ताजा खबर
Loading...
'यही हो हाम्रो रसुवा' को सूचनामूलक यस साइटमा तपाईको वरपरको महत्वपूर्ण स्थल, सम्पदा आदिको बारेमा प्रचार गरी आन्तरिक पर्यटन विकासमा सहयोग पुर्‌याउन त्यस्ता सामग्रीहरू हामीलाई पठाउनु होला । हामी तपाईका सामग्रीलाई प्रकाशन गर्नेछौं । Email : paudelprem@gmail.com (9843508470 Whatsapp)

Wednesday, October 28, 2026

बाढीले पुल बगाएपछि काठेपुल बनाउन जुटे गाउँले


२०८३ कार्तिक १० गते

रसुवा, लेन्देहुँदै भोटेकोसी नदिमा भदौ १० गतेको बाढीले बाटोघाटो तथा पुल बगाएपछि आवतजावत ठप्प बनेको गोसाइँकुण्ड गाउँपालिका–३ स्थित ब्रिदिम जोड्न स्थानीयवासीले आफ्नै खर्चमा अस्थायी काठेपुल निर्माण थालेका छन्।

गाउँपालिकाको वडा नम्बर ३ खामजिङका स्थानीय तेन्जेन लामा र दोर्जे लामाले व्यक्तिगत लगानीमा स्याफ्रुदेखि ब्रिदिम जोड्ने काठेपुल बनाउन गाउँले जुटेका हुन् । निर्माण कार्य तीव्र पारिएकाले एक साताभित्रै पुल तयार भई यातायात तथा आवतजावत पुनः सुचारु हुने अपेक्षा गरिएको छ।

सरकारी संयन्त्र दुर्गम गाउँसम्म पुग्न समय लाग्ने र सडक सञ्जाल ठप्प हुँदा सर्वसाधारणले ठूलो सास्ती खेप्नुपरेपछि स्थानीयस्तरमै यो पहल सुरु गरिएको हो । बाढीले सडक र पुल क्षति पुर्‍याएपछि ब्रिदिमसहित आसपासका बस्तीहरू सञ्चार र यातायात सम्पर्कबाट टाढिएका थिए।

अस्थायी पुल निर्माण भएपछि ब्रिदिमका बासिन्दालाई दैनिक आवतजावत र अत्यावश्यक खाद्यान्न तथा सामग्री ढुवानीमा ठूलो राहत मिल्नेछ। साथै प्रसिद्ध पर्यटकीय क्षेत्र लाङटाङ जाने पदयात्री तथा टिमुरे नाकातर्फ जाने सर्वसाधारणका लागि पनि यो बाटो उपयोगी हुनेछ।

सरकारले पूर्वाधार निर्माणको काम गरिरहे पनि दुर्गममा तत्काल राहत पुग्न कठिन देखियो, स्थानीय तेन्जेन लामाले भन्नुभयो, गाउँको समस्या समाधानका लागि हामीले आफ्नै व्यक्तिगत खर्चमा पुल निर्माण थालेका हौँ। यसमा स्थानीयवासीको पनि समन्वय छ। बाटो तथा पुल अभावमा एक गाउँबाट अर्को गाउँ पुग्न धेरै कठिन भयो लामाले भन्नुभयो गाउँलेको सहभागीतामा हामी वडा वडा जोड्नका लागि काठेपुल बनाउन लागेका हौं ।

विपदको समयमा सरकारी मुख नताकी स्थानीय आफैँले देखाएको यो तत्परता र आपसी सहयोगको भावनाले अहिले दुर्गम बस्तीहरूमा ठूलो सहयोग पुगेको स्थानीय दावा तामाङ बताउनुहुन्छ । यहाँ काठपुल बनेपछि वडा नं २ र ४ मा पनि पैदल यात्रा गर्न केही सहज हुने स्थानीय बताउछन् । यस अघि स्याफ्रुबेँसीमा आमाछोदिङ्मोका स्थानीयवासीको जनश्रमदानबाट निर्मित अस्थायी काठेपुल सञ्चालनमा आएको थियो ।

गोसाइँकुण्ड गाउँपालिका-५ स्याफ्रुबेँसीमा निर्माण गरिएको उक्त पुल सञ्चालनमा आएसँगै उत्तरी भेगका सर्वसाधारण तथा किसानहरूमा खुसी भएका छन् ।

​विनाशकारी बाढीले स्याफ्रुबेँसीको पुल र सडक बगाएपछि रसुवाको उत्तरी भेग पूर्ण रूपमा सडक सम्पर्कबाट विच्छेद भएको थियो । सडक अवरुद्ध हुँदा गोसाइँकुण्ड गाउँपालिका वडा नं १ देखि ५ र आमाछोदिङ्मो गाउँपालिका वडा नं १ देखि ५ का सर्वसाधारणले आवतजावत र खाद्यान्न ढुवानीमा सास्ती खेप्दै आएका थिए । काठेपुल बनेपछि अहिले पैदलयात्रीलाइ सहज भएको छ ।

काठेपुल 



No comments:

Post a Comment