ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Wednesday, October 28, 2026

पर्यटकीय क्षेत्रकाे स्याफ्रुबेसी बजार खण्डहर

 


रसुवा, लेन्देहुँदै भाेटेकाेसी नदिमा आएको विनाशकारी बाढीका कारण पर्यटकीय क्षेत्रकाे रूपमा परिचित स्याफ्रुबेसी बजार खण्डहरमा परिणत भएकाे छ । 

भदौ १० गतेको त्यो बिहान रसुवाको स्याफ्रुबेंसी बजार सधैँझैँ व्यस्त र जीवन्त थियो। पसलहरूमा चहलपहल थियो, मानिसहरू आ-आफ्नो दैनिक काममा मग्न थिए। तर, तिब्बत सीमा क्षेत्र नजिकैको ल्हेन्दे खोला र भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले केही बेरमै सबैथोक सखाप पारिदिएला भन्ने कसैले सोचेका थिएनन्।

स्याफ्रुबेंसी स्थित श्री कोमिन श्यामेवाङफेल माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरू कक्षा ९ की सम्झना नगरकोटी र कक्षा १० की राधिका तामाङका लागि त्यो दिन जीवनकै सबैभन्दा डरलाग्दो  ईतिहास नै वन्यो र एकादेशमा यस्तो दिन थियो भन्ने सम्झना रह्यो ।

भदौ १० गतेको त्यो दिन  विद्यालयको होस्टेलमा  स्कुल जाने तयारि भईरहेका  विद्यार्थीहरूले अचानक एउटा ठूलो आवाज  सुने , सुरुमा बम पड्किएजस्तो ठूलो आवाज आयो, हेर्दाहेर्दै चारैतिर धुलोको बादल छायो। तल खोलाबाट बाढी उर्लेर आइसकेको रहेछ। 

बाढी आएको देखेपछि होस्टेलमा भागाभाग भयो। राधिका आफू मात्र भागिनन्, होस्टेलमै रहेकी आफ्नी सानि बहिनीलाई पनि खोजेर हात समात्दै माथितिर दौडिइन्। विद्यालयका शिक्षक र अन्य विद्यार्थीहरू पनि ज्यान जोगाउन झाडी र भिरको बाटो हुँदै माथिल्लो गाउँ कोमिनतिर लागे।

माथि डाँडाबाट तल हेर्दा स्याफ्रुबेंसी बजारको दृश्य कहालीलाग्दो थियो। सम्झना भन्छिन्, हामीले आँखाले देख्दादेख्दै राता रंगका बसहरू, पसल, घर र ज्यान जोगाउन दौडिरहेका मानिसहरूलाई बाढीले बगायो। त्यो दृश्यले हामीलाई छाँगाबाट खसालेजस्तै बनायो। हामी डरले रातभर रोइरह्यौँ।

त्यो रात कसैको आँखामा निन्द्रा परेन। एकातिर घरपरिवारको चिन्ता, अर्कोतिर आफू बसेको ठाउँ बगाएपछि अब कहाँ जाने र के गर्ने भन्ने त्रास। बाढी साम्य भएपछि उनीहरूले देखेको त्यो झकिझकाउ स्याफ्रुबेंसी बजार एउटा उजाड खण्डहर र बगरमा परिणत भइसकेको थियो। 



No comments:

Post a Comment