रसुवा, जिल्लामा अपाङ्गता भएका व्यक्तिको संख्या १ हजार २ सय ९३ जना रहेको छ ।
राष्ट्रिय तथ्याङ्ग कार्यालय, राष्ट्रिय जनगणना २०७८ अनुसार १ हजार २ सय ९३ जना अपाङ्गता भएका व्यक्तिहरू मध्ये पुरुष ७ सय १८ र महिला ५ सय ७५ जना छन् ।
रसुवाको महत्वपूर्ण स्थलहरूको जानकारीका साथमा समाचार र विचारहरू
रसुवा, जिल्लामा अपाङ्गता भएका व्यक्तिको संख्या १ हजार २ सय ९३ जना रहेको छ ।
राष्ट्रिय तथ्याङ्ग कार्यालय, राष्ट्रिय जनगणना २०७८ अनुसार १ हजार २ सय ९३ जना अपाङ्गता भएका व्यक्तिहरू मध्ये पुरुष ७ सय १८ र महिला ५ सय ७५ जना छन् ।
रसुवा, राष्ट्रिय जनगणना २०७८ अनुसार ८७ प्रतिशत बालबालिकाको जन्मदर्ता हुने गरेकाे छ ।
जिल्लाको जनगणनामा कुल ४ हजार ८ सय ५३ जना बालबालिका मध्ये ४ हजार २५८ जना ८७.७ प्रतिशतले जन्मदर्ता गरेका छन् भने ५९५ जना १२.३ प्रतिशतले जन्मदर्ता गरेका छैनन् । जिल्लाकाे कुल जनसंख्या ४६ हजार ६ सय ८९ हो । नेपालको साक्षरता दर १० वर्षमा १० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । केन्द्रीय तथ्याङ्क विभागले शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको साक्षरता दर ७६।३ प्रतिशत पुगेको हो ।
शनिबार रसुवाको कालिकास्थामा एमाले रसुवाको आयोजनामा भएको तीनमहिने जरा केन्द्रित अभियानको अभिमुखीकरण शुभारम्भ गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले विगतमा बिभिन्न आन्दोनमा सहकार्य हुने गरेको नेपाली कांग्रेससँग बलियो सहकार्य रहेकाले सरकार ढल्ने कुनै सम्भावना नरहेकाे बताए ।
प्रमुख अतिथि पाेखरेलले टोल र बस्तीमा पुगेर जनताको बीचमा पार्टी र बर्गिय संगठन सुदृढ गर्न आग्रह गरे । बिभिन्न आन्दोलनहरूमा सहकार्य हुने गरेको स्मरण गर्दै नेपाली काँग्रेससँग सहकार्य र प्रतिस्पर्धा दुवै हुने बताए । उनले भने सरकारमा रहेका दलहरुमा बेइमानी नहुने उनले बताउदै ०८४ सालको निर्वाचनमा एमालेले बहुमत ल्याउने र त्यसतर्फ लाग्न जनतामा जानका लागि पार्टीले जरा अभियान थालेको उनले बताए ।
नेकपा एमाले स्थायी कमिटी सदस्य तथा तथा बाग्मती प्रदेश इ्न्चार्ज डा. राजन भट्टराईले जनतामा आधारित टोलटोलमा मजवुत सङ्गठनले मात्र सफलता मिल्ने बताए । जिल्ला उपाध्यक्ष कैसाङनुर्पु तामाङद्धारा स्वागत गरिएकाे कार्यक्रममा पार्टी केन्द्रीय सदस्य प्रेम तामाङ, जिल्ला अध्यक्ष जनार्दन ढकाललगायतका बक्ताले आफ्नो धारणा राखेका थिए ।
साे अवसरमा कार्यक्रम तथा याेजना तयार गरी वडा र टाेलमा भेला तथा जनतासँग भेटघाट तथा संगठन संगठन सुदृढ गर्ने पार्टी सचिव पेम्पा लामाले बताए ।
रसुवा, गोसाईकुण्ड गाउँपालिकाद्वारा आयोजित केन्द्रlकृत नागरिकता व्यवस्थापन प्रणाली संचालन सम्बन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न भयाे ।
जिल्ला प्रशासन कार्यालय धुन्चेमा भएको उक्त कार्यक्रममा वडा अध्यक्ष , सम्बन्धित वडाका वडा सचिव र वडा सदस्यज्यूहरुसंग अनलाइन नागरिकता सिफारिस सम्बन्धि अन्तरक्रिया र छलफल भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएकाे छ । न
चीनको केरुङ नाकाबाट तस्करी भएर आएको तीन किलो सुन प्रकरणमा पक्राउ परेकाहरु धरौटीमा रिहा भएका छन् ।
