलालले भने ।  स्थानीयकाे अनुराेधमा स्थानीय सरकारले समन्वय गरेर सडक सुचारू गरेकाे हाे । 

मेलाको समयमा बिभिन्न स्थानबाट आउने यात्रीहरुलाइ सहज हुने स्थानीय बताउछन् । वर्षातको पहिरोले रोङ्गा–केरावारी, रोङ्गा थाम्बुचेत र तातोपानी सडक अवरुद्ध पारेको थियो । सडक सुलेपछि गाउँबाट सिधै काठमाडौं तथा स्थानीय सवारी चल्ने भएपछि पार्वतीकुण्ड मेलामा आउने यात्रीहरुलाइ सहज हुने स्थानीय बताउछन् । 

थाम्बुचेतबाट गत्लाङहुँदै पार्वतीकुण्ड जाने र थाम्बुचेतबाट गोल्जुङ–चौहत्तरहुँदै पार्वतीकुण्ड पुग्न सकिन्छ । यी दुवै मार्ग वर्षातको पहिरोले मर्मत गरेर सुचारु गर्न लागेको गाउँपालिकाले जनाएको छ । 

जनैपूर्णिमा मेलाको समयमा बिभिन्न गाउँबाट लामा, झाँक्री तथा भक्तजनहरु पार्वतीकुण्ड मेलाका लागि आउने गर्दछन् । 

समुन्द्री सतहदेखि २ हजार ६ सय ९० मिटरको उचाईमा रहेको धार्मिक पर्यटकीय क्षेत्र आमाछोदिङमो अर्थात पार्वतीकुण्डमा विगतका वर्ष जस्तै जनैपूर्णिमाको अवसरमा पन यस वर्ष जनैपूणिर्मा मेला लाग्ने गर्दछ । 

आमाछोदिङमो गाउँपालिका वडा नम्बर ३ मा पर्ने उक्त कुण्डमा  जनैपूणिर्माको दिन प्रकृतिको पुजा गर्ने र धामीझाक्रिहरू आफ्नो तन्त्रमन्त्र कला देखाएर पुजा गर्ने गरिन्छ । 

पार्वतीकुण्डको सम्बन्ध भारतको हिमालचलको बुद्वागयको छोपेमाकु्ण्डसँग र गोसाइँकुण्डसँग धार्मिक सम्बन्धसँग जोडिएको जनबिश्वास रहेको छ । यदि भारतको बुद्वागयको छोपेमा कु्ण्डको दर्शन गर्न नसकेमा पार्बती कुण्डको दर्शन गरे आफ्नो मनोकँक्षा पूरा हुने किम्वधन्ती छ भने गोसाइँकुण्डको दर्शन गरे पश्चात अनिवार्य पार्बतीकुण्डको दर्शन गरेमा मनका ईच्छा पूरा हुने जनबिश्वास रहेको स्थानीय समाजसेवी फुर्पुसिङ्गी तामाङले बताए ।

यस क्षेत्रबाट साञ्जेन खर्क, जागेश्वर कुण्ड, साञ्जेन हिमाल, गणेश हिमाल, सोमदाङलागायत धादिङको रुवीभ्यालीलगायतका क्षेत्रहरु पुग्न सकिन्छ ।  

पार्वतीकुण्ड पुग्नका लागि काठमाण्डौंबाट त्रिशूली, धुन्चे, स्याफ्रु, थाम्बुचेत, गतलाङ हुँदै पुग्न सकिन्छ । गतलाङ गाउँबाट करीब १ घण्टाको पैदल यात्रामा यहाँ पुग्न सकिन्छ । यहाँ तीर्थ आउँदा लेक लाग्ने वा उचाईबाट हुने समस्या हुँदैन । 

गोसाइँकुण्ड - पार्वतीकुण्ड कलश यात्रा


 

रसुवा , उत्तरगया धामबाट कालिका मन्दिर हुँदै गोसाइँकुण्ड पुगेर पार्वतीकुण्ड कलश यात्रा सुरु भएको छ। 

शुक्रबार धार्मिक पवित्र स्थल उत्तरगया धामबाट जल सहितको कलश यात्रा सुरु गरिएको कालिका गाउँपालिका(५ का पुष्पराज देवकोटाले बताए। परम्परागत धार्मिक मान्यता अनुसार कुण्डको जल लिएर चढाउन तथा पाठ पूजा गर्नका लागि कलश यात्रा सुरु गरिएको सहभागी विष्णु देवकाेटाले बताए ।  

यात्रामा रहेका झंकनाथ न्यौपानेका अनुसार बेत्रागांगाको जल उत्तरगयास्थित १०८ शिवलिंग र कालिका मन्दिरमा  चढाउने र पैदल यात्रा गर्दै गोसाइँकुण्ड र पार्वतीकुण्डको जल ल्याएर पुनः कालिका मन्दिरमा चढाइन्छ। त्यसपछि उत्तरगयाधाममा पुगेर पितृ उद्धारको कामना गरी कलश यात्रा समापन गरिने टाेलीका सहभागी झंकनाथ न्याैपानेले बताए ।  यात्रामा परम्परागत खैजडी भजन तथा छत्र नाच समेत रहेको छ।  

धुन्चेबाट सुरू भएकाे पैदल यात्रा टाेलीमा  कालिक गाउँपालिका क्षेत्रका  २५ जना सहभागी छन् ।