सुन तस्करीबारे अनुसन्धान गरेर राजश्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा पाँच जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो । ६ माघमा विभागले रसुवाका रामकृष्ण वाइबा, रसुवाकै गोसाइकुण्ड–१, थुमनका ३१ वर्षीय बुद्धिबहादुर तामाङ, सुनिल तामाङ, नीमा डिण्डुप तामाङ र कमल घलेविरुद्ध मुद्दा दायर गरेको थियो ।
उनीहरुलाई जनही ३ करोड ८० लाख ९१ हजार रुपैयाँ बिगो र सोही बराबरको जरिवाना समेत मागदाबी गर्दै राजश्व चुहावट ९नियन्त्रण तथा अनुसन्धान० ऐन, २०५२ को दफा ३ को कसुर गरेको भन्दै मुद्दा दायर गरिएको थियो ।
पाँच जनाविरुद्ध कुल १९ करोड ४ लाख ५५ हजार बिगो र सोही बराबरको जरिवना मागदाबी गरिएको थियो । पक्राउ परेकाहरु सबैलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । ७ माघमा उच्च अदालत न्यायाधीशद्वय लेखनाथ पौडेल र कृष्णराम कोइरालाको इजलासले उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
जसमा सबैभन्दा बढी बुद्धिबहादुरसँग १० लाख धरौटी माग गरिएको थियो । बाँकीसँग डेढ–दुई लाख रुपैयाँ धरौटी माग भएको थियो । प्रतिवादी सबै धरौटी बुझाएर रिहा भइसकेको विभागका सूचना अधिकारी नवराज अधिकारीले बताए ।
ना २ ख ३५९७ नम्बरको गाडीमा फल्स बटम बनाएर यो समूहले गत २४ साउनमा चीनको केरुङ नाकाबाट रसुवा हुँदै ३ किलो सुन तस्करी गरेको थियो ।
सुन गायब भएपछि चालक रामकृष्ण वाइबालाई समेत अपहरण गरेर बुढानीलकण्ठ नगरपालिकामा रहेको शैलजा रिसोर्टमा लगेर बन्धक बनाइएको समेत खुलेको थियो ।
घटनाको पाँच महिनापछि मंसिरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुन तस्करी तथा अपहरणको कसुरमा पाँच जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई अनुसन्धानका लागि भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको थियो ।
परिसरबाट उनीहरुमाथि अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा चलेको थियो । उक्त मुद्दामा धरौटी माग भएपछि उनीहरुलाई सुन तस्करीबारे अनुसन्धान गर्न राजश्व अनुसन्धान विभागमा पठाइएको थियो ।
केरुङ नाकाबाट आएको भनिएको उक्त सुन धादिङको खानिखोला आएपछि हतियारधारी समूहले लुटेको बताइएको छ । उक्त कसले लुट्यो र कहाँ पुर्यो भन्नेबारे अहिलेसम्म अज्ञात नै छ । यता सुन लुटिएर अपहरण गरेर बन्धक बनाइएका चालक वाइबाले २० लाख रुपैयाँको चेक काटेपछि मात्रै उनी अपहरण मुक्त भएका थिए ।
उनै वाइबाले अपहरणबारे प्रहरीमा जाहेरी दिएपछि अनुसन्धान गर्दा अपहरणको कारण सुनसँग जोडिएको खुलेको थियो ।
-अनलाइन खबरबाट
रसुवा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षकहरुलाइ अन्यौलमा नरहन अनुरोध गर्दै अबको अबिधेशनमा शिक्षा बिधेयक ल्याएर शिक्षा क्षेत्र अस्तब्यस्त रहन नदिने बताउनुभयाे । गौतमबुद्ध माविको ४८ औ वार्षिक उत्सव तथा अभिभावक भेला उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री भट्टराइले साे कुरा बताउनु भएकाे हाे ।
उहाँले सरकारले चाँढै दरबन्दी पुनरावलोकन गरी निबृत्तिभरण कोष बनाउन लागेको बताउनुभयाे । उहाँले सरकारले हिमाली छात्रावासको अवधारणा पनि ल्याएको जानकारी दिनुभयाे । अब शिक्षकहरु याेगदानमा आधारित सुरक्षा कोषमा समावेश हुने बताउनुभयाे ।
बिशेष अतिथि संबिधान सभा सदस्य तथा नेकपा एमालेका अध्यक्ष जनार्दन ढकालले आजको युग अनुसारको शिक्षाका विकासको लागि जोड्दिनुपर्ने बताउँदै स्मार्ट स्कुल आवश्यकता रहेको बताउदै स्वर्गीय नेता रबिन्द्र अधिकारी योगदान स्मरण गर्दै जिल्लाको विकासका लागि विगतमा आफुले पहल लिए अनुरुप विकासका कामहरु अहिले भैरहेको र पछि परेका क्षेत्रहरुको विकास गर्ने बताउनुभयो ।
जिल्ला समन्वय समिति प्रमुख अशोककुमार घिमिरेले विकास क्षेत्रमा पछि परेको नौकुण्ड गाउँपालिका अघि बढेको बताउदै स्थानीयको माग अनुसार एसइइ सेन्टर सिफारिस भएको बताउनुभयो ।
नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्पसाङबो घलेले पहिलो पटक संघीय सरकारका मन्त्री नौकुण्डमा आउनु भएकोमा खुसी लागेकाे बताउनुभयो । उहाँले विद्यालयमा शिक्षक दरबन्दी सिर्जना गर्न अनुरोध गर्दै २९ वटा विद्यालय रहेकाे यस पालिकामा एसइइ परीक्षा सेन्टर माग गरे ।
पुर्व जिल्ला समन्वय समिति प्रमुख कुलप्रसाद भट्टलगायतका बक्ताले शुभकामना दिनुभएको थियो । सो अवसरमा विद्यालय पुर्व व्यवस्थान समिति अध्यक्षहरू तथा पुर्व प्रधानाध्यापकहरुलाइ दाेलल्ला र सम्मान-पत्र प्रदान गरी सम्मान गरिएको थियो । साे अवसरमा विद्यार्थीहरुले रोचक नृत्य तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । स्थानीयले लामा, झाँक्री, स्याब्रु नाच प्रस्तुत समेत गरेका थिए ।
साे अवसरमा जिल्लाका शिक्षक, बुद्दिजिवी, जनप्रतिनिधिहरू, कर्मचारी, पत्रकार, शिक्षा सेवी सहभागी थिए ।
कालिकास्थान, अनेरास्ववियु रसुवा जिल्ला कमिटीको १४ औं जिल्ला अधिबेशनबाट सर्वसम्मत रूपमा सागर लामा अध्यक्ष पदमा निर्वाचित भएका छन्। यसै अधिबेशनबाट अन्य पदाधिकारीहरूको चयन पनि गरिएको छ।
उपाध्यक्ष पदमा रोजिना तिमिल्सिना, राजकुमार लामा र पासाङ तामाङ चयन भएका छन् भने सचिव पदमा किप्पा छिरिङ गलन, सहसचिव पदमा सुजन डंगोल, रुस्तम गुरुङ र मुकेश पौडेल चयन भएका छन्। कोषाध्यक्ष पदमा पुष्पा तामाङलाई मनोनयन गरिएको छ।
रसुवा, रसुवगढीनाका जाेड्ने स्याफ्रुबेसी–रसुवागढी सडकको स्तरोन्नति निमार्णको काम सुरु हुने भएको छ । जिर्ण अवस्थामा रहेकाे सडक निर्माण थालनी भएपछि खुसीकाे संचार ल्याएकाे छ ।
शिलन्यास गरेको करिब छ बर्षपछि स्याफ्रुबेसी–रसुवागढी सडकको स्तरोन्नति निमार्णको काम सुरु हुने भएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गर्न लागिएको स्याफ्रुबेसी-रसुवागढी निमार्णको काम फागुन महिनाको पहिलो साताबाट सुरु गरिने गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी’ सडक योजनाले जनाएको छ ।
योजना कार्यालयका प्रमुख खड्गलाल श्रेष्ठका अनुसार सोनाम ल्होसार मनाउन गएका चीनीयाँ निर्माण कम्पनीका कर्मचारीहरू आएलगत्तै निर्माणको काम सुरु हुने छ ।
निर्माण कम्पनी चाईना तिबेत टिएनन्यु कम्पनि लिमटेडले २०७६ साल आश्विन ११ गते निर्माणको काम सुरु गर्न सडकको शलिन्यास गरेको थियो । पछिल्लो समय कोभिडका कारण रोकिएको उक्त काम सडकछेउमा रहेका संरचना तथा बिद्युतका तार, घर टहराहरू तथा जग्गाको मुआब्जा समेत बितरण गरिसकेकाले काम सुरु हने श्रेष्ठले बताउनुभयो ।
गल्छी, त्रिशूली स्याफ्रुबेसी-रसुवागढी सडक योजनाका अनुसारसम्झौता भएको मितिले ३९ महिनाभित्र काम सम्पन्न गर्ने गरी तीन करोड ७९ लाख अमेरिकी डलरमा निर्माण हुनेछ ।
१७ किलोमिटर लामो सडकको साढे आठ मिटर चौडाईमा कालोपत्रे गरिनेछ भने दायाँबायाँ छेउमा एक मिटर चौडाईको नाली रहने योजना रहेको छ ।